Saturday, October 2, 2010

सडक केका लागि हो

कालो पत्रे गरेको फराकिलो सडकमा निश्चित रुपमा मज्जाले गाडी हाँक्न मन लाग्छ फराकिलो कालो पत्रे सडक बनेको पनि यसैका लागि हो तर तस्विर हेर्दा त्यस्तो लाग्दैन मानौ सडक दाई हाल्ने खलो हो सडक दुर्घटना चलाउनेका लापरवाहीले हुन्छ दुर्घटना भएपछि सवैले ठान्ने यस्तै हो तर सडकमा लापरवाही गर्नेहरु तर्फ कसैले ध्यान दिदैनन् यो सडकमा यसरी पराल राख्दा कुदेर आएका गाडीहरु चिप्लिन सक्छन् चिप्लिएमा दोष चलाउने मात्रकै हुने हो ?
सौराहा पर्यटनका लागि विश्वमै ख्याती कमाएको ठाउँ हो दिनमा सयौं पर्यटक यहाँ आउँछन् यो पराल फिजाएको ठाउँ त्यही सौराहा जाने सडक हो पर्यटकका गाडीहरु प्रशस्तै आवत जावत गर्ने मुख्इ सडकमा यस्तो अवरोध राख्न हुने हो स्थानीयले आफ्नो सानो स्वार्थका लागि अरुलाई दुख दिने उपाय अपनाएका छन् सडकमा यसरी असरल्ल पराल राख्दा अल्झेर चिप्लेर दुर्घटना हुने कुरामा गाडी चलाउनेले मात्रै सजगता अपनाउनु पर्ने हो सडक खुला छाडि दिनु पर्ने होइन यो अभिभारा स्थानीयले पनि पुरा गर्नु पर्ने होइन
अस्ती भर्खर एउटा समाचार आएको थियो गाडी या मोटर समाइकलसँग भैसी ठोक्किएको सडकमा अनियन्त्रित तरिकाले गाई वस्तुहरु डुलाउँदा गाडीहरु जनावरहरुसँग ठक्कर खान्छ प्राय गाडी गएर जनावरमा ठोक्किएको रुपमा अथ्र्याइन्छ निर्वाध रुपमा गाडी चल्न पाउनु पर्ने सडकमा अनियन्त्रित तरिकाले गाई भैसी डुलाएपछि गाडी गएर भैसीमा ठोक्किनै गर्दैन भैसी आफै आएर ठोक्किन्छ गाडीमा अनि दोष बाटोमा भैसी डुलाउनेको कदापी हुँदैन हप्की दप्की लौरो चड्कन जरिवानाको भागिदार हुनु पर्छ गाडी वाला
खोरमा राम्रोसँग थुनेर राखेन भने बाहिर निस्केका बेलामा ख्याल गरेन भने कुखुराको चल्लो मात्रै होइन माउ पनि सिकारी चरा बाज वा चिल तथा स्यालको फेला पर्न सक्छ चिल या स्यालले खायो भने निलेको निल्यै पारिदिन्छ त्यही चल्लो बाटोमा आएरु गाडी या वाइकले छिस्रिक्क पारिदियो भने सुरु हुन्छ चर्को मोलमोलाई खोरकै गएर चल्लो तानेको चोरलाई जस्तो तुच्छ व्यवहार गर्छ चल्लोको साहुले गाडी चालकलाई एक पटक महेन्द्रराजमार्गमा एउटा ट्रकले हाँस मारेछ गुड्दै आएको ट्रक मान्छे झार्न रोकिएको थियो मान्छे झरेपछि ट्रक गुड्यो कताबाट हाँस भित्र छिरेको रहेछ चक्काले छोयो मरो
ट्रकको चालक इमान्दार रहेछ स्वाट्टै कुदाएन रोक्यो तर हाँस मालिकले तुजुक देखायो मरेको हासको खुट्टा समाएर करायो जावो एउटा हाँस् जोगाउन सक्दैनस भने के गाडी चलाउँछस देशको मुख्य राजमार्गमा आएर हाँस मरेको उल्टै हाँस मालिक तुजुक देखाउछ बा हाइवे गाडी कुदाउनलाई बनाएको हो या उसका हाँस् चराउनलाई हाँस चरन क्षेत्रमा गएर मारेको होर त्यो ड्राइभरले हाँस तर ड्रइभर सोझो परे के गारै ? भन्न् थाल्यो हाँस मारेपछि पैसा नतिरि सुखै छैन तर मालिकले बढी पैसा झार्न थाल्यो सडकमा चल्लो मरो भने यस्तै परे खसीको मुल्य चुकाउनु पर्छ यो चल्लो ठुलो हुन्थ्यो अण्डा पर्दथ्यो यति बगाल बनाउथ्यो भन्नेसम्मका हिसाव लगाउँछन् मान्छेहरु
चल्लो मरेमा पैसा दिने रे माग्नै आउँछन् मान्छेहरु नियम कस्को कम्जोरी थियो तिर्नु पर्ने हो या होइन भन्ने कुरा राख्नै पाइँदैन तर त्यही चल्लो जोगाउँदा वाइक वा गाडी चिप्लिएर गाडीको मान्छे घाइते वा अन्य केही खती भयो भने चल्लो धनीले खर्च बेहोर्ने या बेहोर्ने ? राजमार्ग गाडीका लागि हो त्यहाँ आएका गाइ भैसी कुखुरा हाँस आएर मरेमा कुनै पैसा दावी गर्न नपाइने ? तिनका कारणले गाड़ी वा सवारलाई केही भएमा जसको भैसी चल्ला हो उसैले खर्च बेहोर्नु पर्ने नियम कडाइमा साथ लागु भएमा पराल सुकाउनेहरु पनि तस्रने थिए कि तर मेरो मतलव सडक भन्दैमा लापरवाहीसँग गाडी चलाउन पाउनु पर्छ भन्ने होइन सडकमा अरुले पनि लापरवाही गर्न पाइँदैन भन्ने मात्रै हो


No comments:

Post a Comment