Tuesday, August 31, 2010

बाढीको शक्ति

पानी जिवन हो अनि यही पानीको रौद्र रुप अर्थात बाढी विनासको जड हो बाढीको शक्तिको प्रतिवाद गर्ने ताकत मान्छेमा भएन भने जिवनको अन्त्य हुन्छ बाढीले जितेमा बर्बादी मात्रै आउछ यस्तै बर्बादीले खाएको चितवनको माडी क्षेत्रको अवलोकन गर्न जाँदा झण्डै झण्डै जितेको थियो बाढीले भेल तरेको कुनै अनुभव थियो पौडी नै खेल्न जानिएको साथ लागेर गएकालाई यी दुवैको अनुभव थियो बढेको खोलो त्यसैको आधारमा तर्ने आँट गरेको हो तर हेलिएपछि मन भित्र खोलोको भेल जस्तै डर उर्लिन थाल्यो
माडीमा भदौ गते बाढी जाँदा रिउ खोला छेउछाउका गाउँहरु जलमग्न भएका थिए इमिलिया, पौवारी, सिमरा जस्ता गाउँबाट मान्छेहरु विस्थापित भएका छन् रिउको बाढीले बगाउँदा इमिलियाकी मुनरी माझीको अझै अत्तोपत्तो छैन अरु ठाउँका दुईजनाको लाशै भेटियो गोपालनगरमा माछा पोखरी नै सखाप भए यी सवै हेर्ने जमर्को पहिला पनि दुई पटक गरे कै हो तर झरी खहरे खोलाहरुमा अचानक आउँने बाढीले बाधा हालेका कारण विनासमा परेका गाउँमा पुग्न सकिएको थिएन
तेस्रो पटक आँट गरेर मंगलबार बिहान त्यता लागियो हिड्दा सिमसिम पानी परेको थियो रिउ बढ्यो होला भन्ने शंकाले मन डराइ रहेको थियो रिउ बढेमा बनकट्टाबाटै तर्न गाह्रो हुन्थ्यो फेरि अलि परबाट त्यही खोलो तरेर इमिलिया, पौवारी पुग्न सम्भव नै हुन्थेन बनकट्टामा गाडाले तार्ने गर्छ भने अरु ठाउँमा हेलिएरै पार लाग्नु पर्छ तर पानी ठुलो परेन बनकट्टा पुग्दा रिउ शान्त् थियो तर्न सकिने भयो भन्ने लाग्यो पारीबाट गाडा वालाहरु कराए 'चाडै मोटरसाइकल राखिहाल्नु होस बाढी बढ्दै गाह्रो हुन सक्छ "
हतार गरेर गाडामा रिउ तरियो तरेपछि बनकट्टा गाउँसम्म पुग्ने तीन सय मिटर बाटो क्षत विक्षत मोटरसाइकल पनि राम्रोसँग चलाउन नमिल्ने जसो तसो गरेर गर्दी गाविसको कार्यालय पुगियो इमिलियाका बाढी पिडितहरुले सोमबारबाट त्यहाँ धर्ना सुरु गरेका छन् वस्ती नै सार्नु पर्ने उनीहरुको माग अगुवा लालबहादुर विश्व्कर्मासँग कुरा गर्दै गर्दा एकजना युवा अगाडी सेरर भने 'होइन उतै गाउँ पनि पुगेर आयौ विनास हेर्नु पर्छ अझैसम्म कोही नगएको त्यो ठाउँमा तपाइँहरु पनि जान्न नभन्नु है " उनी रहेछन् कर्णबहादुर विश्वकर्मा उनी सहित तीनना एउटै वाइकमा रिउ आडैको गाउँ भैरवपुरसम्म पुगियो
भैरवपुरमा वाइक राखेर केही वेर पैदल हिडेपछि घोल, पाँगो माटोको थुप्रो काँशको गाँजसँग संघर्ष सुरु भयो चप्पल लगाउन नमिल्ने हाफ पाइन्ट पनि माथि सार्नु पर्ने काँशको पातले बलाबेलामा पाछ्ने यस्तो बाटो १० मिनेट हिडियो होला तर एक घण्टा हिडे जस्तै लाग्यो इमिलियाबाट तरेर आएका केही महिला बाटोमा भेटिएका थिए उनलाई कर्णबहादुरले पानी कति भनेर साधे महिलाहरुले च्यापु तलसम्म आएको कुरा गरे मेरो सातो जान थाल्यो आडैमा पुग्दा रिउ निकै फैलिएको थियो हिउँदको नारायणी नदी जस्तै थियो रिउको रुप केही उर्लेको आवाज पनि आयो त्यति ठुलो थिएन आवाज तै पनि डर झन बढ्यो
कर्णले केही फराकिलो ठाउँबाट तारे हामीलाई पानी कम्मरभन्दा माथि आएन खोलो तरेपछि ठुलो सास तान्यौ यति भएपछि फर्कदा सजिलै तर्न सकन्छ भन्ने भयो किन कि बिहान पानी आएको थियो अहिले घाम लाग्न थालेको त्यसैले फर्कदा रिउ रौद्र रुपमा हुँदैन भन्ने लाग्यो तर कुरा सोचे जस्तो भएन त्यो कुरा सुरुमा हामीलाई के थाहा हामी खोलो तरेपछि विनास हेर्न थाल्यौ निश्फिर्की भएर सुरुमा शनिश्चर माथिको घर भएको ठाउँ आयो माझी घर भएको ठाउँमा अहिले गोलो खाल्डो , मकवानपुरमा अग्नीको जहाज खस्दा बनेको जस्तो खाल्डो घरको कुनै अवशेष नै छैन उनी श्रीमतीलाई बगाएको थियो बाढीले उनी पार लागे श्रीमती मुनरी अझै वेपत्ता छिन्
शनिश्चर बसेको ठाउँबाट पसेर हामी पुरै गाउँ घुमेर रिउको किनारमा आयो गाउँ झण्डै अंग्रेजीको यु अक्षर आकारको रिउको किनारमा आउँदा अचम्म खोलो अघिकोभन्दा निकै उर्लेको जाँदा हामी रिउसँग अर्को खोलो पनि मिसिएपछिको ठाउँबाट तरेका थियौ अव त्यहाँबाट तर्न सम्भवै नहुने भयो बाढीको तह निकै बढेको थियो माथि अलि फराकिलो ठाउँ हेर्दै आएको भेल भुल्को धेरै नै भए पनि एउटा ठाउँ अलि उपयुक्त लागेछ कर्णलाई पहिला कर्ण गए बिचार गर्न उनी स्वाट्टै तरे पानी कम्मरभन्दा केही माथिसम्म थियो ' सकिन्छ तर्न" भने उता गएर उनले हामीलाई पनि तरिएला जस्तो लाग्यो उनले तरेको ठाउँ नेर आफ्नो झोला छाडे
'त्यताबाट भन्दा यताबाट अलि सजिलो होला आउनु होस" भन्दै उनले हामीलाई खोलामा हेलिन लगाए उनी पनि केही माथिबाट हामी तर्फ आउन खोलामा पसे तर त्यहाँ गहिरो रहेछ कर्ण डुबे, पौडन जानेकाले तत्कालै उत्रेर उनले 'यता नआउनु है" भनेर कराए हामी खोलाको लगभग बीचमा छौ पानी घुँडाभन्दा माथि तर अब यता जाने या उता भइयो कर्णको हाल देखेर झन डर लाग्यो कर्ण पौडी खेल्दै हाम्रा सामु नआउँदासम्म हामी बीच मै रोकियौ झोला उनले समाए हामीलाई दौडी दौडी आउनु है भन्दै उनी अघि लागे खोलो तरेको अनुभव छैन पैडी खेल्न पनि आउँदैन तै पनि भेलमा पसिएको बगाए हाले भने कर्णले बचाउँछन् भन्ने लाग्यो फेरि किनारमा अर्को माझी पनि थियो त्यसैले आँट गरेको हो यस्तो आधार नभएको भए सायदै पसिन्थ्यो खोलोमा
दौडि दौडि खोलो तरेको घरी उच्च ठाउँमा पाइला पर्छ घरी होचो ठाउँमा पहिला तरेको बेलामा कर्णले राखेको झोला आडैमा उत्रने योजना बनाएको तलतल पो पुग्न लागियो अब भने डर बढ्न थाल्यो तर डराए खोलामा नै पल्टिने पक्का थियो त्यसैले छिटोभन्दा छिटो पाइला चालियो झोला राखेको ठाउँभन्दा १० मिटर पर गएर किनार भेटियो किनारमा उत्रेपछि शरीर गलेर फत्रक्कै भयो हिड्ने आँटै आएन अघि बाढीले सत्या नास पारेको गाउँमा घुडाघुडासम्म हिलोमा डुब्दै कतै पछारिदै अढाई घण्टा हिड्दा बरु थकाइ लागेको थिएन खोलो तर्न अढाइ मिनेट पनि लागेको थिएन तर शरीरको शक्ति सवै सकिए
खोलोको किनारमा बसेर एक पटक उत्तर तर्फको त्यही इमिलियालाई नियाँले बाढीले पुरेका धान खेत मात्रै होइन पानीले भिजेका भकारी आँखामा नाच्न थाले भकारीमा धान थाँक्रोमा मकै टुसाएर हरियो हुन लागेका थिए जंगल आडैको गाउँमा देउमाया परियार धरधरी रोइन उनकै घरको तलामा समेत बाढीले हिर्काएको रहेछ 'यस्तो ठाउँमा कसरी बस्नै" भनेर बिलौना गर्दै थिइन् उनी त्योभन्दा पर शुक्रबहादुर परियार 'मेरो घर छिर्नु " भन्दै घरै भित्र उर्मेर जमारा भएका मकै देखाउँदै आँशु बगाएका थिए सिङ्गो केही छैन, सद्दे केही छैन गाउँमा मन भाँचिएको यो बेला बस्ती सरकारले सारिदेओस भन्ने सवैको माग यही माग पुरा गराउन पिडितहरु भोकभोकै निद्रा पनि नभनि गाविसमा भेला एका छन् अघि तीन वर्षको बालक काखामा सुताएर महिलाहरुको समुहमा धर्नामा बसेकी श्रीमाया भण्डारीको सम्झना भयो
सवै सम्झेर ल्याएँदा त्यहाँ गाउँलेले कति ठुलो सास्ती भोगेका छन् भन्ने लाग्यो अनि हामी किन थकित हुने भने झै लाग्यो शरीरमा कता कताबाट शक्ति दौडन थाल्यो बाढी ग्रस्त अरु क्षेत्र पनि घुमेर बनकट्टा आउँदा रिउ बिहानकोभन्दा झनै ठुलो भएको रहेछ गाडाले अहिले भाडा पनि डबल गरेछन् बाटामा सीपी सुवेदी भेटिए उनी भन्दै थिए 'अघि डेढ घण्टा गाडा पनि तरेन रे भेल बढेर" त्यही बेला हामी माथि इमिलियाबाट फर्कदा रिउमा हेलिएका रहेछौं


Monday, August 30, 2010

श्री अन्तुको झुल्के घाम

इलामको फिक्कल बजार पुग्दा दिउँसोको चार बज्दै थियो फिक्कलबाट १० किलोमिटर पूर्वमा भारत छिर्ने पशुपतिनगर नाका त्यहाँबाट जीपले एक घण्टामा दार्जालिङ पुर्याईदिन्छ दार्जालिङ पुग्ने समय प्रसस्तै थियो तै पनि हामी त्यता नलाग्ने निधो गरि सकेका थियौं त्यहाँको टाईगर हिलबाट सुर्योदय हेर्नुको मज्जा नेपालको अन्तु डाँडाबाटै पुरा गर्ने योजना हामीले बनाएका थियौं तसर्थ फिक्कलमा खाजा खाएर हामी अघि गएको भन्दा झण्डै एक किलोमिटर बाटो फिर्ता आयौं अन्तु तर्फ लाग्यौ
बाटो जम्मा १४ किलोमिटर थियो तर सिधै पहाड चढेर टाकुरामा पुग्नु पर्ने श्री अन्तुको फेदमा पुग्न हाम्रो जीपलाई डेढ घण्टा जति लाग्यो भोलि पल्टबाट श्रीअतु महोत्सव सुरु हुदै थियो घुमाउरो उकालो बाटो पार गरेर हाम्रो जीप महोत्सव तयारी समितिको सचिवालय आगाडी रोकीयो चितवनबाट पत्रकारहरुको टोली आउँदै भन्ने खवर पहिल्यै आईसकेको रहेछ त्यहाँ हामीलाई स्वागत गर्न महोत्सवका आयोजकहरु बसेका रहेछ दुई जना किसोरीहरुले टिका लगाई दिदै सयपत्री दिएर हामीलाई स्वागत गरे
' अब तपाईहरु मेरो घर जाने " स्वागतको चरण सकिए लगत्तै एक जना अधवैसेले आग्रह गरे उनीसँगपछि परिचय गर्यौं उनको नाम रहेछ माधव घिमिरे इलामका रैथाने ब्राहमण अन्तुको टाँकुरो समालबुङ गाविसमा पर्ने रहेछ वासका लागि माधवका जस्ता घर ३५ वटा छन् ती भनेका होम स्टे हुन् उनीहरु कै घरमा गएर उनीहरुले जे खान्छन् त्यही खाने सुत्ने भोलि पल्ट पैसा बुझाएर हिड्ने घरलाई होम स्टे भनिन्छ ती घरलाई लज या होटल किन नभनेको भने आतिथ्य अघि पछि आउने पाहुनालाई झै हुन्छ घरबेटीले ग्राहकलाई जस्तो व्यवहार गर्दैनन्
हाम्रो टोली १० जनाको थियो टोली ठूलो भएकाले समस्या हुने होकी भनेर सोध्दा माधवले आफ्नो घरमा ३५ जना आए पनि अट्ने बताए अन्तुमा चिसो निकै थियो रात छिप्प्याउने सुर हाम्रो थिएन फेरि सूर्योदय हेर्न बिहानै उठेर अन्तुको टाँकुरो जानु थियो माधवको घरमा पाकेको भात स्कुसको जरा जो ठ्याक्कै तरुल झै हुने रहेछ त्यसको तरकाली खाएर चाँडै नै सुत्ने तर्खरमा लाग्यौ स्कुसको जराको नौलो स्वादीलो तरकारीमा तेलमा डुवाएको अकवरे खुसा्रनी मिसाइयो अकवरेको सुगन्धित पिरोले खानाको स्वाद दोव्बर मिठो बनायो
विहानै नउठे सूर्य हामीलाई कुरेर बस्ने वाला थिएन चार बजे उठेर अरुलाई पनि उठाउदै डाँडा तर्फ हिँड्दा पाँच बजि सकेको थियो पाँच बजे पनि अध्यारो डम्मै थियो कुष्ण पक्षको षष्ठी परेकाले चन्द्रमा टाउका माथी नै थिए तर आधा मात्र भएकाले उज्यालो कम थियो अलि कति गाउँको बाटो त्यस पछि सल्लाको बन हुदै हामी टाँकुरा तिर लाग्यौं अन्तुकॊ उचाई दुई हजार ३२८ मिटर रहेछ त्यसैले सास पनि केही फुल्न थाल्यो अन्तु पुग्न युवा युवती पाकाहरु बाटामा टन्नै थिए
हाम्रा बाजेहरु पनि सातु बोकेर घाम हेर्न भन्दै उकालो लागेको थाहा बाटोमा एक जना पाका मान्छेले अन्तुको सूर्यौदय हेर्ने चलनको कथा भन्दै गरेको सुनियो अन्तु महोत्सव यो छैठौं रहेछ प्रत्येक वर्षको मंसिरमा महोत्सव हुदै आएको रहेछ यो सवै स्थानीयको प्रयासमा भएको माधव बताउदै थिए बाटो अन्य पूर्वाधार पनि गाउलेहरुले नै निर्माण गरेका रहेछन् होम स्टे व्यवस्थापन तालिम भने अरुबाट सिकेको भन्दै थिए उनीहरु भारतको सिमावर्ती क्षेत्र पूर्वी नेपालबाट राम्रै मान्छे आउने रहेछन् अन्तुमा डाँडा चढ्दा बोल्नु हुदैन भने पनि माधवसँग यति कुरा गरियो महोत्सवमै ५० हजार पाहुना ल्याउने उद्देश्य राखिएको रहेछ
बसेको ठाउँबाट त्यत्ती ठाढा नभए पनि गफ गर्दै सुस्त सुस्त हिडेर जादा टाकुरामा पुग्टा बजेर ४० मिनेट भएको थियो अध्यारै थियो तै पनि पाखा भरि मान्छे टम्मै भैसकेका थिए भ्यु टावर भरिइ सकेको थियो टाँकुरामा पुग्दा त्यहाँ जम्मा भएका मान्छे पूर्वी क्षितिजको दृश्य देखेर हामी निकै रोमांचित बन्यौं मान्छेको भीडमा युवा युवतीहरु बढी थिए एउटा समूह गिटार बजारएर पप गीत गुन गुनाउदै थियो भने अर्को एउटा समूह मादल बजाएर लोक गीत सुसेल्दै थियो तर सवैको नजर पूर्वी क्षितिजमै गढेको थियो
आँखा नजिकै सल्लाका बोट ठडिएका थिए त्यस भन्दा पर खातै खात परेका पहाडहरु थिए पहाडको फेद जहा गएर सकिएको थियो त्यो दक्षिण पूर्वी कुनाको सम्मो फाँटमा विजुली बत्तीको झिली मिलि थियो सवै पहाड अध्यारोमा डुवेका थिए तर उत्तर पूर्वी कुनाको एउटा पाखोमा गुजुमुज्जु परेर तारा चम्किए झै देखिएको थियो रैथानेहरुले अथ्र्याए दक्षिण पूर्वी कुनाको फाँट भारतको सिलिगुडी रहेछ अनी त्यो गुजुमुज्जु परेर बत्ति बलेको ठाउँ भारतकै पहाडी इलाका खसा्रङ बजार खसा्रङ सिलिगुडीको दृश्य भन्दा अझै परैसम्म थियो क्षितिज तर त्यो बाँकी ठाउँ मैदान होकी कुहीरोमा पुरीएको पहाड नै हो छुट्याउन नसकिने
क्षितिजमा गाढा सुन्तला रङको लामो चौडा धसो्र मनमोहक तरिकाले चम्केको थियो मान्छेहरु कलिलो सूर्यको दर्शन पर्खिरहेका थिए पहिलो पटक पुगेका केहीले सूर्य खसा्रङबाट केहीले सिलिगुढीबाट उदाउछ भन्ने बाजी थाप्न थाले गायकी टोली गीतमै मस्त थियो बिस्तारै उज्यालो बढ्यो तर सूर्य देखै पर्दैनन् हैन आज सूर्य बादलमा पुरीए क्याहो भन्ने आशंकाले खिन्न बनाउँदै ल्यायो भ्यू टावरमा चढेका पाखामा छिरलीएकाहरुको नजर क्षितिजमै मेरो अन्दाज थियो सूर्य त्यही चम्किलो धसो्रको ठिक माथीबाट उदाउछ होला अव समय छिप्पिएकाले त्यो भन्दा मथीबाट कलिलो होईन छिप्पिएको सूर्य हेर्नु पर्ने भयो
तर सवैको अन्दाज फेल खायो सूर्य बादलमा पुरिएका रहेछन् नत धसो्र माथीबाटै निस्कने रहेछन् अरुले बाजी थापे जस्तो खसा्रङ सिलिगुडी तर्फ पनि लागेनन् बेला भए पछि सूर्यले मुख देखाए चम्किलो धसो्र भन्दा तल खसा्रङ सिलिगुडीको मध्य विन्दुमा पर्ने ठाउँबाट चन्द्र जस्तो सित्तल अनि कडा रातो रङको सूर्य देख्ने सवैको धोको पुरा भयो त्यस पछि सूर्य छिटो छिटो त्यो चम्किलो सुन्तले धसो्र तर्फ बढॆ जति धसो्र नजिक आयो सूर्यको चमक पनि बढ्न थाल्यो सूर्य तातो हुदै जादा मान्छेको फुर्ती भने सेलाई सक्ने रहेछ तछाड मछाड गर्दै हेर्दा क्यामरामा कैद गर्दा थकाईनै लागेर पो होकी
सवैले सूर्य हेर्दा उत्तरको कंचनजंघा तर्फ कसैले मतलवै राखेन तर त्यस दिन कंचनजंघा बादलमा लुकेकाले त्यता दृष्टि नगए पनि थैय भन्न परेन सूर्योदयपछि हिमाल हेर्न पाईदो रहेछ तर बादलले डिस्टर्व गर्यो यति हुँदा पनि मान्छे लाखापाखा लागेका थिएनन् किनकी टाकुरामा लोक गीतको जुहारी चलेको थियो गाउने महिला तर्फ बालिका किसोरीहरु पो थिए तर स्वरलय शब्द शक्ति कम थिएन
'अन्तुमा नै माया पि्रति गाँसेर जाउँला हामी नौं डाँडा काटेर
चिया बोटैले मन लग्यो लाली ओंठैले "
ठिटाहरुले गरेको यो आग्रहको जवाफ ती बालिकाहरुले यसरी फर्काए
'अल्लारेको गफैको भरले जान्नौं हामी कसैको करले ,
अन्तु डाँडामा नफकाउ जाली पारामा "
अघिको उदाउदो सूर्य झै कलिला थिए किसोरीहरु तै पनि स्वरलय शब्दको बलले भीडलाई रोकी राखे छमछमी नचाए पनि सूर्योदय अवलोकनको जननी दार्जालिङको टाईगर हिल हॊईन इलामको अन्तु जाने हाम्रो निर्णय फदायी नै रहेको सवैको निष्कर्ष रहयो







Sunday, August 29, 2010

नेपाल र खनालको सम्बन्ध

कुरा नेपालका राजनैतिक व्यक्तित्वहरु माधव नेपाल झलनाथ खनालकै गर्न लागेको हो माधव नेपाल लामो समयदेखि नेकपा एमाले का शक्तिशाली महासचिव थिए दुई वर्षअघि भएको संविधानसभाको निर्वाचनमा उनको पार्टीले नराम्रो हार बेहोर्नु परो माधव नेपाल नै दुईदुई ठाउँबाट पराजित भएर लज्जित हुनु परो त्यसपछि पार्टीको सर्वोच्च पदबाट राजिनामा दिए त्यो पद सम्हाल्न आए चुनाव जितेका सुकिला नेता झलनाथ खनाल पार्टीको महाधिवेशनले खनाललाई शक्तिशाली अध्यक्षमा चयन गरो हारेका नेपालको पनि भाग्य बलियो नै रहेछ कताकताबाट मनोनित सभासद देश कै प्रधानमन्त्री भए
नेपाल नेतृत्वको सरकारलाई अध्यक्षले खुलेर दिलैले कहिल्यै समर्थन गरेनन् एक वर्ष बित्दा नबित्दै नेपाल राजिनामा दिन बाध्य भए आफु विरुद्ध चलेको विपक्षि माओवादीको उग्र अभियानमा बाहिरबाट खनाल लगायतको पनि सहानुभुति रहेको अनुभुति नेपालले गरे नेपाल सत्ताबाट के फुत्केका थिए त्यसमा पुग्ने लोभ भनौं या चाहना खनालले देखाइ हाले तर केही अनौठा सर्त प्रवधान सहित प्रधानमन्त्रीमा नेपालले नै खनाललाई प्रस्ताव गरे ति रमाइला प्रवधानहरुको सिमा टेक्न टेक्न लागे पनि खनाललाई नेपालले अगाडी बढ्न दिएनन् प्रस्ताव फिर्ता लिइ छाडे देश अहिलेसम्म पनि प्रधानमन्त्री छनौटको गोलचक्करबाट उम्कन सकेको छैन यस्ता घटना क्रमले नेपाल खनाल सम्बन्ध सौहादैपुर्ण छैन भन्ने प्रष्ट हुँदैन
यो भयो नेपाल खनालको अहिलेको सम्बन्धको चर्चा तर नेपाल खनाल सम्बन्ध यतिमै सकिदो रहेनछ यी दुई एउटै पुर्खाका सन्तान रहेछन् त्यसो लाखौ हजारौ वर्षअघि जाने हो भने हामी सवैका पुर्खा एउटै हुन् तर त्योभन्दा पनि निकट रहेछन् पुर्खाका हिसावले हाम्रा यी दुई नेता हाम्रो समाजमा गोत्रलाई आधार मानेर सम्बन्ध निकट हो या टाढा हो भन्ने मुल्यांकन गरिन्छ एउटै गोत्रका व्यक्तिहरु दाजुभाइ हुन् हो खनाल नेपालको गोत्र एउटै रहेछ त्यस कारण यी दुई दाजु भाइ नै रहेछन् अमेरिकाको सेन्ट लुईस सहरमा बस्ने राजन नेपालले आफ्नो ब्लग राजन डट कममा नेपाल थरका बारेमा धेरै कुरा प्रष्टाएका छन् हेरौ उनैको ब्लगका यी केही हरफहरु रातो अक्षर भएका हरफ राजनको ब्लगका हुन्
करीब १३औं शताब्दी ई.स. तिर पर्वत पण्डित केदारभुमी त्यागेर सिंजा कर्णाली (सिंजा सेरिढुस्का गाउँ) छिरे । उनका दाजु सुबल पण्डित भने त्यतैतर्फ रहे । पर्वत पण्डितका सन्तान, जयविद्याधर पण्डित (३६ करले मुक्त रहेका) का ४ छोरा थिए र ती छोराहरुले निम्न प्रकारले थर राखेः
१. सर्वज्ञधर पण्डित (नेपा, दैलेख विर्ता) नेपाल
२. जसोधर पण्डित (सुतारकोट, दैलेख विर्ता)
सुतार कार्की
३. जयधर पण्डित (बारला गाउँ, अछाम विर्ता) बराल
४. गुणरत्नाकर पण्डित (खन गाउँ, गुल्मी विर्ता)
खनाल
यसरी ४ छोराका सन्ततिहरु क्रमशः नेपाल, सुतार कार्की, बराल, र खनाल कहलिन थाले । यिनीहरु सबै घृत कौशिक गोत्र अन्तर्गत पर्दछन् ।

नेपालको समाजिक संरचनालाई हेर्ने हो भने खोइ के कारणले हो दाजुभाइहरु मिलेको एक अर्काको प्रगतिमा सहयोग गरेको कमै पाइन्छ खनाल नेपालको बेमेल यस्तै वंशानुगत कारणले पो हो कि भन्ने शंका किन नगर्ने ? खनाल नेपालको टक्करले देश अक्करमा परेको दाजुभाइबीचको रिस चुलिदै गएमा अनिष्ट हुन्छ उनीहरुलाई सम्झाउन सके मिलाउन पनि गाह्रो हुँदैन यी दुईको वंशानुगत सम्बन्धलाई ख्याल राखेर मिलाउन सक्ने कोही आउनै पर्ने भएको नेपालमा सुद शरणले के पाएर मिलाउन सकुन कुरा किन भने उनीहरु नेपाली समाजको आधारभुत चरित्रका बारेमा परिचित नै छैनन् नेता नेता मात्रै मिलाउन सक्ने हुन महाशक्ति भएकाहरुले नेपाल खनालबीच नेता नेताको हैसियतमा टक्कर परेको होइन रहेछ हाम्रै गाउँघरका बिर्घबहादुरका छोरा नरबहादुर यमबहादुरले जस्तो सोचिदिदा पो समस्या आएको रहेछ

Saturday, August 28, 2010

कटवालको गास

यो फोटो मैले नै खिचेको हो तर केही दिनअघि प्रख्यात ब्लग माइसंसारबाट डाउनलोड गरेर डेक्सटपमा राखेको थिए माइसंसारको पनि पुरानो लेखमा यो तस्विर रहेछ ब्लगका लेखहरु पढ्दै जाँदा त्यसँग मिल्ने लेखहरु हेर्दै जाँदा अचानक भेटिएको हो यो फोटो फोटो खिच्नेको नाम माइसंसारले रमेशकुमार पौडेल नै लेखेको रहेछ त्यसो त्यो फोटो माइसंसारले हिमाल खवर डट कमबाट तानेको रहेछ मैले यो फोटो खिचे लगत्तै सो अनलाईनमा पठाएको थिए कटवालको यो गास क्यामरामा कैद भएर अनलाइनमा पुगेपछि अरु तर्फ पनि गएको रहेछ आजभन्दा दुई वर्षअघि कटवालले भरतपुरको गणेस्थानको सुकुम्वासी बस्ती जसलाई एनजीओहरु अचेल अव्यवस्थित बस्ती भन्ने गर्छन त्यहाँ पुगेर कटवालले यो गास लिएका थिए
त्यति बेला कटवा एकीकृत माओवादीले नसुध्रेको भनेको सो पार्टीले अहिले पनि शाही सेनानै भन्ने गरेको तर सरकरले नाम परिवर्तन गरेर भन्ने गरेको नेपाली सेनाका प्रमुख थिए गणेस्थानमा नेपाली सेनाको एकजना जवान बस्दा रहेछन् फोटोमा कटवाल देव्रेतर्फ छन् भने ति जवान अलि कति मुख देखाएरु दाहिने तर्फ उभिएका छन् ति युवा सैन्य दलित परिवारका थिए संविधान सभाको नुनाव हुन एक महिना बाँकी रहँदा कटवाल आएका थिए चितवन अघिल्लो साँझ उनी चितवन राष्ट्रिय निकुंजको कसरामा त्यहाँको पुरानो गोरख गणको वार्षिक उत्सव कार्यक्रममा उनी सरिक भए भोलि पल्ट बिहान भरतपुरको फष्ट रैफल गणको सानो औपचारिक कार्यक्रममा भाग लिएर उनी गणेशस्थान हानिएका थिए
गणेशस्थानमा रहेको सो सैनिकको सानो छाप्रोको आँगनमा उनी झण्डै पौने घण्टा बसे परिवारका सवै सदस्यसँग भलाकुसारी गरे केटाकेटीलाई चकलेट ल्याइदिएका रहेछन् फर्कने बेलामा त्यो पनि बाँडे परिवारका आफ्नै सदस्य भेट्न आए जसरी बसे कटवाल त्यहाँ फकर्ने बेलामा सैकिको परिवारका तर्फबाट अलिकति खाना खाएर जाने कि भन्ने प्रस्ताव आयो घरको आँगन नाघि सकेका कटवाल टक्क रोकिए उताबाट चरेसको थालमा खानकी आयो थालमा मकै ढिडो थियो कचौरामा लोकल कुखुराको मासुको झोल उनले खुवै स्वादसँग खाए त्यो खानकी फोटोमा पनि त्यो कुरा झल्कन्छ सेनामा दलितलाई भेदभाव गरिन्छ छोएको खाइदैन भन्ने भ्रम मेटाउने काम कटवालले गरे जस्तो लाग्यो त्यति बेला
संविधान सभाको चुनाव नहुँदै ढिडोको गास यस्तो भज्जाले लिएका कटवालले संविधान सभापछि सत्तामा गएको माओवादीको सत्तारुपी गास पनि यही स्वादसँग खोसे कटवालले कटवालका कारणले माओवादी सत्ताबाट बाहिरियो अदृश्य कारणहरु अरु पनि थिए होलान जसले माओवादीलाई कुर्चीबाट धकेल्यो तर दृश्य कारणमा कटवाललनै उभिएका छन् सवैभन्दा अगाडी माइसंसार घुम्दै जाँदा सेवाबाट अवकास पाइसकेका कटवालको बेलाको चुरीफुरी सम्झना गर्ने मौका मिल्यो त्यसो उनको उत्साह अझै मरेको भने छैन

Friday, August 27, 2010

सविताको कविता र माडी

सविता बराल माडीको बसन्तपुर बजारमा सागर गेष्ट हाउस चलाएर बसेकी महिला हुन् । सो गेष्ष्ट हाउसमा खाना खाएर फर्कनेलाई उनी फरासिलि साहुनी मात्रै लाग्न सक्छ । माडीका विभिन्न संघ संस्थामा उनको संलग्नता छ । राजनीित पनि गर्छिन, रेडक्रसमा पनि बस्छिन् । कविता पनि लेख्ने रहिछन् सविता दिदी । गएको जेठमा बाँदरझुलामा स्वास्थ्य शिविर हुँदा सविता दिदीले कविता सुनाइन् । जसमा माडी व्यथा थियो । माडी हिउँदमा सामान्य अवस्थामा हुन्छ वर्षा लागेपछि चोट मात्रै पाउँछ । तर सुगम मानिने चितवनमा हिउँदमा पनि माडीको अवस्था दर्दनाक नै हुन्छ ।सविता दिदीको कविताले देखेको माडी यस्तो छ ।
सेरोफेरो जंगल छ, चुरिया पहाडको ।
बाघ भालु इष्ट मित्र ,
हाम्रै चितवन निकुंजको ।
धनी छ राष्ट्रिय निकुंज,
धनी छन् मेरा इष्ट मित्र ।
प्राशव वेदनाले छटपटिने नारीको कथा छ विचित्र ।

चल्दैनन् चिल्ला गाडी, बस्दैनन् यहाँ डाक्टर ।

बल्दैन् बत्ती यहाँ ,
छैनन् बिजुली तार ।
सर्पले डसे पनि पिडितले, पाउँदैनन् उपचार ।

जेलखानै सरि भयो, मेरो माडीको घर ।

उपचार गराउँन भनि हिँडे म सवेर,

रेवा नदीले छेकिदियो कसको के नै लाग्छ र ।

आशाको खेती थियो रेवा नदीको पुल ।

बाढीले भत्काइदियो यो मन भयो व्याकुल ।

सयौ खोला माडी भरी सोमेश्वरको सिरान,

छैनन् पार हुने उपाय केही गयो यसै परान ।

माडीका चार गाविसमा ५० हजारभन्दा बढी मान्छे बस्छन् । हिउँदमा ओहर दोहर गर्न खासै समस्या हुँदैन । बाटोको दुरावस्था र थोरै गाडीले यात्रालाई असहज बनाउने गर्छ । तर वर्षा लागेका बेलामा ति थोरै गाडी पनि चल्न बन्द हुन्छ । यो वर्षामा खोलामा आएको बाढीले तीनजनालाई मारि सकेको छ भने झण्डै तीन् सय परिवार घर छाडेर बस्नु पर्ने बनाएको छ । माडी छाडेर बाहिर आउन ज्यानै हत्केलामा राख्नु पर्ने भएको छ । यस्तो कुरा सविताको कवितामा झल्कन्छ ।



Thursday, August 26, 2010

बाटो

बाटो अफ्ठेरो नहासेस चाहना सवैको यही हो समय निर्धारण गरर बाटो लागेपछि लक्ष्यमा त्यो भित्रै पुग्न पाएको जस्तो मज्जा के हुन्छ तर जिन्दगीमा सधै सोचे जस्तो हुँदैन बाटोमा बाधा ब्यवधानहरु आउँछन् यो ध्रुव सत्य हो तर सामान्यतया बाटो अवरोध बिहिन नै रहनु पर्छ भन्ने चाहना यात्रीको हुने गर्छ नेपालका बाटाहरु योभन्दा पृथक छन् अनावश्यक रुपमा दलले बाटोमा ब्यवधान गर्ने परिपाटी नेपालको पहिचान झै भएको यो बाहेक प्रकृतिले पनि रोक्ने छेक्ने गर्छ बाटोका यात्रुहरुलाई
प्रकृतिको कुरा गर्द भदौको दोस्रो साता के सुरु भएको थियो नेपालमा मध्य असारको झल्को दिने गरेर पानी परेको यस्तो बेला ठाउँठाउँमा बाढी पहिरोको प्रकोप चलेको यात्रा गर्दा जुन सुकै बेला रोकिनु पर्ने हुन्छ यस्तो थाहा पाएर जाँदा पनि जाम पर्दा अत्तालिने रहेछ मन यताबाट सानो गाडीमा सरर गएको दुम्किवास नपुग्दै जंगलमा रोकिनु परो जंगल सकिन सकिन लाग्दा आउने सिसौंघारीको एउटा रुख बाटो छेकेर ढलेछ अनि रोकियो गाडी
एउडा ट्रकमा आर्मी आए लौ चाडै काम हुने भयो भनेको आर्मी पर दुम्किवास खोलमा झरेको गाडी तान्न आएका रहेछन् उनीहरु रुख फड्किदै बाटो लागे ट्रक फर्कियो अब के हुने हो को आउने हो बाटो खुलाउन थाहा छैन पश्चिमबाट आएका गाडीलाई दाउन्ने पाहाडको पहिरोले रोकेको रुखदेखि उता चरोमुसो केही छैन यता जंगलमा लाम लाग्यो कमसेकम गाउँ तर्फ गाडीको लाम भएको भए बाटो खोल्न उनीहरुले चासो देखाउथे होलान त्यसो पनि भएन बसेको दुई घण्टा हुन थाल्यो पानी मात्रै दर्किन्छ अरु कोही आउँदैनन
खैकसरी कताकाट को आयो रुख काट्यो अनि रोकिएको तीन घण्टापछि गाडी खुल्यो रुख हट्यो दाउन्नेमा पहाड नै झरे जसरी पहिरो गएको भन्ने खवरले मन रमाउन सकेन गाडीमा हिडेको बेलामा अझैसम्म लामो जाममा परेको थिइन पहिलो पटक घण्टौं जाममा फँस्दा मन अमिलिएको थियो एक ठाउँको जामबाट फुत्केर अर्कोमा फास्ने सम्भावना भएकाले खै जाम खुलेको भन्ने कि के भन्ने जस्तो भइरहेको थियो यताबाट निस्केर दुम्किबास बजार पुग्दा नपुग्दै दाउन्नेमा पहिरोले रोकिएका गाडीहरुको लाम देखियो जान सकिदैन भन्ने पक्का भयो
बजारभन्दा केही परेको पुलबाट राती १३ बजे बस खोलामा खसेको रहेछ पुलको छेउको बार भत्काएर बस खोलामा मुख डोब्न पुगेको रहेछ १६ जना यात्रु घाइते भएका रहेछन् अरुभन्दा त्यहाँ चालकको विजोग भएको रहेछ सवै फटाफट निस्केछन् चालक भने च्याँपिएर भित्रै परेछन् राती १२ बजेबाट खोलाको बाढीमा छाँटिदै आकाशबाट परेको पानीमा चुटिदै चाकल बसेको १२ घण्टा हुँदै थियो भएभरका मान्छेले कोशिस गर्दा पनि निकाल्न सकेका थिएनन् चोट पटकले उसको शरीरको के हालत बनाएको थियो अड्कल काट्न गाह्रो थियो
दाउन्ने लौ खुल्यो रे भन्ने खवर आएप्छि गाडीमा दौडन परो काठमाडौंबाट धनगढी गाडी लैजाँदै गरेको चालक दुर्घटनाको चोट भदौरे झरी खहरेको बाढी सहेर जिवनसँग् संघर्ष गर्दै थियो यस्तो बेलामा सुरक्षित भएर बााेको जाममा फसेको कुरा के को दुखद मान्नु यस्तो ठानेर गाडीमा बसियो केही बेर गुड्न नपाउँदै दाउन्नेको सुरुकै उकालो पहिरॊले छेक्यो तर धेरैबेर कुनु परेन डोजर आएर हटायो हामी लाग्यौ तर हाम्रो गाडीो चालक सहित सवैको मनमा खोलामा फँसेको दुर्घटना ग्रस्त बसको चालक नाचिरहयो पछि फर्कदा बुझेको उसको उद्धार भएछ खुट्टा च्यापिएकोले निकाल्न गाह्रो भएको रहेछ चोट भने खासै ठुलो रहेनछ


Sunday, August 22, 2010

विकास कोइरलाको फेसबुक

भर्खर सम्पन्न नेपाली काँग्रेस चितवनको जिल्ला अधिवेशनमा सानोबुबा रामकृष्ण घिमिरेभन्दा २० भोट बढी ल्याएर विकास कोइरला कार्य समितिको सभापतिमा चुनिए सानोबुबा घिमिरे राजनीतिमा लागेको पाको पुस्ता विकास युवा अवको नेतृत्व युवालाई भन्ने नारा लिएरै विकासले चुनाव जितेका हुन् उमेरमा ४० टेक्न अझै एक वर्ष बाँकी त्यसैले उनले आफुलाई युवा भनेर काँग्रेसजन माझ उभ्याए चुनाव जिते पनि उनले चुनाव ताका आफुले गर्ने कायर्यक्रमहरु घोषणा पत्र बनाएरै सार्वजनिक गरे त्यसमा सुचना प्रविधिको कुरा पनि उठाएका छन
सुचना प्रविधि भन्नाले अचेल कम्प्युटर इन्टरनेट इमेल बुझिन्छ यसको सँगतमा रहने यसको बहुउपयोग गर्न सिपालु अचेल प्रविधिसँग निकट कहलिन्छ एक पटक विकासले नै आयोजना गरेको पत्रकार सम्मेलनमा उनको फोटोको कुरा उठ्यो पत्रकारहरु क्यामरा लिएर नजानु एउटा कमजोरी हुन सक्छ तर विकासले तपाइँको इमेल टिपाउनु होस मेरो फोटो हालिदिन्छु पनि भनेनन् उनी मेल नचलाउने होइनन तर चलाउने गर्छु प्रविधिको उपयोग गर्छु भन्ने देखाउने अवसर उनले गुमाए
कम्प्युटरमा बस्ने मेल इन्टरनेट चलाउने व्यक्ति फेसबुकको चर्चाबाट पक्कै टाढा हुँदैन फेसबुक नबनाउनेलाई कमप्युटर नै चलाउन नजान्ने जसरी हेर्न थालिएको सहर बजारमा यो सामाजिक संजाल मार्फत धेरै कामहरु गर्न सजिलो हुने गर्छ युवा पुस्ता फेसबुक भनेपछि हुरुक्क पाकाहरु समेत फेसबुक खोल्छन आफ्ना कुराहरु लेख्छन अरुलाई बाँड्छन अब पाका पुस्तालाई पछार्ने सोचले चुनावमा उठेर विजयी समेत भएका युवा विसकाले सुचना प्रविधिको यो चमात्कारिक संसारभन्दा बाहिर छन् भनेर ठान्नु गलत हुन्थ्यो सर्च गर्दै गएको उनको फेसबुक खाता भेटियो पनि
तर अचम्म फेसबुकको उपयोग जे जसरी गर्नु पर्दथ्यो त्यसरी भएको रहेनछ एकदमै अल्छि पारा झल्कन्छ उनको फेसबुक हेर्दा खै कहिले खोलेको हो त्यो फेसबुक जम्मा ११ जना साथी छन् उनका केही आपत्तिजनक कुराहरु पनि देखियो उनको फेसबुकमा त्यस कारण उनै विकासले आफै यो फेसबुक खोलेका हुन या होइनन् शंका लाग्यो फेसबुकको एउटा एलवममा तीनवटा फोटो दुईवटा फोटो विकासको हो प्रष्ट चिनिन्छ सायद विरेन्द्र क्याम्पसमा भाषण गर्दै गरेको फोटो हुनु पर्छ त्यो दुईवटा कोर्ट जिन्स पाइन्ट लाएर भाषण गरेको त्यो फोटो उनको प्रोफाइल फोटो पनि हो फेसबुकको
सँगै अर्को फोटो काट्ने दाउ उचालेर ढोकामा ताकेको तीनवटै फोटाको क्याप्सन छैन त्यो दाउँ ताकेको को हो के हो कतै उल्लेख छैन झट्ट हेर्दा धेरैले विकास नै ठान्छन् तर हो या होइनमा शंका गर्नु पर्छ किन भने फोटो धमिलो अनुहार प्रष्ट बुझिदैन तै पनि पत्रकार नकुल अर्यालले त्यो फोटो विकास कै भएको ठोकुवा गर्दै आफ्नो ब्लग 'नकुलका कुरामा" लेखे 'फेसबुकको दाईको एकाउन्टमा रहेको आफ्नै पार्टी कार्यालयको ढोकामा निकै आक्रोशका साथ ताडफोड गर्दैगरेको दाईको फोटो ।" नकुलले चिनेर नै यसरी लेखेका होलान त्यसैले मैले भनेकॊ यस्तो आपत्ति जनक फोटो विकासले आफ्नो फेसबुकमा किन राखेका होलान ?
फेसबुक एउटाको नाममा अर्काले खोल्न नमिल्ने होइन देश विदेशका चर्चित व्यक्तित्वहरु यो समस्याबाट पिडित छन् , त्यसैले विकासको नामा कसैले फेसबुक खोलेर उनको उदण्डता देखिने फोटो राखिदिएको हुनु पर्छ तर खाता अरुले खोलि दिएको भए पनि यस्तो भएको रहेछ भन्ने जानकारीबाट विकास बंचित नहुनु पर्ने हो मैले उनको फेसबुक साथीहरु हेरे धेरै उनी निकटका व्यक्तिहरु नै रहेछन् त्यहाँ उनीहरुलाई विकासको फेसबुकमा रहेको त्यो फोटो किन आपत्ति जनक नलागेको होला ? त्यो फोटो विकासकै हो या अरु कसैको ? या किन राखियो ? यस्ता कुरा किन प्रष्ट नपारेको होला ?
युवाको नारा दिएर सुचना प्रविधि सदुपयोगको योजना बनाएर काँग्रेसीहरुको भोट खाएका विकासले आफ्नो नाममा खुलेको फेसबुकमा भएको त्यो भद्रगोल प्रति किन आँखा चिम्लि रहेका हलान यो सामान्य कुरा हो भन्ने उनलाई लागेको पनि होला तर फेसबुक संजाल त्यत्ति चानचुने कुरा होइन मान्छेको व्यक्तित्व विकास गर्न गिराउन समेत यसले भुमिका खेल्न सक्छ किन कि यसको पहुँच विश्वव्यापी मात्रै होइन अत्याधिक जनमानसमा त्यसैले सुचना प्रविधिको यो युगमा सामान्य लाग्ने यस्ता कुरालाई पनि विकासले वेवास्ता नगरुन् ?



Saturday, August 21, 2010

पुल नहुँदाको पिडा

चितवनलाई सुगम जिल्ला भनिन्छ यहाँ यस्ता केही ठाउँहरु छन् जहाँ पुलको प्रवन्ध नभएकाले ति दुर्गम भएका छन् यसको गतिलो उदाहरण माडी हो दुईवटा ठुला खोला मध्ये राप्तीमा पुल बनिसकेको रिउमा बन्ने तरखर हुँदै राप्तीको पुलले केही राहत नदिएको होइन तर रिउमा नहुँदा कहिले काही अति नै आपत गर्छ साना खोलाहरु अनगिन्ति छन् वर्षायाममा तिनले पनि हुनसम्मको दुःख दिन्छन् यी पुल बिहिन खोला नहुँदो हो माडी आफैमा साह्रै गजबको ठाउँ पुल नहुँदा मध्ये जेठपछि माडी अनकन्टार टापु जस्तै हुन थाल्छ पुल नभएका कारण कति ज्यान अकालमा सकिए लेखा जोखा छैन
गत वर्षको जेठ या असारका कुरा हुनु पर्छ माडीबाट साथी कृष्ण चौधरीले एउटा खवर टिपाए सर्पले टोकेर भरतपुर ल्याउन खोजोको विरामीलाई रिउको भेल छिचोलेर एम्बुलेन्स भएको ठाउँसम्म ल्याउन पाइएन जसका कारण खोला वारी नै बसेको विरामीको विष भने शरीर भर फैलियो अनि उसको मृत्यु भयो यस्ता पिडा प्रशस्तै छन् माडीमा पुल नहुँदा जिवन नै सकिन्छ आखिर जिवन अनाहकमा गुमाउनुको जस्तो पिडा अरु के हुन्छ रिउसँग जोडीएको अर्को घटनाको प्रतक्ष्यदर्शी नै हुँ कुरा आजभन्दा चार वर्षअघि ६३ सालको दशैं सकिए लगत्तैको हो रिपोर्टिङको सिलसिलामा माडी गएको फर्केर आउँदा ढिला भयो रिउ आडैको बनकट्टाको तिमिल्सेना होटलमा बास बसियो
भोिल पल्ट बिहान एकजना महिला रुदै गरेको आवाजले निन्द्र खुल्यो ति महिला एकोहोरो रोएको रइ गरि रहिन उनी त्यस्तो डाकै छाडेर होइन कि एकोहोरो हुँहुँहुँ गर्दै रोइ रहेकी थिइन् आँखा खुलेको धेरै बेरपछि विस्तारा छाडेर मुख धोएर चिया खान बस्दा समेत उनको रुवाइ थामिएन होटलको दिदीलाई सोधेको उनले पनि यो बोरेमा सोध्न भ्याएकी रहिनछन् त्यही काम गर्ने कुनैले भन्यो भर्खर बिहे गरेकी केटी दशैमा माइत आएकी रहिछ घर फर्कन लाग्दा आमासँग बसेर रोइरहेकी हो यो कुरा हामीलाई त्यति ठुलो लागेन तर खाजा खाएर हामी हिड्ने सुरसार गर्दा पनि उसको रुवाइ थामिएन कुरा बुझ्दा फरक जानकारी आयो निमोनीयाले थलिएको आफ्नो काखे बालकलाई उपचारका लागि हिडाउँदा बाटैमा ज्यान गएछ त्यस कारण पो होइछ उनी रुदै गरेको
हामी रिउ तरेउँ गाडामा मोटर साइकल राखेर रिउ उर्लेकै थियो पारि एउटा एम्बुलेन्स बसिराखेको थियो त्यो एम्बुलेन्स त्यही बच्चालाई लिन भनेर राती नै आएको रहेछ रिउको भेल तर्न सकेनछ पानी घट्ने आशमा कुरेर बसेछ त्यति बेला माडीमा मोवाइल टेलिफोन सहज थिएन ल्याण्ड लाइन टेलिफोन पनि प्रशस्त थिएन त्यसैले सम्पर्क गर्न सजिलो थिएन त्यसैले एम्बुलेन्स पानी घट्ने बेला कुरेर खोला वारी बस्यो उता पारी बच्चाको कालले धैर्य गर्दै गरेन यता एम्बुलेन्स उता लाश यस्तो बिडम्वना देखियो
धेरै चर्चा पाउने गर्छ माडी पुलले बन्ने तयारी हुँदै बन्ला पनि तर चर्चा नै नहुने पिडा भने पाइरहने अर्को गाउँ रहेछ शक्तिखोरको देविटार माओवादी जन सेनाको तेस्रो डिभिजनको मुख्यालय बसेको भन्दा ठ्याक्कै पारी पर्छ यो गाउँ बीचमा कयर खोलो जेठदेखि असोजसम्म खोलो उर्लेर आउँछ गाउँलेहरुले हुनसम्मको सास्ती बेहोर्छन केटाकेटी स्कुल जान पाउँदैनन् कुनै बेला अभिभावकले बोकेर खोला तारिदिनु पर्छ सानोभन्दा सानो खोलामा पुल बनेको देखेका त्यहाँका गाउँलेहरु कयर खोलामा पुल बनाउने सुरसार समेत नहुँदा आफुहरु साह्रै अन्यायमा परेको गुनासो गर्छन् कयर जस्तै खगेरीमा पनि पुल छैन तर त्यहाँ बन्न भने लागेको जसले गर्दा अहिले आफ्ठेरो भॊगेका जुटपानी पदमपुरवासीले सुविधा भने पाउने छन् खोलो तरेर बरण्डाभार जंगल छिचोल्दै बसेनी हुँदै भरतपुर निस्केर नारायणगढ पुग्न तर यो वर्षासम्म उनीहरुले पनि साह्रै हण्डर बेहोरे