धर्मका लागि कतै जाने गरिन्छ भने त्यसलाई तिर्थ जाने भनिन्छ । घुम्न जाने भनिदैन । घुम्नु भनेको पर्यटन हो ला सायद । पर्यटक भनेका घुमन्ते हुन् हाम्रा नजरमा । देश देशावर घुम्ने आनन्द लिने । मठ मन्दिर धाम जानेहरु पूजा पाठ स्नान गर्छन् दान गर्छन् । त्यसैले तिनीहरुलाई पर्यटकभन्दा भक्त भन्नु उपयुक्त हुन्छ । अव नेपाली समाज अनुकुलको शब्द खोज्दा धार्मिक पर्यटनभन्दा पनि तिर्थाटन नै राम्रो हुन्छ । तर यो व्यपाररिक दुनियामा तिर्थाटन जस्तो विशुद्ध पवित्र शब्दले व्यपपारीहरुलाई आनन्द दिदैन । पर्यटन पैसा कमाउने माध्यम हो । हेर्न आउनेहरुलाई सन्तुष्ट बनाएर पैसा समात्ने गरिन्छ । तिर्थाटन त्योभन्दा अलग हुन सक्छ ।
अब कता कताबाट धार्मिक पर्यटनको कुरा निकै जोड तोडका साथ उठेको छ । यो धार्मिक पर्यटन आफैमा के हो तिर्थाटनभन्दा यो फरक हो या होइन प्रष्ट कोही छैन । राइलोका लागि घुम्न जाने जो जति छन् उनीहरुलाई मन्दिर र गुम्वा देखाउनु र त्यस वापत शुल्क लिनु धार्मिक पर्यटन हो कि या अरु कुनै । नभए चितवन निकुंज जस्तो विश्व प्रख्यात भ्रमण स्थलमा वर्ष दिनमा जम्मा एक लाखभन्दा केही बढी पर्यटक आउँछन् । तर देवघाट जस्तो धार्मिक स्थलमा माघ १ गते नै लाखभन्दा बढी मान्छे ओइरन्छन् ।
तथ्यांकमा यस्तो हुँदा हुँदै पनि हामी भन्ने गर्छौ नेपालमा धार्मिक पर्यटन फष्टाएन । निकुंजमा आउने पर्यटकले बुझाएको प्रवेश शुल्कबाट वर्षमा छ सात करोड रुपैयाँ आउँछ देवघाटमा सुको उठ्दैन त्यसैले नफष्टाएको हो यो धार्मिक पर्यटन भनिएको हो । धार्मिक पर्यटन भनेर गर्न लागेको चाहि के हो बुझाउन सक्नु पर्छ । यसै विषयमा पुस २८ गते बुधबार नारायाणगढमा धार्मिक पर्यटनका बारेमा गोष्ठी पनि भयो । विज्ञहरुले कुरा राखे तर हामी जस्ता अबुझले केही बुझ्नै सकेनौं । धार्मिक पर्यटनको कुरा भइ रहेको हो या देविभागवत सुनाइएको हो दुविधा भयो ।
यता देवघाटमा आउनु पर्ने मान्छे आएनन् भनेर हामी चिन्ता गर्छौ । देवघाट जान मन पाराउनेमा भारतीयहरु बढी हुन सक्छन्। । गाडीका गाडी भारतीयहरु यही बाटो भएर काठमाडौंको पशुपति जान्छन् । देवघाट कहाँ छ कस्तो तिर्थ हो उनीहरुल्ाई पत्तो छैन । जव कि ति धेरै गाडीहरु थुम्सीको हनुमान मिन्दर नारायणगढको हहिर मन्दिर गैरेश्वर पशुपति मन्दिर या जहाँ पानीको सुविधा छ त्यही खाना बनाउन रोकिने गरेका छन् । भारतीय नम्बरको गाडी आयो भने बाटोमा भएको ढाटवालाहरु ट्राफिक प्रहरीहरु त्यस्ता गाडीलाई घण्टौ किच किच गराएर सय पाँच सय झार्न झण्झट मान्दैनन् तर चितवन नजिक आइसकेपछि खाना बनाउन देवघाट जाउँ त्याहाँ पानीको सुविधा मात्रै होइन प्राचिन कालदेखि नै प्रख्यात धार्मिक तिर्थ स्थल छ भन्ने कुराको जानकारी गराउन र उनीहरुलाई त्यता लैजान कसैले सिन्को भाँच्दैन ।
यो सानो कामले पनि देवघाटमा नियमित आउने दर्शनार्थीको संख्या बढाउन सकिन्छ । स्वदेशका होइन विदेशका नागरिकलाई त्यहाँ पुराउन पाइन्छ । किन हो मनमा नराखेकॊ हामीले यो कुरा । विशुद्ध तिर्थ घुम्न आएका भारतीयलाई के वास्ता गर्नु भनेर नसोचेको हो भने अनि धार्मिक पर्यटन भनेको के हो त भनेर जिज्ञाशु हुनु अस्वभाविक होइन । आएका मान्छे जो सुकै हुन उनीहरुलाई पाहुना ठानिएन र सत्कार गरिएन भने पर्यटन फष्टाउँदै फष्टाउँदैन । तिर्थाटन बरु मान्छे अनेका हण्डर र कष्ट बेहोरेर पनि जान खोज्छ । तिर्थ जाँदा भोग्नु पर्ने कठिनाइलाई मान्छे खासै पर्वाहा गर्दैन । तर पर्यटनमा यो कुरा लागु हुँदैन । पर्यटकहरुलाई रैथानेले उच्च सम्मान र राम्रो सत्कार गर्नै पर्छ यो अनिवार्य कुरा हो । अनि हामी धर्ममा पर्यटनको कुरा जोड्दै छौ तर कसैलाई सत्कार र सम्मान दिने चाँजो पाँजो किन मिलाउँदैनौं ।

No comments:
Post a Comment