भनेको बेलामा कार्यक्रम सुरु नभएर हैरानी बेहोर्नु पर्ने नेपालीको साझा समस्या हो । समय उल्लेख गरेको हुन्छ १० बजे कार्यक्रम सुरु हुँदा १२ बजाइ दिन्छन् । कार्यक्रम समयमा सुरु नहुने मुख्य कारणमा अतिथिको आगमन जिम्मेवार रहेको देखिन्छ । सवै आइसके पनि अतिथि आएनन् भने आयोजकले कार्यक्रमको सुरसारमा ध्यानै दिदैनन् । कोठे कार्यक्रम होस या खुला मंचको सभा सवैको विषेशता हो यो । तोकिएको समयमा कार्यक्रम गरे मानौं दाताले बजेटै रोक्छन या जनताले पत्याउँदैनन भन्ने भान पो परेको हो कि जस्तो देखिन्छ पारा हेर्दा । समयमा कार्यक्रम सुरु गर्नेहरु लाछि हुन् जस्ले कुराउन सक्यो त्यो जब्बर बहादुर हो भन्ने ठान्छन् भन्ने सोचले काम गरेको पो हो कि भन्ने देखिन्छ कुनै बेला ।
समयमा कार्यक्रम सुरु गर्न राष्ट्रिय रुपमा कहलिएको मानव अधिकार तथा शान्ति समाज भन्ने संस्था । उसको त नारै छ 'मान्छे हो या भगवान समय नै सवैभन्दा बलवान ।' तोकेको समयमा कार्यक्रम सुरु गर्ने र तोकिएकै समयमा सक्ने काम गर्छ शान्ति समाजले । मान्छे कुरेर पटक्कै बस्दैन । समयमा आउनु परो नत्र भने कसैलाई कुरेर किन बस्ने निश्चित संख्यामा मान्छे आए भने जति छन् जो छन् कार्यक्रम सुरु भइ हाल्छ । समय भित्र त्यो निश्चित संख्याका मान्छे उपश्थित भएनन् भने कार्यक्रम स्थगित गरेर हिड्छन् शान्ति समाजका मान्छेहरु । समयको महत्व बुझउान शान्ति समाजले गरेको यो सुरुवातलाई पछ्याने अरु संस्थाहरु भने कमै भेटिएका छन् ।
राष्ट्रिय स्तरमा शान्ति समाजले यस्तो गर्छ देशका अरु ठाउँ रहेका यसका शाखाले पनि यसैलाई अनुसरण गरेका छन् । यो त भयो राष्ट्रि स्तरको संस्थाको क्ररा अव हाम्रै जिल्ला चितवनमा कुनै छनकी यस्ता संस्था भनेर बुझ्न नलाग्दा नै होला जस्तो सवैेले सोच्नु स्वभाविकै हो । जिल्लाको कुन चाहि निकायले समय आन्दोलनलाई आत्मसात गरेको होला र यहाँ त सवै ठुला मान्छे र अतिथिका पछाडी नै कुद्ने खालका छन् । समयको कुनै मतलव छैन, कार्यक्रममा सहभागी हुने अरु सर्वसाधरणको केही वस्तै छैन यहाँकालाई । तर यसरी सोलोडोलोमा सोच्नु पनि भएन । जिल्लामा पनि छन् कोही त्यस्ता जसले समय बाहेक अरु कसैलाई चिन्दैन ।
अस्ति बुधबार एउटा पत्रकार सम्मेलनमा जानु थियो । मंसिर सात गते मंगलबार अवेला मात्रै टेलिफोनबाट त्यसका लागि सूचना आएको थियो । समय तोकिएको थियो साढे एक बजे । बुधबार आँपटारीमा चक्काजाम थियो । त्यो चब्का जाम यसो हेरेर एक बजे लगत्तै लागियो पत्रकार सम्मेलन हुने ठाउँ तर्फ । त्यहाँ पुग्दा सवा एक भएको थियो । अरु ठाउँमा तोकिएको समयभन्दा आधि घण्टा पछाडी जाँदा पनि आयोजकको अत्तो पत्तो हुँदैन । त्यहाँ त समय अगावै जाँदा पनि आयोजकहरु तम तयार भएर बसेका रहेछन् । अनि साढे एक हुने बेला भयो पत्रकारहरुले लगभग सवै थिए तर आयोजकहरुलाई फसाद परेछ किन भने कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति नै आइपुगेनन् । उनी साढे एक बजे नआउने लगभग निश्चित भएछ । तर अध्यक्षता गर्ने व्यक्तिलाई कुर्नुको सोटो कार्यक्रम सुरु गर्ने, ति व्यक्ति आएपछि मात्रै सभाध्यक्षको आशन ग्रहण गराउने निधो आयोजकले गरे ।
यसरी सभाध्यक्ष बिनै कार्यक्रम सुरु भयो । संचालन भएको आधि घण्टापछि बल्ल ति ब्यक्ति आएर सभाध्यक्षको आशनमा बसे । यसरी कार्यक्रम सुरु भएको नारायणगढको बालकुमारी कलेजमा हो । त्यहाँका पि्र_िन्सपल चिरंजिवी श्रेष्ठ समयमा कार्यक्रम चलाउन कटिबद्ध छन् । यसका लागि श्रेष्ठ सरलाई धेरै धेरै धन्यवाद ।

No comments:
Post a Comment