डा.भक्तमान श्रेष्ठ सम्पर्क बिहिन भएको १८ दिनपछि सकुशस आज शनिबार एका बिहानै क्वाटर फर्केका छन् । यो साह्रै खुसीको कुरा हो । मिलनको त्यो क्षण परिवार मात्रै होइन शुभचिन्तक सवैका लागि निकै भाव विभोर हुने खालको थियो । तर स्याल कराउँदा कुखुरा हरायो भने उसैले खायो भन्ने आशंका प्रवल हुन्छ । भन्न खोजेको केहो भने हिजो माओवादीले डा। श्रेष्ठ अपहरणमा परेको ठोकुवा गर् यो । आज उनी मुक्त भए । घटनामा माओवादी मुछिएका बेला पत्रकारहरुलाई कुनै प्रश्न सोध्ने नपाइने सर्तमा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले आफुलाई नेपाल हिन्दु जनता पार्टीले अपहरण गरेको बताए ।
अपहरणमा पर्दा पनि निकै आशंाहरु उश्जेका थिए । जुन आशंका आज उनै आएर बोल्दा पनि साम्य भएन । दरवार हत्या काण्डपछि पत्रकारहरुले प्रश्न सोध्न नपाउने गरेर राजिव शाहीले पत्रकार सम्मेलन गरेका थिए नेपालमा । त्यस्तै भयो आज भरतपुरमा । भक्तमान फेरि कामममा फर्कुन । उनी दक्ष सर्जन हुन् । उनले पहिलाको जस्तै काम गरुन् । तर के भएको थिया कस्ले पत्ता लगाउने यो प्रश्न अझै कायमै छ ।

No comments:
Post a Comment