Monday, January 24, 2011

सुदको सक्रियता

नेपालका लागि भारतीय राजदूत राकेश सुद सामान्य खालका दूत होइनन् यी सधै सक्रिय रहने मनुवा हुन् काठमाडौंमा उनी सधै सक्रिय हुन्छन् कहिले नेताको घर घर कार्यालय धाउँछन् कहिले नेतालाइ आफ्नै कार्यालय रहेको ठाउँ लैनचौरमा बोलाएर कुराकानी गर्छन् काठमाडौंमा मात्रै सिमित छैन सुदको सक्रियता उनी नेपालको कुना काप्चा पनि घुम्छन् माओवादीलाई देखिसहन्नन् सुदले अनि सुदलाई पनि आँखाको कसिङगर नै ठान्छ माओवादी भारतलाई प्रधान शत्रु भन्ने या नभन्ने विवादमा माओवादी भित्र चिरा परेको पार्टीमा चिरा पार्ने कारक मानिएको भारत देशको राजदुत प्रति माओवादी अति उग्र रुपमा प्रस्तुत हुन्छ सुदले केही महिनाअघि सोलुखुम्बुमा माओवादीले हानेको जुत्ता खाए माओवादीका केन्द्रयि नेता गोपाल किरातीको नेतृत्वमा नै सुदमाथि जुत्ता फालियो
सक्रिय सुदको माओवादीसँगको सम्बन्ध सुमधुर छैन कटुता बढी सुदलाई माओवादीले देख्यो कि झम्टि हाल्ला भन्ने सोच्छन् मान्छेहरु माओवादीले मात्रै होइन् नेपालका सर्वसाधरणले पनि त्यत्ति रुचाउँदैनन् सुदको अनावश्यक सक्रियताले उनलाई यो हदसम्म पुराएको हो जस्तै भारतीय बहुराष्ट्रिय कम्पनी डाबरले उत्पादन गर्ने रियल जुसमा किरा भेटिएको भन्ने समाचार नेपाली मिडियामा एक पटक छपक्कै छाए सुदले नेपाली मिडियाले बिज्ञापन नपाएको हुँनाले त्यस्तो समाचार छापेकाहुन् भन्दै बिज्ञप्ति निकाले यी यस्ता व्यवहारले सुदको उपस्तिथी अरु नेपालीलाई पनि सुपाच्य लाग्न नथालेको हो
सुद अस्ति माघ गते माओवादी जनसेनाको चितवन शक्तिखोरमा रहेको अस्थायी शिविरमा देखा परे शक्तिखोरमा रहेको तेस्रो डिभिजनमा त्यस दिन माओवादी लडाकुहरु विषेश समितिमा आएको औपचारिक घोषणा गर्न सभा आयोजना गरिएको थियो प्रधानमन्त्री सहित धेरै मन्त्रि आएका थिए प्रचण्ड सहित अरु दलका पनि सवै ठुला नेता त्यहाँ थिए संयुत्तः राष्ट्र संघका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधि थिए नेपाल स्थीत धेरै विदेशी राजदुतहरु आएको मेसोमा सुद पनि नमिसिने कुरै भएन
जिपबाट झरे सुद छापामारहरुले माला लगाएर स्वागत गरे सुद झेपछि नै भकाभक झरे अरु देशका राजदुतहरु सुद अगाडी बसेका रहेछन् झर्न पनि पहिला भए छन् सुदको सक्रियताको नमुना हो यो स्वागत गरेर छापामारले उनलाई भित्र लगे स्वागत खाँदै सवै भित्र जाँदै गर्दथे मन्त्रीदेखि नेतासम्म कर्मचारी देखि कुटनीतिज्ञसम्म सवै भित्र गए पाल मुनि बसे एक आपसमा भलाकुसारी गर्दै समय कटाए तरल सुद चुपचाप बसेनन् उनी क्यामरा बोके अनि पोज लिदै फोटो खिच्न थाले सवै बसेको टेण्ट मुनीको क्षेत्र उनका लागि साँघुरो ठहरियो त्यहाँबाट बाहिर निस्के यता उताका फोटो पनि खिचे
प्रधानमन्त्री लगायतका मुख्य व्यक्तिहरु अलि अबेला आए शक्तिखोर त्यो बेलासम्म पहिला आएकाले खाना खाने काम भयो प्रधानमन्त्रीहरु आएपछि स्वागत केही बेरको भलाकुसारीपछि खाना खान आए भारतीय राजदुत राकेश सुद खाना खान व्यवस्था भएको पालमुनी आइपुगे प्रधानमन्त्री लगायतले खाना लिएको फोटो धमाधम खिच्न थाले गृहमन्त्री भिम रावलले सुदलाई देखे सुदको नजिकै गएर रावलले दाहिने हातका पाँचै औला एकै ठाउँ जोडेर ओठसम्म लगे सुदले रावलको इसारा बुझेछन् अनी हिन्दी लवजमा नेपाली शब्दमा निकालॆ 'खायो ' प्रधानमन्त्रीको टोलीले खाना खाए लगत्तै कार्यक्रम सुरु भयो क्याम्पको दक्षिण तर्फ रहेको को फुटबल मैदानमा डेढ सयभन्दा बढी अतिथि अटाएको विशाल मंचमा सुद गएर बसे
कार्यक्रम सुरु भयो पासाङले स्वागत मनतब्य राखे प्रधानमन्त्री माओवादीका अध्यक्षले माओवादी लडाकुलाई विशेष समिति अन्तर्गत ल्याउने सहमति पत्रमा हस्ताक्षर गरे विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक बालानन्द शर्माले त्यसलाई पढेर सुनाए यो बेलामा सुदले के गरे होलान हेक्का भएन तर जव प्रचण्ड मन्तब्य दिन मंचमा आए सुद फेरि देखा परे मिलाई मिलाई दुई चारवटा फोटो खिजे प्रचण्डको सुदले अनि प्रचण्डको भाषण जब रफ्तारमा जान थाल्यो सोफामा बसेका सुदले झोलाबाट किताव निकालेर पढ्न पो थाले प्रधानमन्त्रीले भाषण गर्दा पनि सुदले छाडेनन् किताव
अरु बेला थुपुक्क बस्न नसकेका सुद सायद थाकेर भाषणका बेलामा कितावमा मग्न भएको पक्कै होइन होला भाषण भइरहेको त्यत्रो चर्को कोहलाहल युक्त ठाउँमा बसेर उनले कसरी किताव पढ्न सकेका तिमीहरुले जुत्ता हाने पनि तिम्रै सेनाकै क्याम्प भित्र निस्फिक्री घुम्न सक्छु हतास छैन भन्ने देखाउनका लागि मात्रै सुदले अघिल्ला गतिविधि गरेका पो हुन कि

1 comment: