Monday, February 28, 2011

बाहिर वाईसीएल भित्र प्रहरी

चितवनको भरतपुरमा सुविधा सम्पन्न अस्पताल बन्यो स्तरीयतामा दक्षिण एसियाकै दाँजोमा आउने सो अस्पताल क्यान्सर जस्तो जटिल रोगको उचारका लागि स्थापना भएको हो नेपाली उखान माल पाए पनि चाल नपाएपछि बर्बादै हुन्छ भरतपुरको क्यान्सर अस्पताल त्यही अवस्थामा पुगेको अहिले लथालिङ्ग भएका कथाहरु अरु पनि छन् तर अस्पताल परिसरमा फागुन १६ गते देखिएको दृश्य त्यहाँको बेथिति कहन काफी वीपी कोइरला मेमोरियल क्यान्सर अस्पताल नाम पाएको भरतपुर क्यान्सर अस्पताल संचालक समितिका अध्यक्ष डा. गिसुप निख प्रसिकोले फागुन १५ गते काठमाडौंमा बैठक राखेछन् भदौदेखि रिक्त रहेको अस्पतालको कार्यकारी निर्देशकमा डा.लक्ष्मीनारायण िसंहलाई नियुक्त गर्ने निर्णय सो बैठकमा भएछ यता हालसम्म कार्यकारी निर्देशक रहेका डा।भक्तमान श्रेष्ठले विज्ञप्ति निकालेर भने 'प्रक्रिया नै नपरा बैठक राखेकाले सो बैठक अवैधानिक अवैधानिक बैठकले कार्यकारी निर्देशक चयन गर्नु झनै अवैधानिक हुन्छ त्यसैले कार्यकारी निर्देशक मै हुँ '
उता अध्यक्षले डाकेको बैठले कार्यकारी निर्देशकमा नियुक्त गरेर पत्र बोकेर फागुन १६ गते बिहान डा.लक्ष्मीनारायण िसंह काठमाडौंबाट प्रफुलित मुद्रामा चितवन तर्फ लागे भन्ने खवर आए लगत्तै यता डा.भक्तमान उनलाई कार्यकारी निर्देशकको कक्षमा छिर्नै नदिने प्रयासमा लागे डा.भक्तमानको प्रयास सफल पनि भयो काठमाडौंबाट पदभार ग्रहण गर्न आएका डा.िसंह प्रशासनिक भवनको बन्द गेट बाहिर झण्डै डेढ घण्टा उभिए अनि छिर्न नपाएपछि क्वाटर तर्फ लागे उनी अस्पताल छिर्दा प्रहरीको घेरामा थिए क्वाटरसम्म पनि प्रहरीले नै पुराएको हो प्रहरी प्रदर्शनकारीको खुवै लुकामारी चल्यो हिजो क्यान्सर अस्पतालमा डा.भन्नेहरुको चर्तिकला स्वास्थ्यकर्मीको कृयाकलाप सवै नाङ्गेझार भयो क्यान्सर अस्पतालमा
डा.भक्तमानले अस्पताल संचालक समितिका अध्यक्ष डा.गिसुप निख प्रसिकोले अवैधानिक बैठक राखेर अवैधानिक निर्णय गरे भने यसो भन्न पाइन्छ डा.श्रेष्ठले प्रतिवाद गर्नै नपाउने होइन तर उनले त्यसको प्रतिवाद गर्दा समर्ग चिकित्सा क्षेत्रको मानमर्दन गर्ने काम गरे अध्यक्षको कृयाकलापको विरोध गर्दा अस्पतालमा बाहुबलको उपयोग एक्दमै नराम्रोसँग भयो हिजो अर्थात फागुन १६ गते दिनभर डा.श्रेष्ठ अस्पतालको प्रशासनिक भवनमा रहेको कार्यकारी निर्देशकको कार्यकक्षमा बसे भवन छिर्ने ढोका बन्द थियो मुख्य ढोकामा चुकुल ठोकेर डा.श्रेष्ठ आफ्ना सहयोगीका साथमा दिनभर कार्यकारी निर्देशकको कुर्सीमा बसे डा.िसंहलाई पदभार ग्रहण गर्न यसरी रोके डा.श्रेष्ठले
कुरा यत्ति मात्रै हो फागुन १६ गते क्यान्सर अस्पताल कुरुक्षेत्र जस्तो देखियो डा.िसंहलाई पदभार ग्रहण गर्नका नदिनका लागि डा। श्रेष्ठले चुकुल लागाएर कोठामा मात्रै बसेका हुन् िसंहलाई अस्पताल भित्रै छिर्न नदिनका लागि लौरो लिएर युवाहरुको समुह बसेको थियो ति को थिए चिन्न गाह्रो थिएन कुनै व्यानर थिएन, नाम उल्लेख भएका टिसर्ट कसैले लगाएका थिएनन् तर पनि आक्रमक मुद्रामा लौरो लिएर अस्पताल पस्ने मुख्य गेटको सामुन्ने भेला भएका ति युवाहरु नचिनेका मान्छेको समुह भने थिएनन् उनीहरु थिए माओवादी युवा संगठन वाईसीएलका कार्यकर्ताहरु नेताहरु पनि थिए डा.भक्तमान अहिलेका माओवादी तत्कालिन जनमोर्चाका नेता अमिक शेरचन स्वास्थ्यमन्त्री भएका बेलामा कार्यकारी निर्देशक भएका हुन् यानि उनी माओवादी निकटका मान्छे हुन् अनि वाईसीएल के को लागि आएको हो यो बुझ्न गाह्रो भएन धन्न वाईसीएल बसेकोभन्दा विपरित गेटबाट डा.सिह अस्पताल छिरे अनि बाँसको लौरो लिएर बसेको वाईसीएल मुख्य गेट नाघेर भित्र छिरेन
एउटा मोटर साइकलमा लौरो बोकेका तीनतीनजनाको दरले बसेका वाईसीएलहरु जब अस्पतालको इद्रगिद्रमा मडारिन थाले आतंकको वातावरण त्यसै बनेको थियो अनि टियर ग्याँस फ्याक्ने गन सहित हुलका हुल प्रहरीहरु तयारी अवस्थामा ठाउँठाउँमा बसेपछि अस्पतालको दृश्य कति कहाली लाग्दो बन्यो होला जस्ले पनि कल्पना गर्न सक्छ क्यान्सर जस्तो जटिल रोगको उपचार हुने संवेदनशिल ठाउँमा यस्तो लफडा गराउनाले स्वास्थ्यकर्मीको साख कहाँ पुग्यो डाक्टर साबहरुले फुर्सद लिएर सोँचेको राम्रो डा.भक्तमानले ढोका थुनेका कारण भित्र छिर्न नपाएपछि बाहिरै उभिए डा.िसंह अनि समर्थक विरोधीको नारावाजी छेडछाड चर्काचर्की सुरु भयो
अस्पतालमा वाईसीएल प्रहरीको उपस्थिति बढेपछि केहीले आत्तिएर अस्पताल छाडे अनि ठाउँमा चिकित्सक रप्राविधिक नपाएपछि विरामीका आफन्तहरु नाराबाजी भएकै ठाउँमा पुगेर आक्रोश पोखे कोही डाक्टर ढोका थुनेर बसेका भक्तमान श्रेष्ठको आड लागेर बसे अनि कोही डाक्टर पदभार ग्रहणका लागि आएका डा.िसंहलाई फुलमाला लगाउन उनको वरपर बस्न थाले अनि नस्र स्वास्थ्य प्राविकिहरु मध्ये केही कसैको समर्थनमा केही कसैको विरोधमा जिन्दावाद मुर्दावादको नारा उराल्न थाले कार्यकारी निर्देशकको पदका लागि भएको यो प्रयासमा मारमा भने उपचारका लागि आएका विरामी बाहेक कोही परेनन् हैन यिनीहरुले डाक्टरी पढेको विरामीको उपचार गर्नलाई हो या सम्वन्धित असम्बन्धित मान्छे थुपारेर लोभि नेताले जस्तो जिन्दाबाद मुर्दावाद गर्दै कुर्चीमै टाँसिनका लागि हो भन्ने प्रश्न खडा भयो सच्चा चिकित्सकलाई क्यान्सर अस्पतालको त्यो दृश्यले पक्कै पनि ग्लानि गरायो होला अवैधानिकै हो भने पनि जानी जानी त्यस्तो बैठक राख्ने डा.गिसुप कस्ता ? अनि डा.गिसुपले अवैधानिक काम गरेर भन्ने आरोप लगाउने डा.श्रेष्ठले वैधानिक बाटो त्यागेर बाहुबलको साहरा लिने केटाकेटी रिसाए जस्तो ढोका नै थुनेर बस्ने कस्तो कच्चा काम गरेका हुन बुझिन सक्नु



Sunday, February 27, 2011

पार्टीले पार्छ पत्रकारलाई पिरमा, लेलिनको लेख

पत्रकार महासंघलाई खुला चुनौति- यसो गर्न सक्छौ?

–लेनिन बञ्जाडे-

महासंघको विधानको परिच्छेद– ८ को ३० (ख) मा भनिएको छ, ‘महासंघका केन्द्रीय समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउनेछैन।’ मुलुकभरका शाखा वा एसोसियट्स पदाधिकारीमध्ये महासंघले एउटा त्यस्तो स्वतन्त्र नाम देओस्, जसले युनियन, चौतारी, क्रान्तिकारी वा प्रगतिशीलजस्ता भ्रातृ संगठनको सदस्यता नलिएको होस्। एउटा दलको जिल्ला समितिमा बहाल रहेका त्यस्ता व्यक्ति धेरै छन्, जसले भर्खरै सम्पन्न महासंघको अधिवेशनबाट पदाधिकारीको सपथ लिएका छन्। महासंघलाई यो खुला चुनौती हो– त्यस्ता पदाधिकारीको सदस्यता खारेज वा निलम्बन गरोस्।
कुनै जमाना थियो– पत्रकारको अघोषित पदवी पाउँदा धेरैको छाती गर्वले फुल्थ्यो, मानिसहरू आदर गर्थे। धेरै होइन– आधा दशकमात्रै भएको छ, पत्रकारिता पेसा यसरी घीनलाग्दो भइदिएको छ कि आमनागरिक हिजोआज पत्रकार बन्ने सपना बुन्दैनन्।

वाद र आस्था जे–जस्ता भए पनि रीत पुर्‍याएका हरेक पत्रकारहरू ‘छाता संगठन’ नेपाल पत्रकार महासंघसँग आबद्ध छन्। यो त्यस्तो संगठन हो, जोसँग आफ्नो छुट्टै विधान छ, छुट्टै कार्यशैली छ र सबैभन्दा महत्वपूर्ण– यसले सबै वर्ग र पक्षका पत्रकारको प्रतिनिधित्व गर्छ। श्रमजीवी व्यावसायिक पत्रकारको हकहित र क्षमता अभिवृद्धिको सारभूत उद्देश्य बोकेको यो संगठनको सदस्य हुनु सबैका लागि सहज छैन। त्यसैले पत्रकारिता गर्नेहरू यसको सदस्यताका लागि मरिहत्ते गर्छन्। तर, यही सदस्यता यो पंक्तिकारका लागि बोझ बन्यो। त्यसो त नेपालभरिका हजारौं सदस्यमध्ये एकजनाले सदस्यता त्याग्नुले कुनै अर्थ नराख्ला। तर, पछिल्लो समय महासंघ जसरी राजनीतिक दलको क्रिडास्थल बन्दै गएको छ र जसरी दलीय प्रतिनिधिहरू सगर्व छाती फुलाएर आफूलाई ‘पत्रकार’ बताउँदैछन्, यसले महासंघको सदस्य हुनुमा गौरवभन्दा आत्मग्लानी बढी छ।

‘महासंघभित्र व्यावसायिक पत्रकारहरू अल्पमतमा पर्ने खतरा छ, यस्तोमा राजीनामा दिई भागेर हैन, महासंघलाई विशुद्ध कमलजीवीको छाता संगठन बनाउनुतर्फ लाग्नु उत्तम हुन्छ,’ फेसबुक वालमा पोस्ट गरेको राजीनामा पत्रमा नेपालगन्जका जनक नेपालले प्रतिक्रिया लेखे, ‘शुद्धीकरण अभियानको असफलताको परिणाम हो तपाईंको राजीनामा।’

महासंघजस्तो व्यावसायिक पत्रकारहरूको नितान्त व्यावसायिक संगठनमा पछिल्लो समय देखिएको चरम राजनीतिक भागबण्डा, प्रत्यक्ष दलीय हस्तक्षेपलगायतका विविध कारणले अहिले पत्रकारहरूलाई हेर्ने आमजनधारणा सकारात्मक छैन। व्यावसायिक हित, मर्यादा र मूल्य–मान्यताको कसीमा उदाहरण बन्नुपर्ने पत्रकारहरूको यतिबिघ्न राजनीतिक लडाइँ पक्कै पनि ‘चौथो अंग’का लागि अभिशाप हो। दलीय आस्थालाई सर्वोपरि ठानी सोझै राजनीतिक दलका प्रतिनिधिको दबाबमा हुने कथित ‘सर्वसम्मति’ पक्कै पनि न्यायोचित हुन सक्दैन।

व्यावसायिकता प्रतिस्पर्धामा टिकेको हुन्छ र संगठनमा प्रतिनिधित्व पनि त्यस्तै प्रतिस्पर्धाबाट गरिनुपर्छ भन्ने आधारभूत लोकतान्त्रिक मान्यताबाट महासंघ अछुतो पक्कै छैन। महासंघका अनेकन जिल्ला र एसोसिएट शाखामा पछिल्लो पटक राजनीतिक भागबण्डा लगाएर जसरी पदाधिकारी चयन गर्ने प्रयास गरिएको छ, यसले समग्र व्यावसायिक र स्वतन्त्र पत्रकारिताको खिल्ली उडाएको छ र यसप्रति आमनागरिकले गर्व गर्न सक्ने ठाउँ बाँकी छैन। महासंघको नेतृत्व सक्षम नभएर हो वा ‘बहुदलमा यस्तै हो’ भन्ने मान्यताले हो– हिजोआज राजनीति अचाक्ली बढेको छ।

बिडम्बना मान्नुपर्छ– अधिकांश जिल्ला अधिवेशनमा स्थानीय राजनीतिक दलका नेताहरूको कोठेबैठकले महासंघका पदाधिकारी चयन गरेका छन्। कतिपय जिल्लामा कुनै राजनीतिक दलको सांगठनिक सदस्यता लिएको व्यक्ति मुख्य जिम्मेवार पदमा ‘सर्वसम्मत’ भएको छ। सर्वसम्मतको नाउँमा राजनीतिक भागबण्डा स्वीकार्य हुनुहुँदैन– कमसेकम चौथो अंगबाट। होइन भने तुलसी गिरी, टंक ढकाललाई ‘टीके’ भनेर गाली र आलोचना गर्नुको तुक छैन। माथि फर्केर थुक्दा आफैमाथि पर्छ।

महासंघको विधानको परिच्छेद– ८ को ३० (ख) मा भनिएको छ, ‘महासंघका केन्द्रीय समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउनेछैन।’ मुलुकभरका शाखा वा एसोसियट्स पदाधिकारीमध्ये महासंघले एउटा त्यस्तो स्वतन्त्र नाम देओस्, जसले युनियन, चौतारी, क्रान्तिकारी वा प्रगतिशीलजस्ता भ्रातृ संगठनको सदस्यता नलिएको होस्। एउटा दलको जिल्ला समितिमा बहाल रहेका त्यस्ता व्यक्ति धेरै छन्, जसले भर्खरै सम्पन्न महासंघको अधिवेशनबाट पदाधिकारीको सपथ लिएका छन्। महासंघलाई यो खुला चुनौती हो– त्यस्ता पदाधिकारीको सदस्यता खारेज वा निलम्बन गरोस्।

‘म पत्रकार हुँ’ भनेर परिचय दिँदा लज्जाबोध हुने अवस्था सिर्जना हुनुमा यी र यस्तै कारण जिम्मेवार छन्। ‘म युनियन, म चौतारी, म क्रान्तिकारी वा म प्रगतिशील’ भनेर परिचय दिनुमा आत्मसन्तुष्टि लिने त्यस्ता ‘पत्रकार’ र उनीहरूकै बहुबलमा संगठित भएको महासंघका लागि यो एउटा चुनौती हो। ‘म यो संगठनको’ भनेर महासंघमा जाने आँट कोही किन गर्छ?

‘राजनीतिक दलको झन्डा बोक्दै स्वतन्त्र पत्रकारिता गरेको धाक लगाउने त्यस्तो महासंघबाट राजीनामा दिनु बेस,’ फेसबुकमा काठमाडौंकी कृपा थापाले लेखिन्, ‘पत्रकार हकहितको कुरा गर्ने तर पत्रकारमाथि आक्रमण हुँदा विज्ञप्ति निकालेरै चित्त बुझाउने त्यस्तो नाममात्रको संगठनमा बस्नुको तुक छैन। पद पाउनु र नपाउनु ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा निष्पक्षता र स्वतन्त्रता हो। सोर्सफोर्स र शक्ति–भक्तिकै भरमा चलेको महासंघबाट कस्तो निष्पक्षताको आश गर्ने? राजनीतिक दलको कार्यकर्ता बनेका व्यक्तिहरू महासंघमा हावी हुनुले राम्रो संकेत गर्दैन।’

भन्नेहरू भनिरहन्छन्, लेख्नेहरू लेखिरहन्छन्– संगठनभित्रै आन्तरिक संघर्षको विकल्प छैन। महासंघको शुद्धीकरणका लागि भागेर होइन, संघर्ष गरेर जित्नुपर्छ। यी कुरा मीठा लागे पनि वास्तविकता फरक छ। स्वतन्त्र र व्यावसायिक पत्रकारको प्रतिनिधित्व गर्छु भनेर उभिने हो भने महासंघका ‘मठाधीश’हरूले कुनै न कुनै प्यानल वा संगठनमा हुत्याउने गरेका उदाहरण अनेकन छन् र यो भोग्ने पत्रकारहरू थोरै पनि छैनन्। तैपनि विद्रोह गरेर स्वतन्त्र उभिइयो भने पनि थचार्ने प्रवृत्ति व्याप्त छ। महासंघका महाधिवेशन र अधिवेशनमा धेरैले धेरैपटक भोगेको यथार्थ हो यो। राजनीतिक आस्था नितान्त बेग्लै कुरा हो। कुनै पनि व्यक्ति यस्तो आस्थाबाट विमुख हुँदैन। तर, त्यही आस्थालाई कहाँ प्रयोग गर्ने भन्ने आत्ममूल्यांकन कम्तीमा एउटा पत्रकारले गर्नैपर्छ। होइन भने महासंघको भवनमाथि राजनीतिक दलका झन्डा राखे पनि केही हुँदैन, सम्पर्क कार्यालय खोले पनि फरक पर्दैन।

‘चरम राजनीतिक भागबण्डा र दलीय हस्तक्षेपले व्यावसायिक सञ्चारकर्मीहरू महासंघजस्तो संगठनबाट छेउ लाग्ने अवस्था आउँछ र पार्टी पत्रकारिता गर्ने कथित पत्रकारहरूको हालिमुहाली बढ्नेछ,’ अर्का पत्रकार महेश चौरसियाले फेसबुकमा यसरी प्रतिक्रिया लेखे। उनलाई साथ दिँदै विष्णु भट्टराईले थपे, ‘हामीलाई थाहा छ– महासंघमा पत्रकारभन्दा नेता बढी छन्। त्यसभित्रका बेथितिहरूलाई त्यहीं रहेर शुद्धीकरण गर्नुपर्छ भन्ने मेरो मान्यता हो तर एकजनाको प्रयासबाट मात्र त्यो सम्भव छैन, सम्पूर्ण सदस्य एकजुट हुनैपर्छ।’

महासंघ केही सीमित पत्रकारहरूका लागि कमाउने भाँडो भएको आरोप स्वयं केन्द्रीय पदाधिकारीहरूले खेपिरहेका छन्। हुन पनि महासंघले प्रेस स्वतन्त्रता हनन्का एकाध घटनामा सडकमा नाराजुलुस गर्नेबाहेक केही काम गर्न सकेको छैन। प्रेस अभिव्यक्ति स्वतन्त्रताका वकालत गर्नु, श्रमजीवी पत्रकारको हकहितका लागि बोल्दिनु, व्यावसायिकतामा देखिएका विकृतीविरुद्ध बहस चलाउनु, पत्रकारहरूको वृत्ति विकासका लागि पहल गर्नु महासंघका प्रमुख काम हुन सक्छन् तर यी काम पेसागत मर्यादाभित्र अडेर महासंघले गर्न सक्नुपर्छ। महासंघलाई परियोजनामुखी भएको आरोप त्यसै लागेको छैन। पैसा आउँछ भन्दैमा अन्तर्राष्ट्रिय जगत्मा दातृ निकायको छवि उसको मनसाय नहेरिकन अघि बढिहाल्नु, पत्रकार मुछिएका वा पीडामा परेका घटनाको छानबिन, अवलोकन वा अन्य कुनै नाममा पदाधिकारीहरूले रकम कुम्ल्याउनुजस्ता विगतमा भएका कार्यले महासंघको छविमा आँच पुर्याएको कसैबाट छिपेको छैन। होइन भने पत्रकारद्वय सचेन गौतम पुष्प आचार्यले फेसबुकमा लेखेजस्तै हविगत महासंघले भोग्नुपर्छ, ‘महासंघ एनजीओ भइसक्यो, व्यावसायिक हुन सकेन, बरु ठगी खाने भाँडोजस्तो भएको छ। यस्तो कुनै व्यावसायिक मर्यादा नभएको पेसागत संगठनलाई राजनीतिक दलमा विलय गराए हुन्छ। …. यसको सदस्य बन्नुको कुनै अर्थ छैन। जबसम्म महासंघ सिन्डिकेटबाट मुक्त भएर ट्रेड युनियन हुँदैन, सदस्य बन्नु बेकार हो।

Saturday, February 26, 2011

मान्द्रोमा मस्यौरा सुकाए झै

मस्यौरा नेपालीहरुको भान्सामा पाक्ने गर्छ तरकारीको स्वादमा तिखार ल्याउछ मस्यौराले कुभिण्डो, कर्कलोलाई मसिनो पारेर काटेपछि दलहन जातका बोडी या मासको पिठोमा मुछेर साना साना डल्लो बनाएर घाममा मज्जाले सुकाएपछि तरकारी पकाउने ताप्केमा फुराउन लायकको हुन्छ मस्यौरा मान्द्रोमा लहरै राखेर लगभग हप्ता दिन जति सुकाइन्छ मस्यौरा मस्योरा बनाउने कला उच्चतम स्वाद मजेदार मान्द्रोमा सुकाउने मस्यौरालाई मैले एउटा नराम्रो घटनासँग तुलना गर्न लागेकोमा भने पहिल्यै क्षमा माग्छु मैले मस्यौरा त्यो चिज एउटै हुन् भन्न खोजेको भने होइन मान्द्रो या चकटीमा मस्यौरा सुकाउँदा जस्तो देखिन्छ त्यो दृश्य मात्रै त्यस्तै थियो भन्ने बताउन मात्रै चाहेको हुँ
कुरा देवघाटधामको हो पत्रकार बिष्णु छिमेकीको बुबाको निधन भएपछि हिजो शनिबर बिहान देवघाट गइयो देवघाट पुग्दा नपुग्दै गाडीको निकै भिड देखियो बगरमा एउटै पोशाक लगाएका सयौ देखिए शिवरात्रीमा काठमाडौं हिडेका भारतीयहरु यता देवघाट पसेछन् क्याहो भन्ने लाग्यो सोधखोज गर्दा पत्ता लाग्यो हाम्रै बारा जिल्लाबाट १४ सयभन्दा धेरै भक्तहरु एकै पटक देवघाट आएका रहेछन् त्यहाँ मेला महोत्सवको जस्तो माहौला बनेको रहेछ
बाराको काटघाटमा सहजनाथ बाबाको मन्दिर रे हो त्यहाँ शिवरात्रीका दिन चढाउने जल लिन बाराका विभिन्न १७२ वटा गाउँबाट ३७ वटा बसमा १४ सयजना एकै पटक देवघाट आएछन् नौ वर्षपछि देवघाट आउने पालो परेको रहेछ भारत नेपालका विभिन्न धाम घाटबाट जल ल्याएर चढाउने गरिदो रहेछ यस पटक भ्रमण वर्षको सन्दर्भ परेको अवसरमा बारावासीहरु देवघाट नै आउने मेसो पर्नु धार्मिक पर्यटनका दृष्टीले सुखद् संयोग मान्नु परो धार्मिक पर्यटनलाई मलजल पुगेछ भन्दै मख्ख परियो
बाराबाट १४ सय आउँनाले धार्मिक पर्यटनमा कति टेवा पुग्ला त्यसको लेखाजोखा गरेर नभ्याउँदै देवघाटधामको तिरमा मानव मल छेलोखेलो भएको दृश्यले भने सारा उत्साह समंग त्यसै मरेर गयो आलो मानव मल अर्थात दिसा याने गुहु त्रिशुली कालिगण्डकीको संगम स्थलभन्दा केही पर यसरी लपक्कै भएर बगरमा टाँसिएको थियो जसरी मान्द्रोमा मस्यौरा दिदी शारदा पौडेलले मस्यौरा जस्तो चिजलाई यस्तासँग नदाँज भाइ भन्नु भयो बगरको त्यो गुहुको दृश्य बोल्ने अरु के के अवस्था हुन सक्छ सवैले एक एक थोक भन्न लागे
कसेले भने आन्दोलनका बेला सडकमा मिल्केका इटका टुक्रा कसैले भने बगरमा जे जति ढुंगा छन् त्यो भन्दा मानव मलको थुप्रा धेरै तर अन्तिममा निश्कर्ष आयो मान्द्रोमा सुकाएको मस्यौरा जस्तो राम्रो उदाहरण अरु रहेनछ मानव मलको अवस्था त्यो हदसम्मको थियो भन्ने कुरा छर्लङ्ग पार्न मात्रै मस्यौरा मान्द्रो अगाडी सारिएको हो नि मस्यौरासँग अरु केहीको तुलन पटक्कै गरिएको होइन है भन्नेमा सवै सहमत भए अनि मानव मलको एक ग्राम अंशमा मान्छेलाई अस्वस्थ्इ बनाउने लाखौ किटाणु हुने गर्छ मानव स्वास्थ्यमा मानव विष्टाले नकारात्मक असर नल्याओस भनेर चितवनलाई खुला दिसा मुक्त क्षेत्र बनाउने अभियान चलेको तर शरीरसँगै आत्म शुद्ध पार्न जाने देवघाटभाममा मानव स्वास्थ्य अशुद्ध बनाउने त्यत्रो कृयाकलापलाई रोक्ने कस्ले ? अनि कसरी रोक्ने ? एक पटक सवै गम्भीर भएर सोच्ने बेला आएको

Saturday, February 5, 2011

जस मायाको आँगन भत्काउँदै आइपुग्यो विकास

पृथ्वीनारायण शाहाले नेपालको एकीकरण गरे अहिलेको नेपाल उनको देन हो तर पृथ्वीनारायण शाहाले अत्याचर मात्रै गरे भन्नेहरु पनि धेरै छन् यो देशमा यो बारेमा अहिले केही कुरा नगरौ पृथ्वीनारायण शाहाको मृत्युपछि प्रताप िसंह शाह यो देशको राजा भए प्रताप िसंहका भाइ थिए बहादुर शाहा बहादुर शाहाका छोराको नाम शत्रुभंजन शाहा हो बहादुर शाहासम्मको नाम धेरै नेपालीले सुनेका छन् शत्रुभंजन धेरैका लागि नयाँ नाम हो शत्रुभंजन चितवनसँग भने जोडिएका छन् यीनै शत्रुभंजनले आजभन्दा दुई सय वर्षअघि चितवनको उपरदाङगढीमा भव्य किल्ला बनाए
किल्ला अझै पनि त्यहाँ तर शत्ररभंजनले दुई सय वर्षअघि किल्ला बनाएको ठाउँमा अरुले केही बनाएनन् भन्दा पनि हुन्छ चितवनको पुरानो सदरमुकाम हो यो तर जव वि..२०१४ सालपछि यहाँका सवै अड्डा अन्यत्र सारिए वि..२०१८ सालपछि भरतपुर चितवनको सदरमुकाम भएर बस्यो विकास यतै बस्यो उता हिड्न मानेन झरी घामले जे जति खिया लगायो त्यो ठाउँमा त्योभन्दा थप्ने काम केही भएनभन्दा पनि फरक नपर्ने अवस्था आफै हुने केही परिवर्तन बाहेक अरुले वास्ता गरेन त्यस क्षेत्रका लागि
यो पटक भने केही हुँदै त्यहाँ झण्डै किलो मिटर उकालो भिरालामा धेरै जसो चेपाङका नाङ्गा पैतला पर्दथे यो पटक एउटा अजंगको मेसिन ठुलो आवाजसँगै उकालो लागेको केटाकेटी त्रसित छन् कुरा बुझ्नेहरु भने दंग परेका छन् स्काभेटर अर्थात भ्याकु भनेर गाउँलेले बुझेको पहेलो मेसिन बाटो खन्दै उकालो छिचोलेर उपरदाङगढी पुग्यो भ्याकुको चक्का उपरदाङगढी पुग्नु भनेको अब त्यहाँ बस्ने चेपाङको नाङ्गा पैतला उकाली ओरालीको तिखा चुच्चे ढुंगा ग्रेग्रोटोमा नपर्नु हो
शत्रुभंजनपछि बल्ल कसैले त्यहाँ केही पुराउँदै केही गर्न लाग्दैछ यस कारण चेपाङको मुहारमा केही कान्ति छाएको चेपाङहरु त्यहाँका मुख्य बासिन्दा हुन् गुरुङ मगर पनि त्यहाँ बस्छन् टाढा बाठा बाहुनहरु थिए तर धेरै पहिले उनीहरुले थात थलो छाडेका हुन् त्यसैले रमाउनेहरुमा चेपाङहरुको अनुहार अगाडी देखिएको हो सवै रमाइ रहेका छन् तर जसमाया चेपाङलाई अर्कै आत्तुरी कारण त्यो भ्याकु उनको घरको आँगनमै दाँत गाड्न पुग्यो भ्याकुले दाह्रा गाड्यो उनको त्यो सानो बुकुरो नराम्ररी हल्लियो
सानो छाप्रा भित्र जे जति अन्न पानी थियो उनले हतारमा झिकिन् जसमायाका श्रीमान जन्ति गएका रहेछन् घरमा एक्लै भएकाले उनी अलि आत्तिएकी थिइन् अन्नपात छिमेकी कहाँ थन्काइन् सुङगुरको खोर भत्कियो घरदेखि अल परेको एउटा पोथ्रोमा नाम्लोले बाँघिन त्यो कालो सँगुरलाई जसमायाले गढीदेखि केही तल जहाँ जसमायाको घर भ्याकु धमाधम आफ्नो काम गर्दैछ घाम डुब्न लाग्दैछ जसमाया बायँ हात कम्मरमा दायाँ हात्केलेको निधारमा पाली बनाराएर एकोहोरो त्यॊ भ्याकु हेरिरहेकी छन्
जसमायाभन्दा केही पर छु मैलेदेखेको छु जसमाया मेरै अगाडी छन् केही पर उनको आँगन भत्काउँदै गरेको भ्याकु अनि अलि माथि मलिन हुँदै गएको सुर्यको ठ्याक्कै तल दुई सय वर्षअघि शत्रुभंजनले बनाएको किल्ला मैले यसो पछाडी पनि हेरे सडकको रुपरेखा लगभग तयार अनि यो सडक हुँदै पर्यटकहरु त्यो किल्लासम्म अझ उतै सिराइ चुलीसम्म पुराउने सरकारको योजना उपरदाङगढी एतिहासिक ठाउँ, सिराइचुली सुर्योदयका लागि कहलि सकेको बाटो बनेर मोटर हिड्न थालेपछि नयाँ नौला मान्छे अवश्य बढ्ने छन् यो ठाउँमा अनि त्यो बेला बाटो पुग्दा आँगन भत्काएको टुलुटुलु हेर्ने जसमायाकॊ त्यो बेला के हालत होला मेरो मनले यही कल्प्यो किनकी उनीहरुलाई हुत्याएर त्यो ठाउँमा पुग्न तछाडमछाड चलिसकेको

Thursday, February 3, 2011

पानबहादुरको फेसबुक

पानबहादुर चेपाङ अहिलेको प्रख्यात इन्टरनेट सामाजिक संजाल फेसबुक चलाउँदैनन् उनको घरमा विजुली बत्ती पुगेको छैन इन्टरनेट कुन चराको नाम हो थाहा छैन कमप्युटर भन्ने चिजको नाम सुनेकासम्म होलान या देखे पनि छुन पाएका छैनन् यसो भए पानबहादुर फेसबुक किन जोडिए भन्ने लाग्ला उनी फेसबुकको १० हात परसम्म कुनै साइनो सम्बन्ध छैन तर फेसबुक भएको भए पानबहादुर पक्कै रमाउँथे यो ठोकुवा गर्न सक्ने अवस्था भने देखा पर्यो
पानबहादुर चितवन शक्तिखोर गाविसको कोलार गाउँमा बस्छन् शक्तिखोर बजारबाट उत्तर तर्फ लगभग एक घण्टा पैदल हिडेपछि समथर बाटो सकिन्छ अनि ठाडै उकालो लागेपछि हिँड्ने बानी त्यत्ति नभएका मनुवाहरु फतक्कै गल्न थाल्छन्, पसिनाले निर्थुक्क हुन्छन्, मुख सुकेर च्याप च्याप्ति हुन्छ, त्यो बेला भेटिन्छ एउटा विसाउने चौतारो चौतारोको आडमा पानीको धारा पनि धाराभन्दा ५० हात पर एउटा घर त्यो घर सामान्य खालकै
सामान्य खालको भइकन पनि एउटा कुराले बटुवाको आखा तानि हाल्छ कारण घरको धुरी मुनीको भित्तामा चारलाइनको सायरी 'खहरे खोलाको मात्र धुन होइन पि्रय समुन्द्रको पनि धुन हुन सक्छ धनीको मात्र माया होइन पि्रय गरिबको पनि गुन हुन सक्छ' चितवनको पुरानो सदरमुकाम उपरदाङगढी जाने बाटोमा पर्छ यो घर डेढ वर्षअघि त्यो बाटो समाउँदा पहिलो पटक पढिएको थियो यी पंक्ति
उबेलामा 'सोधीयो यो कसको घर?' पानबहादुर चेपाङको भन्ने थाहा लाग्यो तर घरको दैलो बन्द थियो फर्केर आएपछि मैले आफ्नो फेसबुकको वालमा सायरीका लाइन देखिने घरको भित्तोको फोटो राखेर लेखे 'विजुली इन्टरनेट जडित कमप्युटर हुँदो हो पानबहादुरले यस्ता कुरा फेसबुकको वालमा कति लेख्दो हो कति ।' फेसबुकभन्दा १० हात पर रहेको पानबहादुरले आफ्ना कुरा त्यसको वाल अर्थात भित्तामा राख्न पाउने कुरै भएन त्यसैले चौतारो धारोभन्दा ५० हात पर रहेको आफ्नै घरको भित्तामा मनको कुरा पोखि रहेको थियो
हुने खानेहरु कमप्युटरमा फेसबुक चलाउँछन् त्यसैको वालमा आफ्ना कुरा पोख्छन् अब प्रविधिबाट टाढा रहेका पानबहादुर घरको वालमा आफ्ना कुरा पोत्छन् फेसबुक जस्तै भयो नि उनको घर होइन डेढ वर्ष अगाडी जाँदा दौलोमा ताला झुण्डिएको घर यस पटक जाँदा खुलै रहेछ पिढिमा एकजना महिला केही काम गर्दै थिएन् आगँनमा दुई बालिका खेल्दै थिए घरको आगनमै पुगेर मैले सोधे 'पानाबहादुर कता ?' दुर्भाग्या पानबहादुर रहेनछन् घरमा किन हो ला खोजेको भनिन् महिलाले पानबहादुरकी श्रीमती रहिछन् उनी पानबहादुर बिहेको निम्तो मान्न पल्लो गाउँ गएका रहेछन्
केही गतिलै काम ल्याएर आएको को पो हो कि भन्ने लागेको होला उनीलाई तर सोधौं कि के गरोऊ भन्ने अलमलका बीचमै मैले ने 'त्यों छानामुनी भित्तामा पानबहादुरले नै लेखेको हो ?' यो मान्छेलाई के चासो परेर सोधेको होला भन्ने भावमा ति महिलाले भनिन् 'हो उनैले लेखेको' उनको नजर तर्फ छैन अरु पनि लेखेका छन् कि यस्ता कविता मेरो थप प्रश्नमा ति महिला केही बोलिनन् पिढीको पल्लो कुनामा बसेकी एकजना किसोरीले लेखेको छैन भनिन् उनी रहिछन् पानबहादुरको दाईकी छोरी
पानबहादुरकी श्रीमतीले आफ्नो नाम भन्दै भनिनन् नौ वर्षअघि बिहे भएको रहेछ तीनवटा छोरी जन्मेछन् छोरीको नाम भने सुन्न पाइयो उनीहरु रहेछन् विनीता, सविता सिता रसिक पाराको जस्तै लाग्ने पानबहादुरले मागी बिहे गरेका हुन् या भगाएर ल्याएका हुन् सिताकी आमाले भनिन् 'के को भागेर आउँने मागेरै बिहे भएको हो '