Saturday, March 3, 2012

चितवनको खस्कदो छवी

एकाइसौ शताब्दि अर्थात सन् २००० सुरु हुन लाग्दै थियो नेपालमा ऋतिकरोषन काण्ड भयो भारतीय चलचित्र कलाकार ऋतिकरोषनले 'नेपाल मन पर्दैन' भन्ने अन्र्तवार्ता भारतकै एक टेलीभिजनलाई दिएरे भन्ने कुराको विरोधमा नेपालभर ऋतिकका विरोधमा ठुला प्रदर्शनहरु भए प्रर्दशनहरुमा सरकारले गोली चलाउने अवस्था आयो मान्छेको ज्यान समेत गयो तर पछि ऋतिकले त्यस्तो भन्दै नभनेको कुरा बाहिर आयो पत्रिकाहरुमा विना आधार समाचार निस्केर त्यस्ले उग्ररुप लिएको प्रमाणित भयो अनि त्यो उडन्ते खवर कहाँबाट सुरु भयो भनेर खोजतलाश गर्दा चितवनबाटै सुरु भएको रहेछ त्यसपछि नेपालमा पत्रकारिताको चर्चा गर्दा जहाँ पनि चितवनको यो नकारात्मक छवीको कुरा उठ्ने गर्छ
सचेत मान्छेहरु बस्ने जिल्ला भनेर चितवनले पहिचान बनाएको तर यो पहिचानमा धमीरा लाग्न थालेको अचेल एक्काइसौं शताब्दिको सुरुवातसँगै ऋतिकरोषन प्रकरण यता नकारात्मक घटनामा नाम जोडिन थालेको चितवनमा यो क्रम रोकिएको छैन कल्पना नै गर्न नसकिने खालका घटनाका सुची थपिएका छन् बरु देशमा माओवादीले सरकारका विरुद्ध १० वर्षसम्म सशस्त्र संघर्ष साचालन गर्यो यो अवधिमा भएको सवैभन्दा निन्दनीय घटना 'माडी बाँदरमुडे विष्फोट' हो यात्रु बसमा कोचाकोच गरेर बसेका ३५ सर्वसाधरण सहित ३८ को एकै चिहान भयो चितवन माडीको बाँदरमुडेमा बाँदरमुडेभन्दा अघि पनि भण्डारामा यात्रु बस रोकेर माओवादीले आगो लगाए नेपाल बन्दमा बस चलाएको विरोधमा यात्रु नओर्लिदै लगाएको आगोले पाँचजना ज्युँदै जलेर मरे
यी भए सशस्त्र संघर्षका दौरानमा भएका मानवता विरोधी ठुला अपराधहरु सशस्त्र संघर्षले विराम लिएर देशमा गणतन्त्र आए पनि चितवनमा नकारात्मक प्रकारका घटना हुन रोकिएका छैनन् चितवनलाई मेडिकल सीटीको रुपमा व्याख्या गरिन्छ तर यस्तो जिल्लामा विस २०६७ सालको जेठमा जंगली च्याउ खाएर एकै परिवारका आठजनाको ज्यान गयो जिल्लाको विकट पहाडी गाविस लोथरमा पर्ने कान्दा गाउँको यो घटना त्यत्ति प्रचारमा आएन किन भने त्यही समयमा जिल्लामा अर्को घटना भएको थियो अर्थात भरतपुरमा रहेको वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालका तत्कालिन कार्यकारी निर्देशक डा.भक्तमान अपहरित भएका थिए अपहरित भक्तमान १९ दिनपछि रिहा भएका थिए तर शान्त सुरक्षित जिल्लाका रुपमा चिनिने चितवनको छवीमा यो घटनाले निकै ठुलो दाग लगाएको
वीपी कोइरला मेमोरियल क्यान्सर अस्पतालसँग जोडिएर एक वर्षयता अरु घटना पनि भए जस्ले चितवनलाई दुनियाका सामु बद्नाम बनायो कार्यकारी निर्देशक को बन्ने भन्ने विवादले चिकित्सक चितवनवासीको नाक काट्यो
एकजनाकार्यकारीनिर्देशकभएरआएअर्कोपक्षलेबाटोछेक्नथाल्योविवादबढेरयतिसम्मभयोकिअस्पतालनैबन्दगरेरचिकित्सकहरुकाठमाडौंलागेयोविवादकेहीमन्थरहुँदैगएकोथियोअर्कोघटनाफेरित्यहीअस्पतालभित्रभयोगतसाउनमाघाँटीकोशल्यकि्रयागर्नुपर्नेमहिलाकोपाठेघरनिकालेरफालेपछिनेपालमामात्रैहोइनविश्वचिकित्साजगतमैतहल्कामच्चियोचीनसरकारलेबनाइदिएकोयोअस्पतालयतिसुविधासम्पन्नकिएसियाकोनमुनाअस्पतालकैरुपमायसलाईव्यख्यागरिन्छतरयोअस्पतालबाँदरकोहातमानरिवलजस्तैभएकोचितवनवासीकोगैरवहुनुपर्नेक्यान्सरअस्पतालबाटएकपछिअर्कोनकारात्मकघटनामात्रैहुनथालेको
यो भदौयता चितवन ज्यादै आक्रान्त बन्यो गोली चलेर दिन दाहडै मान्छेको ज्यान जान थाल्यो भदौमा नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा दुई परस्कर विरोधी युवा समूहबीचको झडपमा गोली नै चल्यो साजय लामा भन्ने युवा मारिए त्यसयता जे जस्ता घटना भए चितवनको लागि साह्रै नै नराम्रो भयो साजय लामा हत्या प्रकरणमा जोडिएर तरुण दल चितवनका अध्यक्ष शिव पौडेल गिरफ्तार भए कारागारमा रहेका बेला उनीमाथि आक्रमण भयो ज्यानै गयो
कारागारमा रहेको व्यक्ति मर्नु पर्ने जस्तो साह्रै नै निन्दनीय घटना भयो यो जिल्लामा शिव पौडेल मारिनु दुखद घटना थियो धेरै जिल्लावासीले शिव प्रति ठुलो साहनुभुति दर्शाए उनको पार्टीले शिवलाई सहित घोषणा गर्नु पर्ने माग राखेर आन्दोलन थाल्यो अनि यस्ले जन्मायो नयाँ विवाद जस्लाई पनि सहिद घोषणा गर्नु पर्ने उदेश लाग्दो अवस्थाको बर्णन गर्नु पर्यो भने अचेल नेपालमा शिव पौडेलको उदाहरण दिने गरिन्छ चितवन के थियो के भयो सहिदको परिभाषा विगार्ने जिल्लाको अपगाल पनि हामीले बोक्नु पर्ने अवस्था आयो
भर्खर माडी मै अर्को घटना भयो ढेगनी महतो हत्या काण्ड झाँक्रीको भनाइमा लागेर ढेगनीका आफन्तहरुले उनलाई कुटेर मारे आँगनमा ढलेको ढेगनीको लाश परालले छोपेर मट्टितेल खनाएर आगो लगाए विधवा ढेगनीमाथिका ढुंगे युगमा पनि हुन नसक्ने खालको यस्तो अत्याचार भयो बोक्सीको आरोपमा एक्काइसौ शताब्दिमा कल्पना पनि गर्न नसकिने यस्तो कुकर्म चितवनमै भयो त्यो भनि सदरमुकामभन्दा ४० किलो मिटर टाढाको घना बस्ती भएको गाउँमा बिहान सवेरै
नेपालको मध्य भागमा पर्ने सिुविधा सम्पन्न जिल्ला हो चितवन देशको हरेक ठाउँका मान्छेहरु आएर बस्ने भएकाले यसलाई हामी ७६ औं जिल्ला पनि भन्छौं हरेक राजनैतिक परिर्वतनमा महत्व पुर्ण भुमिका खेल्ने सचेत बासिन्दा बसेको जिल्ला हो भन्छौ चितवनलाई तर दश एघार वर्षयतादेखि यस जिल्लाको छवीमा लागेको कालो धब्बा पखालीनुको साटो एकपछि अर्को गर्दै थपिदै यसको कारण के हो समाधान कसरी हुन्छ सोच्नु पर्ने बेला आएको

Thursday, March 1, 2012

चाहिएकै छैन संघीयता

संघीयता नेपालको लागि आवश्यकता नै छैन संघीयता भएमा देश टुक्रन्छ नेपालमा अस्थिरता चाहने विदेशी शक्ति केन्द्रहरुले चोर दुलोबाट संघीयतालाई भित्राएका हुन् त्यसैले सतर्क बनौ भन्ने एक थारीको आवाजलाई वास्ता नै गर्दैन थियौं हामी जब चितवनलाई चार टुक्रा पारेर संघीय राज्य बनाउने टुंगो लाग्न थाल्यो अनि हामी जुर्मुराएर भन्न थाल्यौ 'चितवन टुक्राउन पाइँदैन ' चितवन यसै टुकि्रएको होइन संघीयताका कारणले यो भुमि टुक्रन थालेको हो हाम्रो जिल्ला टुक्राउने 'यो संघीयताले ढिलो चाडो देशै टुक्राउँछ' यो कुरा बुझ्न बिलम्ब गर्दै नगरौं
१) नेताहरु अझै झुटो बोल्दै छन् =चितवन टुक्राउने कुरा देश टुक्राउने संघीयताको प्रारम्भिक बिन्दु हो भनेर धेरै चितवनवासीको मनले ठहर गरी सकेको छ । संघीयता चाहिदै चाहिदैन भन्ने धेरैको मनमा लाग्न थालेको छ । नेताहरु भने अझै संघीयताको पक्षमा छन् । त्यो पनि गलत तर्कका साथ । उद्योग बाणिज्य संघमा फागुन ९ गते भएको कार्यक्रममा जिल्लाका पार्टीहरुको तर्फबाट संयुक्त अवधारणा प्रस्तुत गर्दै एकीकृत नेकपा माओवादी चितवनका इन्चार्ज अनिल शर्मा बिरहीलले संघीयता विश्वको सर्वोत्कृष्ट शासन प्रणाली हो भन्ने ठोकुवा पेश गरे । अनिल शर्मा अज्ञानी पक्कै छैनन् । उनी ज्ञाता हुन् तर ज्ञान हुँदा हुँदै पनि सरासर झुटो बोले ।
संघीय शासन प्रणाली आफैमा राम्रो या नराम्रो हुँदै होइन । कुन देशलाई कस्तो शासन प्रणाली चाहिने हो त्यो आवश्यकताको आधारमा संघीयता लागू गर्ने या नगर्ने भन्ने निक्र्यौल हुन्छ । विश्वमा दुई सयभन्दा बढी देशहरु छन् तर ३० वटाभन्दा पनि कम देशमा मात्रै संघीयता छ । अनि संघीयता अपनाएका सवै देशहरु सफल छैनन् । केही देशमा मात्रै संघीयताले हित गरेको छ नत्र भने जातीय मारकाट र देश विखण्डनलाई नै टेवा दिएको छ । अनिल शर्माले केन्द्रिकृत र एकात्मक शासन प्रणालीको घोर विरोध गरे । केन्द्रिकृत शासन प्रणालीको विरोध गर्नु आवश्यक छ तर एकात्मक शासन प्रणाली नराम्रो होइन । आज विकशित भनिएका जापान चीन बेलायत जस्ता देशमा एकात्मक राज्य व्यवस्था छ । केन्द्रिकृत शासन र एकात्मक शासन एउटै हो भनेर जनतालाई सुनाउनु ठुलो बेइमानी हो ।
आज एकात्मक शासन प्रणालीमा गएका देशहरुले धेरै राम्रो उन्नत्ति गरेका छन् । तर अनिल शर्मा जस्तो विद्वान नेताले एकात्म र केन्दिकृत शासन प्रणालीलाई एउटै घानमा हालेर विरोध र संघीयताको गलत तथ्यका साथ विश्लेशण र वकालत गर्नु दुख्ख लाग्दो हो । नेताहरुको यस्तै बेइमानले गर्दा हामीहरु आज ुचितवन टुक्राउन पाइदैनु भनेर आन्दोलित हुनु पर् यो । अनि चाडै नै ुसंघीयता चाहिदैन देश टुक्राउन पाइदैनु भनेर जाग्नु पर्ने अवस्था पनि आउँदै छ ।
२) चितवनमा जे हुँदै छ त्यो संघीयता विरोधी नै काम हो = चितवनमा भएको आन्दोलन प्रष्ट रुपमा संघीयताको सिद्धान्त विपरित नै छ । यहाँ नेपाललाई तीन टुक्रा होइन चार टुक्रा होइन चौध टुक्रा लगाउँदा पनि अझै टुक्राउनु पर्छ र संघ बनाउनु पर्छ भन्ने आवाज संघीताका पक्षधरहरुको छ । हामी चितवन चार टुक्रा हुन थाल्यो भनेर चित्त दुखाउँछौ । अनि अर्को अचम्म संघीयताका पक्षधरहरु टुक्राउने कुरा गरेका छन् हामी भने िसंगो चितवनलाई कायम राखेर यसमा अझै तनहुँ गोरखा धादिङ मकवानपुर पसा्र र नवलपरासीका भुभागहरु समेत जोड्ने माग गर्दै छौं । संघीयताले जोड्ने काम गर्दै गर्दैन टुक्राउने मात्र हो ।
भारतको उदाहरण हेरौं उत्तर प्रदेश टुक्रेर उत्तराखण्ड राज्य बन्यो । बाँकी रहेका उत्तरप्रदेशलाई फेरि चार टुक्रा बनाउने कुरा उठ्दैछ । टुक्रनु संघीयतको विशेषता हो । हामी यो विशेषता विपरित गएर चितवन टुक्रदा चित्त दुखाउँछौं अनि चितवनमा अरु भुभाग गाभ्नु पर्छ भन्छौं । चितवन अखण्ड राख अझै बढाउ बरु केन्द्र शासित राज्यमा राख भनेर हामी आन्दोलन गर्छौ भने हाम्रो आन्दोलनले संघीयताको प्रष्ट विरोध गरेको छ ।
अनि योभन्दा पनि महत्वपुर्ण तथ्य के हो भने यो देशमा अरुलाई भन्दा बढी जनजातिहरुलाई संघ चाहिएको छ क्षेत्रीयतावादी राजनीति गर्ने मधेसीहरुलाई राज्य चाहिएको छ । चितवन चार टुक्रा पारेर दुई खण्ड जातीय राज्य मगराँत र तामसालिङमा राख्न खोजीएको हो भने एक टुक्रा मधेसमा दिन लागिएको हो । संघीयता बिना जातजाति र मधेसीको विकास सम्भव छैन भनेर र वकालत गर्ने तर चितवन टुक्राएर उनीहरुलाई दिन गाह्रो मान्नु आफैमा संघीयताको विरोध हो । नेताहरुको यो दोहोरो चरित्र संघीताका विरोधीले पनि राम्रैसँग बुझेका छन् संघीयताका पक्षधरहरुले पनि राम्रोसँग चाल पाएका छन् ।
३) विकास र विकेन्द्रिकरण गफै मात्र रहेछ = संघीयता भनेको राज्यको माथिल्लो निकायको अधिकार जनतासम्म ल्याउने विधि हो भनेर हामीलाई भनियो । तर के रहेछ अहिले प्रष्ट भयो । चितवनलाई के गर्ने भनेर यहाँ आएर कसैले सोधे न काठमाडौंमा नै बसेर चार टुक्रा बनाइयो । दिनको संकेत बिहानीले गर्छ भन्छन् संघीयतको सिमा निर्धारण गर्दा त यहाँकालाई वास्ता गरिएन जनतालाई टेर्दै नटेर्ने हाम्रा नेताले भोलि के गर्छन् कुरा अहिल्यै छर्लङ भएको छ ।
नेपाल जस्तो अविकशित देशको विकास गर्न संघीयता चाहिएको हो भनिन्छ । संघीयताले विकास हुनछ भनेर नेताहरुले नै पत्याएनन् । जनताले त झन के पत्याउनु । चितवनलाई चार टुक्रा पार्दा विरोधमा भनियो प्रशासनिक कामका लागि पाल्पा जान गाह्रो छ जनकपुर जान सकिन्न धुलिखेल पुग्न कष्ट हुन्छ त्यसैले जे छ यही कायम गरौं । यो विकास हुँदैन भन्ने लागेर नै आएको अभिव्यक्ति हो । विकास हुने भए रेल चढेर या जाहाज चढेर अथवा राम्रो सडकमा बस जीप नै चढेर नेपालको पुर्व पश्चिम पुग्न कठिन हुँदैन ।
संघीयताले विकास हुने कुरामा विश्वस्त हुन सकेको भए हामी बरु दुई चार वर्ष कुर्न तयार हुने थियौं जनकपुर पाल्पा पुग्न आनाकानी गर्ने थिएनौं । विकास हुन्छ भन्ने केही ग्यारेण्टी छैन त्यसैले हामी पाल्पा जनकपुर र धुलिखेल जान आनाकानी गर् यौ अनि आन्दोलन गर्न त_िम्सयौं र भन्यौ 'चितवन टुक्राउन पाइँदैन ।'
४) अब के गर्ने = चितवन टुक्राउन पाइदेन भनेर हामीले संघर्ष थाल्यौ अब संघीयता खारेज गर एकात्मक राज्य व्यवस्था कामय गर भनेर आन्दोलनको उभार ल्याउन आवश्यक छ । संघीयताको विशेषता देश टुक्राउने नै हो । विकेन्द्रि करण र स्वायत्तता सहितको एकात्मक राज्य वयवस्थामा केन्द्रका अधिकार प्रदेशदेखि राज्यको तल्लो इकाइसम्म पुग्न सक्छ तर देश टुक्राउन पाउने अधिकार रहँदैन । देश टुक्राउँछु भनेर धम्की दिँदै राजनीति शक्ति बलियो बनाउने दुर्गुण संघीयताले बोकेर आउँछ । स्वायत्तता सहितको एकात्मक प्रणालीमा देश विकासका लागि काम गर्नु पर्छ देश टुक्राउँछु भनेर गफ गर्न र धम्की दिन पाइदैन ।
संघीयता हुनहुन लाग्दा त यहाँका नेताहरु देश टुक्राउँछु भन्ने धम्कि दिँदै पद र कुर्ची हड्पेर बस्छन् । अकुत सम्पति कुम्ल्याएका छन् । देशको विकास गर्ने नियत नै नभएकाहरु र भ्रष्टाचार गरेर गन्हाएकाहरुले देश टुक्राउ छु भन्ने धम्की दिदैछन् । मानि लिउँ देश टुक्राउँछु भन्ने नेतालाई 'ल लैजान त कति लैजाने हो' भनेर सोध्ने हो भने उसले भन्ने छ 'तिमीले लैजाउ भन्दैमा त्यो ठाउँ म तुरुन्तै लान्न । मलाई तिमीहरुले विकास गर्ने बजेट देउ त्यहाँ पहिला विकास होस त्यसपछि हेरौंला' भनेर बार्गेनिङ सुरु गर्छ । अर्थात देश टुक्राउने धम्की दिदै पैसामा सुत्न पाए पुग्छ नेपालका केही नेतालाई ।
र अन्त्यमा संघीयताको विरोध कसैलाई अपाच्य लाग्ला । तर नेपाल र नेपालीको हित गर्नलाई र हाम्रो देशको आवश्यकतालाई ख्याल राखेर संघीयता अपनाउन थालिएको पटक्कै होइन । यो त देश टुक्राउछु भन्ने विखण्डनकारीलाई बल दिन अपनाउन थालिएको हो । अनि नेपालीहरु सधै झगडा गरुन् एकमत बन्न नसकोस देश विकास रोकियोस भनेर विदेशीले नेपालमा छिराइ दिएको कलहको बीउ मात्रै हो । यो बीउलाई अंकुराउन नदिएकै राम्रो हुने छ ।
पत्रकार देबप्रकास त्रिपाठीले काठमाडौंबाट निस्कने घटना बिचार साप्ताहिकमा लेखेको लेखको अंश पनि हेरौंन । उनले लेखेका छन् 'संघीयढाँचामा मुलुकलाई लैजाने सोँच जे जस्तो सकारात्मक कारण र नियतले गरिएको भए पनि कालान्तरमा अरु कसैको चाहना पुरा गर्ने प्रस्थान बिन्दु मात्र बन्ने निश्चित छ । त्यसैले संघीय पद्धतिमा जाने सोचबाट फिर्ता हुन प्रचण्डलाई बिनम्र आग्रह गरिन्छ ।' संघीयता आफैमा खराव हो भनेर म भन्दिन तर नेपालमा संघीयतका सकारात्मक पाटोभन्दा नकारात्मक पक्ष हावी हुने तथ्यलाई नजर अन्दाज नगरौं ।