Tuesday, October 12, 2010

पारिजात

विष्णुकुमारी वाइवाको उपनाम हो पारिजात पारिजात भन्नासाथ हामी प्रख्यात नेपाली साहित्यकारलाई सम्झन्छौ उनले शिरिषको फूल जस्तो विख्यात उपन्यास लेखिन सैद्धान्तिक रुपमा पछि त्यसलाई उनी आफैले मन पराइनन् तर पनि धेरैले पढ्छन् धेरै, ठाउँमा पढिन्छ त्यो उपन्यास शिरिषको फूल लेख्नेले आफ्नो नाम फूलको अर्को जात पारिजात किन राखिन कुन्नी ? मैले पनि शिरिषको फूल नपढेको होइन, पटक पटक पढेको हुँ तर त्यसमा के सम्झन्नै सक्दिन मैले यही कुरा एकजना साथीलाई भने साथीसँगको छलफलले मैले त्यो उपन्यासको मुख्य पात्रको नाम भने सम्झन थालेको छु त्यो नाम हो सकमबरी
खासमा मैले पारिजातलाई उनको कृतिबाट भन्दा पनि उनको जिवनीबाट चिन्ने मौका पाए उनको जीवनी पढे, साह्रै संघर्षपुर्ण लाग्यो शरीर चल्न नसक्ने रोगले सिकिस्त हुँदा पनि पारिजातले लेखनलाई नछाडेकाले आज उनी भौतिक रुपमा मरेर गए पनि अमर भइन उनको जीवन कथा साह्रै प्रेरणदायी त्यसैले उनको लेखनभन्दा उनको जीवनी नै भिजेको मेरो दिमागमा उनी भारतको दार्जिलिङ जन्मेकी हुर्केकी दार्जिलिङको घुम पहाडमा उनी खुवै रमाएर घुम्ने गर्थिन भन्ने कुरा जीवनीमा पढेको थिए दार्जिलिङ जाँदा जव घुम पहाड आउँछ मेरो मन ढक्क फुल्ने गर्छ खै किन हो कुन्नी
पारिजात फूल पनि हो एउटा अनौठो फूल जुन राती फुल्ने गर्छ मानिसहरुको चहल पहल सुरु हुने बेला अर्थात झिसमिसेमै मज्जाले झरि सकेको हुन्छ यो असोज महिनामा फुल्ने गर्छ देवीको बिहानै पूजा हुन्छ यो महिनामा त्यसैले मन्दिरमा पुगे देवीको पाउँमा चाडै पुग्ने अवसर पाएको हुन्छ यो फुलले मेरो घर अगाडी पछाडी पारिजातको बोट यो रातीमा ढकमक्क फुल्छ बिहान रुखको फेँद सेताम्मे हुन्छ बिहानै मान्छेहरु भुम्मिएका हुन्छन् रुखको फेँदमा एफएम रेडियोमा भजन या समाचार सुन्दै मान्छेहरुले बटुल्छन पारिजातका थुंगाहरु
झरेको फुल देउतालाई चढ्देन भन्छन् तर यो हिसावले पारिजातलाई अपबाद मान्नु पर्ने भयो मान्छेहरुले मज्जाले साहरर्छन झरेको पारिजात रातमा फुल्ने बिहानमा झर्ने झरेर पनि भगवानलाई चढ्ने स्वाभावै अलग सम्माननै अलग पारिजात फूलको यही विशेषताले विष्णुकुमारी वाइवाले आफ्नो नाम पारिजात राखेकी हुन ?

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete