Monday, November 29, 2010

डायरी समाएकी पत्रकार



रेकर्डर , डायरी कलम पनि समाएकी
जनताको कुरा लेख्न पाउँदा यी पत्रकार साह्रै रमाएकी
सबैको नजर उनै तर्फ, आशा धेरै राखेका छन्,
जन साधरणकै साथी हुँ भनि हेर कसरी जनाएकी

माघको कुहीरो, चैत्रको हुरी या होस असारको झरी ,
गोली चले पनि रोक्निनन्, सधै पाइला चलाएकी
हतार हुन्छ सधै , लुकाउनु पर्छ आफ्नो विमार,
समस्या अनेक आउँदा पनि दुःख छोपेर रमाएकी

Sunday, November 28, 2010

महिला मैत्री हात्ती पोलो

हात्ती पोलो रमाइलो खेल हो सय मिटरको मैदानमा आठवटा हात्तीमा बसेका व्यक्ति घम्साघम्सी गरेको दृश्य हेर्नेहरुलाई रमाइलै हुन्छ हात्ती माथि बसेकाले गोलका लागि तछाडमछाड गर्ने हुन् एउटा निश्चित नियम भित्र बाँधिएर उनीहरुले लौरोको साहाराले सानो सेतो पोलो बललाई विपक्षीको पोष्ट तर्फ हुत्याउँछन् गोलका लागि नियम भित्र रहेर गरिने प्रतिस्पर्धामा जस्ले बढी गोल गर्छ उसैले जित्छ बढी गोल गरेर जितिने खेलमै कुनै टिमले सित्तैमा चार पाँच गोलसम्म आफ्नो प्रतिस्पर्धी टिमलाई दिन्छ ह्यनण्डी क्यान भनिने यो गोलको आधारमा कुनै टिमको खातामा मैदानमा नछिर्दै केही गोल जम्मा भइसक्छ उपहार दिएको समूहले त्योभन्दा बढी संख्यामा गोल गर्न सकेन भने आफैले दिएको उपहारका कारण हार बेहोर्नु पर्छ यो चलन कायमै कमजोर टिमलाई अनुभवी टिमले ह्याण्डी क्यान दिन्छ नेपालमा आरक्षँण खुवै चर्चामा आउँछनी हो यस्तै हो यो ह्याण्डी क्यान्ट कमजोर भए पनि खेलमा सामेल गराउने अनि पहिले नै केही अंक दिएर उसलाई बलियो बनाउने
आरक्षणको कुरा आइ हाल्यो यो खेल समावेशी पनि विश्वमा यस्तो कुन खेल जसमा महिला पुरुष सँगै एउटै टिममा मिसिएर खेल्छन् हात्ती पोलोमा भने यस्तो हुन्छ टिममा महिला पुरुष दुवैले भाग सिलन पाउँछन् कुनै कुनै टिम महिलाका मात्रै पनि हुन्छन् अनि पुरुषसँग जुद्धछन् मैदानमा अनि हात्ती पोलोको नियममा महिलालाई विषेश व्यवस्था पनि महिला खेलाडीले बल हिर्काउदा देव्रे या दाहिने दुवै हात चलाउन पाउछिन् पुरुषलाई भने यो छुट छैन खेलमा देव्रे चलाउने भए देब्रे दाहिने चलाउने भए दाहिने हात मात्रै चलाउन पाउँछ पुरुषले यो नियमले महिलालाई भने बाँधेको छैन खे अवधिमा बल हुर्कान दाहिने देव्र जुन अनुकुल पर्छ त्यही हात नचाउन पाउँछन् महिलाले पुरुषले त्यो गरो भने अजंगको ठुलो हात्तीमा बसेको एम्पाएरले सिठ्ठी फुक्छ फल दिन्छ
ओ हो कस्तो गज्जबको खेल यो हात्ती पोलो नेपालका महिला अधिकारकर्मीले चाहेको कुरा रहेछ हात्ती पोलोमा तर नेपालका महिला अधिकारकर्मीहरु पनि अलि अनौठै छन् कुनै प्रवन्ध गरेनन् भने हामीलाई वास्ता गरेनन् भनेर नारा लगाउँछन् अनि सहुलियत चाहियोसम्मका कुरा गर्छन् सहुलियत सहित समावेश गरेको देखियो भने हामीलाई कमजोर ठानेर यसो गरेको भनेर विरोध गर्छन विरोधका लागि विरोध मात्रै गर्ने नारीहरुलाई हात्ती पोलोमा व्यवस्था भएको नियम पक्कै रुचीकर नलाग्न सक्छ आजभन्दा ३० वर्षअघि वेलायती नागरिक जिम एडवर्डले महिलालाई पनि सहभागी गराएर यस खेलको सुरु कसैको दवाव वा आग्रहमा पक्कै गरेका थिएनन् होला विभेद नगर्ने उनको चिन्तनको उपज पनि हो ला यो व्यवस्था
सहुलियत भयो हामीलाई कमजोर ठानेर यस्तो प्रवन्ध गरियो भनेर कुनै नेपाली नारीलाई दुख लाग्छ भने उनीहरुलाई खुसी बनाउन सक्छ हाम्रो नेपाली टिमको चरित्रले हात्ती पोलोमा नेपालको टिम सशक्त मानिन्छ तर नेपाली टिममा कहिल्यै महिला समावेश हुँदैनन् नेपाली समाजको प्रतिविम्ब हात्ती पोलोको नेपाली टिममा साच्चै महिलावादीहरुले टिप्पणी गर्न परो भने मैले चर्चा गरेको हात्ती पोलोको यो सन्दर्भलाई कसरी व्यख्या विश्लेषण गर्दा हुन् ?

Friday, November 26, 2010

तिहारको तेल नसुक्दै गयो प्राण भाइको

तिहार भर्खरै सकिएको २० दिन मात्रै भयो तिहार हामीबाट विदा भएको तिहारका पाँच दिन हुन्छन् जसलाई यमपंचक भनिन्छ यो बेलामा यमराज अर्थात काल पनि विदामा हुन्छन रे उनी बहिनी यमुनासँग बसेर टीका लगाउँछन् रे भाइ टीका हुन्छ यमपंचकको अन्तिम दिन दिदी बहिनीले दाजु भाइलाई निकै श्रद्धाले टीका लगाइ दिन्छन् त्यस दिन चामलको भिजाएको पिठोको निधारमा ठाडो धसो्र बनाएर त्यसमा सप्तरंगी टीका अडाइ दिन्छन् दिदी बहिनीले त्योभन्दा अघि पुजा गर्छन् ओख्खर फुटाउँछन् टीका लगाउन बसेका दाजुभाइलाई तेलको घेराले घेर्छन् टीकापछि गलामा मखमली फूलको माला लगाइ दिन्छन् दिदी बहिनीले बनाएको तेलेको घेरा नसुकुन्जेल, मखमली नओइलाउनजेल दाजुभाइलाई कालले लैजान सक्दैन भन्ने कथन तिहारसँग जोडिएको
यही आस्था विश्वसाले पुर्वी चितवनको खैरहनीकी अप्सरा खरेलले पनि कात्तिक २१ गते दिउँसो भाइ कृण कँडेललाई टीका लगाइ दिएकी थिइन् अप्सराका दाजु भाइ तीनजना हुन् तर दुईजना बेलायतमा छन् अप्सरा सहित पाँच दिदी बहिनी मिलेर भाइ कृष्णलाई टीका लगाइ दिए खाना खाएपछि कष्ण भैलो खेल्न भन्दै निस्किए उनी त्यो रात घर फर्केनन् भर्खर २१ लागेका कृष्ण रमाइलो गर्दै होलान भन्ने सोचे घरकाले उनी आफन्तै पर्नेसँग निस्केका थिए घरबाट कुनै अन्यथा सोचेनन् त्यस बेला भोलि पल्ट बिहानै गाउँ नजिकको पम्पा खोलामा युवकको लाश भेटिएको हल्ला चल्यो कृष्णको परिवारको मनमा चिसो पस्यो कोही कृष्ण हो भन्छन् कोही होइन भन्छन् मुख फिँजले छोपिएको थियो त्यसैले झट्ट चिन्न सकेनन गाउँलेले तर त्यो लाश कृष्णकै रहेछ
अघिल्लो दिन हालेको तेलको घेरो सुक्ने कुरै थिएन गलाको मखमलीको महक अलिकती पनि घटेको थिएन निधारमा सप्तरंगी अडाएको चामलको सेतो धसो्र राम्रोसँग सुक्न नपाउँदै कृष्ण यो संसारबाट सधैका लागि विदा भइसकेछन् शरीरका विभिन्न ठाउँमा चोट थिए कानमा नराम्रोसँग घाउ बनेको थियो परिवारले लाशै हेर्न सकेनन् गाउँले पनि भक्कानिए सवैलाई लाग्यो यो हत्या हो अनि प्रहरीलाई हत्यारा समात्न आग्रह गरे परिवार शोकमा गाउँलेलाई उस्तै पिर परेको प्रहरीले राम्रोसँग काम गर्ला भन्ने आशंका बढ्यो प्रहरीले अनुसन्धान गरोस भन्ने उनीहरुले माग राखे माग राखेपछि बाटो बन्द गर्नु नै पर्छ नेपालीलाई यो भने साह्रै नराम्रो चलन बस्यो नेपालमा टीकाको भोलिपल्ट खैरहनीमा बिहानदेखि मध्यान्हसम्म चक्का जाम भयो पुर्व पश्चिम राजमार्ग यसरी जाम हुँदा तिहारको बिदा सकाएर काममा फर्कन लागेकालाई कत्ति आपत परो होला यसको हेक्का कमैले राखे
बाटो बन्द भएपछि प्रहरी आयो सहमति गरो अनुसन्धानका लागि चारजना उसै दिन समातिए गहन अनुसन्धान गर्न भन्दै काठमाडौंबाट तालिम प्राप्त कुकुर मगाइयो प्रहरीले काम गरेकै तर गाउँलेहरुलाई अझै राम्रोसँग काम नहुने हो कि भन्ने गहिरो आशंका पोष्टमार्टम रिपोर्ट गलत आएको रे भन्ने सूचना घरघरमा पुगेको यद्यपि त्यस रिपोर्टमा के सत्य कुरा कसैलाई थाहा छैन सामान्य मान्छेले पनि पोष्टमार्टम रिपोर्टको गज्जबसँग विश्लेषण गरेको देखिन्छ, सुनिन्छ घटनाको सत्यतासम्म प्रहरी पुगोस भन्नका लागि गाउँलेहरु दवाव दिन छाडेका छैनन हिजो मंसिर १० गते शुक्रबार चारस वस गाउँले जिल्ला प्रहरीमा आए धर्नामा बसे प्रहरीले घटनाको सत्य पत्ता लगाएरै छाड्ने दोषिहरुलाई कारवाही गरेरै देखाउने बचन दिएपछि उनीहरु फर्के आश्वासन पाएर गाउँलेहरु फर्के तर जे भए पनि जसो भए पनि अप्सराले अब त्यो प्यरो कान्छो भाइ कहिल्यै पाउने छैनन् जसले त्यो भाइलाई मारेको हो ति सवै समातिउन, जेलमा जाउन, उनको चाहना यही हो

Thursday, November 25, 2010

धन्यवाद सर

भनेको बेलामा कार्यक्रम सुरु नभएर हैरानी बेहोर्नु पर्ने नेपालीको साझा समस्या हो समय उल्लेख गरेको हुन्छ १० बजे कार्यक्रम सुरु हुँदा १२ बजाइ दिन्छन् कार्यक्रम समयमा सुरु नहुने मुख्य कारणमा अतिथिको आगमन जिम्मेवार रहेको देखिन्छ सवै आइसके पनि अतिथि आएनन् भने आयोजकले कार्यक्रमको सुरसारमा ध्यानै दिदैनन् कोठे कार्यक्रम होस या खुला मंचको सभा सवैको विषेशता हो यो तोकिएको समयमा कार्यक्रम गरे मानौं दाताले बजेटै रोक्छन या जनताले पत्याउँदैनन भन्ने भान पो परेको हो कि जस्तो देखिन्छ पारा हेर्दा समयमा कार्यक्रम सुरु गर्नेहरु लाछि हुन् जस्ले कुराउन सक्यो त्यो जब्बर बहादुर हो भन्ने ठान्छन् भन्ने सोचले काम गरेको पो हो कि भन्ने देखिन्छ कुनै बेला
समयमा कार्यक्रम सुरु गर्न राष्ट्रिय रुपमा कहलिएको मानव अधिकार तथा शान्ति समाज भन्ने संस्था उसको नारै 'मान्छे हो या भगवान समय नै सवैभन्दा बलवान ' तोकेको समयमा कार्यक्रम सुरु गर्ने तोकिएकै समयमा सक्ने काम गर्छ शान्ति समाजले मान्छे कुरेर पटक्कै बस्दैन समयमा आउनु परो नत्र भने कसैलाई कुरेर किन बस्ने निश्चित संख्यामा मान्छे आए भने जति छन् जो छन् कार्यक्रम सुरु भइ हाल्छ समय भित्र त्यो निश्चित संख्याका मान्छे उपश्थित भएनन् भने कार्यक्रम स्थगित गरेर हिड्छन् शान्ति समाजका मान्छेहरु समयको महत्व बुझउान शान्ति समाजले गरेको यो सुरुवातलाई पछ्याने अरु संस्थाहरु भने कमै भेटिएका छन्
राष्ट्रिय स्तरमा शान्ति समाजले यस्तो गर्छ देशका अरु ठाउँ रहेका यसका शाखाले पनि यसैलाई अनुसरण गरेका छन् यो भयो राष्ट्रि स्तरको संस्थाको क्ररा अव हाम्रै जिल्ला चितवनमा कुनै छनकी यस्ता संस्था भनेर बुझ्न नलाग्दा नै होला जस्तो सवैेले सोच्नु स्वभाविकै हो जिल्लाको कुन चाहि निकायले समय आन्दोलनलाई आत्मसात गरेको होला यहाँ सवै ठुला मान्छे अतिथिका पछाडी नै कुद्ने खालका छन् समयको कुनै मतलव छैन, कार्यक्रममा सहभागी हुने अरु सर्वसाधरणको केही वस्तै छैन यहाँकालाई तर यसरी सोलोडोलोमा सोच्नु पनि भएन जिल्लामा पनि छन् कोही त्यस्ता जसले समय बाहेक अरु कसैलाई चिन्दैन
अस्ति बुधबार एउटा पत्रकार सम्मेलनमा जानु थियो मंसिर सात गते मंगलबार अवेला मात्रै टेलिफोनबाट त्यसका लागि सूचना आएको थियो समय तोकिएको थियो साढे एक बजे बुधबार आँपटारीमा चक्काजाम थियो त्यो चब्का जाम यसो हेरेर एक बजे लगत्तै लागियो पत्रकार सम्मेलन हुने ठाउँ तर्फ त्यहाँ पुग्दा सवा एक भएको थियो अरु ठाउँमा तोकिएको समयभन्दा आधि घण्टा पछाडी जाँदा पनि आयोजकको अत्तो पत्तो हुँदैन त्यहाँ समय अगावै जाँदा पनि आयोजकहरु तम तयार भएर बसेका रहेछन् अनि साढे एक हुने बेला भयो पत्रकारहरुले लगभग सवै थिए तर आयोजकहरुलाई फसाद परेछ किन भने कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति नै आइपुगेनन् उनी साढे एक बजे नआउने लगभग निश्चित भएछ तर अध्यक्षता गर्ने व्यक्तिलाई कुर्नुको सोटो कार्यक्रम सुरु गर्ने, ति व्यक्ति आएपछि मात्रै सभाध्यक्षको आशन ग्रहण गराउने निधो आयोजकले गरे
यसरी सभाध्यक्ष बिनै कार्यक्रम सुरु भयो संचालन भएको आधि घण्टापछि बल्ल ति ब्यक्ति आएर सभाध्यक्षको आशनमा बसे यसरी कार्यक्रम सुरु भएको नारायणगढको बालकुमारी कलेजमा हो त्यहाँका पि्र_िन्सपल चिरंजिवी श्रेष्ठ समयमा कार्यक्रम चलाउन कटिबद्ध छन् यसका लागि श्रेष्ठ सरलाई धेरै धेरै धन्यवाद


Wednesday, November 24, 2010

शिक्षकको राशन बोक्न खाली खुट्टा खोला तर्दै

कुमबाट बाहुला च्यातीएको आकासे रंगको सर्टलाई एउटा टाँकले मात्रै शरीरमा आडाएको पाइन्ट कालो हो या निलो रंगको हो मैलोले छुट्याउन नमिल्ले भएको खुट्मा चप्पल छैन कम्मरभन्दा माथिसम्म पानीमा झिजेको प्रष्टै देखिन्छ कात्तिक ३० गते बिहान भेटिएका सात वर्षीय मित्रलाल चेपाङ लगलग काप्दै पनि छन् किनकी उनी झरेको लोथर बजारमा सिरोठो मज्जाले चलिरहेको त्यसमाथि उनी त्योभन्दा तीन घण्टा परको काँकडा गाविसबाट एका बिहानै खोलामा हेलिदै यहाँसम्म झरेका हुन् केही बेर सुस्ताएपछि १० किलो चामल बोकेर उनी फर्कनु पर्छ उनी गाउँकै प्रदिप चेपाङको साथ लागेर आइपुगेका हुन् मकवानपुर काँकडा गाविस वडा नं. सिलिङेका यी दुई चेपाङ गाउँका शिक्षकहरुको चामलको भारी बोक्न सिरोठोमा खोलो तर्दै बजार झरेका हुन्
मित्रलाल सिलिङेकै स्कुलमा कक्षा दुई प्रदिप कक्षा नौमा पढ्छन् ज्यादै विकट उब्जनी नहुने गाउँ भएकाले शिक्षकहरुले चितवन मकवानपुरको दोसँधमा पर्ने लोथर बजारबाटै चामल लैजान्छन् अनि चामल बोकाउन शिक्षकहरुले नै विद्यार्थीलाई पठाउँछन् एकजनालाई ५० रुपैयाँ खाजा खर्च चामल बोकेको किलोको पाँच रुपैयाँका दरले ज्याला दिन्छन् शिक्षकका लागि हप्तामा दुई पटक चामल बोक्नु पर्छ यसका लागि आठ नौजनाले पालो गर्छन् महिनाको एक पटक आफ्नो पालो आउने गरेको प्रदिप चेपाङले बताए ' स्कुल भर्ना जहिले भए त्यसै बेलादेखि चामल बोक्दै आएको छु ' प्रदिपले भने प्रदिपले २० किलो चामल बोक्छन् भने सात वर्षीय मित्रलालले १० किलो बोक्ने गरेका छन्
भारी नबोकेका बेलामा सिलिङेबाट लोथर आउन तीन घण्टा लागे पनि भारी बोकेर जाँदा पाँच घण्टासम्म लाग्ने गरेको प्रदिपले बताए चामल लिन आएका बेलामा पढाइ छुट्छ चामल जहिले सकिन्छ त्यही बेलामा बजार झर्नु पर्ने भएकाले शनिबार आउँछु भनेर सुख पाइदैन बाटो सजिलो छैन उर्लेको लोथर खोलो ठाउँठाउँमा तर्नु पर्छ चामल लिन आएका बेलामा अरु अत्यावश्यक सामानहरु पनि लैजानु पर्छ 'कापी कलम किन्न खर्च चाहिन्छ घरका ठुला मान्छेले पैसा दिन सक्दैनन् त्यसैले लागि भारी बोक्नु परेको हो' प्रदिपले बताए खर्चको जोहो गर्न नसक्ने भएकाले धेरै चेपाङहरु छोराछोरीलाई विद्यालय पठाउँदैनन् चामल बोक्न आएका दिन शिक्षकहरुले गयल नहुने व्यवस्था मिलाएका छन् ' स्कुल नगए पनि हाम्रो हाजिर हुने गरेको चामल बोक्न आउँदाका दिन गयल भइएला भन्ने चिन्ता छैन' मित्रलालले बताए
चेपाङहरु बस्ने विकट क्षेत्रमा कोदो मकै जस्ता अन्नबाली पनि अति नै कम फल्ने गरेको धान फल्ने खेत देख्नै गाह्रो पर्छ प्रदिपले भने 'सरहरूले कहीले काही चामल दिनु हुन्छ हामीले त्यति बेलै हो धानको भात खाने ' दसैंका बेलामा ऋण गरेर भए पनि चेपाङहरुले चामल किन्ने गर्छन् अन्न सकिएपछि गिठ्ठा तरुल खाएर गुजरा गर्छन्



Monday, November 22, 2010

पौरखी किसानको अधुरो सपना

यस पटक एकजना पौरखी किसान उनको अधुरा सपनाहरुको चर्चा गर्न लाग्दै छु चितवनको माडी सरकारले वास्तै नगरेको ठाउँ हो वि..२०२२ सालदेखि घना रुपमा बस्ती बसेको त्यो ठाउँमा अझै विजुली पुगेको छैन बश्र गाउँलेहरुले आफ्नै प्रयासमा घरघरमा सोलार राखेर उज्यालोको जोहो गरेका छन् ठुला दुईवटा खोलामा पुल बनाइदिन पनि आना कानि गर्छ सरकारले एउटामा चार पाँच वर्ष भयो पुल बनेको अर्कोमा बल्ल बन्ने सुरसार खोलाको विस्कुननै माडीमा वर्षा लागेपछि सवै घरघरमा पस्छन् निकुंजको घना जंगलले घेरिएको माडी जंगली जनावरहरु विस्तारामै आउँछन् सरकार प्रकृति सवैले तड्पाउन मात्रै खोज्छ माडीलाई
माडीमा बस्ने जनाता पौरखी नै हुन् आँटीला पनि हुन् पौरख आँट नभएको भए माडीमा टिक्न गाह्रो हुन्छ माडीका मान्छे टिकेर मात्रै बसेका छैनन् इलम गरेर अरुलाई जिल्ल्याइ दिएका पनि छन् धेरै पात्र भेटिन्छन् त्यहाँ खोज्दै जाँदा जसको कथा प्रेरणाको स्रोत भन्न सक्छ अरुका लागि सवैको कुरा अहिलेलाई राख्न सकिएन छविलाल पराजुलीको चर्चा भने गरि हालौं अहिलेलाई गर्दी गाविस माडीको चार गाविस मध्ये यता भरतपुरबाट जाँदा पहिलो पटक टेकिने गाविस हो छविलाल त्यही गाविसका बासिन्दा हुन्
पराजुलीले त्यति ठुलो चमत्कार गरेका होइनन् तर अचम्मको काम भने गरेका छन् उनी विशुद्ध किसान हुन् किसानीबाट दशै छक्क पर्ने काम गरेका छन् तर किसानले कुनै ठुला सपना देख्नै नहुने जस्तो दुःखद अनुभुति पनि मनभरी उनको उनले के गरे त्यो पहिला उनको सपनाको कुरा त्इसपछि गरौंला उनले पसिना बगाए त्यो पनि माडीको खेतमा भयो के भने त्यो पसिनाले भिजेको माटोले उनलाई अब्बल किसानको दर्जा दियो गत वर्ष यो वर्ष चितवन कुमरोजका किसान विष्णुहरि बर्तोला नेपालमा बढी दरमा धान उत्पादन हुने किसान घोषित भएका थिए वि.. २०६२ ६३ सालमा यो खिताव पराजुलीले जितेका थिए
लगातार दुई पटकसम्म राष्ट्रिय पुरस्कार जित्दा उनको धान उत्पादन दर हेक्टरमा आठ क्वीण्टलभन्दा बढी थियो किसानी बाबु छविलालका छोरा पढाइमा मेधावी ठहरिए उनका छोराले आइएससीमा ८० प्रतिशतभन्दा बढी नम्बर ल्याए त्यसपछि छोराको रहर डाक्टर बन्ने थियो नेपालमा सरदर प्रतिहेक्टर तीन क्वीण्टल धान फल्ने गरे पनि त्यसको झण्डै तेब्बर धान फलाएका छविलालसँग छोरोको डाक्टरी पढाइका लागि लाखौं जुटाउने सामथ्र्य भने थिएन छात्रावृत्तीमा नाम निकाल्न छोराले घुँडा धसेर प्रवेश परीक्षको तयारी गरो पढेर छात्रावृत्ती पाउने भए छोराले कुनै कसर बाँकी राखेको होइन तर के मेसो नमिलेर हो जति पढे पनि छोराले नाम निकाल्न सकेन पटक पटकको मिहनेत सफल नभएपछि पौरखी किसान बाबुका ति जेहन्दार छोरा दिल्ली हानिएका छन् मिहेननत मजदुरीका लागि उनी दिल्ली गएका भने होइनन् है यदि त्यस्तै भएको भए सवै मिलेर यो देह चलाउनेको फोटो अगाडी राखेर एक पटक सवैले थुक्नु हुन्थ्यो उनी डाक्टर हुने चाहना भने छाडेका छन् छविलालका छोरा चार्टर एकाउन्टेन बन्नका लागि सीए पढ्न दिल्ली गएका हुन्
अब छोरा डाक्टर बन्ने चाहना थाति राखेर दिल्ली लागेपछि छविलालको छोरीले फेरि त्यो क्रमलाई समाएकी छन् छोरी पनि मेडिसिन नै पढ्ने प्रयासमा छिन् छात्रवृत्तिमा एक पटक प्रवेश परीक्षा पनि दिइन तर दुर्भाग्य नाम निस्केन छोरी कोशिस नछाड्ने पक्षमा छिन् छविलाल छोरोको नियती नदोहरियोस भन्ने कामना गर्दै बसेका छन् एउटा मिहेनती किसानको सपना पुरा भएको देख्न पाए यो मन पनि औधि रमाउने थियो

Sunday, November 21, 2010

कालो बिरालोले बाटो काटेको यात्रा

दुई दिनको यात्राका लागि मंसिर गते बिहानै हाम्रो टोली भरतपुरबाट निस्कियो सवैभन्दा अगाडी प्रमुख जिल्ला अधिकारीको गाडी थियो त्यसपछि जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक चढेको गाडी थियो सवैभन्दा पछाडी सिमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक सहितको टोली चढेको गाडी थियो भने त्यो गाडीभन्दा अगाडी जिल्ला कृषि विकास कार्यालयको गाडी थियो जसमा हामी थियौं प्रमुख जिल्ला अधिकारीको क्वाटरबाट गाडी निस्किए हाकिम चोक क्यान्सर अस्पतालको बाटो हुँदै हुँईकिए गाडीहरु गीतानगर बजारबाट अगाडी बढेपछि एक आर्काभन्दा धेरै पर भए गाडीहरु गीतानगर बजार कटेपछि एउटा पुल घुमाउरो मोड आउँछ हो त्यो पनि पार भयौं हामी
त्यो मोड पार गरेर अलिकति के अगाडी बढेका थियौं एउटा कालो बिरालोले बाटो काट्यो । हामी तर्फ हेर्दै पश्चिमबाट पुर्व लाग्यो त्यो कालो बिरालो । बिरोलोले बाटो काट्यो भने साइत पर्दैन भन्छन् । कालो बिरालोलाई अझै अशुभको रुप्मा लिइन्छ सामान्य बिरालोले बाटे काट्दा मलाई पनि केही जस्तै लाग्दैन मैले धेरै पटक देखेको छु बिरालोले बाटो काट्यो भने गाडी देखि साइकल उस्तै परे पैदल यात्रुसम्म टक्क अडिन्छन, त्यो ठाउँबाट अरु कोही कट्यो भने बल्ल हिड्छन् भने नरोकिनेमा पर्छु त्यस्तोमा धेरैजना हिडेपछि बाटो काटेको देखेको छु तर कालो बिरालोले हेर्दै बाटो काटेको घटना कहिल्यै बेहोरेको थिइन त्यति बेला बाटो काट्यो चालकले सकेसम्म उछिन्न खोजेका हुन तर केही लागेन बिरालो पार भयो तर चालकले रोकेनन् गाडी स्वभाविक रफ्तारमै कुदाए हाम्रो गाडी नरोकिइ गएकाले हुनु पर्छ विपरित दिशाबाट आएको एउटा मोटरसाइकल चालकले अचम्मको भावले हाम्रो गाडीलाई हेरो तर हाम्रो गाडीका कसैले पनि विरालोका बारेमा अह एक शब्द बोलेनन्
गीतानगर पटिहानी जगतपुर निकुंजको वन हुँदै रिउँ तरेर हामीले माडी टेक्यौं त्यस दिन माडीको भित्र भित्रसम्म हिँडियो बगर बगरमा कुदे गाडीहरु पानी भरिएको फराकिलो कुलोमा समेत गाडी हिड्यो प्रहरी उपरीक्षक पुष्प रिाजत त्यस्तोमा गाडी नहालौं घुमाउरो भए पनि अरु बाटोबाट जाउँ भन्दै थिए तर सवैले हाले अन्तिममा भएको सिमा सुरक्षा कार्यालयको प्रहरी उपरीक्षक चढेको गाडी भने फस्यो बरु तर सानो प्रयासले निस्कि हाल्यो अध्यारो हुँदासम्म दौडेको दौड गरियो साँझ राम्रै ठाउँमा सुतियो माडीमा पर्ने पिल्लर नम्बर ४५ हेर्न जाने सल्लाह तीन गते साँझ नै भएको थियो चार गते शनिबारको कार्यक्रमहरु धेरै थिए त्यसैले बिहान सवेरै जाने छिटो हिड्न सक्ने मात्रै जाने चाडै फर्कने कुरामा सल्लाह मिल्यो टोलीमा रहेका लगभग आधा मात्रै जाने भए पिल्लर भएको ठाउँ
बगरै बगर गाडीमा ४५ मिनेट हिँडेर त्यसपछि जंगलको बाटो हिड्नु परो पैदल अध्यारो नै थियो टर्च बाल्नु परो राती भालु आउँछ सिमानमा भेटिने भारतीय सिमार सुरक्षा बलका जवानहरु पनि त्यति मिलनसार हुँदैनन् जस्ता कुराहरु माडीवासीले सुनाएका थिए डेढ घण्टा हिडेपछि सिमान भएको सोमेश्वर डाँडाको टाँकुरामा पुगियो । भालुको गन्ध पनि फेला परेन । टाँकुराबाट केही पर लागेपछि पिल्लर नं ४५ भेटिदो रहेछ । पिल्लरसम्म पुग्दा बाटो बिलाउँदो रहेछ । भिरालो पाखोमा ज्यानै फालेर उक्लिनु पर्दो रहेछ । बिरालोले बाटो काटेको प्रभाव यहाँ देखिनै होइन भन्ने लागयो तर त्यो जोखिम युक्त ठाउँमा पनि राम्रैसँग पार पाइइयो अघिल्लो दिनको सल्लाह समय अनुसार तल माडी झरियो छिस्रिक्क केही भएन अनि माडी छाड्ने तर्खर भयो यसै गरि लाम लाग्यो गाडीको हामी ठोरी बीरजंज हुँदै भरतपुर पुग्ने योजनामा छौं
ठोरीबाट कृषि विकास कार्यालयको गाडी फर्कने सल्लाह भयो हामी कुनै गाडीमा बस्ने भयौं माडीबाट ठोरी लाग्ने बाटो बसन्तपुर बनकट्टासम्मको जस्तो राम्रो छैन बगइ पोष्टपछि आउने जंगलको बाटो झनै खराव साँगुरो ठुला ढुंगाले भरिएको त्यो बाटो साह्रै नै विजोगको अमुवा पोष्ट कटेको केही बेरपछि पसा्र जिल्लामा पर्ने निर्मलबस्ती उपभोक्ता समितिले बनाएको स्वागत गेट पार भयो ओहो पिच भएको बाटो पो फेला परो क्या गज्जव लाग्यो तातो गेग्रेटोमा लतारेको शरीर कमलो बिस्तारामा पुगे जस्तै भयो तर पिच जम्मा पाँच सय मिटर मात्रै होइछ अनि सुरु भयो त्यही बगर धुले बाटो बाटो एका तर्फ हामी गाउँ हेर्न खेत हेर्न थाल्यौं विजुली नपुगेको भर्खर पोल गाड्दै गरेको माडीको अवस्था पनि यस्तै हो तर त्यहाँ प्रत्येक घरमा सोलार प्यानल देखिन्छ यहाँ एकाध घरमा छन् घर पनि त्यत्ति राम्रा छैनन् अनि माटो साह्रै बेरसिलो लाग्यो धान झुल्न नसकेर ठाडै अलि पर गएपछि भने लामा बोट झुलेका बाला देखिए तर त्यो धेरै थिएन
ठोरी पुगियो खाना खाइयो लहरै छाप्रा रहेछन् उता पट्टि भारतको भिखना ठोरी पर्दो रहेछ बीचमा ठुलो खहरे ठोरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले औलाले भिखना तर्फ देखाउँदै ' त्यो ठुलो रुखमा महेन्द्र सरकारले मृग मारेर खिचाएको फोटो त्यहीको घरमा ' उनको आशय पहिला त्यो ठाउँ नेपालकै हो भने जस्तो थियो यसैलाई पुष्टि गराउन हामीले थप प्रश्न राख्यौ उनले भने 'होरे भिखना भनेको भिख हो भारतले भिखै मागेर लगेकोले भिखना ठोरी भनेको ' राजनैतिक लको मान्छे भएको भए अतिक्रमण भयो भन्थ्यो होला उनले जमिन उता परे पनि दान दिएको हो भनेर माथि पर्न खोजे सिमानामा बस्ने एउटा जिम्मेवार सुरक्षाअधिकारीले भनेको हो बोली कुन हदसम्मको यथार्थ हो त्यसमा भने ढुक्क हुन सकिएन
खाना खाएपछि माडी फर्कने भनेको कृषि विकास कार्यालयको गाडी नफर्कने भएछ गज्जब भयो जुन गाडीमा आएको हो त्यसैमा भरतपुरसम्मै जान पाइने भयो भिखना ठोरीलाई दाहिने पार्दै खोलै खोल हुँइकिन थाले गाडीहरु बाटो धुलै धुलो विजुलीका पोल मात्रै ठडिएका छन् घर सामान्य खालका फलेकले बारेको उब्जनी हुने खालको मोटो देखिएन उता भारतको जंगल यता नेपालको जंगल जंगलै जंगलको बीचमा पसेको सानो खोलॊ जस्तो रहेछ निर्मलबस्ती सुवर्णपुर आएपछि भने तोरी बारी देखियो निर्मलबस्तीमा खेती कमै पाइयो सुर्तीका विरुवा भने खुवै सब्लाएका रहेछन् निर्मलबस्तीमा सुवर्णपुर पसा्र जिल्लाकै बढी सुर्ती उत्पादन हुने ठाउँ रहेछ तर त्यो अनुसारको सम्पन्नता गाउँ र त्यहाँका घरहरुमा झल्किदैन थियो । सुवर्णपुरभन्दा धेरै पर आएपछि मात्रै गाउँमा बीजुली बत्ती देख्न पाइयो । तर घरहरु बाटोमै छोइएका । हाँस र कुखुराका चल्ला अनि बाख्राका पाठा चक्का मुनिनै आउने । पीच सडक उही निर्मलबस्ती उपभोक्ता समुहले प्रवेश गेट अगाडी जे बनायो बनायो त्यत्ति हो त्यसपछि बीरगाज आएपछि मात्रै देख्न पाइयो पिच ग्रावेल बाटो पनि साह्रै खत्तम बगइबाट अमुवा पेष्टसम्मको जस्तो धुलोमा ग्रावेल पनि नहालेको जनताले के हेरेर बसेका होलान स्थानीय सरकारले के गरेको होला यस्ता प्रश्न मनमा खेलि रहे गण्डक नहरको किनार मात्रै ग्रावेल गरेको त्यो पनि त्यत्ति राम्रो होइन पुरा तीन घण्टा धुलै धुलौबाटोमा हिडेपछि बल्ल टेकेको हो पिच गाउँ पनि साह्रै विपन्न जस्ता माडीलाई विकट भन्छौ हामी सडक विजुली सहजसँग लान नपाएर विकट भएको हो तर पसा्रको त्यो भेग गर्दै नगरेर विकट भएछ साँझ आठ बजे भरतपुर छिरियो कालो बिरालोले अघिल्लो दिन बाटो काटेको थियो तर यात्रा दुखद रहेन

Saturday, November 20, 2010

पिल्लर नम्बर ४५

बिहान पौने बजे चढ्न सुरु गरेकॊ टाँकुरामा पुग्दा सवा सात भएको थियो हिड्ने बेलामा टर्चको उज्यालोमा बाटो पैलाउँनु परेको थियो जंगल छिचोल्दै यसरी हिड्नेमा चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम, स्थानीय विकास अधिकारी उद्धव तिमिल्सेना, सिमा सुरक्षाकार्यालय भरततपुरका प्रमुख मदनबहादुर भुजेल सहित १३ जना थियौं मान्छे त्यत्ति ओहर दोहर नगर्ने भएरै होला बाटोमा स्याउला पत्कारहरु थिए कतै कतै बिग्रेको बाटो पनि मिलाउने काम भएको थियो ढुंगाको तख्ता बनाएर उक्लन सजिलो पनि पारिएको थियो तर बाटो त्यति चल्तिको भने होइन पिल्लर नं. ४५ त्यस त्यो यात्राको लक्ष्य थियो नजिकै पर्ने मन्दिरको दर्शन गर्न किन छाड्ने ? पिल्लर हेर्ने अनि मन्दिर पुगेर फर्कने योजना बनेकाले बिहान चारै बजेर यात्राको तयारी गरेका थियौं
माडी बसन्तपुरको सागर गेष्ट हाउसबाट सवेरै निस्केर गाडी चढेर खोलै खोल पौने घण्टा हिडेपछि जंगल तर्फ पैदल लागेका हौं यति भएपछि पिल्लर नम्बर ४५ के हो अनि यो लस्कर केका लागि हो भन्ने कुरा धेरैले अनुमान लगाइ सक्नु भयो होला हो हामी माडी गाउँदेखि दक्षिणमा पर्ने सोमेश्वर श्रृखलामा रहेको नेपाल भारत सिमानाको सिमा स्तम्भको अवस्था हेर्न सुरक्षाअधिकारीहरुको टोलीमा सामेल थियौं हामी छरछरे खोलाबाट पस्यौं त्यो बाटोबाट डाँडको टाँकुरामा रहेको सिमा स्तम्भ नं. ४५ सोमेश्वर कालिका पुगिन्थ्यो बाटो खासै उकाले होइन हालै मात्र सिराइचुली यात्रा गरेका सीडीओ एलडीओले त्यो यो बाटो दाज्न थाले हुन पनि त्यस्तो अफ्ठेरो केही थिएन एक चौथाइ पनि नहिड्दै उज्यालो भयो एउटा अफ्ठेरो अध्यारो थियो, त्यो पुर्वी क्षितिज चम्कन थालेपछि बिलाइ हाल्यो माडीका स्थानीयवासी जंगलमा भालु आउने कुरा गर्दथे तर मान्छेको ठुलै लर्को भएकाले भालुको खतरा पनि टर्छ
हामी कतै नबसिकन सवा सात बजे टाकुरामा पुग्यौं केही बेर त्यहाँ सुसस्तापछि इलाका प्रहरी कार्यालय माडीका सई देवनारायण चौधरीले पिल्लर पुर्व तर्फ १० मिनेट मन्दिर पश्चिम तर्फ १५ मिनेटको दुरीमा भएको बताए हामी पहिला स्तम्भर तर्फ लम्कियौं पुर्व हिड्दा देब्रे तर्फ नेपाल दाहिने तर्फ भारत थियो हामी सिमारेखा टेक्दै लम्केका छौं पिल्लर नं. ४५ हेर्न भएजतिको उकालो अफ्ठेरो काटेर टाकुरामा पुगिएको थियो त्यही टाँकुरोमै केही पर पर्ने पिल्लर नं.४५ जान कुनै चुनौतीको सामना गर्नु पर्ला जस्तो लागेन तर भारतीय सिमा सुरक्षा बलका जवानहरु सधै चनाखो रहने गस्ती पनि गर्ने तथा सिमानामा भेटिनेहरुलाई समात्ने, केरकार गर्ने सर्वसाधारणहरुलाई दुव्र्यबहार समेत गर्ने किस्साहरु माडीमा सुनिएको थियो तर टोलीमा जिल्लका उच्च स्तरका सरकारी अधिकारीहरु रहेकाले यस प्रकारको समस्या हामीले झेल्नु नपर्ने पक्का जस्तै थियो सुरक्षकर्मीहरु भारतीयको कुरा गर्दा एउटा शब्द उच्चारण गर्दथे 'काउण्टर पार्ट' जे जस्तो भए पनि 'काउण्टर पार्टलाई' ख्यालको रुपमा लिनै भएन के थाहा केही हुने पो हो कि सामान्य नागकिरकको हैसियतले सोच्दा एउटा विरानो निर्जन ठाउँको अन्तराष्ट्रिय सिमारेखामा उभिएका बेला यस्ता सोचाइ पनि मनमा आउँदो रहेछ
यस्ता कुराहरु क्षणभरमा आए अनि बिलाउन पनि बेर लागेन किनको टोलीका सदस्यहरुको कुराकानीले मनमा अनेक तरनाहरु आउन दिएन पाँच मिनेट जति हिडेपछि बाटो बिलायो लौ आपत हामी खरको झ्याङ भित्र बिलाउनु परो अगाडी माडी इप्रकाका सइ थिए त्यसैले बाटो जे जस्तो भए पनि माडी पिल्लर नं. ४५ ओहर दोरह गर्ने ति सइलाई पछ्याउनुको कुनै विकल्प थिएन
खरको झ्याङपछि हामी डाँडाको वल्लो अर्थात नेपाल तर्फको पाटोमा आइ पुगियो अगाडी खर समात्दै, तल खुट्टाले खास्रेर टेक्दै अगाडी बढेका छौं बाटो भन्ने छैन एक हिसावले 'रक क्लाइम्बिङ" गरे जस्तो हातले समातेको खरले भार थाम्न सकेन या खुट्टाले टेकेको आधारले टाउँ छोड्यो भने पल्लिर नम्वर ४५ हेर्न हिडेको मान्छे सिधै ४५० हात तल पछारिने सम्भावना जे होस निकै सतर्क भएर भित्तामा झुण्डिदै झुण्डिदै अगाडी बढ्दा आँखैमा ठोक्नि आयो पिल्लर नं. ४५ सायद दुई मिटर परिधिको गोलाकार टाँकुरामा पिल्लर नं. ४५ ठडिएको रहेछ धेरै यता उता नगर्न सुरक्षाकर्मीहरुले सतर्क गराइ रहेका थिए सुकेको खरको मुनि भिर बाहेक केही थिएन खरको गाँजमामा पाइला परे सिधै तल
शसस्त्र प्रहरीको सिमा सुरक्षाकर्मीले पिल्लरको अवस्था हेरे नक्सा निकाले वरपरको टाँकुरा भुदृश्य नियालेपछि पिल्लर सही ठाउँमै भएको ठोकुवा सिमा निरीक्षण अधिकारीहरुले गरेपछि हामी फिर्ता भयौं अनि लाग्यौं सोमेश्वर कालिकाको दर्शन गर्न बस्ने पाटी सहितको सामान्यखालको मन्दिर होम कुण्ड समेत रहेको सेतो रंगको मन्दिरमा कुनै मनुवा भेटिएन केही क्षण त्यहाँ बसेपछि ओर्लन थाल्यौ हामी चितवनले भारतलाई छोएको भन्ने कुरा धेरैपछि थाहा पाएको हो मेले, त्यस्तै १५ वर्षभन्दा बढी भएको छैन त्यति बेला जनमोर्चा नेपाल भन्ने दल थियो सिमा अतिक्रमणका बारेमा कार्यक्रमहरु राख्थ्यो नारायणगढमा भएको एउटा कार्यक्रममा दिवाकर भुषालले माडीमा पनि भारतले सिमा मिचेको कुरा गर्दा ' माडीमा पनि भारतीय सिमाना रहेछ" भनेर छक्क परेको थिएँ
त्यसपछि माडी धेरै पटक गइयो अरु जिल्लामा रहेका अन्तराष्ट्रिय सिमाना धेरै पटक टेकियो, पार पनि गरियो तर आफ्नै जिल्लामा पर्ने अन्तराष्ट्रिय सिमाना सिमा स्तम्भ देख्न समेत पाइएको थिएन त्यो मौका यस पटक मिल्यो सिमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मदनबहादुर भुजेलका अनुसार तराइका जिल्ला मध्ये अफ्ठेरो ठाउँमा सिमा स्तम्भ रहेको जिल्ला चितवन मात्रै हो चितवनमा २७ वटा स्तम्भ रहेछन् सवैभन्दा सजिलो स्तम्भ हामीहरुले छोएको स्तम्भ रहेछ कार्यालयले जेठदेखि काम सुरु गरेको हो भरतपुरमै मुख्य कार्यालय सिमानाको आडमा पोष्टहरु समेत राख्न भ्याएको छैन अहिलेसम्म कार्यालयका अधिकारीहरुले समेत १६ वटा मात्रै स्तम्भ मात्रै पुग्न सकेको रहेछ उता भारतीयहरु भने सिमारेखाको नजिकै पोष्ट बनाएर बसेका छन् नियमित गस्ती गर्छन् हाम्रो यस्तो अफ्ठेरो ठाउँमा त्यो पनि सम्बन्धित कार्यालयभन्दा निकै टाढा पर्ने सिमा सिमा स्तम्भको रक्षा कसरी होला सोचनीय बनायो त्यसो ढिलो चाडो सिमानकाकै आडमा पोष्टहरु बस्लान गस्ती पनि होला अनि मलाई मनमा लाग्यो हाम्रा सिमासुरक्षाका अधिकारीहरु चढ्ने गाडी समेत भारतले अनुदानमा दिएको रहेछ यो हदसम्म परनिर्भर हामीले सिमाना सम्बन्धि कडा कुरा कसरी गरौंला ?
त्यसो भए त्यो विकट ठाउँको सिमा स्तम्भ सिमारेखाको रक्षा कस्ले गर्ने ? मैले देखे त्यो सोमेश्वर कालिकाले भरपर्दैसँग गर्न सक्छिन् त्यो कसरी भने सोमेश्वरकालिकाको प्रचार प्रसार अत्याधिक गर्ने यो मन्दिर नेपालमा प्रचार प्रसार गर्न सके डाँडाको मौलाकालिकाकै हाराहारीमा पुग्छ यसो हुँदा पर्यटन मौलाउँछ मान्छे ओहर दोहर गर्न थालेपछि साँध सिमाना मिच्ने आँट कस्लाई आउँला ? सरकारले यसरी पनि सोच्ने कि ?

Tuesday, November 16, 2010

साँध सिमाना

यो लोथर खोलको पुल हो यो चितवनको पुर्वी सिमानामा पर्छ पुल तरेपछि मकवानपुर जिल्ला टेकिन्छ चितवन मवानपुरको सिमाना रहेको यो पुलको फोटो देखाएर केही कुरा लेख्न मन लाग्यो आज हुन यो ब्लगमा देखेको कुरा लेख्ने हो देखेका सबै कुरा लेख्न लायक पनि हुँदैनन अनि यो पुलमा लेख्न लायक कुरा के भेटियो भन्ने प्रश्न उठ्न सक्छ त्यसो पुलको बारेमा लेख्ने अनेक कुरा हुन सक्छ जस्तै यो पुलको तल बालुवा ढुंगा थुपि्रएर पलनै पुरिने खतरा बढेको यो विषयमा ब्लग मात्रै हो दामी समाचार लेख्न सक्निछ तर अहिले पुल तल नजाउँ पुलमाथिकै कुरा गरौं त्यो पनि साँध सिमानामै केन्द्रित रहेर आखिर पुल नै सिमाना हो भने अहिलेलाई अरु कुरा किन गर्ने
यो पुलले दुई जिल्ला छुट्याएको त्यसो पुललेभन्दा पनि खोलोले हो सिमान कोरेको तर लोथर बजारमा पुगेपछि 'यो पुल पारी मकवानपुर हो' भनिन्छ त्यसैले पुल सिमाना नै हो सिमाना हो भने अहिले मकवानपुर चितवनका बीचमा केही बेमेलका कुराहरु आएर लेख्न थाल्योकी भन्ने पनि नसोच्नु होला दुई जिल्लाबीच विवाद निस्केको पटक्कै होइन साँधमा रहेको पुलमै साँध सिमाना सँध्ने काम भएको रहेछ मैले त्यसैको बारेमा लेख्न थालेको हो त्यसो यो फोटोमा प्रष्टसँग देखिन सकेको छैन के देखाउन लागेको हो त्यो कुरा मैले के देखेँ भन्ने बर्णन गर्दै जाने छु, अनि तपाईहरुले पनि थाहा पाउनु होला
पुलको किनारमा दुईवटा पार्टीका नारा लेखिएका छन् पुर्व तर्फ नेपाली काँग्रेसको १२ औं महाधिवेशनको प्रचार गरिएको भित्ते लेखेन अनि पश्चिम तर्फ माओवादी अध्यक्ष प्रचण्ड चितवन आउने कार्यक्रमको प्रचार गर्दै नारा लेखिएको माओवादीको नारा पुरानो हो भर्खर सकिएको अधिवेशनको प्रचारका लागि लेख्दा काँग्रेसकाले त्यो नारामाथि आफ्नो पार्टीका लागि चुना पोत्ने काम गरेनछन् ठिकै गरे यता आफु उता अरु भनेर छाडेछन् उबेला लेखे पनि किन मेट्ने त्यो उसैको भयो भनेर खुरुक्क छाडे जस्तो देखियो हामीले हेर्दा
योसम्म ठिकै हो अर्को रमाइलो कुरा पनि देख्न पाइयो त्यहाँ काँग्रसले पुलको रेलिङ राख्ने पिल्लरमा पुर्वबाट झण्डा बनाउँदै आएको तर जव माओवादीले लेखेको ठाउँ आएको त्यहाँबाट भने पिल्लर खाली यस हिसावले त्यो पुलमाथि पनि साध सिमाना कायम भएको झै लागेको हो तपाइँलाई भने के लाग्यो कुन्नि ठ्याक्कै छाडेको झण्डा बनाउन काँग्रेसले कुनै अरुको क्षेत्रमा किन पस्ने भनेर लुसुक्क निस्केको झै देखिन्छ त्यो हेर्दा बाघले साँध सिमाना तोक्छन् एक अर्काको क्षेत्र कुल्चने प्रयास गरे लडाइ हुन्छ त्यहाँ नाराको लागि कायम भएको साध सिमाना मिच्ने काम गेर लडाइ लफडा हुने पक्का त्यसैले खैचिएका होलान कोही त्यसो जाबो भित्तामा नारा लेख्नका लागि किन लफडा निम्त्याउनु परो त्यसरी खैचिएको नै बुद्धिमानी भयो
त्यसो इतिहास हेर्दा साध सिमानका लागि युद्ध भए नरसंहार भए यो सिमाना भनेको यस्तो ज्याद्रो विषय हो नारा लेख्ने भित्ते सिमाना मिच्दा भएका किचलोहरु इतिहासमा होइन केही दशकअघि नेपालमै भएका उदाहरणहरु छन् अहिलेको एकीकृत माओवादीका नेता डा। बाबुराम भट्राई तत्कालिन संयुक्त जनमोर्चाको अध्यक्ष हुँदा काठमाडौंमा भित्तोमा नारा लेख्न चुना पोत्न जाँदा अर्को पक्षबाट चुटाइ खाएकै हुन् त्यसैले यो नारा लेख्ने विषयमा पनि स्थायी साध सिमना कायम गरेकै ठिक लोथरमा त्यो देखियो जे देखिएको हो त्यसलाई यस ब्लगमा लेखियो हस्त विदा पाउँ नमस्कार