Sunday, July 10, 2011

साहारा छिन्ने गैंडाले नै आशा जगायो लहनीको

पश्चिम चितवनको मेघौली गाविस वडा नं. ५ कि लहनी महतोलाई गैंडा भनेपछि निकै रिस उठ्ने गर्दथ्यो । गैंडाले हानेर तीन वर्षअघि श्रीमान शिवरामको मृत्यु भएपछि उनको साहारा गुम्यो । तर जंगलका तिनै गैंडाका कारण अहिले लहनीको जीवनमा नयाँ आशा जन्मिएको छ ।
मैघौलीको वडा नं. ५ चितवन राष्ट्रिय निकुंजको जंगलसँग पुरै जोडिएको छ । त्यहाँ गैंडा हेर्न पर्यटकहरु आउन थालेका छन् । पर्यटकलाई खाने बस्ने सुविधा दिन गाउँमा होमस्टे तयार भएका छन् । लहनीको घर पनि गाउँमा बनेका सातवटा मध्येको एउटा होमस्टे हो ।
होमस्टेमा बस्ने पर्यटकहरुले तिर्ने पैसाबाट घर खर्च जुटाउन सजिलो हुने लहनी बताउँछिन् । कुनै बेला श्रीमान मारेर बेसाहारा बनाएको गैंडा अहिले आएर उनका लागि आर्जनको माध्यम बन्न पुगेको छ । गैंडा नभएको भए यॊ गाउँमा बस्न भनेर को नै आउँथ्यो र भन्छिन् उनी ।
लहनीको नाममा पाँच कठ्ठा जमिन छ । त्यसको खेतीले छ सात महिना मात्रै खान पुग्छ । शिवरामले दुई विहे गरेका हुन् । लहनी कान्छी श्रीमती हुन् । जेठीको ४९ सालमै निधन भयो । लहनीको कोखबाट पाँचजना छोरी जन्मेका छन् । जेठीको कोखाबाट पनि छजना छोरी मात्रै जन्मे ।
विस. २०६५ सालको फागुन १ गते मेघौलीको बेतरी खोला नजिक गैंडाले आक्रमण गरेको थियो शिवरामलाई । घर बार्ने स्याला लिन उनी जंगल पसेका थिए । गैंडाले हानेपछि उनको घटना स्थलमै प्राण गयो । परिवारको अभिभारा लहनीको काँधमा आयो ।
शिवरामको मृत्यु हुँदा पाँच कक्षामा पढ्दै थिइन् माइली छोरी विष्णु । घर खर्च जुटाउनको लागि उनले पढ्न छाडेर् अर्काको घरमा काम गर्न थालिन् । जेठीको कोखबाट जन्मेका छमध्ये पाँच छोरीको बिहे भइ सकेको छ । लहनीका पाँच छोरीमा कुनैको पनि बिहे भएको छैन ।
छोरीहरुलाई अर्काको घरमा काममा पठाएर र आफुले पनि मेलापात गरेर उनले खर्चको जोहो गर्दै आएकी थिइन् । फागुनमा गाउँमा होमस्टे राख्ने तयारी भयो । 'साह्रै दुख कष्ट भोगेको हुँदा लहनीलाई हामीले छनौट गर् यौ' मेघौली पर्यटन विकास समितिका अध्यक्ष इन्द्रबहादुर केसीले भने ।
होमस्टेमा सुतेको एक रातको तीन सय रुपैयाँ लाग्छ । मासु खानाको दुई सय र सादा खानाको छाकको एक सय रुपैयाँ तिर्नु पर्छ । घुम्न आएकाहरु होमस्टेमा बस्दा तिर्ने यो पैसाले आफुलाई धेरै राहत हुने लहनी बताउँछिन् ।
श्रीमानको निधन भएपछि मध्येवर्ती उपभोक्ता समितिले क्षतिपुर्ती वापत ५० हजार रुपैयाँ दिएको थियो । त्यही रकम मध्येबाट २५ हजार निकालेर उनले दुई पाखे घर जस्ताले छाएकी छन् । नयाँ बिछ्यौना पनि किनिन् । उनको घरमा तीनजना पाहुना सुत्न मिल्छ ।
कमाइको सम्भावना देखेपछि अर्काको घरमा काम गर्न बसेकी छोरीलाई घरमै डाकिन् । विष्णुले पाँच पढेपछि स्कुल छाडेकी थिइन् । तीन वर्षपछि यस पटक उनले विष्णुलाई फेरि पाँच कक्षामा नै भर्ना गरिदिइन् । जेठीदेखि कान्छीसम्म लहनीका सवै छोरी अहिले स्कुल जान्छन् ।
'गैंडा जोगिएमा हाम्रो गाउँमा पर्यटक घुम्न आउँछन् । पर्यटक आउँदा हामीलाई नै फाइदा हुन्छ' लहनी अहिले गैंडा प्रति पुरै सकारात्मक देखिन्छिन् । चितवनमा गैंडा हेर्न भनेर पुर्वी क्षेत्रको सौराहामा अत्याधिक मात्रामा पर्यटकहरु आउने गरेका छन् । मेघौलीमा पनि चहल पहल बढ्न थालेको छ ।








Saturday, July 9, 2011

महराको गुँडमा पार्ला त फुल चरीले

चरी चितवन आइ पुगे । त्यो पनि चितवन राष्ट्रिय निकुंजमा । असली नाम दिनेश अधिकारी भए पनि कामले गर्दा पाएको नाम हो यो चरी । एमालेको राजनीति गरेर पार्टीको धादिङ जिल्ला क्षेत्र नम्बर १ का उपाध्यक्ष पदमा पुगेका छन् उनी । तर अनेक खालका अपराधमा मुछिन्छन् यी चरी । जसका कारण पक्राउ पर्छन् घरीघरी । माओवादीका नेता कृष्णबहादुर महरा गृहमन्त्री भएका छन्, उनले केही दिनअघि घोषणा गरेका थिए 'सय डेढ सय डन समाइने छ ।' वन्यजन्तु संरक्षण संघ नेपाल र छोटकरीमा डब्लुसीएन भन्ने एउटा गैरसरकारी संस्था छ यसले वन्ययजन्तु अपराधसँग सम्बन्धित गतिविधिको सुराकी दिएर प्रहरीलाई त्यस्ता मान्छे समाउन लगाउने र आफ्नो संस्थाको नाम पत्रिकामा छपाउने गर्छ ।
महराको घोषणा आएको केही समयपछि नै चरी पक्राउ परेका छन् । पक्राउ पर्नमा डब्लुसीएनको सुराकीले काम गरेको भन्ने पढ्न पाइयो पत्रिकाहरुमा । झण्डै एक किलोको खाग बिक्री गर्न लागेको भन्ने आरोपमा समातिएर चरी सहितका मान्छेहरु अहिले चितवन निकुंजको हिरासत कक्षमा गुम्सिन बाध्य छन् । जंगलमा चराले बनाउने गुँड बराबरको पनि छैन चितवन निकुंजको हिरासत कक्ष । सुराकी दिएर चरीलाई समाउन लगाउने डब्लुसीएनको रेकर्ड भने त्यत्ति राम्रो छैन है चितवनमा ।
डब्लुसीएनले सुराकी दिएर खाग सहित एक ताका भटाभट मान्छे समातिन्थे । चितवनको भण्डारादेखि मुग्लिनसम्म प्रहरीले धेरैलाई समात्यो । अनि पत्रिकामा नाम आउँथ्यो समातिने, समात्ने र डब्लुसीएनको । समातिएको खाग परीक्षण गर्दा नक्कली भेटियो प्राय । आशंका बढेको थियो नामका लागि मात्रै डब्लुसीएनले केही नक्कली काम त गरेको छैन । एक पटक मनहरीमा बाघको काँचो छाला सहित मान्छे समातिए । डब्लुसीएनको सुराकीमा उनीहरु समातिएका थिए । निकुंजको एकजना अधिकारीले कुरा गर्दथे डब्लुसीएनकै मान्छे गएर बाघ मार्न उक्साएका थिए रे । अनि मारेर छाला काडेपछि निकुंजमा खबर गरेछन् ।
महराको उद्घोषपछि डब्लुसीएनको सुराकीले चरी र रमेश हाल नाम गरेका माओवादी छापामारको सेक्सन सहकमाण्डर काठमाडौंबाट समातिएका छन् खाग सहित । कामना गरौं अघिका जस्तै त्यो खाग नक्कली नपरोस । चरीको खाग प्रकरण टाँयटाँय फिस नहोस । बल्लबल्ल निकंजमा गुँड लगाउन आएको चरी त्यसै भुर्र उडेर गयो भने कम्ता खल्लो हुँदैन है । भाले रुपी सरकारले बनाएको गुँडमा चरी आएर त बसेको छ । उपलब्धि रुपी फुलपार्ने कर्म नगरेको भएत बर्बादै हुन्छ नि, होइन र ? यस्ता चरीलाई अर्को चंखे प्रतिद्वन्दीले गुँडबाट तानेर लैजाने खतरा पनि उत्ति छ हाम्रो नेपालमा । आखिर यो चरी पार्टी रुपी ठुलो रुखको संरक्षणमा छ नि । अनि ठुलो रुखको आड लागेपछि यो गुँड र त्यो गुँड गर्न केही गाह्रो छैन ।

Tuesday, July 5, 2011

उले खायो खिर, मेरो भागमा पिर

आफ्नो हातमा जग्गाको असली लालपुर्जा भनेर ढुक्क हुन नमिल्दो रहेछ मान्छेले कति दुख गरेर कमाएको धनले दुई चार धुर जग्गा जोड्छन तर त्यसमा अनेकको गिद्धे दृष्टी लागेको हुँदो रहेछ बैंक भनेको हाम्रो भरोसाको केन्द्र हो लाखौं करोडौ रुपैयाँ बैंकमा जम्मा गरेर हामी ढुक्कसँग निदाउँछौं तर त्यही बैंकबाट गडबड भयो भने कस्तो होला भोग्नेलाई मात्र थाहा हुन्छ यो व्यथा दिपकको कथा भित्र लुकेको त्यो व्यथा
नारायणगढ आँपटारीमा १५ वर्षअघि एक कठ्ठा चार धुर जग्गा किनेका दिपककुमार सिलवाल अहिले रुन हाँस्नु भएका छन् जग्गा किनेपछि उनले त्यसलाई बैंकमा धितो राखेर मौरी पालन पनि गरे ऋण चुक्ता पनि गरेका हुन् तर अहिले उनको जग्गा बैंक कै कारण रोक्का भएको
दिपकले लिएको ऋणका कारण जग्गा बैंकमा बन्धक भएको पनि होइन उनले जोसँग किनेका थिए सोही जग्गा धनीले धितो राखेर लिएको ऋण नै चुक्ता नभएकाले बैंकले अहिले दिपकको नाममा पुगेको जग्गा रोकेर राखेको पुरानो जग्गा धनीले बैंकको ऋण नतिरे पनि फुकुवाको कागज बनाउन सफल भएकाले मालपोतबाट जग्गा नामसारी सम्भव भएको थियो
'मैले वि..२०५३ साल जेठ गते उमा पाठक बराकोटीको नामको एक कठ्ठा चार धुर जग्गा किनेको हुँ' दिपकले भने उमाले आफ्नो नाममा रहेको दुई कठ्ठा जग्गा मध्येबाट दिपकलाई त्यो जग्गा बेचेकी थिइन् बाँकी रहेको जग्गा निर्मला तिमिल्सेना परशुराम अधिकारीले किनेका छन्
उमाबाट जग्गा किनेपछि दिपकले सो जग्गा कृषि विकास बैंक सुपरिवेक्षण तथा निरीक्षण कार्यालय भरतपुरमा वि..२०५५ साल असार २२ मा धितो राखेर मौरी पालनका लागि ४० हजार रुपैयाँ ऋण झिके उनले त्यसको सावा ब्याज समेत गरेर विस. ०५८ साल पुस गते ७० हजार रुपैयाँ चुक्ता गरे धितोका लागि राखेको उनको जग्गा फुकुवा भयो
त्यसको एक वर्षपछि सो जग्गा बिक्रीका लागि राजिनामा पास गर्न उनी भरतपुरको मालपोत कार्यालय गए त्यो बेला मालपोतमा मोठ भिडाउदा कर्मचारीहरुले जग्गा बैंकबाट रोक्का भएको जानकारी दिए जग्गा कृषि विकास बैंक नारायणगढबाट रोक्का भएको सिलवाललाई भनियो उनी छाँगाबाट खसे झै भए
सो जग्गा धितो राखेर उनले कृषि विकास बैंकको सुपरिवेक्षण तथा निरीक्षण कार्यालय भरतपुरबाट लिएको ऋण एक वर्षअघि नै चुक्ता भएको थियो अरु कुनै बैंकमा उनले जग्गा धितो राखे कै थिएनन् नत धितो राख्नका लागि कसैलाई माजुरी नामा दिएका थिए लिदै नलिएको ऋणको बारेमा सोधखोज गर्दा अचम्म लाग्ने तथ्य फेला पर्यो
'खासमा दिपक लगायत तीजनालाई जस्ले जग्गा बेच्यो उसले सो दुई कठ्ठा जग्गा यस बैंकमा धितो राखेर वि.. २०५० साल चैत्र २२ मा ऋण लिएको हो त्यो ऋण तिरेको यहाँ देखिदैन तर जग्गा बिक्री भए ' कृषि विकास बैंक नारायणगढ शाखाका वर्तमान शाखा प्रवन्धक शुभनिधी लोहनीले भने
बैंकले रोक्का रहेको जग्गा कसरी बिक्री भयो भनेर वि..२०५७ जेठ २३ गते मालपोत कार्यालयलाई पत्र लेखेको थियो 'उमाले ऋण चुक्ता गरेको हुँदा जग्गा फुकुवा गरी दिनु' भन्ने पत्र बैंकबाट वि.. २०५२ साल फागुन १८ गते आएकाले जग्गा फुकुवा गरेको जानकारी मालपोतले बैंकलाई पठाएको
'ऋण कत्ति पनि चुक्ता भएको छैन त्यस्तो पत्र गएको रहेछ' शाखा प्रवन्धक लोहनीले भने त्यसपछि बैंकले वि।स. २०५८ साल पुसमा मालपोतमा अर्को पत्र पठाएर उमाले बेचे पनि किनेका सवै तीनजनाको जग्गा रोक्का गरेको हो 'यो कार्यले हामी सरासर अन्यायमा पर्यौ' दिपकको गुनासो उमाले जग्गा धितो राखेर १० लाख रुपैयाँ ऋण झिकेको बैंकले जानकारी दिएको अहिले त्यो ऋण ४० लाख रुपैयाँ नाघेको '
सो ऋण झिक्ने उमा कुनै सम्पर्कमा छैनन् दिपक सहित निर्मला परशुराम आफुलाई परेको अन्यायका बारेमा जानकारी गारउन कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा पटक पटक पुगेको छन् तर बैंकले अझैसम्म निकास दिएको छैन
शाखा प्रवन्ध लोहनी भन्छन् 'ऋण नतिरे पनि जग्गा फुकुवाको कागज पठाउनेमा तत्कालिन शाखा प्रवन्धक जगदिश गङ्गोल कार्यालय सहायक चिन्तामणि आचार्यको नाम देखिएको दोषि पाइएमा उनीहरुलाई कारवाही गर्ने छौ ' यी दुवैजानले अवकास पाइसकेका छन् जग्गा किनेका तीनजना माथि अन्याय नै भएको उनीहरुलाई निसाफ दिन केन्द्र्रीय कार्यालयले चासो लिएको लोहनीले बताए




Friday, July 1, 2011

चर्पीलाई पनि विशेश्वर

मैले नेपाली काँग्रेसले महामानव भन्ने गरेको विशेश्वरप्रसाद अर्थात वीपी कोइरलाको नै चर्चा गर्न थालेको हुँ वीपीले १०४ वर्षीय जहानीया राणा शासन उखेल्न महत्वपुर्ण भुमिका खेले उनी नेपालका निर्वाचित पहिलो प्रधानमन्त्री पनि हुन् वीपी कस्ता व्यक्ति हुन मैले चिनाइ रहन आवश्यकता नै छैन उनको मृत्यु उहील्यै भएको हो तर अझै लामो समयसम्म बाँच्ने छन् नेपालीको मन मनमा
वीपीले प्रजातन्त्रका लागि योगदान दिए साहित्यलाई पनि हराभरा बनाए अनि वीपीसँग यो चर्पी कसरी जोडिन आयो भन्नु होला त्यसको पनि चर्चा गर्ने छु विस्तारमा नेपाल सरकारले एउटा कार्यक्रम घोषणा गरेको जसको नाम गरिबसँग विशेश्वर जिल्ला विकास समितिको स्थानीय विकास कोष मार्फत गरिवसँग विशेश्वर कार्यक्रम संचालन हुँदो रहेछ कार्यक्रमको कस्तो प्रभाव भन्ने हेर्न अनुगमन गर्ने टोलीमा बसेर एक दिन गाउँ घुम्न गइयो
मंगलपुर गाविसको वडा नं। झनझनेमा रहेको माया नेपालीको सानो छाप्रोमा गइयो सुरुमा मायाको उमेर त्यस्तै २५ वर्ष जति रहेछ तर१० वर्षभन्दा कम उमेरका दुईजना भदासँग उनी बस्दी रहेछिन् त्यहाँ सात धुर जग्गा उनको रहेछ जंगलको छेउमा बाआमा भाइ श्रीमान सवै बितेका बुहारी अरुसँगै बिहे गरेर हिडेकी मायाको आफन्त भन्नु तिनै दुई साना भदा मात्रै
विपन्न असाहयको त्योभन्दा अर्को रुप सायदै हुन्छ होला अनि स्थानीय विकास कोषले सहयोग गरेर उनले यस पटक छाप्रो पछाडी खानेपानीको धारा गाड्न लागेकी रहिछन् तर चर्पी अझै रहेनछ सवैको घरमा शौचालय बन्यो भनेर खुला दिसा मुक्त क्षेत्र खुदिमुक्ष घोषणा भएको गाउँ हो त्यो तर मायाको घरमा चर्पी छैन त्यो पनि अर्को यथार्थ हो आखिर मायाको घरमा मात्रै होइन रहेछ चर्पी नभएको
मायाकोभन्दा सय मिटर वरको अर्को घरमा गयौं हामी त्यो घर राम्रो थियो टिनले छाएको घर सानो भए पनि सिमेन्टले जोडेको इटको गाह्रो भएको थियो पसल थियो त्यसमा एकजना महिलाले चलाएकी २५ हजार रुपैयाँ ऋण लिएर दुई वर्षअघि पसल थापेकी राम्रोसँग चले एक वर्षअघि थप एक लाख ऋण झिकिछन् स्थानीय विकास कोषबाट त्यसमा पनि ५० हजार रुपैयाँ चुक्ता भइसके आहा कस्तो सफल कार्यक्रम सवैले प्रशंसा गर्न थाले उनको कसैलाई शैच जानु पर्ने भए शौचालयको सोधखोज भयो तर त्यहाँ शौचालय रहेनछ कम से कम प्यान सहयोग भए शौचालय बनाउने छु भनिन् ति महिलाले
माया जस्तो विपन्नले त्यस्तो आशा राख्नु खासै अस्वभाविक हुँदैन थियो तर यहाँ पैसा खेलाउन सिपालु मायाकी छिमेकी पनि कसैले प्यान सहयोग गर्ला चर्पी बनाउँला भनेर बसेकी छन् खुदिमुक्ष गाउँमा अनि एउटा कुरा प्रष्ट पारौं यहाँ शौचालय गरिबसँग विशेश्वर कार्यक्रमको भने कुनै सम्बन्ध छैन चर्पी विशेश्वरको प्रतक्ष्य सम्बन्ध शुक्रनगर आएपछि भेटियो अनुगमनको क्रममा पुरा शुक्रनगरमा जम्मा एक घरमा मात्रै पसियो त्यहाँ पसेर पनि चर्पी मात्रै हेरेर फर्कियो
त्यो घरमा गरिवसँग विशेश्वर कार्यक्रमका लागि आएको पैसाबाट चर्पी बनेको रहेछ भर्खर बनेको छानो पनि हाल्न नभ्याइएको चर्पी थियो त्यो ।यसो हेर्दा अनुमगनमा परेका मध्ये सवैभन्दा राम्रो खालको थियो त्यो घर चर्पीका लागि विशेश्वर नै कुर्नु पर्ने अवस्थाको थिएन तर किन हो विशेश्वर नै लाग्नु परेछ त्यहाँ चर्पी बनाउन