ठाडै उकालो हिड्दा खुट्टा गल्छ,
ज्यान थाक्छ अनि स्वास फुल्छ र टाउकोको दाहिने देव्रेका नसा फुट्लान जसरी भलक भलक गर्छ । यी सवै एकै चाटी भइरहेको थियो मलाई । ढलौंला जस्तै भएको थियो । स्यास्या गर्दै सकि नसकी उकालोमा हिड्दा एउटा साह्रै जिर्ण शरीरका वृद्ध देखिए बाटोमा । उनी सामान्य तरिकाले हिडिरहेका थिए । लगौंटी
देखिने कछाड लगाएका माथि मैलो स्वीटर । । उनलाई देखेपछि कता कताबाट हो मलाई पनि हिँड्ने ताकत आयो । त्यस्तो बुडो मान्छे हिडेको बाटोमा म हिड्न किन गाह्रो मानौं सायद यही सोचले मलाई केही बल दिएको हुनु पर्छ । म ति बुढा मान्छेलाई यसो हेरेर अगाडी बढे ।अलि पर एउटा सामान्य खालको घर थियो । म थकाइ मार्न त्यही बसे । ति वृद्ध पनि आइ पुगे । अनि मलाई नमस्कार गरे । शब्द केही निकालेनन् । म पनि बोलि हाल्न सक्ने अवस्थामा थिइन । चितवनको पुरानो सदरमुकाम उपरदाङगढी जाने ठाडो भिरालो बाटोमा भेटिएका मान्छे हुन् यी बुढा । उन नमस्कार गरेको त्यस्तै तीन मिनेटपछि मेरो स्वासको गति केही मन्थर भयो । मलाई नियालेर बसिरहेका ति बाजेलाई मैले सोधे '
तपाइँको नाम के हो ?'
उनले भने '
हर्कबहादुर'
अनि तुरुन्तै फेरि दोहराए '
हर्कबहादुर हुलाकी ।'
त्यसपछि उमेर सोत्तदा उनले भने ९० साल भनेर थप केही भन्न थाले । मलाई लाग्यो यी बाजेले वि.
स.
१९९० सालको महाविनासकारी भुईचालो बेहोरेका रहेछन् । उनले अगाडी भने '
९० सालमा त म हुलाकी भइसकेको थिएँ ।'
हर्कबहादुरको थर चेपाङ हो । उनी चितवनको पुरानो सदरमुकाम उपरदाङगढीभन्दा केही तल बस्छन् । पुरानो सदरमुकाम भएको ठाउँ नजिक बसेको फाइदा उनी ९० सालमै हुलाकी हुन पाए । उपरदाङगढीमा दसैंमा ठुलो पुजा हुन्थ्यो । पाँच दिनसम्म पुजारे बसेको सम्झना छ उनलाई । उनी ९० साल हुलाकी,
काठमाडौंको गोश्वरा कार्यलय,
पुजारे भएको बाहेक धेरै कुरा सम्झन्नन् । उमेरको मेसो पनि छैन उनलाई । छिमेकी जसमायाको भनाइ अनुसार उनी अहिले ९० वर्ष पार भएको हुनु पर्छ । किन भने जसमायाको हजुर आमाभन्दा हर्कबहादुर तीन वर्षले जेठो हुन् रे । हजुर आमा अहिले ८७ पुगिन् ।हर्कबहादुर उपरदाङगढीबाट काठमाडौं हिँडेर पाँच दिनमा ओहर दोहर गर्दथे । उनी हुग्दी झरेर काठमाडौंको बाटो समाउँथे । गोश्वरा पुगेका बेला काठमाडौंमा गाडी चढ्न पाउँथे । अनि घरमा आएर त्यो किस्सा सुनाउँदा दुनिया दंग पर्दथे । १८ सालपछि चितवनको सदरमुकाम उपरदाङगढीबाट पुर्ण रुपमा भरतपुरमा सरो । हर्कबहादुरले सक्दासम्म हुलाकी गरे । हर्कबहादुर हुलाकी भनेपछि चितवनका पहाडमा नचिन्ने कोही भएन भन्छन् उनी । हुलाकका हाकिमहरु पनि हर्कबहादुर भनेपछि हुरुक्कै हुन्थे रे ।अहिले उनी पेन्सन खान्छन् । हुलाकी हुँदा जुन माटोमा थिए त्यही माटो छाडेका छैनन् । दुनियाले धेरै फड्को मारेको छ यो बीचमा । तर उनी बसेको परिवेश लाग्छ टक्क रोकिएको छ बिग्रेको गाडी झै भएर एकै ठाउँ थन्केको छ जहा धुलो मैलोको पत्र थपिदै जान्छ । हर्कबहादुर अहिले खुसी छन् कारण उनको घर अगाडीबाट मोटर चल्ने बाटो बन्दै छ । हामीले कुरा गरीरहेको घरभन्दा पर स्काभेटरले धमाधम पहाड फोरी रहेको छ । हर्कबहादुर त्यही हेर्न आएका रहेछन् । उनले भने '
सरकारले गरेको छ । साह्रै गरेको छ हाम्रा लागि ।'
सरकारभन्ने जन्तु कति स्वार्थी छ भन्ने कुराको हेक्का छैन र त हर्कबहादुर यसो भनिरहेका छन् । चितवनको एउटा भाग जो पुरानो सदरमुकाम पनि हो त्यहाँका हर्कबहादुरले एक जुग अगाडी नै काठमाडौं पुगेर मोटर चढेका थिए तर यहाँको सरकारले त्यस्तो ठाउँमा मोटर बाटो ठ्याम्मै एकजुगपछि लैजादैछ ।अनि यो सरकार कस्तो सरकार ?
तपाइँ हामीलाई बुझ्न गाह्रो छैन । हर्कबहादुर त हर्षित यस कारणले पनि होलान नि जव बाटो बनेर घरको आडैबाट सानो सानो मोटर उकालो लाग्छ अनि उनले भन्ने छन् '
हेर यस्तो मोटर त मैले ७० वर्षअघि देखेको थिएँ नै चढेको थिए ।'
मलाई पनि एक हिसावले खुसी नै लाग्यो कारण समयले नेटो काटेर गाउँमा बाटो गए पनि हर्कबहादुरले जिवनमै त्यो देख्न र पुराना कुरा सम्झेर आगनमा बस्दै अरुलाई सुनाउन पनि पाउने भए भनेर । सरकारले वास्ता नगरे पनि हर्कबहादुरको खप्पर बलियै रहेछ भन्नु परेन त ।
बारा जिल्लाको सिमरामा हुर्के बढेका २२ वर्षीय अमन (
परिवर्तित नाम )
अचेल बाबुआमा सहित मकवानपुरमा बसाइ सरेका छन् । तराईमा साम्प्रदायिक सदभाव पहिलो जस्तो सौहार्द पुर्ण हुने नदेखेपछि ठाउँ छाडेर हिड्नेको लाममा उनको परिवार पनि सामेल भएको हो । लामो समय बसेको ठाउँ छाड्दा परिवारका अन्य सदस्यको मनमा खिन्नता छ । तर अमनमा बढी समस्या छ । बसाइ सरेका परिवारलाई अमनको अवस्थाले झनै रुवाएको छ ।अमनलाई भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मनोचिकित्सक डा।सीपी सेढाइको डेढ वर्षदेखि नियमित उपचार गर्दै आएका छन् । डा।सेढाईका अनुसार अमन सिजोफेनिया भन्ने मानसिक रोगको सिकार भएका छन् । यो कडा प्रकारको मनसिक रोग हो । कसैलाई झट्टै निको हुन सक्छ । कोहीलाई भने तीनदेखि चार वर्षसम्म नियमित उपचार गराउनु पर्ने सेढाईले बताए ।वि.
स.
२०६३ सालको माघपछि तराइमा पहाडी र मधेसी समुदायका व्यक्तिहरु बीचको सम्बन्ध बिग्रने अवस्था सिर्जना भयो । आफुमाथि राज्यले विभेद गरेको भन्दै मधेसमा जनआन्दोलन सुरु भयो । मधेस आन्दोलनले मधेसीहरुको आवाज सुन्न राज्यलाई बाध्य पार् यो । तर योबीचमा साम्प्रदायिक सद्भावमा समेत खलल पुग्ने खालका काम हुँदा अमनको मानसिकतामा नराम्रो असर परेको हो ।अमनका परिवारका सदस्यका अनुसार तराईमा हुर्केकाले उनका धेरै साथी मधेसी थिए । सवैभन्दा नजिकको मित्र नै एकजना मधेसी युवक थिए । जव साम्प्रदायिक सद्भावमा खलल पुगेको खवर आउन थाल्यो अमनले आफ्नो त्यही नजिकको मित्रबाट आफुलाई खतरा हुने ठान्न थाल्यो । '
मैले भेट्दा पनि त्यो मधेसी साथीको नामै किटेर उसले मलाई मार्छ पिट्छ'
मात्रै भन्छुडा.
सेढाईले सुनाए । तर त्यो मधेसी साथीले अमनलाई पहिला जुन सौहार्द पुर्ण व्यवहार गर्दथे त्योभन्दा कुनै फरक गरेको पाइएन ।अमन सधै डराउन थाले । कान करायो फोन बज्यो लौ उ आयो आयो भन्न थाले । लक्का जवान छोराको यो अवस्था देखेपछि चिन्तित आमा बाबुले बसेको ठाउँ नै छाड्ने निधो गरे । उनीहरु पुरानो ठाउँ छाडेर मकवानपुर आए तर अमनको समस्याले साथ छाडेन । जसबाट अमन डराउँथे त्यही साथीलाई घरमा ल्याइयो । साथीले रुदै आफुमाथि त्यस्तो अविश्वास नगर्न आग्रह गरे । तर अमनको मन परिवर्तन भएन् । '
यस्ता रोगीले अरुले भनेको कुरा विस्वास नै गर्न सक्दैनन् । ढाँटेकोहो भन्ने ठान्छन्'
सेढाइले भने । सेढाइले गत वर्ष चार हजार ४७४ जना विरामी हेरे । जसमध्ये झण्डै आधा अर्थात दुई हजार १०१ जना डिप्रेशनबाट पिडित छन् । अहिलेको राजनैतिक अवस्था र खलबलिएको सामाजिक परिवेशले मान्छेमा डिप्रेशनको दर बढेको सेढाइको भनाइ छ । वीपीएडी अर्थात मेनिया सिजोफेनिया एन्जाइटी समस्या र पीटीएसडी जस्ता मानसिक विकारहरु समाजमा हुने िहंसा र द्वन्द्व प्रतक्ष्य सम्बन्धित भएको डा।सेढाइ बताउँछन् ।विभिन्न १६ प्रकारका मनोरोग मध्ये तथ्यांकमा डिप्रेसनबाट पिडित पहिलो स्थानमा रहे जस्तै मेनिया तेस्रो,
एन्जाइटी समस्या चौथो,
सिजोफेनिया छैठौं र पीटीएसटी १३ औं स्थानमा छ । त्यसैले देशको राजनीति र सामाजिक अवस्थाले पिडित अमन एक्लै होइनन् । यो समस्या भुसको आगो जस्तै भित्रभित्रै गम्भीर रुपमा सल्केर बसेको डा.
सेढाइको भनाइ छ । समस्या परेपछि चिकित्सकको सम्पर्कमा आउनेहरु निकै कम छन् । डिप्रेशनका विरामीमा आधाले चिकित्सकको सेवा लिएका छन् ।सेढाइसँग उपचार गराउनेमा विस्थापित जिवन बिताएका मात्रै होइन तराइका जिल्लामा जान लागेका या काम गरेका गाउँ विकास समितिका कार्यलयका सचिवहरु पनि प्रशस्तै छन् । कतैबाट कुनै प्रकारको धम्की नआए पनि उनीहरु शंकै शंकाले गर्दा पिडित बनेको सेढाइँको अनुभव छ । '
मान्छेले आफुलाई लागेको डर शंकोच र शंका अरुसँग आदनप्रदान गर्न पायो भने मानसिक रोगले छोप्न पाउँदैनु'
रोगै लाग्न नदिन यस्तो उपाय छ भन्छन् सेढाई । तर समाजमा अहिले एकले अर्कालाई विश्वास गर्न सक्ने अवस्था नरहेकाले मान्छेहरु रोगी हुँदैछ ।जब मान्छेले पहिलेकोभन्दा अनौठो र अस्वभाविक व्यवहार देखाउँछ यसलाई मानसिक रोग लाग्यो भनेर अरुले ख्याल राख्नु पर्ने चिकित्सकहरु बताउँछन् । एक्लै बोल्ने हाँस्ने दौडने बिना कारण आत्तिने चिन्ता मान्ने घाँटीमा केही अड्क्यो भनेर कराउने जस्ता कुराहरु बारम्बार गर्न थाल्नु मानसिक रोगको लक्षण भएको डा।सेढाइले जानकारी दिए । यस्तो लक्षण देख्ना साथ चिकित्सकलाई देखाउनु पर्छ । नेपाली समाजमा मानसिक रोग उत्पन्न हुने वातावरण निकै फष्टाएको छ । तर मानसिक रोग लाग्नै नदिने प्रयत्न र लागेमा चाडै उपचारमा लैजाने परिपाटी भने देखिएको छैन ।देशको राजनीतिक वातावरण र सामाजिक अवस्थालाई ख्याल गरेर सरकारले मानसिक स्वास्थ्य सम्बन्धी घुम्ती शिविर नै चलाउनु पर्ने अवस्था देखिएको चिकित्सकहरुको ठम्म्याइ छ । तर मानसिक स्वास्थ्यको क्षेत्रमा लागेका चिकित्सकहरुको अभाव छ । देशभरमा ४५ जना जति मानसिक रोग उपचार गर्ने चिकित्सकहरु रहेको सेढाईले जानकारी दिए । सरकारले मानसिक रोगका सम्बन्धमा कुनै कार्यक्रम नबनाएको चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठ बताउँछन् ।
अस्ति माघ ७ गते चितवनको शक्तिखोरमा रहेको माओवादीका जनसेना रहने तेस्रो डिभिजनमा ठुलो तामझामका साथ सभा भयो । सो सभामा जनसेना विषेश समिति मातहत आएको घोषणा गरियो । कार्यक्रममा प्रवेश पाउन पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले दिने पास अनिवार्य छ भनेपछि कार्यक्रम सुरु हुन लाग्दा पनि पत्रकारहरु पास बनाउन जिल्ला प्रशासनका हाकिमहरुलाइ हारगुहार लगाउँदै भरतपुरमै भौतारीनु परेको थियो । तर कार्यक्रम स्थलमा पासको कुनै परवाहा नै गरिन । आएको जो पनि पस्न पाइरहेका थिए । एक हिसावले राम्रै हो । तर पस्न पाउनेमा अचम्मका अनुहार पनि थिए ।अचम्मका यो अर्थमा कि केही दिन पहिला चितवनमा एउटा ठुलै काण्ड भएको थियो । टाइगर टप्स गोली काण्डपछि पुर्वयुवराज पारस चितवन प्रहरीको नियन्त्रणमा आए । पारस हिरासतमा बस्दा सकि्रय भएका अनुहारहरु माओवादीको तेस्रो डिभिजनमा पनि देखा परे । पारसको समर्थनमा हुने प्रर्दशनलाई व्यापक बनाउने निर्देशन दिने नाइके जो पारसलाई प्रहरी तालिम केन्द्र लैजादा गाडीमा सँगै बसेको थियो जिल्ला प्रशासनबाट छुट्दा ठ्याकै दाहिने तर्फ देखिन्थ्यो त्यो युवकनै माओवादी क्याम्पमा भेटिए । देखिनु मात्रै ठुलो कुरो होइन उनी त माओवादीको सलाम खाँदै विशिष्ट व्यक्तिहरु बसेको पाल तर्फको लागे । जुन ठाउँमा जान निम्त्याइएका ठुला नेता कर्मचारी र कुटनीतिज्ञहरु बाहेक अरु कसैलाई अनुमति थिएन । पत्रकारहरुलाई चिहाउँदा पनि माओवादीका छापामार रिसाउँथे ।यहाँ भएको फोटोमा पारसको दाहिने तर्फ भएको व्यक्ति र जनसेनालाई पृष्ठभुमिमा पार्दै क्याम्पको विशिष्ट क्षेत्र तर्फ लागेका व्यक्ति एउटै हुन् । उनी चितवनको रामनगरमा बस्छन् । नामका बारेमा म प्रष्ट छैन । कार्यक्रममा नेपालका सवै दलका ठुला नेता आएका थिए । माओवादीको कटु आलोचक केपी कामरेडलेसम्म सलाम पाएको त्यो ठाउँमा गणतन्त्रको कटु आलोचक कमल थापा भने देखिएनन् । थापा दल खोलेर संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै हिडेका छन् । तर थापा नआएको कार्यक्रममा थापाको होइन पारसकै कार्यकर्ताको राम्रै स्वागत भयो जो थापाको पार्टी राप्रपा नेपालमा समेत छैनन् । सोझै पारसका मान्छे हुन् ।यी पारसको मान्छे एक्लै देखिएनन् त्यहाँ । अर्को उदेक लाग्दो अनुहार पनि त्यहाँ फेला परो । शिवबहादुर पाण्डे अधिवक्ता हुन् । उनी राजावादी पनि हुन् । यही हैसियतले उनले चितवन टाइगर टप्स होटलको गोली काण्डमा पारसका तर्फबाट वकालत गरे । पारसको तर्फबाट वकालत गरेको आधारमा मात्रै उनी राजावादी हुन् भनिएको होइन उनको पृष्ठभुमिनै राजावादी हो । हो यी पाण्डे पनि त्यस दिन कार्यक्रममा देखिए । त्यो पनि सामान्य अवस्थामा होइन रक्सीको नसामा लठ्ठिएका थिए उनी ।उनलाई स्वागत सत्कार त त्यस्तो केही भएको होइन तर नसामा धुत त्यस्तो मान्छे समेत नेताहरु र अन्य विशिष्ठ व्यक्तिले खाना खाने ठाउँमा निस्फिक्री ओहर दोहर गर्दथे जहाँ जाँदा पत्रकारलाई छापामारको सोधपुछको सामना गर्नु पर्दथ्यो । पाण्डे भने मोवाइलमा चर्को चर्कौ स्वरमा सुर बेसुरका कुरा गर्दै त्यही बसेका हुन्थे । नेतालाई धनुष्टङ्कार नमस्कार गर्न पुग्दथे । उनले एमालेका अध्यक्ष झलनाथ खनाललाई पनि त्यसै गरी नमस्कार गरे अनि दुई चार मिनेट गफ समेत गरे । दुई दिन अघि मात्रै सुनसरीमा एकजना सर्वसाधरणको चड्कन खाएका खनालले खै किन हो जड्याहा पाण्डेको कुरा भने खुवै चाख दिएर सुने ।नेताहरु सवै एक साथ कार्यक्रम स्थल तर्फ लम्किए । कता कताबाट हो तिनै पाण्डे आएर नारा भट्टाए '
सवै पार्टी जिन्दावाद हाम्रा नेता अमर रहुन् ।' त्यस
दिन कार्यक्रम स्थलमा कुनै नाराबाजी भएको थिएन । पाण्डेले भट्टाए पनि उनलाई कसैले साथ दिएनन् । केही बेर एक्लै नारा लगाए अनि मंचको अगाडी गएर बसे । हुन त यो देशमा राजा त सर्वसाधरण भएका छन् भने राजाका समर्थकहरुको के कुरा ।
नेपालका लागि भारतीय राजदूत राकेश सुद सामान्य खालका दूत होइनन् । यी सधै सक्रिय रहने मनुवा हुन् । काठमाडौंमा उनी सधै सक्रिय हुन्छन् । कहिले नेताको घर घर र कार्यालय धाउँछन् त कहिले नेतालाइ आफ्नै कार्यालय रहेको ठाउँ लैनचौरमा बोलाएर कुराकानी गर्छन् । काठमाडौंमा मात्रै सिमित छैन सुदको सक्रियता । उनी नेपालको कुना काप्चा पनि घुम्छन् । माओवादीलाई देखिसहन्नन् सुदले । अनि सुदलाई पनि आँखाको कसिङगर नै ठान्छ माओवादी । भारतलाई प्रधान शत्रु भन्ने या नभन्ने विवादमा माओवादी भित्र चिरा परेको छ । पार्टीमा चिरा पार्ने कारक मानिएको भारत देशको राजदुत प्रति माओवादी अति उग्र रुपमा प्रस्तुत हुन्छ । सुदले केही महिनाअघि सोलुखुम्बुमा माओवादीले हानेको जुत्ता खाए । माओवादीका केन्द्रयि नेता गोपाल किरातीको नेतृत्वमा नै सुदमाथि जुत्ता फालियो ।सक्रिय सुदको माओवादीसँगको सम्बन्ध सुमधुर छैन कटुता बढी छ । सुदलाई माओवादीले देख्यो कि झम्टि हाल्ला भन्ने सोच्छन् मान्छेहरु । माओवादीले मात्रै होइन् नेपालका सर्वसाधरणले पनि त्यत्ति रुचाउँदैनन् । सुदको अनावश्यक सक्रियताले उनलाई यो हदसम्म पुराएको हो । जस्तै भारतीय बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादन गर्ने रियल जुसमा किरा भेटिएको भन्ने समाचार नेपाली मिडियामा एक पटक छपक्कै छाए । सुदले नेपाली मिडियाले बिज्ञापन नपाएको हुँनाले त्यस्तो समाचार छापेकाहुन् भन्दै बिज्ञप्ति निकाले । यी र यस्ता व्यवहारले सुदको उपस्तिथी अरु नेपालीलाई पनि सुपाच्य लाग्न नथालेको हो ।सुद अस्ति माघ ७ गते माओवादी जनसेनाको चितवन शक्तिखोरमा रहेको अस्थायी शिविरमा देखा परे । शक्तिखोरमा रहेको तेस्रो डिभिजनमा त्यस दिन माओवादी लडाकुहरु विषेश समितिमा आएको औपचारिक घोषणा गर्न सभा आयोजना गरिएको थियो । प्रधानमन्त्री सहित धेरै मन्त्रि आएका थिए । प्रचण्ड सहित अरु दलका पनि सवै ठुला नेता त्यहाँ थिए । संयुत्तः राष्ट्र संघका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि थिए । नेपाल स्थीत धेरै विदेशी राजदुतहरु आएको मेसोमा सुद पनि नमिसिने कुरै भएन ।जिपबाट झरे सुद । छापामारहरुले माला लगाएर स्वागत गरे । सुद झेपछि नै भकाभक झरे अरु देशका राजदुतहरु । सुद अगाडी बसेका रहेछन् र झर्न पनि पहिला भए छन् । सुदको सक्रियताको नमुना हो यो । स्वागत गरेर छापामारले उनलाई भित्र लगे । स्वागत खाँदै सवै भित्र जाँदै गर्दथे । मन्त्रीदेखि नेतासम्म कर्मचारी देखि कुटनीतिज्ञसम्म सवै भित्र गए । पाल मुनि बसे । एक आपसमा भलाकुसारी गर्दै समय कटाए । तरल सुद चुपचाप बसेनन् । उनी क्यामरा बोके अनि पोज लिदै फोटो खिच्न थाले । सवै बसेको टेण्ट मुनीको क्षेत्र उनका लागि साँघुरो ठहरियो । त्यहाँबाट बाहिर निस्के यता उताका फोटो पनि खिचे ।प्रधानमन्त्री लगायतका मुख्य व्यक्तिहरु अलि अबेला आए शक्तिखोर । त्यो बेलासम्म पहिला आएकाले खाना खाने काम भयो । प्रधानमन्त्रीहरु आएपछि स्वागत र केही बेरको भलाकुसारीपछि खाना खान आए । भारतीय राजदुत राकेश सुद खाना खान व्यवस्था भएको पालमुनी आइपुगे । प्रधानमन्त्री लगायतले खाना लिएको फोटो धमाधम खिच्न थाले । गृहमन्त्री भिम रावलले सुदलाई देखे । सुदको नजिकै गएर रावलले दाहिने हातका पाँचै औला एकै ठाउँ जोडेर ओठसम्म लगे । सुदले रावलको इसारा बुझेछन् अनी हिन्दी लवजमा नेपाली शब्दमा निकालॆ '
खायो ।'
प्रधानमन्त्रीको टोलीले खाना खाए लगत्तै कार्यक्रम सुरु भयो क्याम्पको दक्षिण तर्फ रहेको को फुटबल मैदानमा । डेढ सयभन्दा बढी अतिथि अटाएको विशाल मंचमा सुद गएर बसे ।कार्यक्रम सुरु भयो । पासाङले स्वागत मनतब्य राखे । प्रधानमन्त्री र माओवादीका अध्यक्षले माओवादी लडाकुलाई विशेष समिति अन्तर्गत ल्याउने सहमति पत्रमा हस्ताक्षर गरे । विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक बालानन्द शर्माले त्यसलाई पढेर सुनाए । यो बेलामा सुदले के गरे होलान हेक्का भएन । तर जव प्रचण्ड मन्तब्य दिन मंचमा आए सुद फेरि देखा परे । मिलाई मिलाई दुई चारवटा फोटो खिजे प्रचण्डको सुदले । अनि प्रचण्डको भाषण जब रफ्तारमा जान थाल्यो सोफामा बसेका सुदले झोलाबाट किताव निकालेर पढ्न पो थाले । प्रधानमन्त्रीले भाषण गर्दा पनि सुदले छाडेनन् किताव ।अरु बेला थुपुक्क बस्न नसकेका सुद सायद थाकेर भाषणका बेलामा कितावमा मग्न भएको पक्कै होइन होला । भाषण भइरहेको त्यत्रो चर्को कोहलाहल युक्त ठाउँमा बसेर उनले कसरी किताव पढ्न सकेका । तिमीहरुले जुत्ता हाने पनि तिम्रै सेनाकै क्याम्प भित्र म निस्फिक्री घुम्न सक्छु म हतास छैन भन्ने देखाउनका लागि मात्रै सुदले अघिल्ला गतिविधि गरेका पो हुन कि ।
व्यक्तिगत रुपमाभन्दा एमालेका नेता झलनाथ खनालसँग मेरो कुनै रिस राग छैन । उनको व्यक्तित्व आर्कषक छ । एमालेका अध्यक्ष पनि हुन । मान्छे हेर्दा शालिन भए पनि नेताको रुपमा उनको भुमिका साह्रै कमजोर भयो । मुलुकलाई यो बेलामा राम्रो र सक्षम नेता चाहिएको छ त्यो पुरा हुन सकेन । यसमा झलनाथ मात्रै परेका होइनन् नेपालका सवै नेताको पारा यस्तै रहयो । देवीप्रसाद रेग्मी भन्ने एकजना सर्वसाधरणले यी नेता मध्येका एक नेता झलनाथलाई हिजो बिहीबार दिउँसो गालामा चड्काएछन् । चड्काए राम्रै गरे भन्नुभन्दा अगाडी म आफ्ना केही धारणा राख्नेछु । देवीप्रसादले कुनै व्यक्ति नेता समुदाय पार्टीको उक्साहट र योजना मुताविक हानेका हुन् भने म उनको कार्यसँग सहमत छैन । आफ्नै अन्तरमनले भनेपछि चड्कन लगाउनै पर्ने देखेर चड्काएका हुन् भने मैले देवीप्रसादले राम्रो गरे । झलनाथलाई हानेका हुनाले राम्रो गरेभन्ने पनि मेरो आशय होइन । चड्कनभन्दा बढी अरु केही व्यवहार गरेको भए मैले उनको काम यति सजिलै समर्थन गर्ने थिइँन ।देवीप्रसादको चड्कन नेपाली सर्वसाधरणको मन भित्र गुम्सिएर रहेको,
उकुस मुकुस भएर बसेको आक्रोशको सानो अभिव्यक्ति मात्र हो । म नेतालाई देवीप्रसादले जस्तै चड्कन लगाउने छु भन्ने सर्वसाधरणको बहुमत नै छ यो देशमा । देशका नेताले नेपाली जनताको अतिभन्दा अति अपमान गरेका छन् । जनताप्रति जवाफदेही नै हुन सकेनन् नेताहरु । जनताले गर भनेर पठाएको मुख्य काम नै गर्न विर्से । संविधान लेख्न छाडेर प्रधानमन्त्रीको पद अर्थात कुर्चीका लागि लडेको लडेइ गर्दा पनि एउटा प्रधानमन्त्री दिन सकेनन् नेताले । मुलुकका समस्या सामाधान गर्ने कुरामा सिन्को भाँचेनन् । अनि कुरा गर्नु पर्दा आफ्नै धाक लगाउने आफै सर्वमान्य हुँ भन्ने ठान्ने । झलनाथको मात्रै हो र आम नेता यस्तै चरित्रका रहे ।जनता लोडसेडिङको मारमा परे अपहरणकारीले सताइए मागेको जति चन्दा नदिदा ज्यानै गुमाउनु पर्ने अवस्था आयो । महंगीको कुरै नगरौं रोग व्यधि पनि यस्तै आयो । कर्णाली अंचलमा नुन समेत खान पाएनन् मान्छेले । जनताको कि दैनिक दुःख घटाउन नेताले कुनै चासो दिएनन् । संविधान लेख्ने कुरा बिसे्र जनतालाई सुविधा दिने कुरा ख्यालै भएन यी नेतालाई । अनि आफुले सुविधा लिने कुरा कहिल्यै भुलेनन् । भ्रष्टाचार गर्न लाज मानेनन् । संयुक्त राष्ट्र संघको मिसनमा गएका प्रहरीलाई पठाउने सामानमा समेत अकुत भ्रष्टाचार गरे नेताहरुले । वैदेशिक रोजगारीमा जानेहरुबाट हजार रुपैयाँ लिएर खडा गरेको कोषको पैसामा समेत राइदाइ गर्न भुलेनन् नेताले ।गर्नु पर्ने काम गर्दै नगर्ने,
नगर्नु पर्ने काम गर्ने । नगर्नु पर्ने भन्नाले नेताले होइन चोर डाँका र फटाहाले गर्ने काम भने घुँडा धसेर गरे नेताहरुले । अनि जनताको असन्तोष कति बढ्यो होला । त्यो असन्तोष निस्काशन गरे देवीप्रसादले । मेरो छोरालाई किन जागिर नदिएको भनेर खनाललाई झापड हानेका हुन भने राम्रो गरेनन् देवीप्रसादले भन्नु पर्छ । तर नेताले जति अत्याचार गरे पनि जनतासँग तर्सन नपर्ने अवस्था आयो । देवीप्रसादले जे गरे त्यसले नेता अब जनताको सामुन्ने जाँदा तर्सन भए । सीडीओलाई चड्कन लगाउने मन्त्री यही देशमा छन् । तर सीडीओ चड्काउने मन्त्रीले कुनै कारवाही भोग्नु परेन । नेतालाई पिटेको जनता तत्कालै प्रहरीको नियन्त्रणमा पुगेका छन् । जनतालाई कमजोर र निमुखा ठान्ने कार्यकर्ता बनाएर बुद्धिभुट्ने मेसो मात्रै गर्ने नेताले भविश्यमा कति चड्कन भेट्ने हुन हेर्दै जाउ । सधै जनता अपमानित भए यो देशमा । अब सार्वजनिक समारोहमा अपमानित हुने पालो नेताको हो ।
आँखा रोगको उपचारमा लामो समयदेखि लागेको हुनाले धेरैले उनलाई 'आँखा बा' भनेर सम्बोधन गर्छन् । आँखाको ज्योती फर्काइ दिएर गुन लगाएकाले होला '
आँखा बा'
अर्थात डा.
रामप्रसाद पोखरलेलाई जिउँदैमा आफ्नो सालिक देख्ने अवसर मिल्यो । नेपालका पुराना आँखा चिकित्सक पोखरलेको अर्ध कदको मुर्ती मंगलबार भरतपुरमा उनकै आँखा अगाडी अनावरण भयो ।समाजका लागि योगदान गर्नै व्यक्तिको नेपालमा मृत्युपछि सालिक बनाएउने चलन छ । '
तर आँखा रोगको उपचारको क्षेत्रमा उहाँको योगदान अतुलनीय छ । ज्युदैमा सालिक बनाएर उहाँप्रति सम्मान दर्शाएका हौं'
नेपाल नेत्र ज्योती संघ चितवन शाखाका अध्यक्ष चीजकुमार मास्केले भने । आँखाका ज्योती गुमाएकालाई उपचार गरेर संसार देखाएका पोखरेलले आफ्नो सालिक देख्न पाए ।चितवनमा संघ स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा आयोजित रजत महोत्सव समारोह अन्तर्गत चितवन शाखाले पोखरेलको सालिक बनाएको हो । भरतपुर आँखा अस्पताल परिसरमा सो सालिक रहेको छ । डा.
पोखरले वि.
स.
२०३५ सालमा स्थापना भएको नेपाल नेत्र ज्योती संघका संस्थापक केन्द्रीय सदस्य पनि हुन् । उनी २० वर्षदेखि संघको केन्द्रीय सभापति छन् ।पोखरेलले बेलायतबाट वि.
स.
२०२७ सालमा आँखा रोग उपचार सम्बन्धि सवैभन्दा विशिष्ट तह एफआरसीएस उत्तीर्ण गरे । त्यसको एक वर्षपछि नेपाल आएर सेवा गर्न थाले । एफआरसीएस उत्तीर्ण गर्ने उनी पहिलो नेपाली हुन् । नेत्र ज्योती संघ खोलेर आँखा उपचार सेवालाई विस्तार गर्न पहल गरे । संघ स्थापना भएपछि नै नेपालमा आँखा रोगको अवस्था बारेमा विस्तृत राष्ट्रिय सर्वेक्षण भयो ।'
त्यो सर्वेक्षणबाट नै आँखा उपचारको रणनीति र अरु योजाना बनाउन ठुलो सहयोग मिल्यो'
डा.
पोखरेलले बताए । उबेला कर्णाली अंचल र पुर्वका हिमाली जिल्लामा सर्वेक्षण गर्ने मान्छे ओसार्न क्यानडाबाट हेलिकोप्टर भाडामा ल्याएको पोखरेलले बताए । संघकै पहलमा सरकार यसका लागि तयार भएको थियो ।संघको सकि्रयताले नेपालमा आँखा रोग उपचारका क्षेत्रमा धेरै विकास भयो । संघ गठन हुँदा नेपालमा जम्मा छजना नेत्र चिकित्सक थिए । काठमाडौं वीर अस्पतालमा मात्र १६ शैया नेत्र रोगलाई छुट्टाइएको थियो । अहिले नेपाल भर साढे तीन सय नेत्र चिकित्सक रहेको पोखरेलले बताए । त्यस्तै १५ ठाउँमा ठुला आँखा अस्पताल खुली सकेका छन् ।'
सायद यही योगदानको मुल्याङ्कन भएको होला । तर मैले यो अपेक्षाले काम त गरेको होइन तै पनि साथीहरुले सम्झे खुसी लाग्यो'
डा.
पोखरेललको प्रतिकृया छ । नेपालले आँखा उपचारमा चाहिनॆ जनशक्ति र पुर्वधारमा ठुलो फड्को मारेको छ । तर सेवा र सुविधाका बारेमा जनमानसमा जानकारी पुग्न नसकेको डा.
पोखरेललको अनुभव छ ।उनले भने '
भारतमा आँखा उपचारका बारेमा ठुलो प्रचार प्रसार हुन्छ । त्यहाँ अन्धोपन तथा आँखा सम्बन्धि अन्य रोगको उपचार लिने चलन व्यापक छ । तर नेपालमा प्रचार प्रसार नपुगेर सर्वसाधरणले सुविधा लिन पाएनन् ।'
यस तर्फ बेलैमा कदम चाल्न सरकारसँग उनले आग्रह गरे ।
माघको जाडेमा आगो त्यसै प्यारो हुन्छ । आगोले शरीर तताउने हो । आगोले जहाँ बोल्यो त्यही ताप दिन्छ । मगलको आगो बाहेक अरु आगोलाई उही स्वरुपमा चाहेको ठाउँमा लौजान सकिन्न । बलेको ठाउँमा गुजुमुज्ज भएर बस्यो ताप्यो हिड्यो । सिरक ब्ल्ाङकेट च्यादर पछ्यौराले पनि शरीरलाई ताप दिन्छ । अनि यि बस्तुहरुको विषेशता आगोकोभन्दा फरक पनि छ । जस्तै साना खाले सिरक र सवै प्रकारा च्यादर ओढेरै एक ठाउँबाट अर्को ठाउँ गइआइ गर्न सकिन्छ । जाडो हुँदा झिक्यो ओढ्यो नभए पटाएर राख्यो ।अब यस्तो सजिलो बस्तुलाई सवैले जोगाएरै राख्छन् । एउटा माघ गए अर्को आउँछ त्यो बेलालाई पनि चाहिन्छ । सिरक च्यादर ब्लाङकेटको सक्दो संरक्षण गर्नु मानवीय स्वभाव नै हो । आगो ताप्नु पनि उसै गरि लालायित हुन्छ यो जाडोमा । आगो बाल्न दाउरा चाहिन्छ भन्ने कस्लाई थाहा नभएको हो र । तर दाउरा बाहेक भुस र अरु धेरै चिजबाट पनि बाल्ने र त्यो आगो ताप्ने गरिन्छ जाडोमा । तर मुढोको आगो सवैभन्दा मज्जाको हुन्छ ।मुढो नपाइएमा काम चलाउने चिज अरु धेरै हुन्छन् । तर अरु बेला ओढ्न काम लाग्ने जाडोको अत्यन्त भर पर्दो साथी ब्लाङकेट बालेर आगो ताप्ने कुरा यो त असामान्य मनस्थितिकाले नै गर्ने काम हो । जो सुकेले यस्तो काम त गर्दैन । अनि जस्ले गरे पनि यस्तो गरेको देखेपछि मनमा अनेक कुराहरु खेल्न थाल्दो रहेछ । त्यसो गर्ने असली पात्रसँग गाउँ समाज समुदाय र राष्ट्रका अनेक पात्रहरुको अनुहार मिसिएर दिमागमा नाच्न थाल्दो रहेछ ।कुरा देवघाटकै हो । माघ दुई गते मध्यान्ह देवघाटको बेणीमा पुग्दा केही बाबाहरु बगरमा मस्त निदाएका थिए । अगाडी मुडाको आगो बलि रहेको थियो । मधुरो मधुरो घाम पनि थियो । बाबाहरु सह्रै निष्लोट भएर निदाएका थिए । उनीहरु जाँगदा दिउँसोको तीन बजि सकेको थियो । घाम साह्रो मलिन थियो । मुढो धेरै जलेर सकिएको थियो । सिरोठो चल्न सुरु भएको थियो । बाबाहरु जाग्दा चिसो फैलदै थियो । अलि बेर आगो तापे । बाबाहरु सुरमै देखिन्थे । गाँजाले सुरु हराएका जस्ता लागेनन् । गफ बढ्दै जाँदा आगोको राप भने घट्दै जान थाल्यो । एउटा गतिलो ज्वालाको आवश्यकता थियो । बाबाहरुले झोलाबा धमाधम ब्लाङकेट निकाले मुढामाथि राखे । राँको निस्कियो त्यसपछि ।बाबाहरुले के गरे यस्तो वरपर बसेकाले अचम्म माने । बाबाहरु भने निस्फिक्री देखिए । त्यो बगरमा यसो खोज्ने हो भने मुढा सल्काउने झिँजा जति पनि पाइन्थे । उस्तै परे ठुलै दाउरा भेटिन्थे । त्यत्ति नगरेर बाबाहरुले जाडोको भरपर्दौ साथी ब्लाङकेट बालेर आगो तापे । नेपालीमा उखान छ घर पोले खरानीको के चिन्ता । दुई मिनेटको न्यानोका लागि दुई वर्ष खप्ने ब्लाङकेट डढाए बाबाहरुले ।हुन त बाबाहरुले यस्ता ब्लाङकेट अरु पनि पाइहाल्छन् सित्तैमा । त्यसै पाउने मालको के चिन्ता । के वस्तुको के महत्व हो त्यो थाहा नभएपछि यस्तै विध्वंस गर्न मन लाग्दो हो । यस्तो मनोवृत्ति भएका पात्रहरु अनेक छन् । तपाइँहरुले पनि चिन्नु भएकै होला ?
पानीमा माछा मार्न बल्छी फल्ने गर्छन् । यो सुने देखेकै कुरा हो । अनि नदीमा पैसा टिप्न बल्छी हान्ने कुरा सुने पनि धेरैले नदेखेको कुरा हो । चुच्चो अंकुशेमा पिठो या गड्यौला उनेर बाँसको लौरोमा बाँधेको बलियो धागो त्यसमा कसेर पानीमा फालेपछि माछा भएको खोल्सा,
खोला र नदीमा माछा पर्न बेर लाग्दैन । खानाको लोभमा फँसेपछि छटपटीएका माछा बल्छीबाट निकालेर झोलामा हाल्छन् बल्छी समाएकाले । यो दृश्य कुनै नौलो र अनौठो होइन जहाँ पनि देख्न पाइन्छ । पैसा समात्न पनि बल्छी ....
यो भने नौलो नै होला भन्ने मलाई लाग्छ । खोलामा माछा त पाउन मुस्कील भएको बेलामा पैसा फसाउँन के को बल्छी ?
हैन त ।हिजो माघ २ गते दिनभर देवघाटको बेणी अर्थात त्रिशुली र कालिगण्डकीको संगम स्थलमा बिताइयो । अस्ति माघ १ गते पनि गएकै हो । केही कुरा लेखेकै हो ब्लगमा । अनि हिजो फेरि काम विशेषले दिनभर त्यतै भएपछि ब्लगमा लेख्न मिल्ने दुई चार कुराभेटाइयो पनि । सबै कुरा लेख्न थाल्दा दिक्क पनि लाग्न सक्ला र तर दुईवटा कुरा भने लेख्ने निधो गरे । त्यस मध्ये आज '
पैसाको लागि चुम्बकको बल्छी ।'
भोलि बिजुलीले साथ दिएमा देवघाटकै त्यही बेणीकै अर्को एउटा दृश्य वर्णन गर्ने छु ।माघ १ गते बेणीमा मान्छे खचाखच थिए । दुई गते दुलही अनमनाएको आँगन जस्तो सुनसान हुँदो रहेछ त्यो बेणी । तै पनि यता उता कोही न कोही देखिन्थे । सय डेढ सयको हाराहारीमा मान्छेहरु थिए हिजो पनि देवघाटको बेणीमा । नदीमा तीन चारवटा डुंगा पनि थिए । ओहर दोहर गर्नेलाई तारिदिन्छे माझीहरु । हैन मान्छे मात्रै तारेका पनि छैनन् यिनले केही गरेका पनि हुन कि जस्तो लाग्यो । हो बल्छी फालेका हुन् पानीमा,..
गतिविधि हेर्दा त्यही लाग्यो । अनि झल्याँस्स सम्झना भयो देवघाटको यो बेणीमा त रैथाने बोटेले पनि माछा मार्न पाउँन्न । अनि डुंगामा बसेर केका लागि फालेका छन् त बल्छी ।'
पैसा बटुलेको हो नि दाई'
डुंगा किनार लागेका बेलामा सोध्दा १४ वर्षे हिमाल बोटेले उत्तर दिए । हिमाल डुंगामा बसेर साथी राजु बोटेसँगै बल्छी खेली रहेका थिए । राजु उमेरमा हिमाल भन्दा साना रहछन् । नदीको बीच बीचमा पनि पैसा पुगेको हुँदो रहेछ । नाइलनको पातलो डोरीमा बाँधेको गोलाकार चुम्बक स्वाट्टै नदीमा झारेपछि एक दुई रुपैयाँको सिक्का टाँसीदो रहेछ । अघिल्लो दिन माघे संक्रान्तिमा भक्तले नदीलाई चढाएको सिक्का यी बालकको खल्तीमा यसरी पर्दो रहेछ ।बिहे गरेका आइमाइहरु पनि आउँछन् खोज्न'
हिमालले साना केटा केटी मात्रै यस्तो काममा नलाग्ने जानकारी दिए । भक्तको भिड लागेका बेलामा चढेका हुनाले खोज्न हिँड्नेले कम्तीमा पनि गोजीमा सय दुई सयवटा सिक्का राखेछ । यो त भयो डुंगा भएकाहरु बीचो बीच गएर बल्छी हान्नेहरुले गरेको आम्दानी । सवैसँग त्यस्तो डुंगा कहाँ हुन्छ र अनि किनारमा बसेर चुम्बकको बल्छी हुर्राउनेहरु पनि हुन्छन् । आठ वर्षका सुमित बोटो (फोटोको बालक ) तिनै मध्येका एक हुन् । उनी किनारमा बसेर बल्छी खेलेका थिए । उनको बल्छीमा पनि साँझासम्मा ४० वटा सिक्का आयो ।माघे संक्रान्तिमा देवघाट नुहाउन मान्छे धेरै आउँछन् । पैसा खोज्न बल्छी थाप्नेहरु पनि धेरै नै हुन्छन् । यति हुँदा हुँदै पनि सवैले केही धेरै पैसा बटुले कै हुन्छन् । तर माघे संक्रान्तिपछि पनि देवघाट आउने जाने गर्छन् मान्छे । अनि नदीमा पैसा छ कि भनेर हिमालहरु हप्ताको एक दिन अर्थाता शनिबारको दिन यसरी नै बल्छी खेल्छान बेणीमा । पारी चितवन तर्फको सितारामा संस्कृत माविमा पढ्ने यी बोटे बालकले यसैबाट किन्छन कापी र कलम ।