चितवन महोत्सव आइतबारबाट सुरु भएको छ । माघ ४ गतेसम्म चल्ने यो महोत्सवमा चितवन नियाल्न पाइन्छ । चितवनका धेरै कुरा यही सामेल भएका छन् । चितवन समेटिएर महोत्सव परिसरमा आइपुगेको छ । चितवनवासीको खुवी त्यहाँ मिसिएको छ । वि.स. २०५३ सालदेखि प्रत्येक दुई दुई वर्षको फरकमा हुँदै आएको चितवन महोत्सवमा कुनै एक खास कुरा सधै रहन्छ । त्यो खास कुरा व्यक्ति अनुसार फरक फरक भने हुन सक्छ । किन भने खास कुरा के होला भनेर छनौट गर्न सधै अलमल पर्ने गर्छ । हरेक कुरा एकसे एक हुन्छन् तसर्थ त्यस मध्येबाट एउटा कुरा छान्नु पक्कै सजिलो हुँदैन ।
यो वर्ष मलाई खास लागेको कुरा मात्रै म भन्छु । यस पटक चितवन महोत्सव हेर्न जानेहरु झुक्किने अवस्था छ । हेर्नेहरुले सुरुमा मान्छे ठानेको कुरा मुर्ती हुने छ र मुर्ती ठानेको कुरा साच्चिकै मान्छे हुने छ । चितवन महोत्सवको डेरी परिसरमा आधुनिक गोठको नमुना छ । गोठ भित्र गाई छ,बाच्छो र अनि दुहुँदै गरेका बाजे पनि छन् । गाई, बाच्छो र बाजे सुरुमा झट्ट हेर्दा साच्चिकै जस्ता देखिन्छन् । अझ बाजे त मुर्ती मात्रै हुन भनेर खुट्याउन निकै बेर नियाल्नु पर्छ । भरतपुरको गोन्द्राङमा निकै वर्षदेखि विश्वकर्मा बाबा र सरस्वती माताको मुर्ती बनाउँदै आएका दुईजनाले यो तयार पारेका रहेछन् । खुवी तारिफ योग्य छ ।
डेरी परिसरबाट अगाडी बढ्दै जाँदा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको स्टल आउँछ । देवीले दानवलाई भुईमा लडाएर छातीमा त्रिशुल हानेको दृश्य छ त्यहाँ । दुरुस्त देखिन्छ सवै कुरा । खाली देवीको बाघ मात्रै छुटिन्छ । अघि डेरीमा गाई र ग्वालाको मुर्ती जस्तै यहाँ पनि कलाकारले निकै मिहेनत गरेर मुर्ती बनाएछ भन्ने लाग्छ सवैलाई । तर जव देवीकॊ आँखाको परेला चल्छ अनि मान्छे झुंग हुन्छ । त्यसपछि स्वास फेरेको पनि चाल पाइन्छ । तर अरु सवै कुरा स्थीर छ मुर्ती जस्तै ।
उता डेरी परिसरमा मुर्ती साच्चिकै मान्छे बनेर बसेको छ । यता ब्रह्मकुमारीमा मान्छे मुर्ती बनेर । जे जस्तो भए पनि दुवैमा मान्छेको खुवी प्रकट भएको छ । मलाई लागेको यस पटकको महोत्सवको कुनै एक खास कुरा यही हो । अरुलाई अरु लाग्न सक्छ । तर समर्गमा महोत्सव परिसरमा चितवन अटाएको छ । मुख्य गेटमै जनजातिका घरहरु छन् । एउटा रमाइलो गाउँ बसेको छ त्यहाँ । थारु दराई चेपाङ बोटे कुमाल जस्ता जातिजनजाति चितवनको आदिवासीहरु हुन् । उनीहरुको बसोबास रहन सहन के हुँदो रहेछ त्यहाँ गएर सोध्दा हेर्दा धेरै जानकारी पाउँन सकिन्छ ।
चितवनमा के फल्छ सुन्तादेखि काउलीका स्टल महोत्स्वमा अटाएका छन् । चितवन कहाँ देखि कहाँ पुग्यो त्यसको झलक पाइन्छ । अनि नाँच गान दोहरी जहाँको मेला महोत्सवमा हुने नै गर्छन् यहाँ पनि छ । महोत्सवको उद्घाटन गरेर अर्थमन्त्री सुरेन्द्र पाण्डेले । उनको घर चितवनको भण्डारामा छ । त्यसैले उनी पनि चितवनवासी । चितवनवासी भएको नाताले मन्त्रीले भने घडेरीमा खण्ड खण्ड गरेर चितवनलाई विरुप नपार्नु होस । मन्त्रीको कुरा माने चितवनकै कल्याण हुने छ । अनि मेलामा जे छन् सवै राम्रा छन् उपयुक्त छन् । तर त्यो बाल उद्यान परिसरमा राखेका चटकेहरुको चमक दमक भने मलाई मन पर्दैन । त्यसले अनाहकमा नेपालीको पैसा भारत पसेको छ । जिल्ला चिनाउने जिल्लाको खुवी देखाउने ठाउँमा यस्ता कुराहरु किन राखिन्छन् बुझिएको छैन ।

bidesh baser ni yahako blog padna pauda khushi chhu ... mahotsav ko photo pani rakhanu bhaeko bhae hami jasta mahotsav amroherna napaune laii r hune thiyo/....
ReplyDelete