Tuesday, June 15, 2010

प्रेम गर् यौ कि पाप

'उसले केटीलेसँगै विष खाएछन् केटी मरिहालिछ केटो मेरो भाइ हो सँगै विष खाए तर अहिले मेरो भाइलाई हत्याको आरोप लगाउँदै छन् सिकिस्त तर राम्रोसँग उपचार गर्नुको साटो हत्कडी लगाएर राखेका छन् हत्कडी नलगाउनुअघि मेरो भाइ होसमा आइसकेको थियो हत्कडी लगाएपछि तनावले झनै थला पर्दैछ मेरो भाइ त्यसै मर्ने भयो एक पटक हजुरहरुले गएर हेरिदिए केही हुने थियो कि भनेर पत्रकारहरुको कार्यालय खोज्दै आएँ मेरो घर सुर्खेत हो यो बिरानो ठाउँमा एक्लै परे " नेपाल पत्रकार महासंघ चितवन शाखाको कार्यालयमा आइतबार दिउँसो एकजना युवतीले आँशु झार्दै यी कुराहरु पोखिन् मन भित्र गु_िम्सएको बेदना उनले महासंघ कार्यालयमा छताछुल्ल पारिन्
सामान्य रुपमा बुझ्दा आत्महत्या कमजोरहरुले गर्ने काम हो युवतीको कुरा सुन्दा उनको भाइले प्रेम गरेको थियो प्रेमले मान्छेलाई शक्तिशाली बनाउँछ संघर्ष गर्ने आँट दिन्छ तर अपवादको रुपमा औषधिले ज्यान बचाउनुको साटो कहिले काँही साइट इफेक्ट देखाउँछ त्यस्तो बेलामा मान्छेको ज्यानै जाने सम्भावना रहन्छ त्यस्तै प्रेम गर्नेहरुले आत्महत्या गर्दै गर्दैनन् भन्ने पनि होइन तर त्यो औषधिको ज्यानै लिने साइड इफेक्ट जस्तो अपवादको घटना मात्रै हो सच्चा प्रेममा लागु हुने कुरा हुन् यी देखावटी प्रेम ज्यानै लिने साधन हो दुवै जनाले विष खाएको घटनामा प्रेमको अवस्थ्ा के थियो युवातीको भाइलाई हेरेर आकलन गर्ने निधो भयो विष खाएको विरामी मान्छेको उपचार प्रमुख कुरा हो प्रहरीले त्यसमा विथोल्ने प्रयास गरेको रहेछ भने हामीले भेटिदिदा केही राहत अवस्य पुग्ने
यस्तै ठानेर भोलिपल्ट बिहानै पुरानो मेडकल कलेजको मेडिकल वार्डको वेड नम्बर २४० पुगियो विस्तारामा लम्पसार युवक हामीले हिजो उसको दिदीको मुखबाट सुने अनुसार ज्यानै फाल्न तम्सने पागल प्रेमी थियो तर प्रेमको पागलपनको भाव उसको अनुहारमा पटक्कै थिएन यसको खुट्टामा हत्कडी लगाएको रहेछ जुन तन्नाले छोपिएको थियो सुरुमा हामीले देखेनौ तर उसको आँखाको चाल अनुहारको भावले प्रेमी होइन ज्यान केशको अभियुत्तनै हो भन्ने छाप मनमा पार्यो अघिल्लो दिन पत्रकार महासंघमा उसको दिदीको पिडा भाइ प्रतिको प्रेमभाव प्रष्ट देखिएको थियो मान्छेले अरु सवैलाई भन्दा आफ्नो प्रमी प्रेमिकालाई बढी माया गर्छ तर बेडमा लम्पसार युवकको अनुहारमा दिदीले भाइप्रति देखाएको मायाको जति पनि संकेत थिएन ज्यानै दिन तम्सने प्रमीे किन यति भाव शुन्य मनमा शंका बढ्यो
नेपाली सेनाको जागिरे रहेछ सेना युवतीबीचको सम्बन्ध निकै जटिल खालको रहेको विभिन्न घटनाक्रमहरुले देखाएको प्रेमका नाममा यौनका लागि राखिने सम्बन्धले धेरै दुर्घटनाहरु निम्त्याएका छन् यसको मुखाकृति जागिरको विवरणले यसले प्रेमको नाममा नाटक मात्रै गरेछ भन्ने आशंकालाई बल दियो नेपाली सेनाको प्रवृत्ति नै यस्तै हो भनेर आक्षेप लगाउन भने खोजेको होइन तर त्यहाँ भित्रका केहीले आफुलाई सम्हाल्न नसकेको कुरा भने तितो यथार्थ हो घटनाको सत्यतथ्य नखोतलेर केवल आशंकाका आधारमा आक्षेप लगाउदा कसैप्रति अन्यय हुन जाला तर कसैको भाव व्यवहारले मान्छेको दिमागमा पर्ने प्रभावले पनि घटनाको सम्भावित दृश्य बोलिरहेको हुन्छ अस्पतालको शैयामा लम्पसार युवाको भाव व्यवहारले दिएको संकेत राम्रो थिएन अझ भनौ प्रेमीको जस्तो पटक्कै थिएन
उसका कारणले एउटा युवतीको ज्यानै गइसकेको सुर्खेत घर भए पनि जागिरको सिलसिलामा नुवाकोट पुगेको उसले सिन्धुली गएर केटीसँगै विष खाएको ' धन्न बाँचे केटीलाई के भयो ?" भन्ने कुरा मनमा लाग्यो होला भन्ने भाव अनुहारमा पटक्कै छैन
अरु बेला अलिअलि बोलेको डाक्टर आएर हालखवर सोध्दा बेहोस भएको झै गर्यो नाटक गर्न सिपालु रहेछ भन्ने त्यहाँ देखियो यस्ता कलाकारले प्रेमको आवरणमा पाप गरेझै लाग्यो मान्छे अपराधी नै भए पनि उपचार पाउनु पर्छ त्यो युवक अपराधी हो भन्ने पुष्टि भएको छैन अभियुक्त हो कि भन्ने ठम्म्याइ पनि भावनाको कुरा मात्रै हो प्रहरीलाई भेटेर मानवअधिकारकर्मी मुकुन्द दहालले कुरा राख्नु भएछ 'जे जस्तो भए पनि उसको उपचारलाई प्रथामिकता दिनु होला "





No comments:

Post a Comment