वि.स.२०६२ सालको जेठ २३ गते बिहान सवा आठ बजे चितवनको विकट क्षेत्र माडीको बाँदरमुढेमा जे घटना भयो त्यो नेपाली इतिहासको एउटा नमेटिने कलंक हो । माओवादीले जनसत्ता स्थपान गर्न ५२ सालदेखि सुरु गरेको सशस्त्र युद्धले नपुरीने घाउँ बनाएको ठाउँ हो बाँदरमुढे । सेना चढेका छन् भनेर सर्वसाधरण चढ्ने बसलाई माओवादीहरुले त्यस दिन आक्रमणको निसाना बनाए । बस आउने बाटोमा पुरेर राखेको विष्फोटक लुकेर पड्काउँदा तीनजना सेना र ३५ जना अरु सर्वसाधरणको ज्यान गएको ठाउँ हो बाँदरमुढे । जुज घटनामा ७२ जना घाइते भए । जसको घाउँ अझैसम्म चहर् याइ रहेको छ ।
माडीमा बम पढ्केर बसमा रहेका सवैको ज्यान गयो रे भन्ने खवर बिहान १० बजे मात्रै आयो । त्यो समय देशमा राजाले प्रत्यक्ष शासन सत्ता सम्हालेको बेला थियो । कडैलेस फोनहरुका टावरहरु सेनाले थुतेर लगेको थियो । माडीमा कर्डलेसको विकल्प थिएन । मोवाइल फोन बजारमा समेत चल्दैन थियो । त्यसैले ज्ञानेन्द्रको कालो शासनमा माओवादीले गराएको दर्दनाक घटना पनि तत्कालै यता आउन सकेन । विष्फोटको जानकारी आउना साथ हामी पत्रकार र मानवअधिकारकर्मीको टोली एउटै गाडीमा त्यता हानियो ।
राप्ती पुल नजिक जगतपुरको घैलाघारीमा चौरभरी घाइतेहरु थिए । सिसौंको छहारीमा ऐया र आत्था भन्नेहरुमा बुढाबुढी युवा केटाकेटी सवै थिए । अगाडी एउटा महिलाको काखमा ढाकाको भोटो लगाएको सानी बच्चि निकै रोइरहेकी थिइन् । छातीमा टाँसेर ढाँडमा जति थप्थपाए पनि महिलाले उनको रुवाइ रोक्न सकेकि थिइनन् । त्यो बच्चा उनको रहेन छ । बच्चाको आमा कता छिन् के भयो उनलाई पनि थाहा रहेनछ । अलि पर एएटा युवक सुति रहेको भेटियो । यसलाई के के भयो भनेर सोध्यौ । बा र दिदी आएका थियौ म यता छु उनीहरु गए भनेर धरधरी रुन थाल्यो । उसैले भन्यो छतभरी र भित्र खचाखच मान्छे थिए । बम पड्कियो धेरै नै मरे ।
त्यहाँबाट एक घण्टा हिडेपछि बाँदरमुढे पुगियो । जाँदा बाटोमा बाँदरमुढे तर्फ जानेको जत्रो लाइन थियो अर्को साइडमा फर्केकाहरु पनि उत्तिकै देखिन्थे । ठ्याक्कै घटना स्थलमा पुग्दा सेनाले रोक्यो । केही बेरपछि जानु होला भन्दै वरै राख्ख्यो । हामी अटेर गर्दै केही परसम्म पुग्यौ । खोलामा घटना भएको थियो । टाढाबाट ढिकले राम्रोसँग देख्न सकिदैन थियो । सेनाले राक्दा रोक्दै पनि केही परसम्म गएर हेर्दा बस धुजैधुजा भएको थियो । रेडक्रसको झण्डा गाडेको पाइयो । लाशहरु यता त्यता छरिएका देखिन्थे । तन्ना र च्यादरले तिनलाई छोपिएको थियो ।
हेलिकोप्टरमा काठमाडौंबाट आएको फोटो पत्रकारहरुले धमाधम फोटो खिचेर फर्के । हामीलाई सेनाले नजिक पर्नै दिएन । त्यति बेला कसरा ब्यारेकमा थिए कर्णेल अजित थापा । नाम अजित काम अजिबको थियो । पत्रकारहरुले त्यहाँ के बिगार गर्ने थिएर तर कर्णेल अजितलाई के लाग्इाे कुन्नि उनले जिल्लाका पत्रकारहरुलाई त्यहाँ पर्ने दिएनन् । घटना स्थल नजिक सर्वसाधरणको बाक्लो घेरा थियो । बिहानैदेखि उद्धारमा खटेकाहरु पनि भेटिए । उनीहरुले भने ३० भन्दा बढीको ज्यान गयो । सयको हाराहारीमा घाइते भए होलान । कर्णेलले त्यहाँ छिर्न नदिए पनि वरैबाट थाहा भयो घटना सोचेभन्दा ज्यादै विभत्स रहेछ । लगभग तीन घण्टा त्यहाँ बसेर हामी फक्र्यौ ।
अहिले जस्तो एफएमको संख्या पनि धेरै थिएन त्यो बेला । भएका एफएमलाई पनि राजा ज्ञानेन्द्रको सरकारले समाचार भन्न दिएको थिएन । त्यसैले के भएको हो सवैले अनुमान मात्रै लगाएर बसेका थिए । हामी अफिस आउँदा नआउँदै फोनको बाढी सुरु भयो ।
फोनबाट तारन्तारको सोधाइ घटना स्थल जान तीन घण्टासम्म सेनासँग अनुमतिका लागि गरेको असफल अनुरोध विभत्स घटनाको मानसपटलमा परेको प्रभाव र यसैबीचमा पनि समाचार तयार गर्नु पर्ने बाध्यता । यी सवै कुराले त्यस दिन मानसिक र शारिरिरुपमा साह्रै गलायो । अझ समाचर पुष्टीर सही जानकारी तथा तथ्याकंकका लागि असहयोगी अधिकारीहरुसँग जानकारीका लागि ठाउँठाउमा फोन गर्नु पर् यो । यी सवै कुराले त्यस रात राम्रोसँग निद्र परेन । मेरो पत्रकारीता जीवनको अहिलेसम्मकै तनावपूर्ण सयम थियो त्यो ।
घटना प्रति माओवादी अध्यक्ष प्रचण्डले क्षमा मागेछन् । तर घटनामा उनको को को कार्यकर्ता संलग्न थिए । उनीहरुलाई के कारवाही भयो माओवादीले खुलाउनै चाहेन । आन्तरिक कारवाही भएको भनियो । माओवादी अध्यक्ष प्रचण्डले नै जनयुद्ध कालकै सवैभन्दा कंलकित घटना भनेर त्इसलाई स्वीकार गरे । हुन पनि एकै पटक त्यति धेरै सर्वसाधरणको ज्यान जाने गरेर सशस्त्र संघर्षका दौरान अरु कुनै घटना भएन ।
प्रचण्डले उपयुक्त समयमा माडी नै गएर माफी माग्ने बताएका हुन् । त्यो साइत पनि अझै जुरेको छैन । घटनामा बालबच्चा र गर्भवती महिला समेत मरे । बाँचेकाहरु पनि शारिरिक र मानसक रुपमा असक्त छन् । उनीहरुको सुविधाका लागि नमाओवादीले सोच्यो न सरकारले । घाइते र आफन्त गुमाएकाहरुको आक्रोश सान्त भएक्ो छैन । त्यस्तो अवस्थामा जाँदा केही अनिष्ट हुन्छ भन्ने आशंकाले प्रचण्डले ६४ सालको असारमा माडी जाने भनेर तय गरेको कार्यक्रम पनि रोके । अहिले सवैले बाँदरमुढे घटना विस्रन चाहेका छन् । तर घाइते पिडितको मन र इतिहासका पानाबाट त्यो कलंकपूर्ण पाटो कहिल्यै मेटिने छैन ।

No comments:
Post a Comment