Saturday, October 30, 2010

यदी म यो देशको प्रधानमन्त्री भएको भए

सुरुमा तीनजना देखिए आखिरमा भिड्ने दुईजना मात्रै भए त्यस मध्ये एकजनाले उहील्यै छाडे ल्याउनु पर्नेभन्दा अति नै थोरै मत पाए पनि एकजनाले जिद्दि छाडेकै छैनन् नयाँ चुनिन नसकेर पद छाडेर बसेकाले काम चलाउँदै आएको चार महिना नाघ्न थाल्यो हाम्रो देशको प्रधानमन्त्रीको पदले भोगेको दुरावस्था हो यो नेपाली नेताहरुले यो पदलाई अहिले साह्रै नै हल्का बनाए अहिले प्रधानन्त्री चुनिन नसकेर हैरान पदमा पुगे पनि कम्ता दिक्दारी बेहोर्नु पर्दैन पुगेको दिनबाटै हटाउने अभियना सुरु हुन्छ अनेक लान्छाना दुरबचनहरु सुन्नु पर्छ कुनै गरिमा नै नभएको जस्तो हुन थालेको यो पद
यस्तो बेला अंग्रेजी माध्यममा पढाइ हुने राम्रो मध्येको कुनै आवासीय विद्यालयको एउटा किसोर बिद्यार्थीले प्रधानमन्त्री हुने चाहना राख्दो हो अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयलका विद्यार्थी नेपाली समाज प्रति बढी नै असन्तुष्ट हुन्छन भन्ने लाग्छ किन भने त्यहाँ नेपाली समाजको अहिलेको तहभन्दा अलि उपल्लो तहको चर्चा परिचर्चा उदाहरणहरु बढी व्यक्त हुन्छ बिग्रेको कुरा गर्नु परो भने नेपालको नाम अगाडी ल्याइन्छ बाहिरको बुझाई यस्तै त्यस कारण दुर्दशा भोगेको नेपालको प्रधानमन्त्रीको पदमा पुग्ने चाहना राख्ने केटो त्यस्ता विद्यालयमा भेटाउन सकिदैन भनेर ठान्नु गलत हुने छैन
चाहना राख्नुको परेको कुरा प्रधानमन्त्री भएको भए के गर्थे भनेर कल्पनामा आधारित रहेर लेख लेख भनेर गुरुले गृह कार्य दिए पनि कल्पना गर्दा गर्दा त्यस्ता विद्यार्थीलाई भयंकर सपना देखेर ऐठन भए जस्तो अनुभव हुदो हो होला तर त्यस्तो अलि नहुदो रहेछ चितवनको एउटा राम्रो आवासीय विद्यालयमा कक्षा मा पढ्ने किसोरले देशको वर्तमान राजनीति प्रति असन्तोष पाख्दै आफु प्रधानमन्त्री भएमा गर्ने कामो सुचि तयार गरेका छन् यो विद्यालयले उनलाई दिएको होम वर्कमा नै व्यक्त भएको कुरा हो तर कल्पनामा आधारित त्यस होमवर्कबाट एउटा किसोरको वर्तमान राजनीति प्रतिको असन्तोष दृष्टीकोण झल्कन्छ अव उसैको त्यो हामेवर्क यहाँ जस्ताको तस्तै
मानवका मनमा अनेक कुराहरु खेल्छन् चाहनाहरु खेल्छन् मेरो मनलाई पनि एक कुराले निकै चिन्तित बनाएको हाम्रो देशमा जति पनि प्रधानमन्त्री आए उनीहरुले भाषण मात्रै गरे देशको अवस्था नराम्रो बनाए केही पनि विकासका कार्यक्रमहरु गरेनन् मात्र विकास गर्ने भाषण गरे नेपाली जनतालाई अशान्ति तर्फ लगे तर नेपालीले केही गरेनन् अहिले प्रधानमन्त्री पदका लागि नेताहरु बीच खुट्टा ताना तान भएको
यदी प्रधानमन्त्री भएको भए पहिले देशको आर्थिक अवस्थालाई सुदृढ गर्थे विकासका पुर्वाधारहरु खडा गर्थे गाउँमा शहरमा बराबर विद्यालय स्वास्थ्य संस्थाहरु बनाउँथे भाषणभन्दा बढी काम गरेर देशलाई विकशित गराउँथे नेपालका हरेक ठाउँ बाटो पराइदिन्थे आर्थिक उन्नति गर्थे हरेक ठाउँमा विकासका कार्यहरु सुरुवात गर्थे नेपालको खेल जगतमा सुधार ल्याएँथे स्वास्थ्य संस्थाहरुलाई सफा सुदृढ बनाउँथे गरिव धनी पुरुष महिला तथा विभिन्न धर्महरु बीच समानता ल्याउँथे नेपाललाई नयाँ रुप दिए हरेक जनतालाई मद्दत पराउने छु युवा शक्तिलाई पनि देश विकास गराउने काममा मद्दत पराउने छु महिलाको स्तरमा बृद्धि गराउने छु हाम्रो देश असुरक्षित हुँदै गएको जसका कारण पर्यटकहरु आउन बृद्धि भएको छैन त्यसैले शान्ति सुरक्षा बढाउने छु अपराधिलाई समात्न नयाँ प्रविसधि ल्याउने छु अपराधिलाई दण्ड दिने छु पर्यटन व्यवसायलाई बलियो विकशित बनाउने छु राष्ट्रलाई शान्ति सफा बनाउने छु सम्पदाहरुको संरक्षण गर्ने छु
यहाँ रहेका हरेक कुरालाई देशको विकासका लागि प्रयोग गर्ने छु यदी नेपालको प्रधानमन्त्री भएँ भने नेपाललाई विकशित राष्ट्र बनाउने छु नेपाललाई सुन्दर शान्त विशाल बनाउने छु यहाँसम्मका बाक्यहरु ती किसोरका हुन जस्ले स्कुलको गृह कार्यका लागि कल्पनामा आधारित रहेर केही खेसा्रहरु तयार गरेको देशको साच्चिकै प्रधानमन्त्री हुन चाना राख्नेले योभन्दा बढी योजना बनाउन सक्छ कल्पना गर्न सक्छ तर यो किसोरले गरे जतिका कल्पना बनाएर साच्चिकै प्रधानमन्त्रीले ती योजनालाई कार्यन्वयन गर्ने हो भने नेपालको काया पलट हुन कुनै बेर लाग्ने छैन



Friday, October 29, 2010

जुत्ता प्रहारपछिको तरङग

संविधानसभामा सवैभन्दा ठुलो दलको हैसियत पाएको एकीकृत नेकपा माओवादीका कार्यकर्ताले भारतीय राजदुत राकेश सुद चढेको गाडीमा जुत्ता हाने अहिले यो विषय निकै चर्चामा माओवादी घटनालाई जायज भन्न पछि पर्दैन जुत्ता खाने दुत भने घटनाका दोषिहरुलाई किन कारवाही नगरेको भनेर नेपाल सरकारसँग जर्कि राखेका छन् उनको देशै यो बारेमा दवाव दिदै त्यति मात्रै होर नेपालमा भएका अन्य दुतावासका दूतहरुले समेत सरकारका मन्त्रीहरुलाई भेटेर घटनामा संलग्नलाई तत्काल कारवाही हुन परो भन्ने माग राख्न थालेका छन्
अखवारमा यी प्रसंगहरुले दिन दिनै जसो ठाउँ पाएको हुन्छ खवर पढेर मान्छेले चिया पसलमा कुरा गर्ने मसला पाएका छन् काँग्रेस कम्युनिष्टले यो गफ निकाले भने माहाभारत नै चल्छ माओवादी अरु भएर कुरा सुरु गरे भने परिस्थिति नै सम्हाल्न नसक्ने अवस्थामा पुग्छ यी भए जुत्ता प्रहारको समर्थन विरोध गर्नेका कुरा हिजो बिहान अखवार पढेर एक सामान्य मान्छेले मसँग असन्तुष्टि पोखे राजनीतिमा उनलाई त्यत्ति सारो चाख छैन उनी कसैका अन्ध समर्थक हुन विरोधी तर जुत्ता प्रहारपछिको घटना क्रमका कारेमा उनले अखवार पढेर गरेको टिप्पणी मनन योग्य
भारतीय राजदूत लोकदूत राकेश सुदलाई माओवादीले जुत्ता हाने त्यो काम राम्रो या नराम्रो भन्ने कुरा आफ्नो ठाउँमा त्यही सूद बस्ने ठाउँ हो जहाँबाट केही समय अघि नेपालका एकजना निर्वाचित सभासद रामकुमार शर्मालाई फोनबाट मार्ने धम्कि आएको खवर सार्वजनिक भएको थियो उनले बकाइदा नाम नम्बर टिपाएका थिए तर त्यो प्रकरणमा कसैलाई कारवाही भएको कुरा पर जाओस छानविन गरेको समेत सुनिएन
अनि अहिले उनै भारतीय दूतमाथि हमला हुँदा धेरै चासो सकि्रयता बढेपछि एकजना सामान्य नेपालीलाई किन रिस नउठोस आफुमाथि आरोप लागेका बेला भारतीय दुतावासले स्वतन्त्र छानबिन गराएर सत्यतथ्य कुरा बाहिर ल्याउने मेसो जुराइ दिएन जव ज्यानमाथि नै हमाला भयो हमाला गर्नेहरुलाई छाड्न हुँदैन भनेर एकोहोरो लागको फोन गरेर ज्यानै मार्ने धम्कि दिनुभन्दा ठुलो कुरा चढेको गाडीमा देखाइ देखाइ जुत्ता हान्ने कुरा कदापी हुन सक्दैन सामान्य नेपालीलाई यस्तै लाग्छ सुदहरुलाई फरक लागे बेग्लै कुरा अनि आफ्नो आँङको भैसी नदेख्नेले अर्काको आङको जुम्रा देखेको जस्तै भएको सामान्य नेपालीलाई
भारतीय दुतावास कुनै एउटा घटनसँग जोडिएको छैन विभिन्न घटनाक्रमसँग जेलिएको उसले नेपालमा दादागिरी गर्छ धेरै नेपालीलाई यही लाग्छ यसबाट माथि उठ्ने चेष्टा दुतावासले कहिल्यै गरेन मलाई लाग्छ जिम्मेवार दलबाट कुटनितिक ओदाहाका व्यसिक्तलाई जुत्ता नै हान्न लाग्नु हुन्थेन अझ दलका जिम्मेवार व्यक्तिकै नेतृत्वमा माओवादीको टोली प्रदर्शनका लागि बसेको थियो तर भारतले ज्यादै दादागिरी देखाउने गरेको ठान्ने सर्वसाधरण यसरी सोच्दैनन् जसका कारण सुदले नेपालीबाट सहानुभुति नपाएका हुन् तर उनी पेलेरै जाने ध्याउन्नमा छन् आफुमाथिका आरोपहरुलाई पनि सफा गर्न पट्टी नलागे सुदहरुले कहिल्यै पाउने छैनन् सहानुभुति




Monday, October 25, 2010

एक भएर एडिस लखेटौं

नेपालीहरुले ठूला ठूला दुष्मनहरुलाई लखेट्दै आएका छन् इतिहासमा शक्तिशाली अंग्रेजहरुलाई नेपालबाट पर लखेटे वर्तमानमा सत्तामा शक्तिशाली भएर बसेका राजालाई गद्दीबाट लखेटेर नागर्जुनको जंगलमा पुराए यस्ता बहादुर नेपाली अब एडिसलाई लखेट्न एक हुनु पर्ने बेला आएको एडिस लामखुट्टेको एउटा जात हो हेर यो लामखुट्टेले पनि कस्तो बनायो नेपालीलाई भारतीय कलाकार नानापाटेकरको प्रख्यात डाइलग 'साला एक मच्छर आदमीको हिजडा बनादेता हे ' नानाको यो डाइलग अहिले नेपालको यथार्थतासँग मेल खान्छ
हिजो कात्तिक गते सोमबार बिहान नारायणगढको बेलचोकमा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा मान्छेहरु खचाखच थिए नेपालमा स्वस्फुर्त रुपमा सवै क्षेत्रका मान्छेहरु त्यसरी भेला हुने गरेको पाइदेन राजनैतिक दलको सभा बाहेक तर सिद्धार्थमा उल्लेख्य रुपमा सर्वसाधरणको जमघट भयो शक्तिमा भएको दलले राख्ने आमसभामा जस्तो मान्छे जुटे त्यहाँ यद्यपि कार्यक्रम वडा स्तरीय थियो त्यो समूहमा अगाडी बसेका अर्थात मंचमा बसेका मान्छेहरुले अरु केही भनेनन केवल लामखुट्टे मार्ने कुरा मात्रै गरे
लामखुट्टे मार्ने कुरा गर्न यत्रो जमखट हो अझ योभन्दा ठुलो जमखट गराएर कुराका साथै काम पनि नगरे उपाए छैन ज्यानलाई नै खतरा बढेको चितवनलाई अहिले डेंगे नामको रागले गाँजेको त्यसो नवलपरासी बुटवलमा पनि यो रोग नदेखिएको होइन तर त्यता रोगीको संख्या ५० पुगेको छैन यता ३५० पनि नाघि सकेको भयंकर ज्वरो आउने यो रोगले मान्छेको ज्यानै लिन्छ यसरी ज्वरो आएर चितवनका अस्पतालमा उपचार गराएका मध्ये साउन यता मात्रै १७ जनाको मृत्यु भएको
मरेका मध्ये १५ जनालाई पनि उत्पातै ज्वरो आएको थियो उनीहरुको निधन के कारणले भएको हो भनेर ठ्याक्कै घोषणा गर्न सक्ने अवस्थामा स्वास्थ्यकर्मीहरु छैनन् किन भने उनीहरुको राम्रोसँग परीक्षण नै हुन पाएन बाँकी दुई मध्ये एकजना ल्याप्टो स्पाइरोसिस भन्ने रोगबाट एकजना डेंगेबाट मरेको परीक्षणबाटै पुष्टि भएको अब कुरा लामखुट्टेमा केन्द्रित गरौं यो डेंगे यही एडिस भन्ने लामखुट्टेले फैलाउँछ अचाक्लि दुख्ने गरेर ज्वरो आउने उस्तै परे मान्छेको ज्यानै जाने यो डेंगे निर्मुल गर्ने कुनै औषधी छैन एडिस नै निर्मुल गरे मात्रै डेंगे हराएर जान्छ त्यसैले मान्छेको जोड मच्छर मार्नमा केन्द्रित भएकोहो
डेंगेले समाते असाध्यै दुःख पाइन्छ यसबाट मुक्ति पाउन मच्छर मार्नलाई भने त्यत्ति गाह्रो छैन बस एडिस जन्मने वातावरण नबानाइ दए हुन्छ यो पनि त्यस्तो भयङ्कर काम होइन केवल घर वरपर पानी जम्न नदिए हुन्छ एडिसले जमेको सफा पानीमा मात्रै फुल पार्छ त्यसैले पानी जम्नै नदिने त्यसपछि कसरी फैलन सक्छ एडिस अनि कसरी सर्छ डेंगे ठुला खाल्टोमा मात्रै होइन फुटेको चिमको टुक्रादेखि दियोसम्म टायरदेखि कुलरसम्मको पानीमा एडिसले फुल पारेको हुँदो रहेछ त्यसैले कुनै चिजमा पानी जम्न दिनु भएन
चाहिने चिजहरुमा पानी राख्नै पर्ने हुन्छ तर हप्ता हप्तामा पानी फेर्न विज्ञहरुले सुझाव दिएका छन् कुरा सुन्दा एडिस भगाउन गाह्रो जस्तो लाग्दैन त्यही अनुसारले काम मात्रै गर्न आवश्यक काम पनि के गाह्रो हो पहाड फोर्नु छैन समुन्द्र पुर्न नदी थुन्न पनि छैन खाल्टा खुल्टी सम्याउन अनावश्यक चिजहरुमा पानी जम्न नदिए पुगि हाल्दो रहेछ यो काम एक दुईजनाले गरेर भएन टोलटोलमा सवैले गर्नु पर्छ यसो भए रोग फैलियो भनेर समाचारमा सुन्नु पर्दैन ढुक्क भएर घुमफिर गर्न पर्व मानउन पाइन्छ


Saturday, October 23, 2010

प्रजातन्त्रिक समयमा चितवनको स्थानीय निकायमा चेपाङको नेतृत्व

चेपाङहरु चितवनका आदिवासी हुन् जिल्लाको नौवटा पहाडी गाविस उनीहरुको बसोवास चितवन अहिलेको स्वरुपमा आउनु अघि यहाँको पहाडी क्षेत्रमा उनीहरुको मैदानी क्षेत्रमा थारुहरुको बसोवास थियो अरु समुदायका मान्छेहरु जो अहिले जिल्लामा छपक्कै भएका छन् उनीहरु औलो जस्तो खतारनाक रोगको डरले यता छिर्न सकेका थिएनन् औलो उन्मुलन पछि भने उनीहरु आउने लहर नै चल्यो
यो लहरले धेरै कुरा उनीहरुको लागि सहज हुने तरिकाले बटुल्यो चितवनको सदर मुकाम माल अड्डा जो पहिला चेपाङहरुको बसोवास क्षेत्र नजिक उपरदाङ गढी सेरवासमा थियो त्यो भरतपुरमा सर्यो सरकारी अड्डाहरु नयाँ वस्तीमा केन्द्रित भए पछि अवसरस्रोत सेवा उपभोग गर्न चेपाङहरुलाई सजिलो पक्कै भएन यसको प्रभाव उनीहरुको सामाजिक राजनैतिक जीवनमा पनि परेको देखिन्छ
वि.. २०४६ सालको आन्दोलनले जव देशमा बहुदलीय परिपाटी पूर्न स्थापित भयो त्यस पछि राजनैतिक चेतना तल्लो वर्ग सम्म पुग्यो भन्ने सबैले सुन्दै आएको हो यो राजनैतिक परिवर्तनले चेपाङहरुमा के प्रभाव पार्यो भनेर हेर्न कुराको आधार त्यस पछि देशमा भएका स्थानीय निकायको निर्वाचनलाई मान्न सकिन्छ त्यो निर्वाचन परिणाम विश्लेषण गर्दा भने चित्त बुझ्दो अवस्था देखा पर्दैन
स्थानीय निकायको सवै भन्दा माथिल्लो तह जिल्ला विकास समिति जसलाई पंचायत कालमा जिल्ला पंचायत भनिन्थ्यो त्यसमा ३७ साल देखि चेपाङहरुले ठाउँ पाएका छन् जनमत संग्रहको घोषणा सँगै जिल्लाको केही स्थानीय निकाय विघटन हुन्छन् त्यती वेला टेकप्रसाद गुरुङको सभापतित्वमा रहेको चितवनको जिल्ला तहको स्थानीय निकाय विघटन भएर इन्द्रजंग तमाङ सभापति रहेको नयाँ समिति बन्छ सोही समितिमा झ्यापुराम प्रजा चेपाङ सदस्य रहेका थिए
उनै झ्यापुराम ३९ सालमा पनि जिल्लामा आए बहुदलीय कालमा नेपाली काँग्रेसको राजनीतिमा लागेका उनलाई ४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा विजयी भएर जिल्ला विकास समितिको सदस्य बन्ने अवसर पनि प्राप्त भयो पंचायतदेखि बहुदलसम्म उनको विकल्प खडा भएन तर ५४ को स्थानीय चुनाव पछि गठन भएको जिल्ला विकास समितिमा झ्यापुराम परेनन् त्यो समितिमा चेपाङको प्रतिनिधित्व शुन्य रहयो
सामाजिक गतिविधीमा अझै पनि सकि्रय झ्यापुराम राजनीतिमा भने विरक्तिएका छन् लोथर गाविसको विकट वस्ती स्यामराङमा बस्ने उनी उमेर छिप्दिै गए पनि धारा स्कुलका लागि भने पछि भरतपुर दौड्न गाह्रो मान्दैनन् पंचायत कालमा गाउँको लागातार प्रधानपाच बनेर बसेका उनी जिल्लामा सदस्य सम्म भए चाहे पाचायतमा होस या बहुदलकालमा त्यो पद भन्दा माथी झ्यापुरामा भन्दा अक्रो चेपाङ जिल्लामा पुग्न सकेनन्
अव जिल्ला भन्दा तल्लो निकायको अवस्था नियालौ चेपाङहरु चितवनको नौबटा पहाडी गाविसमा बसेका छन् ५८ को गणनामा उनीहरुको संख्या ५२ हजार उनीहरुको बसोवास क्षेत्र भनेको कविलासदारेचोकदाहखानीकाउले चण्डी भाज्याङ शक्तिखोरसिद्धिकोराक लोथर गाविस हुन् बहुदलीय कालमा ४९ ५४ सालमा स्थनीय निकायको चुनाव भएको ४९ साल सम्म बडामा वडाध्यक्ष मात्र रहने व्यवस्था थियो भने ५४ सालमा वडाध्यक्ष लागयत पाँच जना महिला सदस्य रहने प्रवधान कायम भयो तर यसमा वडा सदस्यहरुको संख्या नहेरेर दुवै निर्वाचनमा वडाध्यक्षमा कति चेपाङहरु निर्वाचित भए भन्ने हेरिएको
चेपाङ बाहुल गाविस भैकन पनि कविलासमा ४९ ५४ को दुवै निर्वाचनमा यो जातीबाट कोही पनि गाविस अध्यक्षउपाध्यक्ष वडाध्यक्षमा चुनिएको अवस्था छैन अरु आठवटा गाविसमा ४९ सालको चुनावमा ३३ जना चेपाङ समुदायबाट चुनिएका थिए भने ५४ सालको चुनावमा यो सँख्यामा खासै भरक आएन त्यती बेला स्थानीय निकायमा निर्वाचित हुने चेपाङहरु जम्मा ३६ जना रहे अनि जिविसमा उनीहरुको प्रतिनिधित्व शुन्य रहयो
४९ सालको चुनावमा एक जना गाविस अध्यक्षमा दुई जना उपाध्यक्षमा निर्वाचित भएका थिए ५४ सालमा पनि अध्यक्षमा एक जना मात्र आए भने उपाध्यक्ष तीन जना पुगे ४९ सालमा चेपाङलाई अध्यक्ष जिताएको लोथर गाविस ५४ सालमा उपाध्यक्षलाई मात्र ल्याउन सक्यो सिद्धिमा ४९ सालको चुनामा उपाध्यक्ष हातलागेको चेपाङलाई ५४ सालमा अध्यक्ष उपाध्यक्ष दुवैमा सफल्ता मिल्यो दुवै चुनावबाट काउले गाविसले उपाध्यक्षमा चेपाङलाई पायो
लोथर गाविसमा ४९ ५४ सालमा आठ आठ जना चेपाङ समुदायका चुनिए सिद्धिमा ४९ मा सात ५४ मा आठ जनाचण्डीभाज्याङमा ४९ मा एक जना ५४ मा पाँच जना तथा शक्तिखोरमा पनि ४९ मा एक जना ५४ मा तीन जना निर्वाचित भए दुवै चुनावमा दारेचोकमा दुई दुई दाहखानीमा एक एक जना विजयी भए भने बाँकी गाविसमा पहिलेको भन्दा प्रतिनिधित्व कम भयो काउलेमा ४९ को संख्या छबाट ५४ मा चारमा झर्यो भने कोराकमा पनि छबाट घटेर पाँच भयो
अन्य जात जातीको संख्यालाई बिचार गर्दा अरु गाविसलाई छाडेर सिद्धि लोथरमा चेपाङबाट भएको प्रतिनिधीत्वलाई सन्तोष जनक नै मान्नु पर्छ तर चेपाङ बाहुल नौबटा गाविसमा सधै एउटामा मात्र गाविस अध्यक्ष दुई तीन जना सम्म उपाध्यक्ष चुनीनु सोचनीय विषय हो त्यस माथि कुनै पनि गाविसमा चेपाङ प्रतिनिधीहरु घट्नु चिन्ता जनक चित्र हो
त्यस्तै जिविसमा जिल्लाको मुख्य आदिवासी समुदायको प्रतिनिधी संख्या पदीय तह बढाउदै लैजानुको साटो शुन्यमा झर्नु बिडम्वना पूर्ण अवस्था हो कम्जोर अवस्थाको भनेर बुझ्ने गरिएका जनताले अरुलाई भोट हाल्न पाउनु मात्र प्रजातन्त्र होईन प्रजातन्त्रको उपभोग तल्लो वर्गका जनताले समेत गरेका छन् भन्ने कुराको ग्यारेण्टी नीति निर्माण गर्ने निकायमा उनीहरुका प्रतिनिधी पनि पुग्न सके सकेनन् भन्ने कुराले गर्छ
बहुदलीय समयका दुईबटा चुनावमा चितवनका चेपाङहरुको स्थानीय निकायका भएको प्रतिनिधीत्व सम्बन्धि यो तस्वीरले नीति निर्माण तहमा उनीहरुको पहुच के खालको रहयो भन्ने छर्लड्ड हुन्छ तल्लो वर्गका समुदायलाई जुन ढंगले राज्य संचालनका अंगहरुमा ल्याउनु पर्दथ्यो त्यो रुपमा काम हुन नसकेको स्विकार्नै पर्ने यॊ तथ्याड्ढले देखाउछ अहिले विभिन्न वर्गमा असन्तोशको ज्वार बढ्नुको एउटा कारण यो हो यसलाई बुझेर राजनैतिक दलहरुले आफ्नो नीति योजना बनाएर त्यसलाई कार्यन्वयन पनि गरेमा मात्र नयाँ सम्वृद्ध नेपाल बन्न सक्छ



Thursday, October 21, 2010

बाइबाइ दसैं

'आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाइ" भन्ने नेपाली उखानै दसैंको रमझम सकियो अब ऋण ब्याजको लेखा जोखा हुन थालेको होला घरहरुमा चाड पर्वहरु बोझिला हुँदै गएका छन् चोखो कामाइमा निर्भर हुनेहरुलाई समेत पर्वले पिर मात्रै थप्ने गर्छ कमाइ नै नहुनेहरुको झन के गति होला यो बेलामा बजार भाउँ आकासिन्छ तरकारीदेखि गाडी भाडासम्म छोइन नसक्नु हुन्छ मुलाको भाउ पनि सुन्दा जिब्रो टोक्नु पर्ने यो दसैंमा मासु झनै के गरेर खानु दसैंमा समाजिक धार्मिक भावना हराएको कमाउने चाहना बढेको व्यपारिक मेला जस्तो बन्न थाल्यो दसैं Justify Full
मादक पदार्थको अत्याधिक प्रयोग हुन्छ जसका कारण हुल दंगा लडाइ झगडा पनि बेहोर्नु पर्छ चाड पर्वहरुमा दसैंको टीकाअघि सुनियो पुर्वमा मोटर साइकल चढेका पाँचजनाको मृत्यु भएको खवर सायद टीकाकै रातमा हो क्या हो नवलपरासीमा खुकुरी हानेर दाजु भाइको हत्या गरियो टीकापछि पनि तनहुँमा मोटरसाइकललाई बसले ठक्कर दियो मोटर साइकलमा चढेका दुवैजनाको मृत्यु भयो चाडवाडमा यस्ता दुखद घटना अन्यत्र पनि भएका होलान पर्वकै समयमा बढ्ने गर्छन यस्ता दुर्घटनाहरु
बाब्बा हो सडकमा मोटर साइकल पनि कति हो कति टीकाको दिन आफै मोटरसाइकल हाँकेर बुटवल जाँदा देखियो त्यो रमिता जुलुस निकाले सरी बाटै भरी थिए बाइकहरु अनि कुनै रेसमा भाग लिए जसरी हुँइकिन्थे ति यस्तो भएपछि किन नपोखियोस सडकमा जिवन मौसम पनि अनुकुल भएन यस पटकको दसैंमा बाइकमा हुइँकिएकाहरुलाई पटक पटक कुट्यो असोजको वर्षाले ठाउँ ठाउँमा ओत लाग्नु पर्ने बनायो पानीले ओत लाग्ने ठाउँठाउँमा जम्मा हुन्थे कहिल्यै भेट नभएका मान्छेहरु कुरा भने कस्सिएर गर्थे उनीहरु सुनवलबाट रौतहटको गौर जान हिडेका नव जोडिहरु कावासोतीको एउटा प्रतिक्षालयमा ओत लाग्न आए दुलही चाहिलाई माइत पुग्ने हतारो अनुहारमा झल्कान्थ्यो लोग्ने चाहि गफ चुट्न थाल्यो सवै बिसे्रर
परे साकाहारी एनजीओमा काम गर्ने गफ गर्न कस्ले भेटाउने कुरै कुरामा चाडै साकाहरीको राष्ट्रिय सम्मेलन राख्दै छु भन्ने समेत सुनायो उसले तर त्यहाँ बाहेक साकाहारी हुँ भन्ने कोही निस्केको भने थिएन दसैंमा झरी गफाडीहरुको जमघट कुरामा धेरै कुरा थपिए एउटा पाको उमेरका मान्छेले थपे यो पानीले मोटर साइकल किन्नेहरुलाई अब कार नै किन भनिरहेको धेरैले उनको कुरा समर्थन गरे सायद यस्तै यस्तै कुराले बन्छ होला योजनाहरु त्यसैले सडकैभरी देखिन्छन गाडीहरु यसरी नै हुन्छ होला अरु कुरामा खर्च अनि दुर्दसा दुर्घटनाहरु बढेको बढेइ हुन्छ
हामी चाड पर्व सामाजिक सदभाव बढाउन भन्दा पनि हैसियत देखाउन मानउन थालेका छौं धार्मिक आस्था कता हरायो कता नेपाली समाजमा धनले प्रमुखता पाएको चाड पर्व यसैका कारण बोझिलो हुन थालेका हुन दुर्गा माताले आर्शिवाद दिने भए यस्तो कुबुद्धि नष्ट होस भन्ने आर्शिवाद देउन

Friday, October 15, 2010

डाँडैको मौलाकालीका

चितवन आएका बेला घुम्न जाने एउटा आकर्षक गन्तब्य थपिएको नारायणगढबाट नजिकैको नवलपरासी गैंडाकोटमा रहेको मौलाकालीका मन्दिरले धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको त्यसो प्रकृतिसँग रमाउन खोज्ने जो कोहीको पनि मन लोभ्याआउन सक्ने सामथ्र्य मौलाकालीका मन्दिरमा
त्यसैले हामी स्वदेशी वा विदेशी सवै खालका पर्यटकलाई यहाँसम्म ल्याउने योजनामा छौं मौलाकालीका धार्मिक सेवा समितिका पुर्व अध्यक्ष मानबहादुर सापकोटाले भने पर्यटन वर्ष सन् २०११ को अवसरमा मौलाकालीका मन्दिर व्यवस्थापन समितिले वर्षभर विभिन्न खालका कार्यक्रमहरु समेत गर्ने भएको
केही वर्षयता मौलाकालीकामा लाग्ने गरेको दर्शनार्थीहरुको लर्कोले मन्दिर व्यवस्थापन समितिलाई भ्रमण वर्षका बेलामा थप कार्यक्रम गर्न हौसाएको हो राम्रोसँग प्रचार प्रसार गरे यहाँ पर्यटक ओइरिनेमा कुनै आशंका छैन व्यवस्थापनन समितिले मन्दिरको प्रचारसँगै भौतिक पुर्वाधार निर्माणमा पनि सकि्रयता बढाएको
नारायणगढ बजारबाट पाँच पुर्व पश्चिम राजमार्गबाट चार किलो मिटर टाढा मौलाकालीका तर मन्दिरको दर्शन पाउँन सालका रुखले ढाकिएको घना जंगल भएको हरियो डाँडाको उकालो छिचोलेर टाँकुरामै जानु पर्छ जंगलको फेदी मन्दिरसम्मको दुरी १२ सय मिटर उकालो भए पनि आत्तिनु पर्दनै किन भने फेदीदेखि मन्दिरसम्मै सिढी बनेको
फेदीमै मन्दिरको आकर्षक प्रवेशद्वार रहेको चिसो पानी कलकलाउँदै झर्ने कलात्मक ढुंगे धारा आडैमा हिउँद लागेपछि पिकनिक खानेहरुको भिडभाड हुन्छ फेदीमा केही पर प्यागोडा शैलीको गणेश मन्दिर धर्ममा आस्था राख्नेहरु यही मन्दिरमा पुजा गरेर लाग्छन् मौलाकालीकाको दर्शन गर्न
समुन्द्र सतहबाट ५६१ मिटरको उचाएमा मौलाकालीकाको मन्दिर भएको ठाउँ बाटेमा कतै कतै नाकै ठोक्किने उकाले समेत नभएको होएन तर बार सहितको िसंढी बनेकाले राहत मिल्छ त्योभन्ाद ठुलो कुरा हरियाली चाराहरुको चिरबिरले पसिना ओभाउँछ हावा नै चल्नु पर्छ भन्ने छैन ठाउँ ठाउँमा पानी चौतारो सहितका विश्राम स्थल पनि छन्
भ्रमण वर्षको अवसरमा यो बाटेको केही ठाउँहरुमा खजा नास्ता गर्न मिल्ने कटेजहरु पनि बनाउने योजना मौलाकालीका धार्मिक सेवा समितिका सचिव होमनाथ सुवेदीले जानकारी दिए त्यस्ता कटेजहरु धार्मिक मुल्य मान्यतालाई ख्याल राखेर संचालन हुनेछन् मन्दिर पुग्ने बेलामा फूलबारी सहितकॊ चौडा सिढी झनै आकर्षक
मन्दिर पुगेपछि गजब्बकॊ आनन्द आउने दक्षिण हेर्दा चितवनको समथर भाग नारायणीको नागबेली स्वरुप सर्लक्कै देखिन्छ उत्तरमा जंगल काली गण्डकी हुँदै आकास खुलेका बेला क्षितिजमा सेता हिमाल टल्केका हुन्छन् पुर्वमा काली गण्डकी त्रिशुली मिलेको दोभान सहितको देवघाट धाम पहाडी श्रृंखला बग्दै गरेको त्रिशुलीको टाढासम्मको दृश्य देखिन्छ दृश्यावलोकनका लागि उपयुक्त ठाउँ हो यो मन्दिर
रातको दृश्य झनै मोहक हुने गर्छ दक्षिणको मैदानी क्षेत्र उज्यालोले ढाकिन्छ त्यसैले धर्ममा आस्था राख्नेलाई मात्रै नभइ अरुलाई पनि भरपुर सन्तुष्टि दिन्छ मौलाकालीका मन्दिरको दर्शनले यो मन्दिरको इतिहास सेन वंशी राजाहरुसँग जोडिएको
सेनवंशी राजाहरुले आजभन्दा पाँच सय वर्षअघि यस ठाउँमा मौलो खडा गरेर बडा दशैं चैते दशैंमा पुजा गर्ने गरेको धार्मिक सेवा समितिका पुर्व अध्यक्ष मानबहादुर सापकोटाको भनाइ मौलोको आडमा ठुलो सालको रुख थियो जुन वि.. १९९० सालको भुकम्पका बेला ढल्यो त्यसले आडैको मौलोलाई पनि भताभुङ्ग बनायो
भुकम्पपछि त्यो ठाउँ त्यसै थियो वि..२०३२ सालमा स्थानीयले केही पुजा सामाग्री भेटाएपछि थप खन्ने खोज्ने गर्दा मौलोको अवशेष फेला पर्यो वि..२०३७ सालमा मौलाकालीका सेवा समितिल गठन भयो सो समितिले वि.. २०४१ सालमा काठले बारेको सानो मन्दिर बनायो त्यो मन्दिर चाडै भत्किएपछि वि..२०४३ सालमा जस्ताले छाएको अर्को मन्दिर बन्यो अहिलेको आकर्षक भव्य प्यागोडा शैलीको मन्दिर वि..२०५१ सालमा बन्न सुरु भएर दुई वर्षमा सकिएको हो
मन्दिरमा पुजारी घर पाहुनाहरु बस्न मिल्ने धर्मशाला समेत जहाँ शैचालयको राम्रो सुविधा भने ६० जनासम्म सुत्न मिल्न विजुलीको सुविधाले गर्दा रातमा मन्दिरमा बल्ने बत्तिले आकाशमा चम्कने ताराको झल्को दिन्छ मान्छेहरु मौलाकालीकाको नाममा भाकल गर्ने पुरा भएमा दर्शन गर्न आउने गर्छन् बडा दशैं चैते दशैंमा दर्शन गर्न आउनेहरुको संख्या बढी हुन्छ शनिबार पनि यहाँ भिड लाग्छ
दर्शन गर्न पिकनिक खान प्रकृतिको आनन्द लिन नेपालका विभिन्न जिल्लाबाट मान्छेहरु यहाँ आउने गरेका छन् भारतबाट समेत धार्मिक पर्यटकहरु आउछन् आडैमा प्रख्यात धाम देवघाट विश्व विख्यात पर्यटकीय स्थल चितवन राष्ट्रिय निकुंज रहेकाले मौलाकालीका मन्दिरमा पनि पर्यटन मौलाउनेमा गैंडाकोटवासी ढुक्क देखिन्छन्





Tuesday, October 12, 2010

पारिजात

विष्णुकुमारी वाइवाको उपनाम हो पारिजात पारिजात भन्नासाथ हामी प्रख्यात नेपाली साहित्यकारलाई सम्झन्छौ उनले शिरिषको फूल जस्तो विख्यात उपन्यास लेखिन सैद्धान्तिक रुपमा पछि त्यसलाई उनी आफैले मन पराइनन् तर पनि धेरैले पढ्छन् धेरै, ठाउँमा पढिन्छ त्यो उपन्यास शिरिषको फूल लेख्नेले आफ्नो नाम फूलको अर्को जात पारिजात किन राखिन कुन्नी ? मैले पनि शिरिषको फूल नपढेको होइन, पटक पटक पढेको हुँ तर त्यसमा के सम्झन्नै सक्दिन मैले यही कुरा एकजना साथीलाई भने साथीसँगको छलफलले मैले त्यो उपन्यासको मुख्य पात्रको नाम भने सम्झन थालेको छु त्यो नाम हो सकमबरी
खासमा मैले पारिजातलाई उनको कृतिबाट भन्दा पनि उनको जिवनीबाट चिन्ने मौका पाए उनको जीवनी पढे, साह्रै संघर्षपुर्ण लाग्यो शरीर चल्न नसक्ने रोगले सिकिस्त हुँदा पनि पारिजातले लेखनलाई नछाडेकाले आज उनी भौतिक रुपमा मरेर गए पनि अमर भइन उनको जीवन कथा साह्रै प्रेरणदायी त्यसैले उनको लेखनभन्दा उनको जीवनी नै भिजेको मेरो दिमागमा उनी भारतको दार्जिलिङ जन्मेकी हुर्केकी दार्जिलिङको घुम पहाडमा उनी खुवै रमाएर घुम्ने गर्थिन भन्ने कुरा जीवनीमा पढेको थिए दार्जिलिङ जाँदा जव घुम पहाड आउँछ मेरो मन ढक्क फुल्ने गर्छ खै किन हो कुन्नी
पारिजात फूल पनि हो एउटा अनौठो फूल जुन राती फुल्ने गर्छ मानिसहरुको चहल पहल सुरु हुने बेला अर्थात झिसमिसेमै मज्जाले झरि सकेको हुन्छ यो असोज महिनामा फुल्ने गर्छ देवीको बिहानै पूजा हुन्छ यो महिनामा त्यसैले मन्दिरमा पुगे देवीको पाउँमा चाडै पुग्ने अवसर पाएको हुन्छ यो फुलले मेरो घर अगाडी पछाडी पारिजातको बोट यो रातीमा ढकमक्क फुल्छ बिहान रुखको फेँद सेताम्मे हुन्छ बिहानै मान्छेहरु भुम्मिएका हुन्छन् रुखको फेँदमा एफएम रेडियोमा भजन या समाचार सुन्दै मान्छेहरुले बटुल्छन पारिजातका थुंगाहरु
झरेको फुल देउतालाई चढ्देन भन्छन् तर यो हिसावले पारिजातलाई अपबाद मान्नु पर्ने भयो मान्छेहरुले मज्जाले साहरर्छन झरेको पारिजात रातमा फुल्ने बिहानमा झर्ने झरेर पनि भगवानलाई चढ्ने स्वाभावै अलग सम्माननै अलग पारिजात फूलको यही विशेषताले विष्णुकुमारी वाइवाले आफ्नो नाम पारिजात राखेकी हुन ?

Saturday, October 9, 2010

फेसबुकमा चितौनेको यस्तो चर्तिकला

'के हो चितैनेको चाला ?" बुटबलमा मलाई यस्तो प्रश्न गरे असोज १९ गते मंगलबार बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिकमा पहिलो पृष्टमा छापिएको एउटा खवरका कारण मैले यस्तो प्रश्नको सामना गर्नु परेको हो खवर चितवन घर भएका एकजना व्यक्ति सँग सम्बन्धित थियो तर समारमा उल्लेख त्यो व्यक्तिलाई मैले चिनेको, जानेको, देखे भोगेको केही गरेको होइन उसको ठेगना चितवन पनि चितवन नै बस्ने बाहेक अरु केही सरोकार छैन खवर सकारात्मक छैन नकारात्मक कामको भएकाले मान्छेले भनि हाले के हो चितौने यस्तो चितवनका पिडक उसबाट पिडा पाउने बुटवलकी एकजना महिला भएर पनि चितौनेलाई शब्दका मार्फत भयो हल्का कटाक्ष
खवर चितौने युवकले अहिले चर्चा चल्तिको शिखरमा रहेको फेसबुक मार्फत गरेको अपराधसँग सम्बन्धित प्रहरीले चितवन खैरहनी गाविस वडा नं का सावर श्रेष्ठ भनिने मनिस श्रेष्ठलाई समातेको रहेछ श्रेष्ठले फेसबुक मार्फत नचाहिदो मात्रै होइन गम्भिर प्रकृतिको अपराधिक काम गरेको आरोप बुटवल प्रहरीको रहेको श्रेष्ठमाथि बन्धक ठगि लगायतका तीन चारवटा मुद्दा पर्ने बुटबल प्रहरीको भनाई उदृत गर्दै लुम्बिनी दैनिकले खवर छापेको फेसबुक अति दुरुपयोग हुँदै गएर प्रतिबन्धित हुने अवस्थामा पुगेको बेला लुम्बिनी दैनिकमा छापिएको सो खवरले फेसबुकका शुभचिन्तक प्रयोग कर्तालाई थप चिन्तित बनाउने साथै सजक सतर्क हुनु पर्ने शन्देश पनि दिने
त्यसैले खवर चितौनेसँग मात्रै जोडिएको होइन प्रविधिको दुरुपयोग गर्ने प्रवृत्तिसँग गाँसीएको लुम्बिनी दैनिकको खवरमा उल्लेख भए अनुसार मनिसले फेसबुक मार्फत सम्पर्कमा आएकी एकजना युवतीको फोटोलाई प्रविधि मार्फत नग्न बनाएर उसैसँग ५० हजार रुपैयाँ बाग्रेनिङ गरेछन् फेसबुकमा आएका युवतीको नाता गोता आनिबानी सवैको विवरण राख्ने बेजिल्लामा गएर उनीहरुलाई धम्क्याउने जुक्ति उनले लगाएका रहेछन् बीबीएस पढ्दै गरेका श्रेष्ठले यसरी थुप्रै युवतीलाई ठगेको प्रहरीले बताएको लुम्बिनीले लेखेको
श्रेष्ठ चितवनबाटै समातिएका हुन तर प्रहरीले निगरानी राख्दा उनी परासीमा थिए परासीबाट फुत्केका उनी चितवनमा समेत प्रहरीलाई झुक्याउन सफल भएका रहेछन् तर अन्तिममा उनी समातिए फेसबुक आफैमा नराम्रो कदापी होइन तर यसलाई दुरुपयोग गर्ने खतरा बढेको यो घटनाले देखाएको फेसबुकमा जो सुकैलाई पनि साथी बनाउँदा केसम्मको दुख हैरानी पाइदो रहेछ भन्ने कुरा मनिसले सताएकाहरुलाई भन्दा बढी जानकारी अरु कसलाई होला ? तर हामी त्यो हैरानीको अनुमान लगाउन भने सक्छौं
फेसबुकका भित्ताहरुमा अश्लिल सिनेमाका क्लिप्सहरु आएर धेरैलाई सताएको हो ला अब अश्लिल सिनेमाको पात्रै नै आफैलाई बनाएर पैसा माग्न थालेमा अचम्म नमान्नु पर्ने बेला आयो प्रतिबन्धित हुने बाटोमा लम्केको यो फेसबुक होसियारीका साथ चलाउ अहिलेलाई यत्ति नै


Thursday, October 7, 2010

सुगतको चटपट पसल

सुगत पौडेल देवघाटका बासिन्दा हन् देवघाट धामको तनहुँ तर्फ उनको घर यी युवक पहिला नारायणगढमा पत्रिका बाँड्दथे उनलाई चितवन पोष्ट बाँड्दै हिडेको देखेको हुँ सुरुमा पछि पनि त्यही पत्रिकामा रिपोर्टर भएँ आएको केही समयपछि नै उनले चितवन पोष्ट छाडे जस्तो लाग्छ तर मिजासिला सुगतसँग छोटै समयमा पनि राम्रै चिनजान भयो पत्रिका छाडेपछि उनी कुनै किराना पसलमा काम गर्ने थाले तर भेटघाट हुँदा उनी बोलाई हाल्थे, चिच्याइ हाल्थे सुगत अहिले आफ्नो घरमै छन् अर्थात देवघाट जाने पुल तरेपछि महेस सन्यास आश्रम तर्फ लाग्नु पर्छ उनको घर पुग्न आश्रमभन्दा वरै उनको घर घरभन्दा तीन चार घर पर उनले पसल राखेका छन् अचेल
उनको पसल अचम्मको पसलमा चना चटपट बेच्न राखेका छन् चना चटपट पहिला भारतीय या मधेसीले मात्रै बेच्ने गर्दथे बाँसिको मोटो लामो सिन्काले बनाएको बस्ने मुढा जस्तो तर मुढाभन्दा तीन गुना अग्लो स्टेण्डमा नाङ्लो जस्तो बस्तुमा भुजा या भुटेको चिउँरा मसला कागती भुटेको चना भिजाएको केराउ राखेर चना चटपट बेच्न हिँड्ने चलन थियो पहिला बिस्तारै ठेलामा राखेर हिडाउन थाले भारतीय या मधेसीले मात्रै गर्दथ्यो यो काम नेपाली त्यसमा पनि पहाडीया समुदायका व्यक्तिले यो काममा हात हाल्नै हिचकिचाए किन हो कुन्नी अहिले भने फाट्ट फुट्ट देखिन्छन पहाडीय नेपालीहरु चटपट बेच्दै हिँडेको
त्यसो पसलै राखेर चटपट बेच्नेहरु पनि भेटिन थालेका छन् सहर बजारमा पहाडीयाले पसल खोलेर चना चटपट बेच्न थाले भन्ने कुरा आफैमा नौलो रहेन अब कुरा सुगतको चना चटपट बेच्ने तौर तरिकाको हो एक पटक चना चटपट राख्ने भाँडोको सम्झना गरौं सवैले सुरुमा कागज बेरेर लामो साली जस्तो बनाएर त्यसमा राखेको चना चटपट हत्केलामा राख्दै फाँको हाल्ने गर्दथ्यौ सवैले पछि पछि चना चटपट राख्ने भाँडो खाने तौरतरिका फेरियो चार पाटे कागजमा चना चटपट घोप्टाएर कडा कागजलाई चम्चा जस्तो बनाएर स्वाद लिन थाल्यौ हामीले यो बीचमा चटपटमा मिसाउने चिजबिज मसालामा पनि निकै अन्तर अयो अचेल चटपटमा चाउचाउ नमिसाइ कसैले खाँदैनन्
सुगतको चना चटपटे पसलमा पनि यी सव कुरा छन् अनि सवै कुरा उही हो भने किन सुगतको चना चटपटे पसलको कुरा गर्न लाग्या हो भनेर तपाइँहरुलाई झर्को पनि लाग्यो हो ला तर सुगतको पसलमा एउटा नौलो कुरा देखेर त्यसलाई मैले यहाँ उल्लेख गर्न मात्रै खोजेको हो सुगतको चटपट अन्यत्रको भन्दा फरक होला तर उनले चटपट प्लेटमा राखेर खान दिन्छन प्लेटको चटपट चम्चाले मुखमा हाल्यो जिब्रो फड्कारो भएन नौलो अनौठो अनि गज्जबको कुरा हामीले सौध्यौ किन हो यसरी पलेटमा चटपट दिने गरेको यसले चटपट खानेको सानै बढाउने जवाफ उनले दिए
यो छोटो उत्तरले मात्रै उनी चुप लागेनन् प्लेटमा चना चटपट राखेर दिएपछि फोहर पनि नहुने रहेछ मान्छेले हिँड्दै चटपट खान्छ कागज जहाँ तही फाल्छ यसले फोरह असाध्यै बनाउँछ आफ्नो चलेको पसलको कारण महेस आश्रम जस्तो ठाउँ नजिक फोहर नहोस भनेर उनले प्लेटमा चटपट दिन थालेछन् फोहर कम गर्ने सुगतको सोचलाई धन्यवाद भन्नै पर्छ ग्राहकलाई स्वादीलो चटपट दिएर सुगतले कमाए मात्र गरेका छैनन् पवित्र देवघाट धाम आफ्नो कारणले फोहर नहोस भनेर सचेतना पनि अपनाएका छन् त्यसैले लेखेको हुँ प्लेटमा चटपट बेच्ने सुगतको कुरा यहाँ तपाइँहरुलाई दिक्क लागेको भए क्षमा चाहन्छु