वि.स .२०६४ सालको फागुन ७ गते दिनभर हिडेर चितवनको विकट पहाडी गाविस लोथरको वासवाङ गाउँ पुगिएको थियो । रात प्राथामिक विद्यालय र स्वास्थ्य चौकी भएको ठाउँ नजिक विताइयो । भोलिपल्ट उज्यालो नहुँदै एउटा नौं १० वर्षको किसोर हामी बसेको ठाउँ नेर आयो । स्वास्थ्य केन्द्रकी महिला कार्यकतालाई उसले एउटा चिट दियो । चिट हेरेर उनले भनिन् 'मान्छे नै ल्याएर आउनु पर्ने । यसै त खै कसरी हुन्छ र ?"
किसोरले ल्याएको चिट हामीले पनि हेर् यौ । चिटमा उल्लेख बेहोरा यस्तो थियो । 'नमस्कार मिस । यस पल्तिरको गाउँमा एकजना २० वर्ष उमेरको मान्छे लडेर अचेत अवस्थामा छ । गाउँमा उसलाई बोक्न सक्ने मान्छे कोहीे नभएका हुनाले उसलाई त्यहाँसम्म ल्याउन सकिएन । त्यसैले दुखाइ कम गर्नका लागि र टाउँकोमा चोट परेको हुँदा त्यसको पनि औषधि यो भाइसँग पठाइ दिनु होला ।"
मेडिकल सिटीको रुपमा चर्चा पाएको चितवनको एउटा गाउँमा स्वास्थ्यसँग जोडिएको यस्तो दुराअवस्थासँग त्यति बेला साक्षत्कार भयो हाम्रो । लडेर टाउँकोमा चोट लागेकर अचेत भएको मान्छेले तत्कालै उपचार पाउनु पर्छ । सिटी स्क्यान गरेर टाउँकोमा के कति असर परेको छ खुट्याउनु पर्छ । जिल्ला सदरमुकाम भरतपुर बस्नेलाइृ यी सवै सेवा सुविधाहरु सहज छन् । तर टाढाको विकट गाउँका सर्वसाधरण उपचारका लागि बोक्ने मान्छे पनि पाउँदैनन् ।
वासवाङबाट फर्केपछि त्यो मान्छे के भयो होला भन्ने प्रश्नले लामो समयसम्म घच्घच्याइ रहन्थ्यो । बोक्ने मान्छे नहुँदा गाउँमा बिरामी परेपछि केसम्म हुन्छ भन्ने दृष्टान्त यो हप्ता भोग्न पाइयो । लोथर गाविसमै पर्ने वासवाङ नजिकैको कान्दा गाउँका ६५ वर्षीय बाबुराम चेपाङ र उनको परिवारका धेरै सदस्यले अनाहकमा ज्यान गुमाएका छन् । तत्काल उपचार पाएको भए उनीहरुको त्यसरी अकालमै निधन हुने थिएन ।
बाबुराम चेपाङको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाए । दुई श्रीमती सहित बाबुरामका तीन छोरा दुई बुहारी दुई नातिनी र एक नाति गरेर ११ जनाको परिवार सँगोलमै बस्थ्यो । बाबुरामले च्याउ ल्याएको शुक्रबारको दिन घरमा जेठी श्रीमती र कान्छो छोरो थिएनन् । कान्छो नातिले आमाको दुध बाहेक केही नखाने सानै छ । त्यसैले च्याउ खाने आठजना भए । खाएका सवै बिरामी परे ।
विरामी मात्रै भएनन् लगभग २४ घण्टापछि मान्छे पनि मर्न थाले । बाँचेकालाई डोकोमा राखेर भरतपुर ल्याउने सल्लाह भयो । तर बोकर हिडाउने बलियाहरुको अभाव थियो । त्यसैले धेरै सिकिस्त बाबुरामका छोरा पूर्ण जीतबहादुरलाई सातजना गाउँलेले डोकोमा बोकेर हिडे । उनीहरु अस्पताल आउन झण्डै २४ घण्टा लाग्यो । योबीचमा गाउँमा बाबुराम उनकी कान्छी श्रीमती मतिमाया र नातिनी आइतमायाको इहलिला समाप्त भइसकेको थियो ।
लोथर विकट पहाडी गाउँ हो । समथर भूभाग छदैछैन भने पनि हुन्छ । भिरालो थुम्कामा एक दुई घर हुन्छन् । बाबुरामको घर वरपर पनि तीन घर मात्रै थिए । अरु ठाउँ चिच्याएर बोलाएमा सुनिन्थ्यो । तर मान्छे आएन कम्तिमा पनि आधा घण्टा लाग्ने ठाउँहरु छन् भन्छन् सोही ठाउँको प्राथमिक विद्यालयमा पढाउने शिक्षक बालकृष्ण थपलिया । त्यसैले मान्छे जम्मा गर्न र उपचारका लागि बोकेर हिडाउन समय लाग्यो । पूर्ण र जीतबहादुरसँगै उनीहरुका श्रीमती र एक छोरीलाई पनि ल्याउनु पर्ने थियो तर बोक्ने मान्छे भएनन् ।
पूर्णबहादुरलाई लिएर टोली हिडेको केही घण्टापछि गाउँमा रहेका महिला र बालिका पनि थप सिकिस्त भए । गाउँमा रहेका लाशहरुको राम्रोसँग सतगद गर्न छाडेर पाँचजना गाउँलैहरु मिलेर उनीहरुलाई पनि भरतपुर ल्याए । पूर्णबहादुर र जीतबहादुर अस्पताल आएको १२ घण्टापछि सिकिस्त महिला र बालिकाहरुले पनि अस्पताल टेक्न पाए । तर यसरी आएका तीनैजनाको ज्यान भने बचेन । अस्पताल आउँनासाथ बालिका मंगलीको ज्यान गयो । त्यसपछि दिउँसो जीतबहादुरकी श्रीमती र साँझ पूर्णबहादुरकी श्रमतीले प्राण त्यगिन । बोकेर ल्याउने मान्छे भएको भए अघिल्लो दिन नै उनीह्रु अस्पताल आउन पाउँथे । ज्यान जाने अवस्था पनि टर्ने थियो । यसो नहुँदा घरमुली सहित एकै पटक छजनाले संसार छाडे ।
उनीहरुले खाएको च्याउ एकदमै विषालु हो । उपचारमा संलग्न डा।विजयराज पौडेलले भने । विषको लक्षण दखिनासाथै ल्याएको भए उपचार सम्धव थियो । तर समय गुजारेर ल्याएका हुनाले अस्पताल आए पनि तीनजनालाई बचाउन सकिएन । डा।पौडेलको विश्लेषणमा यसले नेपाली समाजमा गरिवहरुले भोग्नु परेको एउटा दर्दनाक पाटोलाई सार्वजनिक गरेको छ ।
चेपाङहरु खान लाउन नै धौ धौ हुने समुदाय हो । खान पुग्दो हो त जंगली च्याउको भर पर्नु पर्दैन थियो । सुगममा बसेको भए विरामी हुनासाथै उपचारका लागि दौडने थिए । दुर्गममा बस्नु र गरिव हुनुको सजाय भोग्यो बाबुरामको परिवारले । दुई दुईवटा ठूला ठूला मेडिकल कलेज उपचारमा नाम कमाएको एउटा सरकारी अस्पताल र घरैपिच्छे खुलेका निजी अस्पताल र नसर्िङ होम सदरमुकाम भरतपुरमा छन् । यसैलाई हेरेर धेरैजनाले चितवन मेडिकल सिटी हो भनेर मख्ख पर्छन् । तर जिल्लाकै एउटा गाउँमा उपचारै नपाएर परिवारै विनास भएको घटनाले यी सवैलाई गिज्याएको छ ।

No comments:
Post a Comment