Saturday, October 9, 2010

फेसबुकमा चितौनेको यस्तो चर्तिकला

'के हो चितैनेको चाला ?" बुटबलमा मलाई यस्तो प्रश्न गरे असोज १९ गते मंगलबार बुटवलबाट प्रकाशित हुने लुम्बिनी दैनिकमा पहिलो पृष्टमा छापिएको एउटा खवरका कारण मैले यस्तो प्रश्नको सामना गर्नु परेको हो खवर चितवन घर भएका एकजना व्यक्ति सँग सम्बन्धित थियो तर समारमा उल्लेख त्यो व्यक्तिलाई मैले चिनेको, जानेको, देखे भोगेको केही गरेको होइन उसको ठेगना चितवन पनि चितवन नै बस्ने बाहेक अरु केही सरोकार छैन खवर सकारात्मक छैन नकारात्मक कामको भएकाले मान्छेले भनि हाले के हो चितौने यस्तो चितवनका पिडक उसबाट पिडा पाउने बुटवलकी एकजना महिला भएर पनि चितौनेलाई शब्दका मार्फत भयो हल्का कटाक्ष
खवर चितौने युवकले अहिले चर्चा चल्तिको शिखरमा रहेको फेसबुक मार्फत गरेको अपराधसँग सम्बन्धित प्रहरीले चितवन खैरहनी गाविस वडा नं का सावर श्रेष्ठ भनिने मनिस श्रेष्ठलाई समातेको रहेछ श्रेष्ठले फेसबुक मार्फत नचाहिदो मात्रै होइन गम्भिर प्रकृतिको अपराधिक काम गरेको आरोप बुटवल प्रहरीको रहेको श्रेष्ठमाथि बन्धक ठगि लगायतका तीन चारवटा मुद्दा पर्ने बुटबल प्रहरीको भनाई उदृत गर्दै लुम्बिनी दैनिकले खवर छापेको फेसबुक अति दुरुपयोग हुँदै गएर प्रतिबन्धित हुने अवस्थामा पुगेको बेला लुम्बिनी दैनिकमा छापिएको सो खवरले फेसबुकका शुभचिन्तक प्रयोग कर्तालाई थप चिन्तित बनाउने साथै सजक सतर्क हुनु पर्ने शन्देश पनि दिने
त्यसैले खवर चितौनेसँग मात्रै जोडिएको होइन प्रविधिको दुरुपयोग गर्ने प्रवृत्तिसँग गाँसीएको लुम्बिनी दैनिकको खवरमा उल्लेख भए अनुसार मनिसले फेसबुक मार्फत सम्पर्कमा आएकी एकजना युवतीको फोटोलाई प्रविधि मार्फत नग्न बनाएर उसैसँग ५० हजार रुपैयाँ बाग्रेनिङ गरेछन् फेसबुकमा आएका युवतीको नाता गोता आनिबानी सवैको विवरण राख्ने बेजिल्लामा गएर उनीहरुलाई धम्क्याउने जुक्ति उनले लगाएका रहेछन् बीबीएस पढ्दै गरेका श्रेष्ठले यसरी थुप्रै युवतीलाई ठगेको प्रहरीले बताएको लुम्बिनीले लेखेको
श्रेष्ठ चितवनबाटै समातिएका हुन तर प्रहरीले निगरानी राख्दा उनी परासीमा थिए परासीबाट फुत्केका उनी चितवनमा समेत प्रहरीलाई झुक्याउन सफल भएका रहेछन् तर अन्तिममा उनी समातिए फेसबुक आफैमा नराम्रो कदापी होइन तर यसलाई दुरुपयोग गर्ने खतरा बढेको यो घटनाले देखाएको फेसबुकमा जो सुकैलाई पनि साथी बनाउँदा केसम्मको दुख हैरानी पाइदो रहेछ भन्ने कुरा मनिसले सताएकाहरुलाई भन्दा बढी जानकारी अरु कसलाई होला ? तर हामी त्यो हैरानीको अनुमान लगाउन भने सक्छौं
फेसबुकका भित्ताहरुमा अश्लिल सिनेमाका क्लिप्सहरु आएर धेरैलाई सताएको हो ला अब अश्लिल सिनेमाको पात्रै नै आफैलाई बनाएर पैसा माग्न थालेमा अचम्म नमान्नु पर्ने बेला आयो प्रतिबन्धित हुने बाटोमा लम्केको यो फेसबुक होसियारीका साथ चलाउ अहिलेलाई यत्ति नै


1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete