बिहान पौने छ बजे चढ्न सुरु गरेकॊ टाँकुरामा पुग्दा सवा सात भएको थियो । हिड्ने बेलामा टर्चको उज्यालोमा बाटो पैलाउँनु परेको थियो । जंगल छिचोल्दै यसरी हिड्नेमा चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम, स्थानीय विकास अधिकारी उद्धव तिमिल्सेना, सिमा सुरक्षाकार्यालय भरततपुरका प्रमुख मदनबहादुर भुजेल सहित १३ जना थियौं । मान्छे त्यत्ति ओहर दोहर नगर्ने भएरै होला बाटोमा स्याउला पत्कारहरु थिए । कतै कतै बिग्रेको बाटो पनि मिलाउने काम भएको थियो । ढुंगाको तख्ता बनाएर उक्लन सजिलो पनि पारिएको थियो तर बाटो त्यति चल्तिको भने होइन । पिल्लर नं. ४५ त्यस त्यो यात्राको लक्ष्य थियो । नजिकै पर्ने मन्दिरको दर्शन गर्न किन छाड्ने ? पिल्लर हेर्ने अनि मन्दिर पुगेर फर्कने योजना बनेकाले बिहान चारै बजेर यात्राको तयारी गरेका थियौं ।
माडी बसन्तपुरको सागर गेष्ट हाउसबाट सवेरै निस्केर गाडी चढेर खोलै खोल पौने घण्टा हिडेपछि जंगल तर्फ पैदल लागेका हौं । यति भएपछि पिल्लर नम्बर ४५ के हो अनि यो लस्कर केका लागि हो भन्ने कुरा धेरैले अनुमान लगाइ सक्नु भयो होला । हो हामी माडी गाउँदेखि दक्षिणमा पर्ने सोमेश्वर श्रृखलामा रहेको नेपाल भारत सिमानाको सिमा स्तम्भको अवस्था हेर्न सुरक्षाअधिकारीहरुको टोलीमा सामेल थियौं । हामी छरछरे खोलाबाट पस्यौं । त्यो बाटोबाट डाँडको टाँकुरामा रहेको सिमा स्तम्भ नं. ४५ र सोमेश्वर कालिका पुगिन्थ्यो । बाटो खासै उकाले होइन । हालै मात्र सिराइचुली यात्रा गरेका सीडीओ र एलडीओले त्यो र यो बाटो दाज्न थाले । हुन पनि त्यस्तो अफ्ठेरो केही थिएन । एक चौथाइ पनि नहिड्दै उज्यालो भयो । एउटा अफ्ठेरो अध्यारो थियो, त्यो पुर्वी क्षितिज चम्कन थालेपछि त बिलाइ हाल्यो । माडीका स्थानीयवासी जंगलमा भालु आउने कुरा गर्दथे । तर मान्छेको ठुलै लर्को भएकाले भालुको खतरा पनि टर्छ ।
हामी कतै नबसिकन सवा सात बजे टाकुरामा पुग्यौं । केही बेर त्यहाँ सुसस्तापछि इलाका प्रहरी कार्यालय माडीका सई देवनारायण चौधरीले पिल्लर पुर्व तर्फ १० मिनेट र मन्दिर पश्चिम तर्फ १५ मिनेटको दुरीमा भएको बताए । हामी पहिला स्तम्भर तर्फ लम्कियौं । पुर्व हिड्दा देब्रे तर्फ नेपाल र दाहिने तर्फ भारत थियो । हामी सिमारेखा टेक्दै लम्केका छौं पिल्लर नं. ४५ हेर्न । भएजतिको उकालो अफ्ठेरो काटेर टाकुरामा पुगिएको थियो । त्यही टाँकुरोमै केही पर पर्ने पिल्लर नं.४५ जान कुनै चुनौतीको सामना गर्नु पर्ला जस्तो लागेन । तर भारतीय सिमा सुरक्षा बलका जवानहरु सधै चनाखो रहने र गस्ती पनि गर्ने तथा सिमानामा भेटिनेहरुलाई समात्ने, केरकार गर्ने र सर्वसाधारणहरुलाई दुव्र्यबहार समेत गर्ने किस्साहरु माडीमा सुनिएको थियो । तर टोलीमा जिल्लका उच्च स्तरका सरकारी अधिकारीहरु रहेकाले यस प्रकारको समस्या हामीले झेल्नु नपर्ने पक्का जस्तै थियो । सुरक्षकर्मीहरु भारतीयको कुरा गर्दा एउटा शब्द उच्चारण गर्दथे 'काउण्टर पार्ट' । जे जस्तो भए पनि 'काउण्टर पार्टलाई' ख्यालको रुपमा त लिनै भएन । के थाहा केही हुने पो हो कि । सामान्य नागकिरकको हैसियतले सोच्दा एउटा विरानो र निर्जन ठाउँको अन्तराष्ट्रिय सिमारेखामा उभिएका बेला यस्ता सोचाइ पनि मनमा आउँदो रहेछ ।
यस्ता कुराहरु क्षणभरमा आए अनि बिलाउन पनि बेर लागेन किनको टोलीका सदस्यहरुको कुराकानीले मनमा अनेक तरनाहरु आउन दिएन । पाँच मिनेट जति हिडेपछि बाटो बिलायो । लौ आपत हामी खरको झ्याङ भित्र बिलाउनु परो । अगाडी माडी इप्रकाका सइ थिए त्यसैले बाटो जे जस्तो भए पनि माडी र पिल्लर नं. ४५ ओहर दोरह गर्ने ति सइलाई पछ्याउनुको कुनै विकल्प थिएन ।
खरको झ्याङपछि हामी डाँडाको वल्लो अर्थात नेपाल तर्फको पाटोमा आइ पुगियो । अगाडी खर समात्दै, तल खुट्टाले खास्रेर टेक्दै अगाडी बढेका छौं बाटो भन्ने छैन । एक हिसावले 'रक क्लाइम्बिङ" गरे जस्तो । हातले समातेको खरले भार थाम्न सकेन या खुट्टाले टेकेको आधारले टाउँ छोड्यो भने पल्लिर नम्वर ४५ हेर्न हिडेको मान्छे सिधै ४५० हात तल पछारिने सम्भावना छ । जे होस निकै सतर्क भएर भित्तामा झुण्डिदै झुण्डिदै अगाडी बढ्दा आँखैमा ठोक्नि आयो पिल्लर नं. ४५ । सायद दुई मिटर परिधिको गोलाकार टाँकुरामा पिल्लर नं. ४५ ठडिएको रहेछ । धेरै यता उता नगर्न सुरक्षाकर्मीहरुले सतर्क गराइ रहेका थिए । सुकेको खरको मुनि भिर बाहेक केही थिएन । खरको गाँजमामा पाइला परे सिधै तल ।
शसस्त्र प्रहरीको सिमा सुरक्षाकर्मीले पिल्लरको अवस्था हेरे । नक्सा निकाले वरपरको टाँकुरा र भुदृश्य नियालेपछि पिल्लर सही ठाउँमै भएको ठोकुवा सिमा निरीक्षण अधिकारीहरुले गरेपछि हामी फिर्ता भयौं । अनि लाग्यौं सोमेश्वर कालिकाको दर्शन गर्न । बस्ने पाटी सहितको सामान्यखालको मन्दिर । होम कुण्ड समेत रहेको सेतो रंगको मन्दिरमा कुनै मनुवा भेटिएन । केही क्षण त्यहाँ बसेपछि ओर्लन थाल्यौ हामी । चितवनले भारतलाई छोएको छ भन्ने कुरा धेरैपछि थाहा पाएको हो मेले, त्यस्तै १५ वर्षभन्दा बढी भएको छैन । त्यति बेला जनमोर्चा नेपाल भन्ने दल थियो । सिमा अतिक्रमणका बारेमा कार्यक्रमहरु राख्थ्यो । नारायणगढमा भएको एउटा कार्यक्रममा दिवाकर भुषालले माडीमा पनि भारतले सिमा मिचेको कुरा गर्दा 'ए माडीमा पनि भारतीय सिमाना रहेछ" भनेर म छक्क परेको थिएँ ।
त्यसपछि माडी धेरै पटक गइयो । अरु जिल्लामा रहेका अन्तराष्ट्रिय सिमाना धेरै पटक टेकियो, पार पनि गरियो । तर आफ्नै जिल्लामा पर्ने अन्तराष्ट्रिय सिमाना र सिमा स्तम्भ देख्न समेत पाइएको थिएन । त्यो मौका यस पटक मिल्यो । सिमा सुरक्षा कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मदनबहादुर भुजेलका अनुसार तराइका जिल्ला मध्ये अफ्ठेरो ठाउँमा सिमा स्तम्भ रहेको जिल्ला चितवन मात्रै हो । चितवनमा २७ वटा स्तम्भ रहेछन् । सवैभन्दा सजिलो स्तम्भ हामीहरुले छोएको स्तम्भ रहेछ । कार्यालयले जेठदेखि काम सुरु गरेको हो । भरतपुरमै मुख्य कार्यालय छ सिमानाको आडमा पोष्टहरु समेत राख्न भ्याएको छैन । अहिलेसम्म कार्यालयका अधिकारीहरुले समेत १६ वटा मात्रै स्तम्भ मात्रै पुग्न सकेको रहेछ । उता भारतीयहरु भने सिमारेखाको नजिकै पोष्ट बनाएर बसेका छन् । नियमित गस्ती गर्छन् । हाम्रो यस्तो अफ्ठेरो ठाउँमा त्यो पनि सम्बन्धित कार्यालयभन्दा निकै टाढा पर्ने सिमा र सिमा स्तम्भको रक्षा कसरी होला सोचनीय बनायो । त्यसो त ढिलो चाडो सिमानकाकै आडमा पोष्टहरु बस्लान । गस्ती पनि होला । अनि मलाई मनमा लाग्यो हाम्रा सिमासुरक्षाका अधिकारीहरु चढ्ने गाडी समेत भारतले अनुदानमा दिएको रहेछ । यो हदसम्म परनिर्भर हामीले सिमाना सम्बन्धि कडा कुरा कसरी गरौंला ?
त्यसो भए त्यो विकट ठाउँको सिमा स्तम्भ र सिमारेखाको रक्षा कस्ले गर्ने ? मैले देखे त्यो त सोमेश्वर कालिकाले भरपर्दैसँग गर्न सक्छिन् । त्यो कसरी भने सोमेश्वरकालिकाको प्रचार प्रसार अत्याधिक गर्ने । यो मन्दिर नेपालमा छ । प्रचार प्रसार गर्न सके डाँडाको मौलाकालिकाकै हाराहारीमा पुग्छ । यसो हुँदा पर्यटन मौलाउँछ । मान्छे ओहर दोहर गर्न थालेपछि साँध सिमाना मिच्ने आँट कस्लाई आउँला र ? सरकारले यसरी पनि सोच्ने कि ?

No comments:
Post a Comment