Wednesday, November 24, 2010

शिक्षकको राशन बोक्न खाली खुट्टा खोला तर्दै

कुमबाट बाहुला च्यातीएको आकासे रंगको सर्टलाई एउटा टाँकले मात्रै शरीरमा आडाएको पाइन्ट कालो हो या निलो रंगको हो मैलोले छुट्याउन नमिल्ले भएको खुट्मा चप्पल छैन कम्मरभन्दा माथिसम्म पानीमा झिजेको प्रष्टै देखिन्छ कात्तिक ३० गते बिहान भेटिएका सात वर्षीय मित्रलाल चेपाङ लगलग काप्दै पनि छन् किनकी उनी झरेको लोथर बजारमा सिरोठो मज्जाले चलिरहेको त्यसमाथि उनी त्योभन्दा तीन घण्टा परको काँकडा गाविसबाट एका बिहानै खोलामा हेलिदै यहाँसम्म झरेका हुन् केही बेर सुस्ताएपछि १० किलो चामल बोकेर उनी फर्कनु पर्छ उनी गाउँकै प्रदिप चेपाङको साथ लागेर आइपुगेका हुन् मकवानपुर काँकडा गाविस वडा नं. सिलिङेका यी दुई चेपाङ गाउँका शिक्षकहरुको चामलको भारी बोक्न सिरोठोमा खोलो तर्दै बजार झरेका हुन्
मित्रलाल सिलिङेकै स्कुलमा कक्षा दुई प्रदिप कक्षा नौमा पढ्छन् ज्यादै विकट उब्जनी नहुने गाउँ भएकाले शिक्षकहरुले चितवन मकवानपुरको दोसँधमा पर्ने लोथर बजारबाटै चामल लैजान्छन् अनि चामल बोकाउन शिक्षकहरुले नै विद्यार्थीलाई पठाउँछन् एकजनालाई ५० रुपैयाँ खाजा खर्च चामल बोकेको किलोको पाँच रुपैयाँका दरले ज्याला दिन्छन् शिक्षकका लागि हप्तामा दुई पटक चामल बोक्नु पर्छ यसका लागि आठ नौजनाले पालो गर्छन् महिनाको एक पटक आफ्नो पालो आउने गरेको प्रदिप चेपाङले बताए ' स्कुल भर्ना जहिले भए त्यसै बेलादेखि चामल बोक्दै आएको छु ' प्रदिपले भने प्रदिपले २० किलो चामल बोक्छन् भने सात वर्षीय मित्रलालले १० किलो बोक्ने गरेका छन्
भारी नबोकेका बेलामा सिलिङेबाट लोथर आउन तीन घण्टा लागे पनि भारी बोकेर जाँदा पाँच घण्टासम्म लाग्ने गरेको प्रदिपले बताए चामल लिन आएका बेलामा पढाइ छुट्छ चामल जहिले सकिन्छ त्यही बेलामा बजार झर्नु पर्ने भएकाले शनिबार आउँछु भनेर सुख पाइदैन बाटो सजिलो छैन उर्लेको लोथर खोलो ठाउँठाउँमा तर्नु पर्छ चामल लिन आएका बेलामा अरु अत्यावश्यक सामानहरु पनि लैजानु पर्छ 'कापी कलम किन्न खर्च चाहिन्छ घरका ठुला मान्छेले पैसा दिन सक्दैनन् त्यसैले लागि भारी बोक्नु परेको हो' प्रदिपले बताए खर्चको जोहो गर्न नसक्ने भएकाले धेरै चेपाङहरु छोराछोरीलाई विद्यालय पठाउँदैनन् चामल बोक्न आएका दिन शिक्षकहरुले गयल नहुने व्यवस्था मिलाएका छन् ' स्कुल नगए पनि हाम्रो हाजिर हुने गरेको चामल बोक्न आउँदाका दिन गयल भइएला भन्ने चिन्ता छैन' मित्रलालले बताए
चेपाङहरु बस्ने विकट क्षेत्रमा कोदो मकै जस्ता अन्नबाली पनि अति नै कम फल्ने गरेको धान फल्ने खेत देख्नै गाह्रो पर्छ प्रदिपले भने 'सरहरूले कहीले काही चामल दिनु हुन्छ हामीले त्यति बेलै हो धानको भात खाने ' दसैंका बेलामा ऋण गरेर भए पनि चेपाङहरुले चामल किन्ने गर्छन् अन्न सकिएपछि गिठ्ठा तरुल खाएर गुजरा गर्छन्



No comments:

Post a Comment