Monday, May 31, 2010

चरित्र

चलचित्रमा खेल्ने कलाकारहरु कथामा जस्तो चरित्रमा हुन्छन् वास्तविक जिवनमा कस्ता होलान भन्ने कोतुहल्ता सवैमा रहन्छ नकारात्मक चरित्रमा देखिने कलाकारहरु वास्तविक जीवनमा पनि त्यस्तै होउन भन्ने अपेक्षा राखिदैन तर सकारात्मक चरित्रमा आउने कलाकारहरु विषेश गरेर नायक नायिकाहरुको यथार्थ कथा पनि पर्दामा देखिने जस्तो अनुकरणीय होस भनेर धेरैले ठानेका हुन्छन्
हामीले गरेको आशा उनीहरुबाट पुरा नै भएको भने हुँदैन पर्दाको चरित्रभन्दा बेग्लै उल्टो कथा बोकेका नायकहरु हाम्रो समाजमा छन् हिन्दी सिनमा माइ नेम इज खान हेरेका दर्शकहरुलाई लाग्दो हो सिनेमाको जस्तो कथा नायक शाहरुख खानको वास्तविक जीवनमा पनि या छैन किन भने धेरैलाई थाहा भएको कुरा के हो भने सो सिनेमामा जस्तै शाहरुखको वास्तविक जीवनमा पनि उनकी श्रीमती हिन्दू नै रहेकी छन्
माइ नेम इज खान शाहरुखको पछिल्लो चलचित्र हो चलचित्रमा पनि उनी वास्तविक जीवनमा जस्तो मुस्लिम युवाकै चरित्रमा छन् उनले विवाह गर्छन् एकजना हिन्दु युवतीसँग शाहरुखको वास्तविक जीवन सँगिनी पनि हिन्दु नै हुन् उनको नाम हो गौरी माइ नेम इज खानमा एकातर्फ नायिका काजोल देवी देवताको तस्विर अगाडी उभिएर पूजा गर्छिन भने अर्को तर्फ शाहरुख टाउँको रुमालले छोपेर नवाज पढिरहेका हुन्छन्
सिनेमाको जस्तो यो दृश्य शाहरुखको घरमा होल या नहोला भन्ने प्रश्न उठ्नु स्वभाविक हो हिन्दुमा जस्तो खुकुलो पना मुस्लिम धर्ममा छैन भन्ने लाग्नेहरुलाई पुरषप्रधान मुस्लिम सम्प्रदायमा गएकी गौरी शाहरुखकै मुस्लिम मन्त्रमा भिजेकी होलिन भन्ने ठान्नु अस्वभाविक हुँदैन
माइ नेम इज खान बन्नुभन्दा धेरैअघि तयार भएको शाहरुखको जीवनसँग जोडिएका भिडियो कथाहरुमा यी सवै कोतुहल्तालाई समेटिएको माइ नेम इज खानमा जस्तो शाहरुखको घरमा पनि हिन्दू देवी देवताहरुको पूजा हुँदो रहेछ शाहरुखका बच्च्ाहरु गायन्त्री मन्त्र पढ्न पोख्त भएका रहेछन् उनको घरमा नवाज पनि उत्तिकै श्राद्धाका साथ पढिदो रहेछ
गौरी इस्लाममा विलयी भइनकी भन्ने चिन्ता लागे जस्तो शाहरुख पनि हिन्दु नै बनुन भन्ने अपेक्षा गरेको होइन दुवैले आफ्नो बेग्लै संस्कारलाई कसरी बचाएर राखेका छन् आपसमा कसरी मिलेर बसेका छन् भन्ने उत्सुकता रहेको थियो भिडियो कथाले त्यसलाई पुरा गर्यो जातीय रुपमा असहिसुष्ण बन्दै गरेको नेपाली समाजलाई यो एउटा गतिलो पाठ हुन सक्छ वास्तविक जीवन पनि पर्दाको जस्तै अनुकरणीय देखाएकोमा शाहरुखलाई धन्यवाद

No comments:

Post a Comment