Monday, January 17, 2011

ब्लाङकेट पोलेर आगो ताप्नेहरु

माघको जाडेमा आगो त्यसै प्यारो हुन्छ आगोले शरीर तताउने हो आगोले जहाँ बोल्यो त्यही ताप दिन्छ मगलको आगो बाहेक अरु आगोलाई उही स्वरुपमा चाहेको ठाउँमा लौजान सकिन्न बलेको ठाउँमा गुजुमुज्ज भएर बस्यो ताप्यो हिड्यो सिरक ब्ल्ाङकेट च्यादर पछ्यौराले पनि शरीरलाई ताप दिन्छ अनि यि बस्तुहरुको विषेशता आगोकोभन्दा फरक पनि जस्तै साना खाले सिरक सवै प्रकारा च्यादर ओढेरै एक ठाउँबाट अर्को ठाउँ गइआइ गर्न सकिन्छ जाडो हुँदा झिक्यो ओढ्यो नभए पटाएर राख्यो
अब यस्तो सजिलो बस्तुलाई सवैले जोगाएरै राख्छन् एउटा माघ गए अर्को आउँछ त्यो बेलालाई पनि चाहिन्छ सिरक च्यादर ब्लाङकेटको सक्दो संरक्षण गर्नु मानवीय स्वभाव नै हो आगो ताप्नु पनि उसै गरि लालायित हुन्छ यो जाडोमा आगो बाल्न दाउरा चाहिन्छ भन्ने कस्लाई थाहा नभएको हो तर दाउरा बाहेक भुस अरु धेरै चिजबाट पनि बाल्ने त्यो आगो ताप्ने गरिन्छ जाडोमा तर मुढोको आगो सवैभन्दा मज्जाको हुन्छ
मुढो नपाइएमा काम चलाउने चिज अरु धेरै हुन्छन् तर अरु बेला ओढ्न काम लाग्ने जाडोको अत्यन्त भर पर्दो साथी ब्लाङकेट बालेर आगो ताप्ने कुरा यो असामान्य मनस्थितिकाले नै गर्ने काम हो जो सुकेले यस्तो काम गर्दैन अनि जस्ले गरे पनि यस्तो गरेको देखेपछि मनमा अनेक कुराहरु खेल्न थाल्दो रहेछ त्यसो गर्ने असली पात्रसँग गाउँ समाज समुदाय राष्ट्रका अनेक पात्रहरुको अनुहार मिसिएर दिमागमा नाच्न थाल्दो रहेछ
कुरा देवघाटकै हो माघ दुई गते मध्यान्ह देवघाटको बेणीमा पुग्दा केही बाबाहरु बगरमा मस्त निदाएका थिए अगाडी मुडाको आगो बलि रहेको थियो मधुरो मधुरो घाम पनि थियो बाबाहरु सह्रै निष्लोट भएर निदाएका थिए उनीहरु जाँगदा दिउँसोको तीन बजि सकेको थियो घाम साह्रो मलिन थियो मुढो धेरै जलेर सकिएको थियो सिरोठो चल्न सुरु भएको थियो बाबाहरु जाग्दा चिसो फैलदै थियो अलि बेर आगो तापे बाबाहरु सुरमै देखिन्थे गाँजाले सुरु हराएका जस्ता लागेनन् गफ बढ्दै जाँदा आगोको राप भने घट्दै जान थाल्यो एउटा गतिलो ज्वालाको आवश्यकता थियो बाबाहरुले झोलाबा धमाधम ब्लाङकेट निकाले मुढामाथि राखे राँको निस्कियो त्यसपछि
बाबाहरुले के गरे यस्तो वरपर बसेकाले अचम्म माने बाबाहरु भने निस्फिक्री देखिए त्यो बगरमा यसो खोज्ने हो भने मुढा सल्काउने झिँजा जति पनि पाइन्थे उस्तै परे ठुलै दाउरा भेटिन्थे त्यत्ति नगरेर बाबाहरुले जाडोको भरपर्दौ साथी ब्लाङकेट बालेर आगो तापे नेपालीमा उखान घर पोले खरानीको के चिन्ता दुई मिनेटको न्यानोका लागि दुई वर्ष खप्ने ब्लाङकेट डढाए बाबाहरुले
हुन बाबाहरुले यस्ता ब्लाङकेट अरु पनि पाइहाल्छन् सित्तैमा त्यसै पाउने मालको के चिन्ता के वस्तुको के महत्व हो त्यो थाहा नभएपछि यस्तै विध्वंस गर्न मन लाग्दो हो यस्तो मनोवृत्ति भएका पात्रहरु अनेक छन् तपाइँहरुले पनि चिन्नु भएकै होला ?


No comments:

Post a Comment