Monday, June 7, 2010

आँशु

विश्व कप फुटबल प्रतियोगिता सुरु हुँदै हार्ने जित्ने देशको आँकलन सवैको आफ्नै अलि सशक्त देशहरु ब्राजिल जर्मनी इटाली अर्जेन्टिना इंग्ल्याण जस्ता देशहरुले खेल जितोस भन्ने चाहना कामना खेल बाहेक यी देशसँग अरु कुनै साइनो नभएका फुटबल प्रमीहरुको रहेको प्रतियोगितामा भाग लिएका ३२ देशहरुलाई कुनै कुनै रुपमा मन पराउने खेलप्रमीहरु विश्व्भर छन् फुटबलको विश्व्कप रोमााचक खेलको महास्रग्राम हो जहाँ जित्तदा खेलाडी सम्बन्धित देशबासी मात्रै होइन विश्वका हरेका कुनामा रहेका त्यो देश समर्थक खेल प्रेमीहरु खुसीले उपि्रुन्छन्
खेल जित्दा मैदानमा खुसी उत्साह पोखिन्छ हार्दा कहिले काही आँसु टप्किन्छ विश्व कप फुटबलमै पनि त्यस्ता दृश्यहरु मिसिएका हुन्छन जहाँ धुरन्धर खेलाडीहरु पनि धरधरी रुन्छन् सन् १९९४ को विश्व कपमा फुटवलका हस्ती म्याराडोना रोएको दृश्य फेटवल प्रेमिहरुको मस्तिष्कमा ताजै फुटबल खेल्न आएका अर्जेन्टिनाका यी खेलाडी मैद्यान बाहिरै बस्नु पर्ने निर्ण आयो फुटबल हुत्याउँदै मैदानमा कुद्नु पर्ने खेलाडी खेल्न नपाउँदाको पिडा आँशु बनेर बाहिरिएको थियो त्यो बेला
म्याराडोना मैदानमा होइन दर्शक दिर्घामा बसेको थिए कालो चस्मा फुकाली फुकाली उनले आँशु पुछेको दृश्य टेलिभिजनबाट पटक पटक प्रशारित भएको थियो लागू औषधको दुव्र्यसनमा फसेका म्याराडोना विवादित खेलाडी हन् तर फुटबल खेलमा देखाउने चमात्कारिक प्रदर्शनका कारण विश्वमा उनका लाखौं प्रशंसक छन् सन् ९४ को विश्व कपमा पनि उनी खेल नियम विरोधी कुनै गतिविधिका कारण मैदानमा पस्न नपाएका हुन् तर फुटबल प्रशंसकहरुलाई त्यसको वास्ता रहेन उनी मैदना बाहिर छन् रोइरहेका छन् बस यी तथ्यले धेरै प्रशंसकहरुको मन कुडिएको थियो त्यो बेला
पराग्वे भन्ने देश फुटबल खुव राम्रो खेल्थ्यो त्यो देशका क्याप्टेन तथा गोल किपरको नाम याद नभए पनि उनको छवि धेरैको स्मरणमा रहिरहने खालको सायद सन् २००२ को प्रतियोगितामा हो क्याहो त्यो देशले विस्रन नसक्ने अर्को छवि पनि छाडेर गएको खेल प्रेमीहरुका लागि खेल्दा खेल्दै समय सकियो गोल आँकडामा प्रतिद्वन्दिभन्दा तल परेकाले पराग्वे पराजित भयो अनि मैदानमा पराग्वेका खेलाडीहरुको ठूलो पंक्ति घोप्टो परेर रुन थाल्यो टिम क्याप्टेन तथा गोल किपर आएर सम्झाउन थाले उनको अनुहारमा हारको दुःख प्रष्ट देखिन्थ्यो तर आँखामा आँशुको विन्दु पनि थिएन
यो विश्व कपमा हार जितसँग जोडिएको अनेक दृश्यहरु देख्न पाइएला सन् १९९४ मा दर्शक दिर्घामा बसेर आँशु चुहाउने म्यारोडोना अहिले अर्जेन्टिनाको प्रशिक्षक बनेर दक्षिण अफि्रका पुगेका छन् उनका सिपाइहरुले सन् ९४ को त्यो आँशुको बदला लिएरै छाडुन यसैको प्रतिक्षामा छु अर्जेन्टिनाको टोलीलाई धेरै धेरै शुभकामना

No comments:

Post a Comment