Wednesday, January 26, 2011

माओवादीको आँगनीमा राजावादी

अस्ति माघ गते चितवनको शक्तिखोरमा रहेको माओवादीका जनसेना रहने तेस्रो डिभिजनमा ठुलो तामझामका साथ सभा भयो सो सभामा जनसेना विषेश समिति मातहत आएको घोषणा गरियो कार्यक्रममा प्रवेश पाउन पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले दिने पास अनिवार्य भनेपछि कार्यक्रम सुरु हुन लाग्दा पनि पत्रकारहरु पास बनाउन जिल्ला प्रशासनका हाकिमहरुलाइ हारगुहार लगाउँदै भरतपुरमै भौतारीनु परेको थियो तर कार्यक्रम स्थलमा पासको कुनै परवाहा नै गरिन आएको जो पनि पस्न पाइरहेका थिए एक हिसावले राम्रै हो तर पस्न पाउनेमा अचम्मका अनुहार पनि थिए
अचम्मका यो अर्थमा कि केही दिन पहिला चितवनमा एउटा ठुलै काण्ड भएको थियो टाइगर टप्स गोली काण्डपछि पुर्वयुवराज पारस चितवन प्रहरीको नियन्त्रणमा आए पारस हिरासतमा बस्दा सकि्रय भएका अनुहारहरु माओवादीको तेस्रो डिभिजनमा पनि देखा परे पारसको समर्थनमा हुने प्रर्दशनलाई व्यापक बनाउने निर्देशन दिने नाइके जो पारसलाई प्रहरी तालिम केन्द्र लैजादा गाडीमा सँगै बसेको थियो जिल्ला प्रशासनबाट छुट्दा ठ्याकै दाहिने तर्फ देखिन्थ्यो त्यो युवकनै माओवादी क्याम्पमा भेटिए देखिनु मात्रै ठुलो कुरो होइन उनी माओवादीको सलाम खाँदै विशिष्ट व्यक्तिहरु बसेको पाल तर्फको लागे जुन ठाउँमा जान निम्त्याइएका ठुला नेता कर्मचारी कुटनीतिज्ञहरु बाहेक अरु कसैलाई अनुमति थिएन पत्रकारहरुलाई चिहाउँदा पनि माओवादीका छापामार रिसाउँथे
यहाँ भएको फोटोमा पारसको दाहिने तर्फ भएको व्यक्ति जनसेनालाई पृष्ठभुमिमा पार्दै क्याम्पको विशिष्ट क्षेत्र तर्फ लागेका व्यक्ति एउटै हुन् उनी चितवनको रामनगरमा बस्छन् नामका बारेमा प्रष्ट छैन कार्यक्रममा नेपालका सवै दलका ठुला नेता आएका थिए माओवादीको कटु आलोचक केपी कामरेडलेसम्म सलाम पाएको त्यो ठाउँमा गणतन्त्रको कटु आलोचक कमल थापा भने देखिएनन् थापा दल खोलेर संवैधानिक राजतन्त्रको पक्षमा वकालत गर्दै हिडेका छन् तर थापा नआएको कार्यक्रममा थापाको होइन पारसकै कार्यकर्ताको राम्रै स्वागत भयो जो थापाको पार्टी राप्रपा नेपालमा समेत छैनन् सोझै पारसका मान्छे हुन्
यी पारसको मान्छे एक्लै देखिएनन् त्यहाँ अर्को उदेक लाग्दो अनुहार पनि त्यहाँ फेला परो शिवबहादुर पाण्डे अधिवक्ता हुन् उनी राजावादी पनि हुन् यही हैसियतले उनले चितवन टाइगर टप्स होटलको गोली काण्डमा पारसका तर्फबाट वकालत गरे पारसको तर्फबाट वकालत गरेको आधारमा मात्रै उनी राजावादी हुन् भनिएको होइन उनको पृष्ठभुमिनै राजावादी हो हो यी पाण्डे पनि त्यस दिन कार्यक्रममा देखिए त्यो पनि सामान्य अवस्थामा होइन रक्सीको नसामा लठ्ठिएका थिए उनी
उनलाई स्वागत सत्कार त्यस्तो केही भएको होइन तर नसामा धुत त्यस्तो मान्छे समेत नेताहरु अन्य विशिष्ठ व्यक्तिले खाना खाने ठाउँमा निस्फिक्री ओहर दोहर गर्दथे जहाँ जाँदा पत्रकारलाई छापामारको सोधपुछको सामना गर्नु पर्दथ्यो पाण्डे भने मोवाइलमा चर्को चर्कौ स्वरमा सुर बेसुरका कुरा गर्दै त्यही बसेका हुन्थे नेतालाई धनुष्टङ्कार नमस्कार गर्न पुग्दथे उनले एमालेका अध्यक्ष झलनाथ खनाललाई पनि त्यसै गरी नमस्कार गरे अनि दुई चार मिनेट गफ समेत गरे दुई दिन अघि मात्रै सुनसरीमा एकजना सर्वसाधरणको चड्कन खाएका खनालले खै किन हो जड्याहा पाण्डेको कुरा भने खुवै चाख दिएर सुने
नेताहरु सवै एक साथ कार्यक्रम स्थल तर्फ लम्किए कता कताबाट हो तिनै पाण्डे आएर नारा भट्टाए 'सवै पार्टी जिन्दावाद हाम्रा नेता अमर रहुन् ।' त्यस दिन कार्यक्रम स्थलमा कुनै नाराबाजी भएको थिएन पाण्डेले भट्टाए पनि उनलाई कसैले साथ दिएनन् केही बेर एक्लै नारा लगाए अनि मंचको अगाडी गएर बसे हुन यो देशमा राजा सर्वसाधरण भएका छन् भने राजाका समर्थकहरुको के कुरा



No comments:

Post a Comment