Tuesday, January 18, 2011

आँखा अगाडी आफ्नै सालिक देखेर दंग परे 'आँखा बा'

आँखा रोगको उपचारमा लामो समयदेखि लागेको हुनाले धेरैले उनलाई 'आँखा बा' भनेर सम्बोधन गर्छन् आँखाको ज्योती फर्काइ दिएर गुन लगाएकाले होला 'आँखा बा' अर्थात डा.रामप्रसाद पोखरलेलाई जिउँदैमा आफ्नो सालिक देख्ने अवसर मिल्यो नेपालका पुराना आँखा चिकित्सक पोखरलेको अर्ध कदको मुर्ती मंगलबार भरतपुरमा उनकै आँखा अगाडी अनावरण भयो
समाजका लागि योगदान गर्नै व्यक्तिको नेपालमा मृत्युपछि सालिक बनाएउने चलन 'तर आँखा रोगको उपचारको क्षेत्रमा उहाँको योगदान अतुलनीय ज्युदैमा सालिक बनाएर उहाँप्रति सम्मान दर्शाएका हौं' नेपाल नेत्र ज्योती संघ चितवन शाखाका अध्यक्ष चीजकुमार मास्केले भने आँखाका ज्योती गुमाएकालाई उपचार गरेर संसार देखाएका पोखरेलले आफ्नो सालिक देख्न पाए
चितवनमा संघ स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा आयोजित रजत महोत्सव समारोह अन्तर्गत चितवन शाखाले पोखरेलको सालिक बनाएको हो भरतपुर आँखा अस्पताल परिसरमा सो सालिक रहेको डा. पोखरले वि.. २०३५ सालमा स्थापना भएको नेपाल नेत्र ज्योती संघका संस्थापक केन्द्रीय सदस्य पनि हुन् उनी २० वर्षदेखि संघको केन्द्रीय सभापति छन्
पोखरेलले बेलायतबाट वि..२०२७ सालमा आँखा रोग उपचार सम्बन्धि सवैभन्दा विशिष्ट तह एफआरसीएस उत्तीर्ण गरे त्यसको एक वर्षपछि नेपाल आएर सेवा गर्न थाले एफआरसीएस उत्तीर्ण गर्ने उनी पहिलो नेपाली हुन् नेत्र ज्योती संघ खोलेर आँखा उपचार सेवालाई विस्तार गर्न पहल गरे संघ स्थापना भएपछि नै नेपालमा आँखा रोगको अवस्था बारेमा विस्तृत राष्ट्रिय सर्वेक्षण भयो
'त्यो सर्वेक्षणबाट नै आँखा उपचारको रणनीति अरु योजाना बनाउन ठुलो सहयोग मिल्यो' डा.पोखरेलले बताए उबेला कर्णाली अंचल पुर्वका हिमाली जिल्लामा सर्वेक्षण गर्ने मान्छे ओसार्न क्यानडाबाट हेलिकोप्टर भाडामा ल्याएको पोखरेलले बताए संघकै पहलमा सरकार यसका लागि तयार भएको थियो
संघको सकि्रयताले नेपालमा आँखा रोग उपचारका क्षेत्रमा धेरै विकास भयो संघ गठन हुँदा नेपालमा जम्मा छजना नेत्र चिकित्सक थिए काठमाडौं वीर अस्पतालमा मात्र १६ शैया नेत्र रोगलाई छुट्टाइएको थियो अहिले नेपाल भर साढे तीन सय नेत्र चिकित्सक रहेको पोखरेलले बताए त्यस्तै १५ ठाउँमा ठुला आँखा अस्पताल खुली सकेका छन्
'सायद यही योगदानको मुल्याङ्कन भएको होला तर मैले यो अपेक्षाले काम गरेको होइन तै पनि साथीहरुले सम्झे खुसी लाग्यो' डा. पोखरेललको प्रतिकृया नेपालले आँखा उपचारमा चाहिनॆ जनशक्ति पुर्वधारमा ठुलो फड्को मारेको तर सेवा सुविधाका बारेमा जनमानसमा जानकारी पुग्न नसकेको डा.पोखरेललको अनुभव
उनले भने 'भारतमा आँखा उपचारका बारेमा ठुलो प्रचार प्रसार हुन्छ त्यहाँ अन्धोपन तथा आँखा सम्बन्धि अन्य रोगको उपचार लिने चलन व्यापक तर नेपालमा प्रचार प्रसार नपुगेर सर्वसाधरणले सुविधा लिन पाएनन् ' यस तर्फ बेलैमा कदम चाल्न सरकारसँग उनले आग्रह गरे



No comments:

Post a Comment