चितवन आएका बेला घुम्न जाने एउटा आकर्षक गन्तब्य थपिएको छ । नारायणगढबाट नजिकैको नवलपरासी गैंडाकोटमा रहेको मौलाकालीका मन्दिरले धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको छ । त्यसो त प्रकृतिसँग रमाउन खोज्ने जो कोहीको पनि मन लोभ्याआउन सक्ने सामथ्र्य मौलाकालीका मन्दिरमा छ ।
त्यसैले हामी स्वदेशी वा विदेशी सवै खालका पर्यटकलाई यहाँसम्म ल्याउने योजनामा छौं मौलाकालीका धार्मिक सेवा समितिका पुर्व अध्यक्ष मानबहादुर सापकोटाले भने । पर्यटन वर्ष सन् २०११ को अवसरमा मौलाकालीका मन्दिर व्यवस्थापन समितिले वर्षभर विभिन्न खालका कार्यक्रमहरु समेत गर्ने भएको छ ।
केही वर्षयता मौलाकालीकामा लाग्ने गरेको दर्शनार्थीहरुको लर्कोले मन्दिर व्यवस्थापन समितिलाई भ्रमण वर्षका बेलामा थप कार्यक्रम गर्न हौसाएको हो । राम्रोसँग प्रचार प्रसार गरे यहाँ पर्यटक ओइरिनेमा कुनै आशंका छैन । व्यवस्थापनन समितिले मन्दिरको प्रचारसँगै भौतिक पुर्वाधार निर्माणमा पनि सकि्रयता बढाएको छ ।
नारायणगढ बजारबाट पाँच र पुर्व पश्चिम राजमार्गबाट चार किलो मिटर टाढा छ मौलाकालीका । तर मन्दिरको दर्शन पाउँन सालका रुखले ढाकिएको घना जंगल भएको हरियो डाँडाको उकालो छिचोलेर र टाँकुरामै जानु पर्छ । जंगलको फेदी र मन्दिरसम्मको दुरी १२ सय मिटर छ । उकालो भए पनि आत्तिनु पर्दनै । किन भने फेदीदेखि मन्दिरसम्मै सिढी बनेको छ ।
फेदीमै मन्दिरको आकर्षक प्रवेशद्वार रहेको छ । चिसो पानी कलकलाउँदै झर्ने कलात्मक ढुंगे धारा आडैमा छ । हिउँद लागेपछि पिकनिक खानेहरुको भिडभाड हुन्छ फेदीमा । केही पर प्यागोडा शैलीको गणेश मन्दिर छ । धर्ममा आस्था राख्नेहरु यही मन्दिरमा पुजा गरेर लाग्छन् मौलाकालीकाको दर्शन गर्न ।
समुन्द्र सतहबाट ५६१ मिटरको उचाएमा छ मौलाकालीकाको मन्दिर भएको ठाउँ । बाटेमा कतै कतै नाकै ठोक्किने उकाले समेत नभएको होएन तर बार सहितको िसंढी बनेकाले राहत मिल्छ । त्योभन्ाद ठुलो कुरा हरियाली र चाराहरुको चिरबिरले पसिना ओभाउँछ हावा नै चल्नु पर्छ भन्ने छैन । ठाउँ ठाउँमा पानी र चौतारो सहितका विश्राम स्थल पनि छन् ।
भ्रमण वर्षको अवसरमा यो बाटेको केही ठाउँहरुमा खजा नास्ता गर्न मिल्ने कटेजहरु पनि बनाउने योजना छ मौलाकालीका धार्मिक सेवा समितिका सचिव होमनाथ सुवेदीले जानकारी दिए । त्यस्ता कटेजहरु धार्मिक मुल्य मान्यतालाई ख्याल राखेर संचालन हुनेछन् । मन्दिर पुग्ने बेलामा फूलबारी सहितकॊ चौडा सिढी झनै आकर्षक छ ।
मन्दिर पुगेपछि गजब्बकॊ आनन्द आउने छ । दक्षिण हेर्दा चितवनको समथर भाग र नारायणीको नागबेली स्वरुप सर्लक्कै देखिन्छ । उत्तरमा जंगल र काली गण्डकी हुँदै आकास खुलेका बेला क्षितिजमा सेता हिमाल टल्केका हुन्छन् । पुर्वमा काली गण्डकी र त्रिशुली मिलेको दोभान सहितको देवघाट धाम पहाडी श्रृंखला र बग्दै गरेको त्रिशुलीको टाढासम्मको दृश्य देखिन्छ । दृश्यावलोकनका लागि उपयुक्त ठाउँ हो यो मन्दिर ।
रातको दृश्य झनै मोहक हुने गर्छ । दक्षिणको मैदानी क्षेत्र उज्यालोले ढाकिन्छ । त्यसैले धर्ममा आस्था राख्नेलाई मात्रै नभइ अरुलाई पनि भरपुर सन्तुष्टि दिन्छ मौलाकालीका मन्दिरको दर्शनले । यो मन्दिरको इतिहास सेन वंशी राजाहरुसँग जोडिएको छ ।
सेनवंशी राजाहरुले आजभन्दा पाँच सय वर्षअघि यस ठाउँमा मौलो खडा गरेर बडा दशैं र चैते दशैंमा पुजा गर्ने गरेको धार्मिक सेवा समितिका पुर्व अध्यक्ष मानबहादुर सापकोटाको भनाइ छ । मौलोको आडमा ठुलो सालको रुख थियो । जुन वि.स. १९९० सालको भुकम्पका बेला ढल्यो । त्यसले आडैको मौलोलाई पनि भताभुङ्ग बनायो ।
भुकम्पपछि त्यो ठाउँ त्यसै थियो । वि.स.२०३२ सालमा स्थानीयले केही पुजा सामाग्री भेटाएपछि थप खन्ने खोज्ने गर्दा मौलोको अवशेष फेला पर् यो । वि.स.२०३७ सालमा मौलाकालीका सेवा समितिल गठन भयो र सो समितिले वि.स. २०४१ सालमा काठले बारेको सानो मन्दिर बनायो । त्यो मन्दिर चाडै भत्किएपछि वि.स.२०४३ सालमा जस्ताले छाएको अर्को मन्दिर बन्यो । अहिलेको आकर्षक र भव्य प्यागोडा शैलीको मन्दिर वि.स.२०५१ सालमा बन्न सुरु भएर दुई वर्षमा सकिएको हो ।
मन्दिरमा पुजारी घर र पाहुनाहरु बस्न मिल्ने धर्मशाला समेत छ । जहाँ शैचालयको राम्रो सुविधा छ भने ६० जनासम्म सुत्न मिल्न छ । विजुलीको सुविधाले गर्दा रातमा मन्दिरमा बल्ने बत्तिले आकाशमा चम्कने ताराको झल्को दिन्छ । मान्छेहरु मौलाकालीकाको नाममा भाकल गर्ने र पुरा भएमा दर्शन गर्न आउने गर्छन् । बडा दशैं र चैते दशैंमा दर्शन गर्न आउनेहरुको संख्या बढी हुन्छ । शनिबार पनि यहाँ भिड लाग्छ ।
दर्शन गर्न पिकनिक खान र प्रकृतिको आनन्द लिन नेपालका विभिन्न जिल्लाबाट मान्छेहरु यहाँ आउने गरेका छन् । भारतबाट समेत धार्मिक पर्यटकहरु आउछन् । आडैमा प्रख्यात धाम देवघाट र विश्व विख्यात पर्यटकीय स्थल चितवन राष्ट्रिय निकुंज रहेकाले मौलाकालीका मन्दिरमा पनि पर्यटन मौलाउनेमा गैंडाकोटवासी ढुक्क देखिन्छन् ।

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.
ReplyDelete