Monday, October 25, 2010

एक भएर एडिस लखेटौं

नेपालीहरुले ठूला ठूला दुष्मनहरुलाई लखेट्दै आएका छन् इतिहासमा शक्तिशाली अंग्रेजहरुलाई नेपालबाट पर लखेटे वर्तमानमा सत्तामा शक्तिशाली भएर बसेका राजालाई गद्दीबाट लखेटेर नागर्जुनको जंगलमा पुराए यस्ता बहादुर नेपाली अब एडिसलाई लखेट्न एक हुनु पर्ने बेला आएको एडिस लामखुट्टेको एउटा जात हो हेर यो लामखुट्टेले पनि कस्तो बनायो नेपालीलाई भारतीय कलाकार नानापाटेकरको प्रख्यात डाइलग 'साला एक मच्छर आदमीको हिजडा बनादेता हे ' नानाको यो डाइलग अहिले नेपालको यथार्थतासँग मेल खान्छ
हिजो कात्तिक गते सोमबार बिहान नारायणगढको बेलचोकमा रहेको सिद्धार्थ बोर्डिङ स्कुलमा मान्छेहरु खचाखच थिए नेपालमा स्वस्फुर्त रुपमा सवै क्षेत्रका मान्छेहरु त्यसरी भेला हुने गरेको पाइदेन राजनैतिक दलको सभा बाहेक तर सिद्धार्थमा उल्लेख्य रुपमा सर्वसाधरणको जमघट भयो शक्तिमा भएको दलले राख्ने आमसभामा जस्तो मान्छे जुटे त्यहाँ यद्यपि कार्यक्रम वडा स्तरीय थियो त्यो समूहमा अगाडी बसेका अर्थात मंचमा बसेका मान्छेहरुले अरु केही भनेनन केवल लामखुट्टे मार्ने कुरा मात्रै गरे
लामखुट्टे मार्ने कुरा गर्न यत्रो जमखट हो अझ योभन्दा ठुलो जमखट गराएर कुराका साथै काम पनि नगरे उपाए छैन ज्यानलाई नै खतरा बढेको चितवनलाई अहिले डेंगे नामको रागले गाँजेको त्यसो नवलपरासी बुटवलमा पनि यो रोग नदेखिएको होइन तर त्यता रोगीको संख्या ५० पुगेको छैन यता ३५० पनि नाघि सकेको भयंकर ज्वरो आउने यो रोगले मान्छेको ज्यानै लिन्छ यसरी ज्वरो आएर चितवनका अस्पतालमा उपचार गराएका मध्ये साउन यता मात्रै १७ जनाको मृत्यु भएको
मरेका मध्ये १५ जनालाई पनि उत्पातै ज्वरो आएको थियो उनीहरुको निधन के कारणले भएको हो भनेर ठ्याक्कै घोषणा गर्न सक्ने अवस्थामा स्वास्थ्यकर्मीहरु छैनन् किन भने उनीहरुको राम्रोसँग परीक्षण नै हुन पाएन बाँकी दुई मध्ये एकजना ल्याप्टो स्पाइरोसिस भन्ने रोगबाट एकजना डेंगेबाट मरेको परीक्षणबाटै पुष्टि भएको अब कुरा लामखुट्टेमा केन्द्रित गरौं यो डेंगे यही एडिस भन्ने लामखुट्टेले फैलाउँछ अचाक्लि दुख्ने गरेर ज्वरो आउने उस्तै परे मान्छेको ज्यानै जाने यो डेंगे निर्मुल गर्ने कुनै औषधी छैन एडिस नै निर्मुल गरे मात्रै डेंगे हराएर जान्छ त्यसैले मान्छेको जोड मच्छर मार्नमा केन्द्रित भएकोहो
डेंगेले समाते असाध्यै दुःख पाइन्छ यसबाट मुक्ति पाउन मच्छर मार्नलाई भने त्यत्ति गाह्रो छैन बस एडिस जन्मने वातावरण नबानाइ दए हुन्छ यो पनि त्यस्तो भयङ्कर काम होइन केवल घर वरपर पानी जम्न नदिए हुन्छ एडिसले जमेको सफा पानीमा मात्रै फुल पार्छ त्यसैले पानी जम्नै नदिने त्यसपछि कसरी फैलन सक्छ एडिस अनि कसरी सर्छ डेंगे ठुला खाल्टोमा मात्रै होइन फुटेको चिमको टुक्रादेखि दियोसम्म टायरदेखि कुलरसम्मको पानीमा एडिसले फुल पारेको हुँदो रहेछ त्यसैले कुनै चिजमा पानी जम्न दिनु भएन
चाहिने चिजहरुमा पानी राख्नै पर्ने हुन्छ तर हप्ता हप्तामा पानी फेर्न विज्ञहरुले सुझाव दिएका छन् कुरा सुन्दा एडिस भगाउन गाह्रो जस्तो लाग्दैन त्यही अनुसारले काम मात्रै गर्न आवश्यक काम पनि के गाह्रो हो पहाड फोर्नु छैन समुन्द्र पुर्न नदी थुन्न पनि छैन खाल्टा खुल्टी सम्याउन अनावश्यक चिजहरुमा पानी जम्न नदिए पुगि हाल्दो रहेछ यो काम एक दुईजनाले गरेर भएन टोलटोलमा सवैले गर्नु पर्छ यसो भए रोग फैलियो भनेर समाचारमा सुन्नु पर्दैन ढुक्क भएर घुमफिर गर्न पर्व मानउन पाइन्छ


1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete