Saturday, June 26, 2010

कान्तिको काखमा संसार

जन्मेको नौ महिना नहुँदै सन्सरबहादुर चेपाङले धेरै कुरा गुमाए संसारबहादुरको नाममा उनले फेरि थुप्रै कुरा पाउँदै पनि छन् चितवनको सदरमुकाम भरतपुरबाट निकै टाढाको पहाडी वस्ती लोथर गाविसको वडा नं। कान्दामा उनको जन्म भएको हो उनी जन्मेको घरमा अहिले ताला लागेको घरका नौजना मध्ये आठजना मरेर गए बाँचेका बालक सन्सरबाहादुरको विजोग हुने खतरा थियो तर उनले भरतपुरको एसओएस बाल ग्राममा आश्रय पाएका छन्
सात वर्षअघि भरतपुरमा खुलेको एसओएस बालग्राममा १४ वटा घरहरु छन् जहाँ सन्सरबहादुर सहित १४० जना बस्दछन् उमेरका हिसावले संसरबहादुर भने सवैभन्दा साना हुन् भरतपुरदेखि एक घण्टा बसमा पूर्व गएपछि पूर्वपश्चिम राजमार्गको आडैमा रहेको लोथर बजार आउँछ त्यहाँबाट लगातार १२ घण्टा पैदल हिडेपछि सन्सरबहादुर जन्मेको कान्दा गाउँ पुगिन्छ बाटो अपुठेरो भिरालो गाउँमा छरिएर रहेका ३८ वटा घर छन् सवै घर चेपाङका हुन् चेपाङ नेपालका अल्पसंख्यक आदिवासी हुन् उनीहरु धेरै गरिव छन्
सन्सरबहादुरका ५६ वर्षीय हजुर बुबा बाबुराम चेपाङले जेठ १४ गते जंगलबाट च्याउ खोजेर ल्याए त्यो च्याउ पकाएर मकैको भातसँग ठुला मान्छे सवैले खाए सन्सरले आमाको दुध मात्रै चुस्ने भएकाले च्याउसँग भात खाएनन् च्याउ खाएकाहरु बिरामी पर्न थाले सवैभन्दा पहिले सन्सरकी सानी दिदीको ज्यान गयो त्यसपछि हजुर आमा बाजे बाबुरामको पनि मृत्यु भयो गाउँमा तीनजनाको ज्यान गएपछि च्याउ खाएका सवैलाई भरतपुर ल्याइयो
कान्दाबाट विरामी ल्याएर आउन झण्डै २४ घण्टा अर्थात एक दिन लाग्यो भरतपुर अस्पतालमा ल्याएर उपचार गरे पनि कोही बाँचेनन् सन्सरकी जेठी दिदीआमा बुबा काका काकी सवैको अस्पतालमा निधन भयो जेठ २२ गतेदेखि सन्सरबहादुर एक्लै भए गाउँमा हजुर बुबाको जेठी श्रीमती उनका १५ वर्षीय छोरा थिए उनीहरु बाहेक आपुनो भन्ने सवै गुमाए सन्सरबहादुरले आमासँगै अस्पताल आइपुगेका सन्सरलाई सवैको मृत्यु भएपछि काख लिने पनि कोही आफन्त भएन अस्पतालमा माया गरेर धेरैले उनलाई समात्ने खेलाउने भने गरे एक हप्ता यसरी अस्पताल बसेपछि जेठ ३० गतेबाट उनी एसओएस पुगेका हुन्
एसओएसमा उनी बराही नामको घरमा बस्छन् सो घर कान्ति नेपालीले सम्हालेकी छन् सन्सर सहित त्यो घरमा बस्ने ११ जना भएका छन् एसओएसमा आएपछि संन्सरबहादुरको नाम संसारबहादुर भएको संसार अहिले कान्तिको काखमा रमाइरहेकाछन् कान्ति पनि दुई वर्ष हुँदा सन्सरबहादुर जस्तै गरेर एसओएस आएकी हुन् रे उनी हुर्के बढेको नै एसओएसमा हो त्यसैले संसारलाई उनले संसारका सवै खुसी दिएर हुर्काउने अभिलाशा बोकॆकी छन् पहाडी गाउँको चेपाङ सानै उमेरमा टुहुरो भए पनि फराकिलो संसारमा फैलने सुखद संयोग जुेरेको
एसओएसमा हुर्काउने मात्रै होइन पढाउने उसलाई आत्म निर्भर बनाउनेसम्मका काम हुन्छ नस्ररीदेखि स्नातकोत्तरसम्म पढाउने खुट्टामा उभिनसक्ने बनाउने दायित्व अव आफ्नो भएको एसओएस भरतपुरका निर्देशक भोलानाथ पौडेलले बताए जन्म दिनेको काख गुमाएका नौ महिने चेपाङ बालकले अव कान्तिको काख फराकिलो संसार पाएका छन्




Thursday, June 24, 2010

कान्दाको कथा

जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै घरका आठजनाले ज्यान गुमाएपछि चितवनको लोथर गाविस वडा नं मा पर्ने कान्दा गाउँको नाम संचारमाध्यमहरुमा लगातार जस्तो आइरहेको थियो राजमार्गदेखि धेरै टाढाको त्यो गाउँ कस्तो होला बाहिरका कसैलाई केही अन्दाज थिएन खाएको च्याउ विषालु परेपछि मान्छेहरु विरामी पर्न थाले च्याउ खाएको २४ घण्टा नवित्दै त्यसको असरले ज्यान पनि जान थाल्यो आत्तिएर अरु विरामीलाई उपचारका लागि दौडाउँदा भरतपुरसम्म ल्याउन झण्डै २४ घण्टा लाग्यो गाउँमा तीनजनाको ज्यान गयो अस्पताल आएका पाँचजना पनि यो संसारबाट सदाका लागि बिदा भए
यस्तो विपद परेको गाउँ विकटमा भए पनि एक पटक पुग्ने मनसाय बन्यो विरामीहरुलाई उपचारका लागि ल्याएर आएका कान्दा गाउँको श्री कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानध्यापक बालकृष्ण थपलिया यतै थिए उनैको पहलमा च्याउको विपत्तिबाट बचेका एकजना नौ महिने बालक सन्सरबहादुरले भरतपुरको एसओएस बाल ग्राममा आश्रय पाए सवै काम सकेर उनी फर्कने दिन हामी दुई तीनजना पत्रकार पनि उनको साथ लाग्ने निधो भयो यात्राको मिति असार चार गतेलाई तय भयो
असार लागेकाले आकास कालो निलो ुपानी आयो भने कसरी हिड्न सकिएलाु जाने भनेर कम्मर कसेकी पत्रकार प्रतिमालाई मैले यात्राको पूर्व सन्ध्यामा भने प्रतिमाको जवाफ थियो ुभिजेरै भए पनि जाने ।ु उता जे जस्तो बाधा ब्यवधान आए पनि हिड्ने सुरुमा पत्रकार एकल सिलवा पहिलेदेिखनै तयार थिए तर पानी आए नखोलाबाट जान सकिने सम्भावना थियो पाखाबाट खोलो उर्लेर तर्नलाई गाह्रो हुन्थ्यो भने पाखो बाटोबाट हिड्दा एक समय बढी लाग्ने त्यसमाथि चिप्लने खतरा उत्तिकै त्यसैले पानी आएमा यात्रा रोक्नै पर्ने हुन्थ्यो पानी नपरोस भन्ने कामना गर्दै सुतियो
बिहान पाँच बजे लोथर भेट्ने बाँचा शिक्षकसँग गरिएको थियो त्यसैले भरतपुरबाट हामी तीनजना एका बिहानै लाग्यौं लोथर तर्फ तर तोकिएकोभन्दा एक घण्टा ढिलो पुगियो कुनै क्षण नगुमाएर सुरु भयो यात्रा झण्डै आठ घण्टा लगातार हिड्दा लोथर खोलोको जँघार सयय पटक तरियो होला किनारै किनारको हिडाइ आठ घण्टापछि टुंिगयो अनि सुरु भयो चढाइ हाम्रो कामना लागे जस्तो भयो बादल डम्म भए पनि पानी परेन सितल भयो बाटो काट्न सजिलो भयो उकालो चढ्ने चढ्ने बेलामा स्यार्र पानी आयो एउटा घरमा ओत लागेर लेकाली हरिया मकइ पोलेर खाँदै भोक मेटाइयो
उकालो बाटो साह्रै गाह्रो जंजगल खेत पाखेमा रोपिएका मकैको बोट छिचोल्दै बाटोको धस्रो आफैले कोर्नु पर्ने शिक्षक थपलियाले चिनेको एउटा चेपाङको केही राम्रो घर अयो मकै भुटेर खान दिए चाका सहितको महमा मुछेर मकै चपाइयो चिया आयो आधा माना सवै खाँदा पेट डम्म भयो च्याउ काण्डले चिन्तित रहिछन् त्इाे घरकी चेपाङ दिदी कान्दा पुग्ने भनेपछि उनले हाम्री प्रति झनै चासो राखिन् विदा भएर हिडेपछि केही परसम्म छाड्न आइन् त्यसपछि कुहिरो लागेको लेकाली भिर तर्फको चढाइ सुरु भयो अव यता जुकाले सताउछ भन्ने सुनेपछि मनमा एक प्रकारको सिकसिको लाग्यो महसँग मकै मुछेर खाएर हिडेको आधि घण्टापछि बाटोमा जुकाको आक्रमण सुरु भयो डेढ घण्टा हिड्न पाएको थिएन होला पानी पनि बसर्िन लाग्यो छाता ओढेर हिड्न सक्ने अवस्था थिएन त्यसैले नहिडि बस्यौ जुकाको जंगलमा तर बर्बादै होला भनेर सोचेको त्यो अनुसार जुका सकि्रय भएनन् पानी मन्थर भएपछि फेरि यात्रा तय भयो हामी रहेछौं लोथरको लाफकाइ लेकमा
त्यहाँबाट हिडेको पाँच मिनेट नहुँदै फेरि पानी दर्कियो बाटोको आडैमा एउटा छाप्रो फेला पर्यो पाली छाउनलाई डाडा भाटा बाँधेर ठिक्क मात्रै पारेको सानो सानो बुकुरो भित्र सात प्राणी रहेछन् एउटा २० दिनको शिशु थियो आमाको काखमा पाँच लाला बाला अगेना वरपर लुटपुटिएका थिए २० दिनकी सुत्केरीको कम्मरमुनि च्यातिएको मैलो पेटिकोट मात्रै थियो कम्मर माथि चोलो ब्लाउज केही थिएन मैलो धोती यसो ओढेर झरिको सिरेठो छल्ने प्रयास उनले गर्दै थिइन् उनले नौ छोरा जन्माइ सकिछन् जस मध्ये एकको निधन भएछ अरु हुर्केका छन् तर लत्ता कपडा खाना शिक्षा सवैबाट निकै टाढा छन् बिचराहरु
पानी थामिएपछि त्यहाँबाट हिड्यो तर त्इाे घरको दृश्यले मन निकै कुड्याइ रहयो यो साच्चिकै दृश्य हो या रंगमंचको भन्ने दुविधा लाग्यो चितवनमै देखियो जंगली युगको जीवन शैली त्यहाँबाट कान्दा गाउँ टाढा छैन भन्ने सुन्दा मन फुरुङ भयो तर बाटो केही ओरालो ओरालो पानी परेकाले चिप्लो पनि तर अघिकोभन्दा सजिलो थियो सजिलो भएर के गर्नु चिप्लो भएपछि लड्नै पर्दे रहेछ कान्दाको स्कुल पुग्दा सवा सात भयो बिहान सवा बजे हिड्न सुरु गरेको १३ घण्टामा स्कुल छिरियो थकाइले चुर भएकाले खाना खाएर घुम्लुक्क सुतियो
एका बिहानै उठेर स्कुलदेखि केही तल रहेको च्याउले विनास गरेकॊ घर तर्फ लागियो हिजो हिडेकोभन्द्या सयौ गुणा सजिलो थियो बाटो तर किन हो पाइला चाल्यो कि चिप्लन थालियो प्रीतमाको थेगो नै बन्यो सजिलो बाटोमा चिप्लने मान्छे ।ु जेठ १४ गते साँझको छाकमा च्याउ खाएर परिवारै गुमेको बाबुराम चेपाङको घरभन्दा केही माथि चिप्लेर सिस्नो घारीमा परेपछि मेरो ज्यान साह्रै असक्त भयो तर त्योभन्दा सयांैं हज्ज्ारौं गुना चोट बाबुरामकी जेठी श्रीमतीको मनमा थियो धेरै पहिले बाबुरामबाट छुट्टिएर छोरोसँगै बसेकी उनी च्याउको भोजनबाट छुटिन् तर परिवारैको बिछोडले निकै विछप्त बनेकी रहिछन् कम्मरमाथि लुगाको धजो पनि नलगाएकी उनी कुराकानी गर्दा धेरै पटक सुइय सुइय गर्दिन्
उनको घरभन्दा केही तल थियो अठजना गुमाएर सुनसान भएको बाबुरामको घर खान भनेर ल्याएर डोकोमा राखेको गिठ्ठा उम्रेर लहरा बाहिरै निस्केको पिढी भत्किन थालेको गोठमा गाई सुगुर पनि भोकै देखिन्छन तर किन हो उनीहरु चुपचाप छन् बाबाुरामले बुनेका डोकाहरु गोठमा त्यसै असरल्ल छन् पिढी अगाडी बसेर शिक्षक बालकृष्ण थपलियाले च्याउ खाएर विरामी हुँदा को कहाँ के गर्दे थियो भन्ने बेलि विस्तार लगाए सुगुरको दिसा कुकुरको दिसा समेत विरामीलाई ख्व्ाउन थालेपछि उनले जोड गरेर विरामीलाई भरतपुर दौडाएछन् तर कोही नबचेको पिडाले शिक्षकको मन पनि खिन्न देखिन्थ्यो
सवै कुरा बुझेर सुकल आउँदा १० बजेको थियो मेरो टाउँको भने निकै दुख्न थाल्यो झोलामा भएको औषधि खाएर एक घण्टा सुत्दा एकल जी प्रीतमाले च्याउका बारेमा गाउँलेसँगै धेरै कुरा बुझेछन् छुटे एक घण्टापछि उठ्दा शरीर हलुको भएछ भात खाएर जानेकी नजाने भन्ने दोमन थियो तर जानेनै निधो भयो लोथर खोलाबाटभन्दा अर्को बाटो गए आज पुग्ने सम्भावना रहन्छ भनेपछि जाने नै भर्यौ हामी साथमा कान्देश्वरीका अर्का शिक्षक आउने भए हामी कोराक तर्फबाट फर्कने भयो कुई भिरको बाटो हुँदै कुकुरलाई चेपाङ भाषामा कुही भनिन्छ कुकुर पनि लडेर हराउने भएकाले त्यसलाई कुइ भिर भनिएको रहेछ कुहीरोले डम्म छोविएकाले बाटोभन्दा केही देखिए हामीसँग आएका शिक्षक भन्दै थिए कुहीरो नलागेको भए यो भिर देखेर त्इसै कहाली लाग्थ्यो कुई भिर लगभग दुई घण्टा हिडेर काटियो त्यसपछि आयो सजिलो बाटो लगातार हिडेर राती नौ बजे वीरेन्द्रनगर आइयो त्यसपछि गाडी चढेर घर आउँद्या १० बजेको थियो
दुई दिन गरेर २० घण्टाको जब्बर हिडाइ हिड्यौं हामी कान्दाको त्यो विपत भोगेको घरको दौलो छुन कोही पुगेको रहेनछ प्रहरी पनि बाबुरामको घर नगएर बैशाखसम्म उनकी जेठी श्रीमती बस्ने गरेको बेसीको घरबाटै मुचुल्का गरेर फर्केछ जुन घर बाबुरामको भन्दा डेढ घण्टा टाढा पर्दो रहेछ सजिलो बाटोमा चिप्लदै अप्ठ्यारोमा जोगिदै कान्दा पुगेर आइयो विकटमा विपद आइलागे केसम्म हदो रहेछ त्यो लेखिसाध्ये छैन





Tuesday, June 15, 2010

प्रेम गर् यौ कि पाप

'उसले केटीलेसँगै विष खाएछन् केटी मरिहालिछ केटो मेरो भाइ हो सँगै विष खाए तर अहिले मेरो भाइलाई हत्याको आरोप लगाउँदै छन् सिकिस्त तर राम्रोसँग उपचार गर्नुको साटो हत्कडी लगाएर राखेका छन् हत्कडी नलगाउनुअघि मेरो भाइ होसमा आइसकेको थियो हत्कडी लगाएपछि तनावले झनै थला पर्दैछ मेरो भाइ त्यसै मर्ने भयो एक पटक हजुरहरुले गएर हेरिदिए केही हुने थियो कि भनेर पत्रकारहरुको कार्यालय खोज्दै आएँ मेरो घर सुर्खेत हो यो बिरानो ठाउँमा एक्लै परे " नेपाल पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा आइतबार दिउँसो एकजना युवतीले आँशु झार्दै यी कुराहरु पोखिन् मन भित्र गु_िम्सएको बेदना उनले महासंघ कार्यालयमा छताछुल्ल पारिन्
सामान्य रुपमा बुझ्दा आत्महत्या कमजोरहरुले गर्ने काम हो युवतीको कुरा सुन्दा उनको भाइले प्रेम गरेको थियो प्रेमले मान्छेलाई शक्तिशाली बनाउँछ संघर्ष गर्ने आँट दिन्छ तर अपवादको रुपमा औषधिले ज्यान बचाउनुको साटो कहिले काँही साइट इफेक्ट देखाउँछ त्यस्तो बेलामा मान्छेको ज्यानै जाने सम्भावना रहन्छ त्यस्तै प्रेम गर्नेहरुले आत्महत्या गर्दै गर्दैनन् भन्ने पनि होइन तर त्यो औषधिको ज्यानै लिने साइड इफेक्ट जस्तो अपवादको घटना मात्रै हो सच्चा प्रेममा लागु हुने कुरा हुन् यी देखावटी प्रेम ज्यानै लिने साधन हो दुवै जनाले विष खाएको घटनामा प्रेमको अवस्थ्ा के थियो युवातीको भाइलाई हेरेर आकलन गर्ने निधो भयो विष खाएको विरामी मान्छेको उपचार प्रमुख कुरा हो प्रहरीले त्यसमा विथोल्ने प्रयास गरेको रहेछ भने हामीले भेटिदिदा केही राहत अवस्य पुग्ने
यस्तै ठानेर भोलिपल्ट बिहानै पुरानो मेडकल कलेजको मेडिकल वार्डको वेड नम्बर २४० पुगियो विस्तारामा लम्पसार युवक हामीले हिजो उसको दिदीको मुखबाट सुने अनुसार ज्यानै फाल्न तम्सने पागल प्रेमी थियो तर प्रेमको पागलपनको भाव उसको अनुहारमा पटक्कै थिएन यसको खुट्टामा हत्कडी लगाएको रहेछ जुन तन्नाले छोपिएको थियो सुरुमा हामीले देखेनौ तर उसको आँखाको चाल अनुहारको भावले प्रेमी होइन ज्यान केशको अभियुत्तनै हो भन्ने छाप मनमा पार्यो अघिल्लो दिन पत्रकार महासंघमा उसको दिदीको पिडा भाइ प्रतिको प्रेमभाव प्रष्ट देखिएको थियो मान्छेले अरु सवैलाई भन्दा आफ्नो प्रमी प्रेमिकालाई बढी माया गर्छ तर बेडमा लम्पसार युवकको अनुहारमा दिदीले भाइप्रति देखाएको मायाको जति पनि संकेत थिएन ज्यानै दिन तम्सने प्रमीे किन यति भाव शुन्य मनमा शंका बढ्यो
नेपाली सेनाको जागिरे रहेछ सेना युवतीबीचको सम्बन्ध निकै जटिल खालको रहेको विभिन्न घटनाक्रमहरुले देखाएको प्रेमका नाममा यौनका लागि राखिने सम्बन्धले धेरै दुर्घटनाहरु निम्त्याएका छन् यसको मुखाकृति जागिरको विवरणले यसले प्रेमको नाममा नाटक मात्रै गरेछ भन्ने आशंकालाई बल दियो नेपाली सेनाको प्रवृत्ति नै यस्तै हो भनेर आक्षेप लगाउन भने खोजेको होइन तर त्यहाँ भित्रका केहीले आफुलाई सम्हाल्न नसकेको कुरा भने तितो यथार्थ हो घटनाको सत्यतथ्य नखोतलेर केवल आशंकाका आधारमा आक्षेप लगाउदा कसैप्रति अन्यय हुन जाला तर कसैको भाव व्यवहारले मान्छेको दिमागमा पर्ने प्रभावले पनि घटनाको सम्भावित दृश्य बोलिरहेको हुन्छ अस्पतालको शैयामा लम्पसार युवाको भाव व्यवहारले दिएको संकेत राम्रो थिएन अझ भनौ प्रेमीको जस्तो पटक्कै थिएन
उसका कारणले एउटा युवतीको ज्यानै गइसकेको सुर्खेत घर भए पनि जागिरको सिलसिलामा नुवाकोट पुगेको उसले सिन्धुली गएर केटीसँगै विष खाएको ' धन्न बाँचे केटीलाई के भयो ?" भन्ने कुरा मनमा लाग्यो होला भन्ने भाव अनुहारमा पटक्कै छैन
अरु बेला अलिअलि बोलेको डाक्टर आएर हालखवर सोध्दा बेहोस भएको झै गर्यो नाटक गर्न सिपालु रहेछ भन्ने त्यहाँ देखियो यस्ता कलाकारले प्रेमको आवरणमा पाप गरेझै लाग्यो मान्छे अपराधी नै भए पनि उपचार पाउनु पर्छ त्यो युवक अपराधी हो भन्ने पुष्टि भएको छैन अभियुक्त हो कि भन्ने ठम्म्याइ पनि भावनाको कुरा मात्रै हो प्रहरीलाई भेटेर मानवअधिकारकर्मी मुकुन्द दहालले कुरा राख्नु भएछ 'जे जस्तो भए पनि उसको उपचारलाई प्रथामिकता दिनु होला "





Sunday, June 13, 2010

बेल्जियम र बाँदरझुला

बेल्जियम सम्पन्न मुलुक हो बाँदरझुला अति कम विकशित नेपालको एउटा विकट गाउँ हो चितवन जिल्लामा पर्ने हो गाउँ राष्ट्रिय निकुंज भित्र जंगल फाँडेर त्यहाँ अन्यत्र जग्गा नभएका सुकुमवासीहरुले आश्रय लिएका हुन् यस्ता विपन्नले गएको चैत्रमा आगलागीको विपद भोगे विपद भोगेका विकटका वासिन्दालाई बेल्जियमबाट सहयोग आयो यो सहयोग सरकारी थिएन बल्जियममा श्रम गरेर दुई चार पैसा जोडेका चितवनवासीका तर्फबाट थियो घर छाडेर परदेश पुगेकाचितौनेले आफ्नो समाजका लागि केही गर्ने जमर्को स्वरुप चितवन एड ट्रष्ट खोलेका रहेछन् बेल्जियममा त्यसैको आर्थिक सहयोगमा बादरझुलामा बस्यो स्वास्थ्य परीक्षण शिविर
एउटा वस जीपमा ठेलमठेल गरेर सदुमुकामबाट शिविर चलाउन हिँडे मान्छेहरु शुक्रबार दिउँसो दुई बजे गाडी लगातार कुदी रहँदा पनि बाँदरझुला पुग्दा साँझ पर्यो सुगम भन्नु गाडीबाट झरेर हिँडेन परेन त्यत्ति हो सडकको पिच पटिहानी सम्म मात्रै झण्डै ८० किलो मिटर बाटोमा १५ किलो मिटर जति पिच त्यसपछि ग्रावेल निकुाजको जंगलमा रुखमा गाडी ठोक्किने सम्भावना अत्याधिक हुन्छ खोलाहरु एउटा दुईवटा होइन प्रसस्तै तर्नुपर्छ कसरादेखि वनकट्टासम्मको जंग्ल काटेपछि केही बेर गाउँ देख्न पाइन्छ अनि बगइबाट ठूलै जंगल सुरु हुन्छ बगइदेखि सुरु हुने जंगलको बोटो अति नै बिग्रेको कम असल खालको गंगली हात्तीले चक्का जाम गर्ने खतरा पनि उत्तिकै रहन्छ चक्का जाम गरेर यात्रुहरुलाई भौतिक कारवाही गर्नेसम्मका घटनाहरु हुन्छन त्यो बाटोमा
यस्ा खतराहरुको सुइको पनि भएन यात्रामा हामीलाई गाडी दौडेको दौडेइ भित्र रमाइलो उत्तिकै बाहिर नियाल्ने त्यहाँको अव्सथा बारेमा चर्चा गर्ने मौका मिलेको भए मनमा चिसो पस्ने सम्भावना रहन्थ्यो तर बस भित्रकै गरम महौललले खतराका सम्भावनाहरु सुकायो पूर्वी चितवनबाट गामवेसीको खवरु भन्ने पत्रिका निकाल्ने साथी केपी किरण शर्मा गीत गाउन पनि माहिर उनैले रसिलो बनाए यात्रालाई दोहरी गाएर थाक्दै नथाक्ने साँभल पख वाँदरझुला पुगेपछि केही समय सुस्ताएर सुरु भएको दोहरी सुत्न नजाँदासम्म जारी मध्य रातमा स्कुलको छतमा गएर सुतियो झुल नटाँगीकन आकासका तार हेर्दै त्यसरी नसुतेको जुगौं भएको रहेछ
बिहानै उठेर गाउँ भ्रमणमा निस्यौं उनै केपी किरणलाई अगाडी लगाएर साथी दिपेन्द्र बडुवाल पूर्वदेखि सर्लक्क पश्चिम तर्फ फैलिएको गाउँमा आगालागीपछिको निर्माण चलिरहेको दक्षिण तर्फ गाउँसँगै जोडिएको होचो डाँडा त्यो नै भारत नेपालको अन्तराष्ट्रिय सिमाना गाउँको पुछार पुछारमा एउटा लामो टहरोका अगाढी िलंगो गाडेर माइक बाँधेको देखियो रमा विकको घर रहेछ त्यो टहरो भित्र १७ इन्चको संगिन टेलिभिजन रहेछ दुईवटा पंखा तल बसेर गाउँका मान्छेहरु चलचित्र हेर्दा रहेछन् भित्र चलचित्र हेर्दा माइकबाट आवाज निस्केर गाउँ नै थर्काउदो रहेछ रमाका लोग्नेले पानी तानेर खेतमा िसंचाइ गराउनका लागि ३० हजार रुपैयाँमा जेनेरेटर ल्याएका रहेछन अरुले पनि पानी तान्न बोलाउलान आम्दानी गरौंला भन्ने उनको योजना फेल खाएपछि जेनेरेटरबाट टीभी चलाउने सिनेमा देखाउने व्यवसाय सुरु गरेकारहेछन् जसबाट तेल दाल खाने खर्च जोहो भएको रहेछ
झण्डै एक लाख जनता बस्ने माडीका चारै गाविसमा विजुली छैन सोही गाविस मध्येको अयोध्यापुरी वडा नं। मा पर्ने पुछारको बस्ती बाँदरझुलामा बिजुली कसरी हुने बत्ती नभए पनि सिनेमा हेर्ने रहर भने पुरा भएको रहेछ जेनेरेटरबाट तर त्यसबाट सिनेमा मात्रै हेर्नुभन्दा पानी तानेर खेती पनि गर्ने गरेको भए कति राम्रो हुने थियो मनोरंजन चाहियो नै तर मिहेनतमा पनि लागेको भए गाउँमा राम्रो हुने थियो नि
बत्ति नभएको गाउँमा फुटवलको विश्व कप सुरु हुने दिनमै पुगेका थियौं यता सरदरमुकामबाट गएकाले खाएर चौरभरी फालेका मिनरल वाटरका बोत्तल शुक्रबार साँझ गाउँका केटाकेटीहरुले फुटवल ठानेर हिर्काएको देख्दा वर्ड कपको झल्को दियो विश्वको तुलनामा फुटवलको जे हैसियत नेपालको भरतपुरको तुलनामा बाँदरझुलाको अवस्था त्यस्तै हो नि मदन लामा राम्रोसँग बाँसुरी बजाउँदा रहेछन् गाउँमा यो पनि एउटा साधन हो मनोरंजनको शिविरमा ७९५ जना आएर स्वास्थ्इ परीक्षण गराए अघिल्लो दिन भरतपुरबाट जुन समयमा हिडेका थियौं त्यही समयमा बाँदरझुलाबाट फर्कियौं श्रम गर्न बेल्जियम पुगेका चितवनवासीले साच्चै नै सम्मान गर्न लायकको काम गरे विकटका बासिन्दालाई स्वास्थ्य सेवा दिएर




Thursday, June 10, 2010

गन्ध

हिजोको दिन चितवन राष्ट्रिय निकुंजको मुख्यालय कसरामा वित्यो बिहान चिया मात्रै पिएर त्यता लागेको खाना खाँदा दिउँसोको तीन बजेको थियो पानीको पनि संकट भएको त्यस ठाउँमा खानाअघि एक पटक रातो चिया भने पिएको हो बिहान हामी मुख्यालय पुग्दा एक टोली काममा जुटिसकेको थियो त्यो टोली लगातार काममै रहेकाकाले खानालाई अबेला भएको हो कोही धम्मरधुस तरिकाले काममा थिए उनीहरु पनि भोकै नै थिए त्यसैले खानालाई अबेला भयो भन्ने विषयमा कुनै गुनासो भने छैन
कसरामा रहेका गैंडाको खाग खुर बाघ चितुवाको छाला हड्डि हात्तीको दाह्राहरुको हालत बुझ्न हिजो काठमाडौंबाट टोली आएको थियो अखेटोपहार भनिनने यी अंगहरुको हालत निकै खराव रहेछ कसरामा वि..२०५४ सालदेखि अखेटोपहार राख्न थालिएको रहेछ निकुंजले जनावार मरेमा अंग झिक्ने गर्छ भने तस्कारहरुबाट बरामद भएका त्यस्ता अंगहरु पनि संकलन गर्दो रहेछ झण्डै १३ वर्षदेखि त्यहाँ राखिएका त्यस्ता अंगहरुबाट कस्तो गन्ध आएका होला एक पटक कल्पना गरौं
खाग पनि नराम्ररी बिग्रेको रहेछ तर त्यसबाट गन्ध त्यत्ति आएको पाइएन बाघ चितुवको छालाको हस्को भने साह्रै नराम्रो सवैभन्दा खत्तम अवस्थामा गैंडाको खुर रहेछन् किराले खाएर खुरको स्वरुप चिन्नै नसकिने गन्ध पनि नाकमा आएर ठोक्किदा आँखाबाट आँशु झर्न थाल्ने टियर ग्याँस परे जजसरी चितवन राष्ट्रिय निकुंजका प्रमुख संरक्षण अधिकृत रहिसकेको राष्ट्रिय निकुंज तथा वन्यजन्तु संरक्षण विभागका उपमहा निर्देशक मेघबहादुर पाण्डेले ठट्टा गर्दै भने ' रमेश एकदुईवटा झोलामा हाल " मैले भने 'अलि पर पुगेपछि समात्ने अनि खुर सहित पत्रकार पत्रकाउ परे भनेर प्रचार गर्ने विचार आए जस्तो " उनले हास्दै भने 'ति तपसिलका कुरा हुन् "
गन्धमा घण्टौ बिताएपछि खाना खाने तरखर सुरु भयो कसरा ब्यारेकमा खानाको राम्रै प्रवन्ध थियो पत्रकारहरुसँग निकुंजका अधिकारीले गरेको ख्याल ठट्टा खानाको मेसमा भने चर्को असहमतिको रुपमा प्रकट भयो पाण्डेको बारेमा केही खवरहरु राष्ट्रिय पत्रिकामा राष्ट्रिय पत्रकारहरुले नै लेखेका रहेछन् पाण्डेले आफ्नै पारामा केही झर्के जस्तो गरेर भने 'यार तपाइँहरु जे पायो त्यही लेखिदिने " पाण्डेले त्यत्ति बोलि नसक्दा व्यारेकका कर्णेलले सोधे 'तपाइँहरुको कोण् अफ कण्डक छैन त्योभन्दा बाहिर गए लाइसेन्स खोसिदैन"
कर्णेलको जिज्ञांसा प्रकट भएपछि अरु अधिकारीहरु पनि हौसिए पत्रकारहरुको गलत आचरणको टिका टिप्पणी गर्न ति अधिकारीहरुले त्यस्ता कुरालाई पत्रकारिता भित्रका समस्या कमजोरीभन्दा पनि प्रवृत्तिकै रुपमा बुझेको उनीहरुका कुराकानीले देखाउथ्यो पत्रकार भनेको बिगार मात्रै गर्ने हुन् भने जसरी उनीहरु खनिए पत्रकारमाथि डा.शान्तराज ज्ञवालीले भने 'नचाहिदो कुरा मात्रै गर्छन् पत्रकारसाथीहरु हामीले संरक्षणसँग जोडिएको गम्भीर कुरा राखे पनि बिगारेर आउन थाल्यो त्यसैले बोल्नै डर लाग्दछ " श्याम बजिमयले थपे 'नराम्रो कुराका लागि मात्रै होइन राम्रै कुरा राख्न पनि पत्रकारहरुले मलाई नसोधी उहाँले भनेको भनेर लेखे यस्तो तरिका भएन साथी " पत्रकारहरुको गन्ध कति धेरै मन नपरेको रहेछ सवै त्यहाँ प्रकट भयो सवै गतिविधिहरु काठमाडौंका वातावरण विट रिपोर्टहरुले गरेको रिपोर्टिङमै आधारित भएर हामीसँग आक्रोश प्रकट भएको थियो उतै सुनाउनु त्यो कुरा अवसर दिन पर्यो भने उताकालाई अंगाल्ने रिस पोख्न पर्यो भने यताकालाई समात्ने अखेटोपहारको गन्धसँग मज्जाले जुधेर काम गरेका अधिकारीहरुलाई पत्रकारको गन्ध भने साह्रै नै नमिठो रहेछ
सवै कुराको प्रतिवाद हामीले नगरेको होइन तर उनीहरुले त्यसलाई कसरी लिए कुन्नि यो विवादको राम्रैसँग मज्जा लिए एकीकृत नेकपा माओवादी का नेता यमबहादुर परियारले पार्टीका सह इन्चार्ज मात्रै होइन उनी चितवन निकुंजको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष पनि हुन् असहमति प्रकट गर्दा सार्वजनिक रुपमा पत्रिका नै जलाउने पार्टीका नेताले त्यो कुराकानीलाई कसरी लिए थाहा भएन तै पनि उनले एक दुई पटक भनेको सुनियो 'एक पत्रकारहरुले गलत गरेका छन् भने त्यसैलाई पत्रकारिताको प्रवृत्ति नै हो भनेर बुझ्न भएन " यसमा चितवन निकुंजको प्रमुख संरक्षण अधिकृत नरेन्द्रमान प्रधानले पनि सहमति जनाए


Wednesday, June 9, 2010

उपचार

नेपालमा नेता हुन खोज्नेको पहिलो योग्यता यो हो कि उसमा विरामी हुन सक्ने खुवी हुनै पर्छ त्यसपछि उपचारको कुरा आउँछ धेरै खालका गम्भीर रोगको उपचार अब नेपालमै सम्भव नेपालमा नभए स्तरीय उपचारका लागि अन्य विकसित देशहरु गए भै हाल्यो तर नेता बन्न चाहनेले यस्तो सोच्यो भने कुरा खत्तम नेपालको राजनीतिमा स्थापित हुन चाहने हो भने रोगको उपचार अन्यत्र गराउँनै हुँदैन सिधै भारत गयो सन्चो भयो आयो यसले रोग मात्रै होइन प्रतिद्वन्दि पनि पाखा लागेर हाइसन्चो बनाउँछ
राजाले सत्ता हातमा लिएका बेला हाम्रा धेरै नेताहरु बिरामी परे यहाँ आन्दोलन नउठेर दिक्दार भएका बेलामा नेताहरु बिरामी परेर उपचारका लागि धाउँदा हामी सर्वसाधरण चिन्तित थियौ देशै विरामी भएका बेला नेता थला पर्नु दुर्भाग्या भयो भनेर तर नेताहरुको उपचार राम्रैसँग भएको रहेछ १२ बुँदेको बुटीले त्यसपछि नेताहरु पनि तन्दुरुस्त यहाँ सुके नास लागेको आन्दोलनले पोषण पायो त्यसै बेलादेखि स्थापित भएको मान्यता हो नेता हुनलाई विरामी पर्न आवश्यक स्थापित हुनलाई उपचार भारतमा गराउन पर्छ
विरामी हाम्रा शुसिल कोइरला पनि छन् उनको जिब्रोमा क्यान्सर लागेको तर शुसिल नेता हुन निकै रहर गर्छन् तर उनलाई नेता मानिदिने कस्ले विचरा शुसिलले कुरै बुझेनन् रोग लागेपछि उपचारका लागि उनी भारत नपसेर अमेरिका हानिए त्यसैले शुसिलको नेता हुने रहर रहरमै सिमित होला जस्तो कता कता कृष्णप्रसाद भट्टराइको अवस्था पनि त्यस्तै हो जस्तो लाग्छ मलाई विचरा विरामी परे नेपालकै अस्पताल धाउछन् नेपालको राजनीतिमा अगाडी आउन खोजे सधै बल्ड्याङ खान्छन्
एमालेका नेता केपी ओली पनि बेला बेलामा बिरामी पर्छन् उनले उपचारका लागि प्राथमिकता भारतकै अस्पताललाई दिने गरेका छन् सधै भरी सत्तो सराप गरे पनि गणतन्त्र दिवसका दिन एकीकृत माओवादीका सुपि्रमो पुष्पकमल दाहाल प्रचण्डले उनाई गल्र्याम्म अंगालो हाले भारतलाई विस्तारवादी भनेर २४ सै घण्टा गाली गर्ने माओवादी सुपि्रमो प्रचण्ड प्रधानमन्त्री भएका बेलामा भारत भ्रमण जाँदा त्यहाँका प्रधानमन्त्री मनमोहन िसंहको इच्छा नभए पनि गल्र्याम्म अंगालो हालेको अडमिल्दो दृश्य हामीले हेरेका थियौं भारतमा उपचार गराएको प्रभावले ओलीले पनि प्रचण्डबाट त्यस्तै सदासयता पाए
विद्यादेवि भण्डारीलाई लागेको रोग आमसर्वसाधरण नेपालीलाई लागेको भए उसको मृत्यु धेरैअघि भइसकेको हुने थियो उनी नेता परिन त्यसैले बाँची रहेकी छन् सत्ताको खेलमा बलियोसँग टाँसिएकी पनि छन् किन भने उनी भारतमा उपचार गराउछिन् जसले गर्दा प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि उनी टेरदिनन् प्रधानमन्त्री कै खिलाफमा बोल्छिन् तर पनि सत्तामा छन् गृहमन्त्रीको कार्यशैली प्रति असहमत भएर सार्वजनिक अभिव्यक्ति दिदा सो मन्त्रालयका राज्यमन्त्री रिजवान अन्सारीले पदबाटै हात धुनु पर्यो रिजवान हट्ठाकठ्ठा थिए विरामी नभएकाले उपचारका लागि धाउने कुरै थिएन जुन उनको लागि पदमा बस्न नसुहाउने योग्याता बन्यो नेपालको राजनैतिक बिडम्बना यही हो
बिरामी नेताहरुले भारतले दिएको ओखती खाएर यो बिग्रन लागेको देशमा सुधार गर्लान भनेर आशा राख्ने हामी नेपाली झनै ठुला विरामी हौं यो व्यथाको उपचार यही सम्भव अरु केही गर्नु पर्दैन सवै मिलेर एकअर्काको मार्का बुझ्ने गरियो भने सामाजिक एकता कायम हुन्छ यो एकता नै नेपाल विग्रन नदिने बहुमुल्य बुटी हो

Monday, June 7, 2010

आँशु

विश्व कप फुटबल प्रतियोगिता सुरु हुँदै हार्ने जित्ने देशको आँकलन सवैको आफ्नै अलि सशक्त देशहरु ब्राजिल जर्मनी इटाली अर्जेन्टिना इंग्ल्याण जस्ता देशहरुले खेल जितोस भन्ने चाहना कामना खेल बाहेक यी देशसँग अरु कुनै साइनो नभएका फुटबल प्रमीहरुको रहेको प्रतियोगितामा भाग लिएका ३२ देशहरुलाई कुनै कुनै रुपमा मन पराउने खेलप्रमीहरु विश्व्भर छन् फुटबलको विश्व्कप रोमााचक खेलको महास्रग्राम हो जहाँ जित्तदा खेलाडी सम्बन्धित देशबासी मात्रै होइन विश्वका हरेका कुनामा रहेका त्यो देश समर्थक खेल प्रेमीहरु खुसीले उपि्रुन्छन्
खेल जित्दा मैदानमा खुसी उत्साह पोखिन्छ हार्दा कहिले काही आँसु टप्किन्छ विश्व कप फुटबलमै पनि त्यस्ता दृश्यहरु मिसिएका हुन्छन जहाँ धुरन्धर खेलाडीहरु पनि धरधरी रुन्छन् सन् १९९४ को विश्व कपमा फुटवलका हस्ती म्याराडोना रोएको दृश्य फेटवल प्रेमिहरुको मस्तिष्कमा ताजै फुटबल खेल्न आएका अर्जेन्टिनाका यी खेलाडी मैद्यान बाहिरै बस्नु पर्ने निर्ण आयो फुटबल हुत्याउँदै मैदानमा कुद्नु पर्ने खेलाडी खेल्न नपाउँदाको पिडा आँशु बनेर बाहिरिएको थियो त्यो बेला
म्याराडोना मैदानमा होइन दर्शक दिर्घामा बसेको थिए कालो चस्मा फुकाली फुकाली उनले आँशु पुछेको दृश्य टेलिभिजनबाट पटक पटक प्रशारित भएको थियो लागू औषधको दुव्र्यसनमा फसेका म्याराडोना विवादित खेलाडी हन् तर फुटबल खेलमा देखाउने चमात्कारिक प्रदर्शनका कारण विश्वमा उनका लाखौं प्रशंसक छन् सन् ९४ को विश्व कपमा पनि उनी खेल नियम विरोधी कुनै गतिविधिका कारण मैदानमा पस्न नपाएका हुन् तर फुटबल प्रशंसकहरुलाई त्यसको वास्ता रहेन उनी मैदना बाहिर छन् रोइरहेका छन् बस यी तथ्यले धेरै प्रशंसकहरुको मन कुडिएको थियो त्यो बेला
पराग्वे भन्ने देश फुटबल खुव राम्रो खेल्थ्यो त्यो देशका क्याप्टेन तथा गोल किपरको नाम याद नभए पनि उनको छवि धेरैको स्मरणमा रहिरहने खालको सायद सन् २००२ को प्रतियोगितामा हो क्याहो त्यो देशले विस्रन नसक्ने अर्को छवि पनि छाडेर गएको खेल प्रेमीहरुका लागि खेल्दा खेल्दै समय सकियो गोल आँकडामा प्रतिद्वन्दिभन्दा तल परेकाले पराग्वे पराजित भयो अनि मैदानमा पराग्वेका खेलाडीहरुको ठूलो पंक्ति घोप्टो परेर रुन थाल्यो टिम क्याप्टेन तथा गोल किपर आएर सम्झाउन थाले उनको अनुहारमा हारको दुःख प्रष्ट देखिन्थ्यो तर आँखामा आँशुको विन्दु पनि थिएन
यो विश्व कपमा हार जितसँग जोडिएको अनेक दृश्यहरु देख्न पाइएला सन् १९९४ मा दर्शक दिर्घामा बसेर आँशु चुहाउने म्यारोडोना अहिले अर्जेन्टिनाको प्रशिक्षक बनेर दक्षिण अफि्रका पुगेका छन् उनका सिपाइहरुले सन् ९४ को त्यो आँशुको बदला लिएरै छाडुन यसैको प्रतिक्षामा छु अर्जेन्टिनाको टोलीलाई धेरै धेरै शुभकामना

Saturday, June 5, 2010

बाँदरमुढेकॊ सम्झना

वि..२०६२ सालको जेठ २३ गते बिहान सवा आठ बजे चितवनको विकट क्षेत्र माडीको बाँदरमुढेमा जे घटना भयो त्यो नेपाली इतिहासको एउटा नमेटिने कलंक हो माओवादीले जनसत्ता स्थपान गर्न ५२ सालदेखि सुरु गरेको सशस्त्र युद्धले नपुरीने घाउँ बनाएको ठाउँ हो बाँदरमुढे सेना चढेका छन् भनेर सर्वसाधरण चढ्ने बसलाई माओवादीहरुले त्यस दिन आक्रमणको निसाना बनाए बस आउने बाटोमा पुरेर राखेको विष्फोटक लुकेर पड्काउँदा तीनजना सेना ३५ जना अरु सर्वसाधरणको ज्यान गएको ठाउँ हो बाँदरमुढे जुज घटनामा ७२ जना घाइते भए जसको घाउँ अझैसम्म चहर्याइ रहेको
माडीमा बम पढ्केर बसमा रहेका सवैको ज्यान गयो रे भन्ने खवर बिहान १० बजे मात्रै आयो त्यो समय देशमा राजाले प्रत्यक्ष शासन सत्ता सम्हालेको बेला थियो कडैलेस फोनहरुका टावरहरु सेनाले थुतेर लगेको थियो माडीमा कर्डलेसको विकल्प थिएन मोवाइल फोन बजारमा समेत चल्दैन थियो त्यसैले ज्ञानेन्द्रको कालो शासनमा माओवादीले गराएको दर्दनाक घटना पनि तत्कालै यता आउन सकेन विष्फोटको जानकारी आउना साथ हामी पत्रकार मानवअधिकारकर्मीको टोली एउटै गाडीमा त्यता हानियो
राप्ती पुल नजिक जगतपुरको घैलाघारीमा चौरभरी घाइतेहरु थिए सिसौंको छहारीमा ऐया आत्था भन्नेहरुमा बुढाबुढी युवा केटाकेटी सवै थिए अगाडी एउटा महिलाको काखमा ढाकाको भोटो लगाएको सानी बच्चि निकै रोइरहेकी थिइन् छातीमा टाँसेर ढाँडमा जति थप्थपाए पनि महिलाले उनको रुवाइ रोक्न सकेकि थिइनन् त्यो बच्चा उनको रहेन बच्चाको आमा कता छिन् के भयो उनलाई पनि थाहा रहेनछ अलि पर एएटा युवक सुति रहेको भेटियो यसलाई के के भयो भनेर सोध्यौ बा दिदी आएका थियौ यता छु उनीहरु गए भनेर धरधरी रुन थाल्यो उसैले भन्यो छतभरी भित्र खचाखच मान्छे थिए बम पड्कियो धेरै नै मरे
त्यहाँबाट एक घण्टा हिडेपछि बाँदरमुढे पुगियो जाँदा बाटोमा बाँदरमुढे तर्फ जानेको जत्रो लाइन थियो अर्को साइडमा फर्केकाहरु पनि उत्तिकै देखिन्थे ठ्याक्कै घटना स्थलमा पुग्दा सेनाले रोक्यो केही बेरपछि जानु होला भन्दै वरै राख्ख्यो हामी अटेर गर्दै केही परसम्म पुग्यौ खोलामा घटना भएको थियो टाढाबाट ढिकले राम्रोसँग देख्न सकिदैन थियो सेनाले राक्दा रोक्दै पनि केही परसम्म गएर हेर्दा बस धुजैधुजा भएको थियो रेडक्रसको झण्डा गाडेको पाइयो लाशहरु यता त्यता छरिएका देखिन्थे तन्ना च्यादरले तिनलाई छोपिएको थियो
हेलिकोप्टरमा काठमाडौंबाट आएको फोटो पत्रकारहरुले धमाधम फोटो खिचेर फर्के हामीलाई सेनाले नजिक पर्नै दिएन त्यति बेला कसरा ब्यारेकमा थिए कर्णेल अजित थापा नाम अजित काम अजिबको थियो पत्रकारहरुले त्यहाँ के बिगार गर्ने थिएर तर कर्णेल अजितलाई के लाग्इाे कुन्नि उनले जिल्लाका पत्रकारहरुलाई त्यहाँ पर्ने दिएनन् घटना स्थल नजिक सर्वसाधरणको बाक्लो घेरा थियो बिहानैदेखि उद्धारमा खटेकाहरु पनि भेटिए उनीहरुले भने ३० भन्दा बढीको ज्यान गयो सयको हाराहारीमा घाइते भए होलान कर्णेलले त्यहाँ छिर्न नदिए पनि वरैबाट थाहा भयो घटना सोचेभन्दा ज्यादै विभत्स रहेछ लगभग तीन घण्टा त्यहाँ बसेर हामी फक्र्यौ
अहिले जस्तो एफएमको संख्या पनि धेरै थिएन त्यो बेला भएका एफएमलाई पनि राजा ज्ञानेन्द्रको सरकारले समाचार भन्न दिएको थिएन त्यसैले के भएको हो सवैले अनुमान मात्रै लगाएर बसेका थिए हामी अफिस आउँदा नआउँदै फोनको बाढी सुरु भयो
फोनबाट तारन्तारको सोधाइ घटना स्थल जान तीन घण्टासम्म सेनासँग अनुमतिका लागि गरेको असफल अनुरोध विभत्स घटनाको मानसपटलमा परेको प्रभाव यसैबीचमा पनि समाचार तयार गर्नु पर्ने बाध्यता यी सवै कुराले त्यस दिन मानसिक शारिरिरुपमा साह्रै गलायो अझ समाचर पुष्टीर सही जानकारी तथा तथ्याकंकका लागि असहयोगी अधिकारीहरुसँग जानकारीका लागि ठाउँठाउमा फोन गर्नु पर्यो यी सवै कुराले त्यस रात राम्रोसँग निद्र परेन मेरो पत्रकारीता जीवनको अहिलेसम्मकै तनावपूर्ण सयम थियो त्यो
घटना प्रति माओवादी अध्यक्ष प्रचण्डले क्षमा मागेछन् तर घटनामा उनको को को कार्यकर्ता संलग्न थिए उनीहरुलाई के कारवाही भयो माओवादीले खुलाउनै चाहेन आन्तरिक कारवाही भएको भनियो माओवादी अध्यक्ष प्रचण्डले नै जनयुद्ध कालकै सवैभन्दा कंलकित घटना भनेर त्इसलाई स्वीकार गरे हुन पनि एकै पटक त्यति धेरै सर्वसाधरणको ज्यान जाने गरेर सशस्त्र संघर्षका दौरान अरु कुनै घटना भएन
प्रचण्डले उपयुक्त समयमा माडी नै गएर माफी माग्ने बताएका हुन् त्यो साइत पनि अझै जुरेको छैन घटनामा बालबच्चा गर्भवती महिला समेत मरे बाँचेकाहरु पनि शारिरिक मानसक रुपमा असक्त छन् उनीहरुको सुविधाका लागि नमाओवादीले सोच्यो सरकारले घाइते आफन्त गुमाएकाहरुको आक्रोश सान्त भएक्ो छैन त्यस्तो अवस्थामा जाँदा केही अनिष्ट हुन्छ भन्ने आशंकाले प्रचण्डले ६४ सालको असारमा माडी जाने भनेर तय गरेको कार्यक्रम पनि रोके अहिले सवैले बाँदरमुढे घटना विस्रन चाहेका छन् तर घाइते पिडितको मन इतिहासका पानाबाट त्यो कलंकपूर्ण पाटो कहिल्यै मेटिने छैन