Saturday, February 26, 2011

मान्द्रोमा मस्यौरा सुकाए झै

मस्यौरा नेपालीहरुको भान्सामा पाक्ने गर्छ तरकारीको स्वादमा तिखार ल्याउछ मस्यौराले कुभिण्डो, कर्कलोलाई मसिनो पारेर काटेपछि दलहन जातका बोडी या मासको पिठोमा मुछेर साना साना डल्लो बनाएर घाममा मज्जाले सुकाएपछि तरकारी पकाउने ताप्केमा फुराउन लायकको हुन्छ मस्यौरा मान्द्रोमा लहरै राखेर लगभग हप्ता दिन जति सुकाइन्छ मस्यौरा मस्योरा बनाउने कला उच्चतम स्वाद मजेदार मान्द्रोमा सुकाउने मस्यौरालाई मैले एउटा नराम्रो घटनासँग तुलना गर्न लागेकोमा भने पहिल्यै क्षमा माग्छु मैले मस्यौरा त्यो चिज एउटै हुन् भन्न खोजेको भने होइन मान्द्रो या चकटीमा मस्यौरा सुकाउँदा जस्तो देखिन्छ त्यो दृश्य मात्रै त्यस्तै थियो भन्ने बताउन मात्रै चाहेको हुँ
कुरा देवघाटधामको हो पत्रकार बिष्णु छिमेकीको बुबाको निधन भएपछि हिजो शनिबर बिहान देवघाट गइयो देवघाट पुग्दा नपुग्दै गाडीको निकै भिड देखियो बगरमा एउटै पोशाक लगाएका सयौ देखिए शिवरात्रीमा काठमाडौं हिडेका भारतीयहरु यता देवघाट पसेछन् क्याहो भन्ने लाग्यो सोधखोज गर्दा पत्ता लाग्यो हाम्रै बारा जिल्लाबाट १४ सयभन्दा धेरै भक्तहरु एकै पटक देवघाट आएका रहेछन् त्यहाँ मेला महोत्सवको जस्तो माहौला बनेको रहेछ
बाराको काटघाटमा सहजनाथ बाबाको मन्दिर रे हो त्यहाँ शिवरात्रीका दिन चढाउने जल लिन बाराका विभिन्न १७२ वटा गाउँबाट ३७ वटा बसमा १४ सयजना एकै पटक देवघाट आएछन् नौ वर्षपछि देवघाट आउने पालो परेको रहेछ भारत नेपालका विभिन्न धाम घाटबाट जल ल्याएर चढाउने गरिदो रहेछ यस पटक भ्रमण वर्षको सन्दर्भ परेको अवसरमा बारावासीहरु देवघाट नै आउने मेसो पर्नु धार्मिक पर्यटनका दृष्टीले सुखद् संयोग मान्नु परो धार्मिक पर्यटनलाई मलजल पुगेछ भन्दै मख्ख परियो
बाराबाट १४ सय आउँनाले धार्मिक पर्यटनमा कति टेवा पुग्ला त्यसको लेखाजोखा गरेर नभ्याउँदै देवघाटधामको तिरमा मानव मल छेलोखेलो भएको दृश्यले भने सारा उत्साह समंग त्यसै मरेर गयो आलो मानव मल अर्थात दिसा याने गुहु त्रिशुली कालिगण्डकीको संगम स्थलभन्दा केही पर यसरी लपक्कै भएर बगरमा टाँसिएको थियो जसरी मान्द्रोमा मस्यौरा दिदी शारदा पौडेलले मस्यौरा जस्तो चिजलाई यस्तासँग नदाँज भाइ भन्नु भयो बगरको त्यो गुहुको दृश्य बोल्ने अरु के के अवस्था हुन सक्छ सवैले एक एक थोक भन्न लागे
कसेले भने आन्दोलनका बेला सडकमा मिल्केका इटका टुक्रा कसैले भने बगरमा जे जति ढुंगा छन् त्यो भन्दा मानव मलको थुप्रा धेरै तर अन्तिममा निश्कर्ष आयो मान्द्रोमा सुकाएको मस्यौरा जस्तो राम्रो उदाहरण अरु रहेनछ मानव मलको अवस्था त्यो हदसम्मको थियो भन्ने कुरा छर्लङ्ग पार्न मात्रै मस्यौरा मान्द्रो अगाडी सारिएको हो नि मस्यौरासँग अरु केहीको तुलन पटक्कै गरिएको होइन है भन्नेमा सवै सहमत भए अनि मानव मलको एक ग्राम अंशमा मान्छेलाई अस्वस्थ्इ बनाउने लाखौ किटाणु हुने गर्छ मानव स्वास्थ्यमा मानव विष्टाले नकारात्मक असर नल्याओस भनेर चितवनलाई खुला दिसा मुक्त क्षेत्र बनाउने अभियान चलेको तर शरीरसँगै आत्म शुद्ध पार्न जाने देवघाटभाममा मानव स्वास्थ्य अशुद्ध बनाउने त्यत्रो कृयाकलापलाई रोक्ने कस्ले ? अनि कसरी रोक्ने ? एक पटक सवै गम्भीर भएर सोच्ने बेला आएको

No comments:

Post a Comment