Thursday, October 21, 2010

बाइबाइ दसैं

'आयो दसैं ढोल बजाई गयो दसैं ऋण बोकाइ" भन्ने नेपाली उखानै दसैंको रमझम सकियो अब ऋण ब्याजको लेखा जोखा हुन थालेको होला घरहरुमा चाड पर्वहरु बोझिला हुँदै गएका छन् चोखो कामाइमा निर्भर हुनेहरुलाई समेत पर्वले पिर मात्रै थप्ने गर्छ कमाइ नै नहुनेहरुको झन के गति होला यो बेलामा बजार भाउँ आकासिन्छ तरकारीदेखि गाडी भाडासम्म छोइन नसक्नु हुन्छ मुलाको भाउ पनि सुन्दा जिब्रो टोक्नु पर्ने यो दसैंमा मासु झनै के गरेर खानु दसैंमा समाजिक धार्मिक भावना हराएको कमाउने चाहना बढेको व्यपारिक मेला जस्तो बन्न थाल्यो दसैं Justify Full
मादक पदार्थको अत्याधिक प्रयोग हुन्छ जसका कारण हुल दंगा लडाइ झगडा पनि बेहोर्नु पर्छ चाड पर्वहरुमा दसैंको टीकाअघि सुनियो पुर्वमा मोटर साइकल चढेका पाँचजनाको मृत्यु भएको खवर सायद टीकाकै रातमा हो क्या हो नवलपरासीमा खुकुरी हानेर दाजु भाइको हत्या गरियो टीकापछि पनि तनहुँमा मोटरसाइकललाई बसले ठक्कर दियो मोटर साइकलमा चढेका दुवैजनाको मृत्यु भयो चाडवाडमा यस्ता दुखद घटना अन्यत्र पनि भएका होलान पर्वकै समयमा बढ्ने गर्छन यस्ता दुर्घटनाहरु
बाब्बा हो सडकमा मोटर साइकल पनि कति हो कति टीकाको दिन आफै मोटरसाइकल हाँकेर बुटवल जाँदा देखियो त्यो रमिता जुलुस निकाले सरी बाटै भरी थिए बाइकहरु अनि कुनै रेसमा भाग लिए जसरी हुँइकिन्थे ति यस्तो भएपछि किन नपोखियोस सडकमा जिवन मौसम पनि अनुकुल भएन यस पटकको दसैंमा बाइकमा हुइँकिएकाहरुलाई पटक पटक कुट्यो असोजको वर्षाले ठाउँ ठाउँमा ओत लाग्नु पर्ने बनायो पानीले ओत लाग्ने ठाउँठाउँमा जम्मा हुन्थे कहिल्यै भेट नभएका मान्छेहरु कुरा भने कस्सिएर गर्थे उनीहरु सुनवलबाट रौतहटको गौर जान हिडेका नव जोडिहरु कावासोतीको एउटा प्रतिक्षालयमा ओत लाग्न आए दुलही चाहिलाई माइत पुग्ने हतारो अनुहारमा झल्कान्थ्यो लोग्ने चाहि गफ चुट्न थाल्यो सवै बिसे्रर
परे साकाहारी एनजीओमा काम गर्ने गफ गर्न कस्ले भेटाउने कुरै कुरामा चाडै साकाहरीको राष्ट्रिय सम्मेलन राख्दै छु भन्ने समेत सुनायो उसले तर त्यहाँ बाहेक साकाहारी हुँ भन्ने कोही निस्केको भने थिएन दसैंमा झरी गफाडीहरुको जमघट कुरामा धेरै कुरा थपिए एउटा पाको उमेरका मान्छेले थपे यो पानीले मोटर साइकल किन्नेहरुलाई अब कार नै किन भनिरहेको धेरैले उनको कुरा समर्थन गरे सायद यस्तै यस्तै कुराले बन्छ होला योजनाहरु त्यसैले सडकैभरी देखिन्छन गाडीहरु यसरी नै हुन्छ होला अरु कुरामा खर्च अनि दुर्दसा दुर्घटनाहरु बढेको बढेइ हुन्छ
हामी चाड पर्व सामाजिक सदभाव बढाउन भन्दा पनि हैसियत देखाउन मानउन थालेका छौं धार्मिक आस्था कता हरायो कता नेपाली समाजमा धनले प्रमुखता पाएको चाड पर्व यसैका कारण बोझिलो हुन थालेका हुन दुर्गा माताले आर्शिवाद दिने भए यस्तो कुबुद्धि नष्ट होस भन्ने आर्शिवाद देउन

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete