Monday, January 31, 2011

हर्कबहादुर हुलाकी

ठाडै उकालो हिड्दा खुट्टा गल्छ, ज्यान थाक्छ अनि स्वास फुल्छ टाउकोको दाहिने देव्रेका नसा फुट्लान जसरी भलक भलक गर्छ यी सवै एकै चाटी भइरहेको थियो मलाई ढलौंला जस्तै भएको थियो स्यास्या गर्दै सकि नसकी उकालोमा हिड्दा एउटा साह्रै जिर्ण शरीरका वृद्ध देखिए बाटोमा उनी सामान्य तरिकाले हिडिरहेका थिए लगौंटी देखिने कछाड लगाएका माथि मैलो स्वीटर उनलाई देखेपछि कता कताबाट हो मलाई पनि हिँड्ने ताकत आयो त्यस्तो बुडो मान्छे हिडेको बाटोमा हिड्न किन गाह्रो मानौं सायद यही सोचले मलाई केही बल दिएको हुनु पर्छ ति बुढा मान्छेलाई यसो हेरेर अगाडी बढे
अलि पर एउटा सामान्य खालको घर थियो थकाइ मार्न त्यही बसे ति वृद्ध पनि आइ पुगे अनि मलाई नमस्कार गरे शब्द केही निकालेनन् पनि बोलि हाल्न सक्ने अवस्थामा थिइन चितवनको पुरानो सदरमुकाम उपरदाङगढी जाने ठाडो भिरालो बाटोमा भेटिएका मान्छे हुन् यी बुढा उन नमस्कार गरेको त्यस्तै तीन मिनेटपछि मेरो स्वासको गति केही मन्थर भयो मलाई नियालेर बसिरहेका ति बाजेलाई मैले सोधे 'तपाइँको नाम के हो ?' उनले भने 'हर्कबहादुर' अनि तुरुन्तै फेरि दोहराए 'हर्कबहादुर हुलाकी ' त्यसपछि उमेर सोत्तदा उनले भने ९० साल भनेर थप केही भन्न थाले मलाई लाग्यो यी बाजेले वि..१९९० सालको महाविनासकारी भुईचालो बेहोरेका रहेछन् उनले अगाडी भने '९० सालमा हुलाकी भइसकेको थिएँ '
हर्कबहादुरको थर चेपाङ हो उनी चितवनको पुरानो सदरमुकाम उपरदाङगढीभन्दा केही तल बस्छन् पुरानो सदरमुकाम भएको ठाउँ नजिक बसेको फाइदा उनी ९० सालमै हुलाकी हुन पाए उपरदाङगढीमा दसैंमा ठुलो पुजा हुन्थ्यो पाँच दिनसम्म पुजारे बसेको सम्झना उनलाई उनी ९० साल हुलाकी, काठमाडौंको गोश्वरा कार्यलय, पुजारे भएको बाहेक धेरै कुरा सम्झन्नन् उमेरको मेसो पनि छैन उनलाई छिमेकी जसमायाको भनाइ अनुसार उनी अहिले ९० वर्ष पार भएको हुनु पर्छ किन भने जसमायाको हजुर आमाभन्दा हर्कबहादुर तीन वर्षले जेठो हुन् रे हजुर आमा अहिले ८७ पुगिन्
हर्कबहादुर उपरदाङगढीबाट काठमाडौं हिँडेर पाँच दिनमा ओहर दोहर गर्दथे उनी हुग्दी झरेर काठमाडौंको बाटो समाउँथे गोश्वरा पुगेका बेला काठमाडौंमा गाडी चढ्न पाउँथे अनि घरमा आएर त्यो किस्सा सुनाउँदा दुनिया दंग पर्दथे १८ सालपछि चितवनको सदरमुकाम उपरदाङगढीबाट पुर्ण रुपमा भरतपुरमा सरो हर्कबहादुरले सक्दासम्म हुलाकी गरे हर्कबहादुर हुलाकी भनेपछि चितवनका पहाडमा नचिन्ने कोही भएन भन्छन् उनी हुलाकका हाकिमहरु पनि हर्कबहादुर भनेपछि हुरुक्कै हुन्थे रे
अहिले उनी पेन्सन खान्छन् हुलाकी हुँदा जुन माटोमा थिए त्यही माटो छाडेका छैनन् दुनियाले धेरै फड्को मारेको यो बीचमा तर उनी बसेको परिवेश लाग्छ टक्क रोकिएको बिग्रेको गाडी झै भएर एकै ठाउँ थन्केको जहा धुलो मैलोको पत्र थपिदै जान्छ हर्कबहादुर अहिले खुसी छन् कारण उनको घर अगाडीबाट मोटर चल्ने बाटो बन्दै हामीले कुरा गरीरहेको घरभन्दा पर स्काभेटरले धमाधम पहाड फोरी रहेको हर्कबहादुर त्यही हेर्न आएका रहेछन् उनले भने 'सरकारले गरेको साह्रै गरेको हाम्रा लागि ' सरकारभन्ने जन्तु कति स्वार्थी भन्ने कुराको हेक्का छैन हर्कबहादुर यसो भनिरहेका छन् चितवनको एउटा भाग जो पुरानो सदरमुकाम पनि हो त्यहाँका हर्कबहादुरले एक जुग अगाडी नै काठमाडौं पुगेर मोटर चढेका थिए तर यहाँको सरकारले त्यस्तो ठाउँमा मोटर बाटो ठ्याम्मै एकजुगपछि लैजादैछ
अनि यो सरकार कस्तो सरकार ? तपाइँ हामीलाई बुझ्न गाह्रो छैन हर्कबहादुर हर्षित यस कारणले पनि होलान नि जव बाटो बनेर घरको आडैबाट सानो सानो मोटर उकालो लाग्छ अनि उनले भन्ने छन् 'हेर यस्तो मोटर मैले ७० वर्षअघि देखेको थिएँ नै चढेको थिए ' मलाई पनि एक हिसावले खुसी नै लाग्यो कारण समयले नेटो काटेर गाउँमा बाटो गए पनि हर्कबहादुरले जिवनमै त्यो देख्न पुराना कुरा सम्झेर आगनमा बस्दै अरुलाई सुनाउन पनि पाउने भए भनेर सरकारले वास्ता नगरे पनि हर्कबहादुरको खप्पर बलियै रहेछ भन्नु परेन

No comments:

Post a Comment