Sunday, October 3, 2010

गैंडा माथि मनिराम

यो फोटो मैले मनिराम श्रेष्ठको फेसबुकमा भेटाएको हो मनिराम श्रेष्ठको गाउँ नवलपरासीको मुकुन्दपुर गाविस वडा . मा पर्छ पहिला पनि त्यही गाउँमा बस्थे फेसबुकमा मनिराम पनि भेटिए सायद उनी अचेल गाउँमा छैनन विदेशमा होलान फेसबुकमा उनको एलबममा निकै पुराना फोटाहरु रहेछन् त्यही यो गैंडा माथि बसेको दुर्लभ फोटो पनि रहेछ गैंडा आफैमा दुर्लभ वन्यजन्तु हो त्यसको पिठ्युमा बसेर खिचेको फोटो यसै दुर्लभ हुने भयो सौराहामा एकजना बृद्ध छन् गैंडामाथि चढेका हुन भनेर उनको खुवै मानमनितो हुन्छ यता मनिराम खुसुक्क गैंडामा बसेर फोटो पनि खिचाए सकेछन्
सौराहाका मल्लु चौधरी मनिरामको गैंडा चढाइ अवश्य पनि फरक मल्लु जंगलकै गैंडामाथि बसेका रहेछन् मनिराम भने मान्छेसँग घुमिल भएको गैंडामाथि बसेका हुन् सायद यो जंगे हुनु पर्छ चितवन राष्ट्रिय निकुंजको मुख्यालय कसरामा जंगे थियो खुला बस्यो त्यो धेरै सयम आमा बिहिन भएपछि कर्मचारीहरुले त्यसलाई ल्याएर पालेका थिए हुर्काका थिए यसरी मान्छेको संगतमै हुर्केको जंगेमाथि चढ्नु शाहसिक काम थिएन तर गैंडामाथि यसरी ढुक्कसँग बसेर फोटो खिचाउनु अनौठो लाग्ने काम भने अवश्य हो
मनिराम मान्छेसँग रत्तिएको गैंडामा बसेर फोटो खिचे यो पनि मान्छेकै कारणले भएको हो मान्छेका कारणले यस अर्थमा कि सायद त्यो गैंडाको आमा कुनै चोरी सिकारीको फन्दामा परेर मरो होला अनि मान्छेलेनै ल्याएर पाल्नु परो उसलाई मान्छकै कारणले मान्छेसम्म पुग्यो यसो हुँदा उसले आमाको ममता मात्रै गुमाएको छैन आफ्नो प्राकृतिक वानी बेहोरा बास स्थलबाट समेत बंचित हुन परो गैंडा देखेर मान्छे परपर भागुन त्यो पो मज्जा तर हेर यहाँ गैंडामाथि मस्त बसेर फोटो खिचाउँदा समेत गैंडा हलन चल भएर बस्छ
मैले यहाँ मनिरामले फोटो खिचेर गल्ती गरे नहुने काम गरे भन्न खोजेको पटक्कै होइन तर यसो गहिरिएर बिचार गर्दा गैंडाको दुर्दशा भने झल्कन्छ त्यो दुर्दसाको मुख्य कारक के होला थाहा भएन यो फोटोमा भएको गैंडा अहिले कसरामा छैन बिक्रम बाबा मेलाको मेसो पारेर मनिरामले धेरै पहिला यो फोटो खिचेका हुन जस्तो मान्छेका कारणले आमा बिहिन भएर त्यो गैंडा त्यसरी भौतारीदै मान्छेसँग हिमचिम गर्न आएको हो भने त्यो मान्छे जसले गैंडालाई आमासँग बिछोड गरायो भने महाअपराधि हो
भर्खर अर्थात यही भदौकै कुरा हो मंगलपुरमा एउटा गैंडा करेण्ट लागेर मरो धान खान आयो भनेर गैंडालाई भगाउन गाउलेहरुले नाङ्गो तार खेत वरीपरी बारेर करेण्ट छाडेका रहेछन् त्यही करेण्टको झड्काले गैंडा मरो भर्खरकी सुत्केरी रहेछ दुई तीन महिनाको उसको बच्चाको बिजोग भयो सानै भए पनि सुरुमा त्यो बच्चाले मान्छेलाई लखेट्यो तर खान नपाएर लखतरान भएपछि एक दिन मान्छेले त्यसलाई समाएर वन कार्यालयका कर्मचारीको जिम्मा लगाए वनका कर्मचारीको काखमा मान्छेको बच्चो जसरी बसेको गैंडाको त्यो छाउरोले मान्छेकै औंला चुसेको थियो आमाको कल्चौडोको थुन ठानेर होला सायद केही सयमपछि त्यो बच्चो ठुलो हुनुका साथै आफ्नो प्राकृतिक गुण गुमाएर भैसीको पाडो जस्तो मान्छेसँग रमाउने स्वभावको हुने अनि मनिरामले जसरी अरु कोही उसको आँङमा मज्जाले बस्ने छन् फोटो खिचाउने छन् त्यती बेला उनीहरुले गल्ती गरे भन्नु इर्थ हुने गल्ती मात्रै होइन अघि माथि नै भने जस्तो महाअपराध त्यसको आमा मार्नेहरुले गरेका हुन् आमा मरेकाले नै बच्चाको अवस्था यस्तो निरिह भएको हो अब यसरी आमाहरु कहिल्यै नमरुन सवैले यही कामना गरौं


1 comment:

  1. लेख प्रशंसनीय छ। यसै गरि निर्भिक भएर लेख्दै जानु। शुभकामना।

    ReplyDelete