Sunday, January 2, 2011

क्यारेम बोर्डका गोटी

निकै पहिले भूपि शेरचनको एउटा कविता पढेको थिए त्यसको बारेमा धेरै कुरा याद नभए पनि आसय अझै दिमागबाट हटेको छैन उनले क्यारेम बोर्डको गाटीसँग तुलना गरेर जस्ले जता हुत्यायो त्यतै मिल्कने मनुवाहरुलाई कटाक्ष गर्दै लेखेका थिए त्यो कविता त्यस्ता दृश्यहरु हाम्रो समाजमा हराउन सकेका छैनन भूपि हराएको लामै समय भइ सकेको अझ लामो समयसम्म नेपाली समाजमा कायमै रहने यो प्रचलन
मैले यो कुरा यहाँ किन गर्न लागेको हो भने केही दिन यता त्यस्ता दृश्यहरु देखिएका छन् यहाँ पारस शाहको कुरा गरौं चितवनको जंगल भित्र रहेको टाइगर टप्स लजमा उनले गोली चलाए नसाको सुरमा झगडा गर्दा गोली चलेको थियो पारसले उपद्रो गरेकोमा कुनै शंका नै छैन तर त्यो पनि देश भक्तिको गौरव पुर्ण कथा बन्यो हाम्रो नेपालमा पारस समातिए चितवन प्रहरीमा ल्याइए
चितवन प्ररहीले तालिम केन्द्रमा राख्यो उनलाई त्यहाँ पारस जिन्दावाद भन्ने नारा लगाउनेहरुको हुल आयो त्यसमा युवाहरु पनि प्रशस्तै थिए धेरै युवा यहाँ मात्रै होइन अरु ठाउँमा पनि नारा लगाए जस्तो लाग्दथ्यो एक नेपालमा भरखर भरखर गणतन्त्र आएको युवाको जोशको भरमा नै हो गणतन्त्र आएको त्यसैले पुर्व युवराज जो जाँड खाएर हल्ला गरेका कारण समातिएको त्यस्ताको पक्षमा नारा लगाउन युवाहरु आउलान भनेर सोच्न पनि सकिएन तर युवा सकि्रयता पारसको पक्षमा पनि पाइयो
एकजना युवालाई मैले विषेश रुपमा ख्याल गरे उनी निकै लागेका थिए पारसको पक्षमा भएको प्रदर्शनमा बाहिरी व्यक्तित्व हेर्दा त्यस्ता आवारा केही नबुझेका बेहोसी जस्ता पनि लाग्दैनन थिए उनलाई पारस मन पारे होला मन पराउन पाइन्छ आए नारा लगाए भन्ने लागेको थियो तर उनी पनि खेतला नै रहेछन्
पारस गएको लामै समय भयो आज उनको तारेख हो क्यारे तर उनी नेपालमै छैनन् भन्ने जानकारीमा आएको त्यसैले उनी आउँदैनन् पनि होला पारस नआउँदै देउवा आए चितवन देउवा पुस १५ गते आए उनी भरतपुर विमान स्थलबाट बाइपास रोड हुँदै तीन खोले गुम्बा छिरे बाइपास रोडमै तालिम केन्द्र जहाँ दुई रात पासरले बिताएर त्यही वाइपास रोड हुँदै जिल्ला प्रशासन गएका थिए
देउवा पारसले प्रयोग गरेको बाटो मात्रै एउटै परेको होइन उनका अघिपछि लाग्ने धेरैको अनुहार पनि मिलेको थियो त्यही काँग्रेस निर्णयक भइदिदा नेपालबाट राजतन्त्र गयो त्यही काँग्रेसका कारण नै हो पारस समातिएका तर पारसको पक्षमा नारा लगाउन आउनेहरु देउवा काँग्रेस जिन्दावाद भन्न पनि आइभ्याएका छन् यो नपच्ने दृश्य नै हो दुई हप्ता बित्न नपाउँदै मान्छेको मन यसरी केस्ले परिवर्तन गरायो कति हलुका हो यो मान्छे मैले पारसको पक्षमा नारा लगाउने सुकुमार युवकलाई देउवको पक्षमा पनि त्यसरी नै नारा लगाएको देखे अव बिचारै गर्नु माओवादीका नेता प्रचण्ड आउँदा ति सुकुला सुकुमार अगाडी आउँछन् या आउँदैनन् एमालेका नेता आउँदा देखिने पो हुन कि आखिर यी क्यारेम बोर्डका गोटी होइनन् स्टाइकरले जता हुत्यायो त्यतै मिल्कने अनि त्यो स्टाइकर पनि अरु कसैको चाहनामा नाचेको हुन्छ नि बोर्डमा

No comments:

Post a Comment