Monday, November 1, 2010

साइरन

साइरन भनेको मान्छेलाई सतर्क गराउनका लागि बजाइने गरिन्छ तेज रफ्तारमा गुड्ने भएकाले बटुवालाई सतर्क गराउन प्रहरीको गाडी एम्बुलेन्स दमकलमा साइरन बज्ने गर्छ गाडीमा मात्रै साइरन राखिन्न अचेल बाढी आउन सक्छ है भनेर पहिल्यै जानकारी दिन पनि साइरन राखिन्छ उता पुर्वमा च्छे रोल्पा हिउँ ताल फुट्ने भन्ने अनुमानका आधारमा फुट्न थालेमा गाउँमा जानकारी फैलाउन भनेर पनि साइरन राखिएको जहाँ जसरी जेमा साइरन राखिए पनि मान्छेलाई सतर्क गराउने एकल उद्देश्य बाहेक अरु केही हुँदैन
इमरजेन्सी रुपमा कुद्नु पर्ने बाहनहरुमा साइरन रहने नै भयो तर इमरजेन्सी लाइटमा पनि साइरन राख्दो रहेछ त्यो के प्रयोजनका लागि हो कुन्नी थाहा भएन सायद केटाकेटी भुलाउन होला लोडसेडिङ मैलाएपछि हाम्रो घरमा पनि एउटा इमरजेन्सी लाइट आयो त्यसमा थियो प्वाप्वाप्वा गरेर कराउने साइरन बत्ती बाल्नु बाहेक साइरनको केही उपादेयिता थिएन कहिले काही भान्जाभान्जीहरु आएका बेला त्यो साइरन बजाएर रमाइलो गर्थे एक दिन साइरन बिगि्रयो नबज्ने भयो बत्ती भने राम्रैसँग बल्थ्यो
कमलजंग कुँवरलॆ गैंडालाई चार वर्ष भन्ने किताप निकाल किताप निकालेपछि चितवन आए किचन क्याफेमा साथीहरु जम्मा गरे आफ्ना केही कुरा राखे अनि भेला भएका जतिलाई हस्ताक्षर सहितको किताप थमाइ दिए त्यो किताप साँझ घरमा आउँदा बित्तिकै पल्टाए पढ्दै गए पढ्दै गए छाड्न मन लागेन खाना खाने बेलामा अलि बेर किताप छाडे आएपछि फेरि समाते पढ्दै जाँदा लाइन ज्याप्पै गयो दुईचार मिनेट पर्खदा पनि गएको लाइन आएन अनि त्यही इमरजेन्सी लाइट ल्याएर फेरि पढाइ जारि राखे
लामो समयसम्म पनि बत्ती आएन तर कितापका च्याप्टर झनपछि झन रोचक हुँदै जान थाले सिरानीमा इमरजेन्सी लाइट राखेर अगाडीको कितापका एकपछि अर्का अक्षर वाक्य हरफहरुमा आँखा दौडाउँदै छु कुनै सिनेमाको क्लाइमेक्सको दृश्य जस्ता रोचक प्रसंगहरु आएको कितापमा कमलजंग कुँवरको टोली गैंडा सिकारीलाई समात्न जाल बुन्दै छन् सिकारीलाई समात्न भनेर फिल्डमै गए रातको समयमा समात्न खोजको मान्छे भाग्न थाल्यो ड्याम्म गोली पड्कियो यो प्रसंग थियो कितापमा
यता यस्तो कुरा पढी रहेको बेलामा कानैमा करायो प्वाँप्वाँप्वा प्वाँप्वाप्वाँ आवाज चकमन्न रातमा किताप एक सुरले पढी रहेको रोमांचक प्रसंग आएका बेलामा एक्कासी प्वाँप्वाँ आवाज कानमा पर्दा केहो कसो हो सोच्ने सम्झन सक्नै कुरै थिएन सातो पुत्लो उड्यो मुटु हल्लन थाल्यो केको आवाज हो मेसो पाइन मुटु मुखबाट फुत्त निस्केला जस्तो भयो अहिलेसम्म त्यसरी तसे्रको सम्झना छैन केही सम्हालिदै यसो टाउको घुमएको देखियो सिरानीको आडमा राखेको त्यही इमरजेन्सी लाइटको साइरनको बजेको रहेछ लाइटमा नछोएको कुनै दवाव परेको विग्रेको साइरन त्यत्तिकै पनि करायो कानैमा पर्ने गरेर कराएको त्यो साइरनले कस्को सातो नलेला ?
यो भयो लाइटमा बेमतलवसँग राखेको तर एक चोटी बिग्रेको साइरन त्यसै कराएको प्रशंग साइरन रमाइलो गर्नका लागि राखिन्छ केटाकेटी भुलाउनका लागि राखिन्छ तर त्यसले कहिलेकाही नराम्रोसँग ठुलै मान्छेलाई पनि तसा्रउँदो रहेछ त्यस दिन बजेको साइरनले यही पाठ सिकायो यस पटक दशैंमा आएका भान्जाभान्जीले फेरि त्यस्तै साइरन भएको खेलौना कार किनी दिन कर गरे घरमा त्यस्ता तीनवटा कार आयो साइरन बजाउँदै दौडने खेलौना कार केही दिनसम्म घरमा खुवै दौडिए
दसैंपछि घर जाने बेलामा दुईजना भान्जिले खेलौना सँगै लगे भान्जाले छाडे त्यो खेलौना भान्सा कोठामा त्यसै मिल्किएको थियो कस्ले हो फ्रीजमाथि राखेको रहिछ कतै लगेर थन्काउने हेक्का पनि कसैलाई आएको थिएन अस्ति राति निन्द्रा खुल्यो कुनै आवाजले खुलेको थियो निन्द्रा अवाज थियो साइरनको त्यही प्वाँप्वाँप्वाँ कहाँबाट आयो यो आवाज ठम्म्याउन गाह्रो भाये निकै कडा थियो आवाज मध्यरातको मस्त निन्दा बिथोलिने आवाज चान चुने थिएन तर यो आवाज कहाँबाट आयो एकक्षण गम खाइयो तत्कालै माथि भान्सा कोठामा भएको फ्रीजमाथिको खेलौना कारको याद आयो तर त्यसको यस्तो कडा आवाज नआउनु पर्ने तै पनि हेरौन भनेर भान्समा गएको त्यही कार पो कराइ रहेको रहेछ
आवाजले टोलकै निन्द्रा विथोलेको रहेछ भोलिपल्ट छिमेकीहरुले पनि त्यो आवाजको प्रशंग निकाले रात बढेपछि सन्नाटा छाउँदा सानो खेलौना कारको साइरनको आवाज पनि मेघ गर्जनकै हाराहारीमा पुग्दो रहेछ इमरजेनिस् लाइटमा पनि कुनै दावव स्वीच अन नगरिकनै साइरन बजेको थियो खेलौना कारमा पनि त्यस्तै भयो रमाइलो गर्नका लागि राखिएको त्यो साइरन बेला कुबेला बजेर होस हवास निन्द्र उडाउने काम गरो


No comments:

Post a Comment