दुई दिनको यात्राका लागि मंसिर ३ गते बिहानै हाम्रो टोली भरतपुरबाट निस्कियो । सवैभन्दा अगाडी प्रमुख जिल्ला अधिकारीको गाडी थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक चढेको गाडी थियो । सवैभन्दा पछाडी सिमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक सहितको टोली चढेको गाडी थियो भने त्यो गाडीभन्दा अगाडी जिल्ला कृषि विकास कार्यालयको गाडी थियो जसमा हामी थियौं । प्रमुख जिल्ला अधिकारीको क्वाटरबाट गाडी निस्किए । हाकिम चोक क्यान्सर अस्पतालको बाटो हुँदै हुँईकिए गाडीहरु । गीतानगर बजारबाट अगाडी बढेपछि एक आर्काभन्दा धेरै पर भए गाडीहरु । गीतानगर बजार कटेपछि एउटा पुल र घुमाउरो मोड आउँछ हो त्यो पनि पार भयौं हामी ।
त्यो मोड पार गरेर अलिकति के अगाडी बढेका थियौं एउटा कालो बिरालोले बाटो काट्यो । हामी तर्फ हेर्दै पश्चिमबाट पुर्व लाग्यो त्यो कालो बिरालो । बिरोलोले बाटो काट्यो भने साइत पर्दैन भन्छन् । कालो बिरालोलाई अझै अशुभको रुप्मा लिइन्छ । सामान्य बिरालोले बाटे काट्दा मलाई पनि केही जस्तै लाग्दैन । मैले धेरै पटक देखेको छु बिरालोले बाटो काट्यो भने गाडी देखि साइकल र उस्तै परे पैदल यात्रुसम्म टक्क अडिन्छन, त्यो ठाउँबाट अरु कोही कट्यो भने बल्ल हिड्छन् । म भने नरोकिनेमा पर्छु । त्यस्तोमा धेरैजना म हिडेपछि बाटो काटेको देखेको छु । तर कालो बिरालोले हेर्दै बाटो काटेको घटना कहिल्यै बेहोरेको थिइन । त्यति बेला बाटो काट्यो । चालकले सकेसम्म उछिन्न खोजेका हुन तर केही लागेन बिरालो पार भयो । तर चालकले रोकेनन् गाडी स्वभाविक रफ्तारमै कुदाए । हाम्रो गाडी नरोकिइ गएकाले हुनु पर्छ विपरित दिशाबाट आएको एउटा मोटरसाइकल चालकले अचम्मको भावले हाम्रो गाडीलाई हेरो । तर हाम्रो गाडीका कसैले पनि विरालोका बारेमा अह एक शब्द बोलेनन् ।
गीतानगर पटिहानी जगतपुर निकुंजको वन हुँदै रिउँ तरेर हामीले माडी टेक्यौं । त्यस दिन माडीको भित्र भित्रसम्म हिँडियो । बगर बगरमा कुदे गाडीहरु । पानी भरिएको फराकिलो कुलोमा समेत गाडी हिड्यो । प्रहरी उपरीक्षक पुष्प रिाजत त्यस्तोमा गाडी नहालौं घुमाउरो भए पनि अरु बाटोबाट जाउँ भन्दै थिए । तर सवैले हाले । अन्तिममा भएको सिमा सुरक्षा कार्यालयको प्रहरी उपरीक्षक चढेको गाडी भने फस्यो बरु । तर सानो प्रयासले निस्कि हाल्यो । अध्यारो हुँदासम्म दौडेको दौड गरियो । साँझ राम्रै ठाउँमा सुतियो । माडीमा पर्ने पिल्लर नम्बर ४५ हेर्न जाने सल्लाह तीन गते साँझ नै भएको थियो । चार गते शनिबारको कार्यक्रमहरु धेरै थिए । त्यसैले बिहान सवेरै जाने छिटो हिड्न सक्ने मात्रै जाने र चाडै फर्कने कुरामा सल्लाह मिल्यो । टोलीमा रहेका लगभग आधा मात्रै जाने भए पिल्लर भएको ठाउँ ।
बगरै बगर गाडीमा ४५ मिनेट हिँडेर त्यसपछि जंगलको बाटो हिड्नु परो पैदल । अध्यारो नै थियो टर्च बाल्नु परो । राती भालु आउँछ सिमानमा भेटिने भारतीय सिमार सुरक्षा बलका जवानहरु पनि त्यति मिलनसार हुँदैनन् जस्ता कुराहरु माडीवासीले सुनाएका थिए । डेढ घण्टा हिडेपछि सिमान भएको सोमेश्वर डाँडाको टाँकुरामा पुगियो । भालुको गन्ध पनि फेला परेन । टाँकुराबाट केही पर लागेपछि पिल्लर नं ४५ भेटिदो रहेछ । पिल्लरसम्म पुग्दा बाटो बिलाउँदो रहेछ । भिरालो पाखोमा ज्यानै फालेर उक्लिनु पर्दो रहेछ । बिरालोले बाटो काटेको प्रभाव यहाँ त देखिनै होइन भन्ने लागयो । तर त्यो जोखिम युक्त ठाउँमा पनि राम्रैसँग पार पाइइयो । अघिल्लो दिनको सल्लाह र समय अनुसार तल माडी झरियो । छिस्रिक्क केही भएन । अनि माडी छाड्ने तर्खर भयो । यसै गरि लाम लाग्यो गाडीको । हामी ठोरी बीरजंज हुँदै भरतपुर पुग्ने योजनामा छौं
ठोरीबाट कृषि विकास कार्यालयको गाडी फर्कने सल्लाह भयो । हामी कुनै गाडीमा बस्ने भयौं । माडीबाट ठोरी लाग्ने बाटो बसन्तपुर बनकट्टासम्मको जस्तो राम्रो छैन । बगइ पोष्टपछि आउने जंगलको बाटो झनै खराव छ । साँगुरो र ठुला ढुंगाले भरिएको त्यो बाटो साह्रै नै विजोगको छ । अमुवा पोष्ट कटेको केही बेरपछि पसा्र जिल्लामा पर्ने निर्मलबस्ती उपभोक्ता समितिले बनाएको स्वागत गेट पार भयो । ओहो पिच भएको बाटो पो फेला परो । क्या गज्जव लाग्यो । तातो गेग्रेटोमा लतारेको शरीर कमलो बिस्तारामा पुगे जस्तै भयो । तर पिच त जम्मा पाँच सय मिटर मात्रै होइछ । अनि सुरु भयो त्यही बगर र धुले बाटो । बाटो एका तर्फ छ हामी गाउँ हेर्न खेत हेर्न थाल्यौं । विजुली नपुगेको भर्खर पोल गाड्दै गरेको । माडीको अवस्था पनि यस्तै हो तर त्यहाँ प्रत्येक घरमा सोलार प्यानल देखिन्छ यहाँ एकाध घरमा छन् । घर पनि त्यत्ति राम्रा छैनन् । अनि माटो साह्रै बेरसिलो लाग्यो । धान झुल्न नसकेर ठाडै । अलि पर गएपछि भने लामा बोट र झुलेका बाला देखिए तर त्यो धेरै थिएन ।
ठोरी पुगियो खाना खाइयो । लहरै छाप्रा रहेछन् । उता पट्टि भारतको भिखना ठोरी पर्दो रहेछ । बीचमा ठुलो खहरे छ । ठोरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले औलाले भिखना तर्फ देखाउँदै 'उ त्यो ठुलो रुखमा महेन्द्र सरकारले मृग मारेर खिचाएको फोटो त्यहीको घरमा छ ।' उनको आशय पहिला त्यो ठाउँ नेपालकै हो भने जस्तो थियो । यसैलाई पुष्टि गराउन हामीले थप प्रश्न राख्यौ । उनले भने 'होरे भिखना भनेको भिख हो । भारतले भिखै मागेर लगेकोले भिखना ठोरी भनेको ।' राजनैतिक दलको मान्छे भएको भए अतिक्रमण भयो भन्थ्यो होला उनले जमिन उता परे पनि दान दिएको हो भनेर माथि पर्न खोजे । सिमानामा बस्ने एउटा जिम्मेवार सुरक्षाअधिकारीले भनेको हो बोली कुन हदसम्मको यथार्थ हो त्यसमा भने ढुक्क हुन सकिएन ।
खाना खाएपछि माडी फर्कने भनेको कृषि विकास कार्यालयको गाडी नफर्कने भएछ । गज्जब भयो जुन गाडीमा आएको हो त्यसैमा भरतपुरसम्मै जान पाइने भयो । भिखना ठोरीलाई दाहिने पार्दै खोलै खोल हुँइकिन थाले गाडीहरु । बाटो धुलै धुलो विजुलीका पोल मात्रै ठडिएका छन् । घर सामान्य खालका फलेकले बारेको । उब्जनी हुने खालको मोटो देखिएन । उता भारतको जंगल यता नेपालको जंगल । जंगलै जंगलको बीचमा पसेको सानो खोलॊ जस्तो रहेछ निर्मलबस्ती । सुवर्णपुर आएपछि भने तोरी बारी देखियो । निर्मलबस्तीमा खेती कमै पाइयो । सुर्तीका विरुवा भने खुवै सब्लाएका रहेछन् निर्मलबस्तीमा । सुवर्णपुर त पसा्र जिल्लाकै बढी सुर्ती उत्पादन हुने ठाउँ रहेछ । तर त्यो अनुसारको सम्पन्नता गाउँ र त्यहाँका घरहरुमा झल्किदैन थियो । सुवर्णपुरभन्दा धेरै पर आएपछि मात्रै गाउँमा बीजुली बत्ती देख्न पाइयो । तर घरहरु बाटोमै छोइएका । हाँस र कुखुराका चल्ला अनि बाख्राका पाठा चक्का मुनिनै आउने । पीच सडक उही निर्मलबस्ती उपभोक्ता समुहले प्रवेश गेट अगाडी जे बनायो बनायो त्यत्ति हो । त्यसपछि बीरगाज आएपछि मात्रै देख्न पाइयो पिच । ग्रावेल बाटो पनि साह्रै खत्तम । बगइबाट अमुवा पेष्टसम्मको जस्तो । धुलोमा ग्रावेल पनि नहालेको । जनताले के हेरेर बसेका होलान स्थानीय सरकारले के गरेको होला यस्ता प्रश्न मनमा खेलि रहे । गण्डक नहरको किनार मात्रै ग्रावेल गरेको त्यो पनि त्यत्ति राम्रो होइन । पुरा तीन घण्टा धुलै धुलौबाटोमा हिडेपछि बल्ल टेकेको हो पिच । गाउँ पनि साह्रै विपन्न जस्ता । माडीलाई विकट भन्छौ हामी सडक विजुली सहजसँग लान नपाएर विकट भएको हो तर पसा्रको त्यो भेग गर्दै नगरेर विकट भएछ । साँझ आठ बजे भरतपुर छिरियो । कालो बिरालोले अघिल्लो दिन बाटो काटेको थियो । तर यात्रा दुखद रहेन ।

No comments:
Post a Comment