Wednesday, August 31, 2011

संविधानको लागि तपस्या

स्कुल पढ्दा हामीले नेपालका कुनै प्रचिन राजाका बारेमा घोक्ने गरेको कुरा यस्तो थियो ती राजाले गर्मीमा पंचअग्नी ताप्ने गर्दथे जाडोमा कपडा समेत नलगाएर हिमालयमा गए तपस्या गर्दथे आफ्ना मनोभावनाहरु पुरा गराउन भगवान पुर्कार्दै उनले त्यसो गर्ने गरेको हाम्रा पाठ्यपुस्तकमा बर्णन थियो ति राजाको सम्झना यो बेलामा किन भयो भन्ने लाग्न सक्छ अस्ति भदौ १३ गते मध्यान्हमा भरतपुरमा देखेको एउटा दृश्यले उहिल्यैको त्यो पढाइ याद दिलायो
भदौ महिनाको चर्को गर्मी, आकास बादल बिहीन थियो मध्य दिनको सुर्यको तापले सडकको कालोपत्रे पग्लेलाझै भएको थियो यस्तो बेलामा ६९ वर्षका एक बृद्ध प्ले कार्ड बोकेर सडकमा निस्किए चितवनको विकट पहाडी गाविस कोराकका बिर्खबहादुर चेपाङ 'समय मै संविधान देऊ' भन्ने नारा लगाउँदै खाली खुट्टा तातो पिचमा फटाफट हिँडे हामीले पढेको राजाको सम्झना गराउँदैन यो दृश्यले
नेपाल चेपाङ संघ चितवन जिल्ला कार्य समितिले भरतपुरमा आयोजना गरेको दवाव र्याली कोणसभामा भाग लिन उनी कोराकबाट आएका हुन् भरतपुरबाट उत्तर पुर्वी दिशामा रहेको कोराक ५० किलो मिटर टाढा तर २० किलो मिटर मोटर बाटोमा हिडेर अरु बाटो पैदल जानु पर्छ 'गाउँमा चप्पल लगाउने गरेको छैन' संविधान माग्न सदरमुकाम आएका बिर्खबहादुरले भने
चेपाङहरु नेपालका सिमान्तकृत आदिवासी हुन् विकड पहाडी क्षेत्रमा बस्ने हुनाले उनीहरु आर्थिक रुपमा नाजुक अवस्थामा छन् पाखो खेत बारीमा फलेको अन्नले तीन महिना पनि खान नपुग्ने चेपाङहरुको संख्या अत्याधिक 'खाने पुग्दैन चप्पल लगाउने राम्रा कपडा फेर्ने कुरा सम्भवै छैन' बिर्खबहादुरले सुनाए अरु बेला लगाएर संविधान माग्नका लागि कठोर बन्नका लागि पनि फुकालेका होइनन् उनले चप्पल उनको नियति नै यस्तो
संविधान के हो ? सरकार के हो ? अहिले प्रधानमन्त्री को ? यस्ता कुराको केही मेसो छैन उनलाई हिजो देशमा अशान्ति थियो भन्ने कुरा भने थाहा उनलाई उनको गाउँमा लुक्नका लागि माओवादी जान्थे माओवादी खोज्दै सेना पनि पुग्थे भिडन्त भएर मान्छे पनि मरे कोराकको चिप्लेटी नजिकैको वीरेन्द्रनगरमा भिडन्त भएर मान्छे मरेको उनको दिमागमा ताजै
'अब त्यस्तो लडाइ नहोस भन्ने चाहना मात्रै हो मलाई अरु धेरै कुरा थाहा भएन' बिर्खबहादुरले भने तर उनका चाहना यहाँका नेताले सुन्ने नसुन्ने ठेगान छैन गाउँका साथीहरुले जाउँ भनेकाले उनी सदरमुकाम आएका हुन् गाउँबाट भरतपुर पनि उनी कमै आउजाउ गर्छन् संविधान माग्न चितवनमा विभिन्न पहाडी गाउँबाट भरतपुर आएका चेपाङहरुमा बिर्खबहादुर जस्ता चप्पल बिहीन चेपाङ चारजना थिए
भरतपुरको केन्द्रीय बसपार्कमा भेला भएर उनीहरुले र्याली निकाले तीन् किलो मिटर तातो पिच हिडेर र्याली चितवन जिल्ला विकास समितिको कार्यलय प्राङगण भित्र छिर्यो जहाँ कोणसभा सम्पन्न भयो 'चेपाङ बहुल्य चितवन धादिङ गोरखा मकवानपुर तनहुँमा जिल्लामा हामीले र्याली निकालेका हौं' नेपाल चेपाङ संघका केन्द्रीय महासचिव यमन चेपाङले जानकारी दिए
भदौ १४ मा संविधानको मस्यौदा जारी हुनु पर्ने उनीहरुको माग थियो चेपाङ बाहुल्य क्षेत्रलाई चेपाङ स्वायत्त गणराज्य घोषणा गर्नु पर्ने उनीहरुको अर्को मुख्य माग रहेको विकट क्षेत्रमा बस्ने लोपोन्मुख अवस्थाका जाति भए पनि संविधान सभामा दुईजना चेपाङ पुगेको छन् माओवादी एमालेले समानुपातिक सिटमा एक एकजना चेपाङलाई सभासद बनाएका छन्



Sunday, August 7, 2011

खै कस्ले सुन्ला यीनका कुरा

गत वर्ष जंगली च्याउ खाँदा एकै परिवारका आठजनाको दुःखद निधन भयो यो पटक गाउँको सानो स्कुल पहिरोले भत्काइदियो भत्केको स्कुल मर्मतको कुरा पर जाओस सो स्कुलमा पढाउने शिक्षक समेत नहुने भए शिक्षकको तत्काल व्यवस्था होस भन्ने माग लिएर आइतबार जिल्ला शिक्षा कार्यालय आएका चितवनको विकट क्षेत्र कान्दाका बासिन्दा झनै निराश भएर फर्के
लोथर गाविस चितवनको विकट पहाडी गाविस हो सो गाविसको वडा नं. मा पर्ने कान्दा गाउँ लोथर गाविसकै विकट गाउँ हो कान्दा पुग्न पुर्व पश्चिम राजमार्गको वीरेन्द्रनगर या भण्डारमा झरेर १२ घण्टा पैदल हिड्नु पर्छ सो गाउँमा वि..२०५८ सालमा कान्देश्वरी राष्टिय प्रथामिक विद्यालय खुलेको
कक्षा चारसम्म स्वीकृत पाए पनि त्यहाँ पाँच कक्षासम्म पढाइ हुँदै आएको कान्दा गाउँका सयजना विद्यार्थी सो विद्यालयमा पढ्छन् 'अब भने सवैलाई एक्लैले पढाउनु पर्ने भएको ' विद्यालयका प्रधानअध्यापक बालकृष्ण थपलियाले भने प्राविसम्म पढाइ हुने विद्यालयमा कम्तीमा दुईजना दरबन्दीको शिक्षक रहनु पर्ने भए पनि त्यहाँ एकजना मात्रै छन्
चार वर्षदेखि त्यहाँ अर्का शिक्षक सहदेव पाठकले पनि बालकृष्णलाई सहयोग गर्दै आएका थिए दरबन्दीको एकजना शिक्षकले ५० जना विद्यार्थीलाई पढाउनु पर्छ त्योभन्दा बढी विद्यार्थी भए सरकारले बालकोष (पीसीएफ) मार्फत अरु शिक्षकको लागि रकम व्यवस्था गर्छ ५० भन्दा बढी विद्यार्थीका लागि आउने रकमबाट शिक्षक पाठकको तलब भुक्तान हुँदै आएको थियो
पीसीएफबाट गत वर्षसम्म विद्यालयमा ६० हजार रुपैयाँ गएको थियो यो वर्ष जम्मा नौ हजार रुपैयाँ जाने भयो 'एक वर्ष पढाएर नौ हजार रुपैयाँ लेउ भन्न सकिएन सहदेव सरले जागरि छाड्ने अवस्था आयो' प्रअ थपलियाले भने कान्दा गाउँमा चन्दा अनाज उठाएर निजी स्रोतमा शिक्षक राख्न सक्ने अवस्था छैन
त्यसैले आइतबार चितवन जिल्ला शिक्षा कार्यालयमा प्रअ थपलिया विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर तमाङ शिक्षक अभिभावक संघका अध्यक्षा सिताबहादुर चेपाङ सहितको टोली कुनै उपाय निस्कन्छ कि भनेर आइपुग्यो गाउँलेका कुरा सुनेपछि जिल्ला शिक्षा अधिकारी बैकुण्ठराज अर्यालले तत्काल समस्या सुल्झाउने कुनै उपाए छैन भने जवाफ दिए
यसभन्दा अघि उनीहरुले गाविसका प्रतिनिधिहरुलाई पनि भेटेका थिए 'उनीहरुले तलबका लागि भनेर पैसा दिन सकिन्न बरु हामीले केही रकम दिन्छौ त्यो लगेर अमि्रसो लगाउँ कागती खेती गर त्यही बेचेर तलबमा खर्च गर भन्ने दिर्घकालिन उपाए दिएर पठाए' प्रअ थपलियाले भने अहिले वर्षे विदा भएको स्कुल भदौ लागेपछि खोल्ने कि नखोल्ने भन्ने दोधार उत्पन्न भएको
कान्दाबाट अर्को विद्यालय यउरालीटार भन्ने ठाउँमा कान्दाबाट त्यहाँ पुग्न चार घण्टा लाग्छ पाँच कक्षा उत्तीर्ण भएपछि पनि टाढा जानको धौले धेरै विद्यार्थीले पढाइ छाड्छन् कक्षा एक पढ्नको लागि त्यहाँ पुग्ने कोही हुँदैनन् 'खान राखेको मानो काटेर स्कुल खोल्यौं अहिले आएर शिक्षकलाई तलब पनि दिन नसकेर बेहाल हुने भयो' सिताबहादुरले दुखेसो पोखे





सिमलाको श्रमदेखि गैंडा सिकारसम्म

चितवनको पहाडी गाविस कोराकको वडा नं चिप्लेटी गाउँका काजिमान चेपाङको चार पाँच वर्षअघिसम्म गाउँमा छुट्टै शान थियो गाउँदेखि धेरै टाढा रहेको भारत हिमांचल राज्यको सिमलामा श्रम गर्न उनी मात्रै जाँदैन थिए गाउँका युवाको टोली नै त्यहाँ पुर्याउँदथे सिमलाको श्रमले काजिमानको मात्रै होइन गाउँका धेरै घरको चुल्हो राम्रोसँग बल्न सहयोग पुगेको थियो
उनै काजिमान अहिले भरतपुर कारागारमा थुनिएका छन् दुर्लभ वन्यजन्तु गैंडा मारेको जघन्य अपराधमा उनी जेल परेका हुन् एउटा दुईवटा हो नौ नौवटा गैंडा मारेको अभियोग लागेको उनीमाथि परदेश पुगेर श्रममा रमाइ रहेका उनी गैंडा सिकारी कसरी भए ? काजिमान भन्छन् 'सुरुमा निकुंजले मलाई अनाहकमा गैंडा सिकारी भनेर खोज्न थाल्यो भाग्दा हिड्दा पछि त्यही काममा लागियो '
काजिमानका काका विजराम चेपाङ वडाध्यक्ष समेत भएका व्यक्तिहुन् उनी भन्छन् ' विस २०४९ सालमा पहिलो पटक सिमला पुगेको हो ' सिमलामा घर बनाउने कुल्ली काममा लागे काजिमान त्यहाँ चाहिने कामदार गाउँबाटै मगाउन थाले उनले एक पटक युवाहरुको समुहको पछि लागेर विजराम पनि सिमला पुगे
'के कस्तो रहेछ भनेर हेर्न गएको थिएँ' विजरामले भने धेरै टाढा गए पनि युवाहरुले मिहनेत गरेर दुईचार पैसा जोडेको देख्दा विजराम दंग थिए काजिमाले गाउँका केटाहरुका लागि पनि केही गरेको देख्दा उनी झनै मख्ख थिए विस २०५६ सालमा आमा बितेको खबर सुनेर काजिमान घर आए त्यसपछि भने उनी फर्केनन् गाउँ मै बसे
सिमलामा सिकेको सिप उनी गाउँ ठाउँमै लगाउन थाले 'सिमलामा घरको गाह्रो लगाउने ढुंगा बोक्ने कुल्ली काम गर्दथ्यो यहाँ घर बनाउने ठेक्का लिन थाल्यो' विजरामले सुनाए चेपाङहरु नेपालका अल्पसंख्यक आदिवासी हुन् पहाडी पखेरा नजिक बस्ने उनीहरु विपन्न छन् 'काम गरेर दुई चार पैसा जोड्नु मेरो लागि अभिसाप भयो' भरतपुर कारागारमा रहेका काजिमानले कुरा खोले
कोराकमा पहिलेदेखि नै गैंडा सिकारीको बिगबिगी थियो काजिमानको आर्थिक हैसियतमा सुधार देखिएपछि निकुंजले उनीमाथि पनि शंका गर्यो 'मलाई ६० सालबाट निकुंजका मान्छेले खोज्न थाले' काजिमानले भने 'खोजेका मान्छे समातेर निकुंजले कहिल्यै छाड्दैन थियो त्यसैले निकुंजले समात्न थुन्ने भयो भन्ने डरले लुक्दै हिड्न थाले '
काजिमान लुक्न थालेपछि निकुंजको शंका झनै झाँगिदै गयो उनी घरमा बस्नै नसक्ने हुन थाले यही मेसोमा उनको भेट कोराक कालिखोलाका राजकुमार चेपाङसँग भयो राजकुमार त्यो बेलाका नामुद गैंडा सिकारी थिए 'अब कामै नगर्दा तेरो नाम मुछियो घरमा बस्न नसक्ने भइस बरु मसँगै हिँड भनेर राजकुमारले कर गर्यो' काजिमानले पुरानो दिन सम्झिए
त्यसपछि राजकुमारको पछि लागेर काजिमान गैंडा मार्न निस्किए यो विस २०६३ सालको कुरा हो हाल ३१ वर्षका भएका काजिमान ६६ सालसम्म गैंडा मार्ने काममा लागेको स्वीकार गर्छन् तर गैंडालाई सिधै गोली हानेको भने उनले इन्कार गरे उनका अनुसार बलबहादुर प्रजा भन्नेले गोली हान्थ्यो गैंडा मरेपछि राजकुमारले खाग झिक्थ्यो
कहिले काही राजकुमारले भनेको ठाउँमा खाग पुर्याउन जान्थे रे काजिमान उनले चितवनको खुरखुरेमा गएर एकजना अपरिचतलाई खाग जिम्मा लगाएका रहेछन् अरु बेला जंगलमा गैंडा कुरेर बस्ने समुहमा मिसिएर भात पकाउने गस्ती आएको नआएको हेर्ने गर्दा रहेछन् निकुंजको जंगल भित्र गैंडा ढुकेर १२ दिनसम्म बसेका रहेछन् उनी
'नोऊ पटक काममा जाँदा साढे लाख रुपैयाँ हात पर्यो' काजिमानले कमाइका बारेमा भने थोरैमा २० हजारदेखि बढीमा एक लाख ५० हजार रुपैयाँसम्म बुझेका रहेछन् उनले पैसा राजकुमारले नै दिन्थ्यो रे उसले जे जति दियो थाप्यो हिड्यो किन थोरै भनेर प्रश्न समेत उठाउन नपाइने काजिमानले बताए
निकुंजले नामुद सिकारी भनेको राजकुमार गोरखाबाट किर्ते नागरिकता झिकेर राहदानी बनाइ विदेश गएको काजिमान बताउछन् उनी भने विस २०६७ सालको फागुन १३ गते स्याङ्जाबाट समातिए उनी मात्रै हो फुपु पर्ने एकजना सहित काजिमानका दुई श्रीमती बहिनी पनि पक्राउ परे यही अपराधको आरोपमा
गैंडा मारेमा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना पाँचदेखि १५ वर्षसम्म कैद या दुवै सजाय हुन सक्छ काजिमानलाई यो कुराको हेक्का पनि नभएको होइन तर निकुंजले त्यस्सै लखेटेपछि अन्तिममा फन्दामा परियो भन्छन् उनी पक्राउ पर्नु अघिका सातआठ वर्ष उनले लुक्दै भाग्दै बिताए कमाएको पैसाको केही ठेगान नै भएन
काजिमानको गाउँमा २२ कठ्ठा खेत पनि जो उनको पुख्र्यौली सम्पत्ति हो हातमा सिप पनि नभएको होइन त्यसैले इज्जत ज्यान जोखिममा हालेर पैसाका लागि गैंडा मार्नु पर्ने अवस्था थिएन भन्छन् उनी सिमला पुगेर भए पनि उनले पसिना बगाएर पैसा जोड्न थालेका थिए तर निकुंजजले यसैमा अनाहकमा शंक गर्दा भुमरिमा परेको हो भन्छन् काजिमान