Sunday, August 1, 2010

उचाईका सिर्जनाहरु

एउटा फरक शनिबार ,
हामी शहरको कोलाहलबाट
,
भीडको अभेद्य आवाजबाट ,
एक दिन एक साँझ छुट्टिएर,
यो एकान्त भूमिमा आएका छौं ।
हामी तिमी सित एकेक भएका छौं,
चूपचाप तिमी हामी भित्र ,
बहादुर शाहको ऐतिहासिक स्मरण भएका छौं
,
फोटो जस्तै ।
यी हरफ सुनाउनु भन्दा आधा घण्टा पहिले सर्जक प्रकाश सायमीले चितवनको पुरानो सदरमुकाममा रहेको उपरदाङगढीको पर्खालबाट पश्चिमी उत्तरी क्षितिजलाई लगभग १० मिनेट नियालेका थिए समुन्द्री सतहबाट १२७५ मिटर उचाईको त्यस ठाउँमा उनी सहितका ३३ जना साहित्यकारहरुले सुनाएका सिर्जनाहरु सवै 'स्थलगत उत्पादन" थिए
उपरदाङगढी प्राकृतिक सुन्दरताले जसरी छोपिएको वेवास्ताको पर्दाले पनि उसै गरेर ढाकिएको त्यो पर्दा उघार्नेप्रयास केही सयम यता तिब्र रुपमा चलेको वि।स. २०१४ सालसम्म चितवन जिल्लाको सदरमुकाम रहेको उपरदाङगढीको पर्यटकीय महत्वलाई जनमानससम्म पुर्याउने जमर्कोमा चितवनको सिनर्जी एफएम पनि लाग्यो
जे थियो जस्तो थियो संस्कार यहाँ ,
मैले मिठो स्वाद लिएँ आटो गढीको ।

यो हिमाल यो पहाड यो ढुंगा यो माटो
,
स्वर्ग भनु जस्तै लाग्यो साटो गढीको ।

गढीको वातावरण जनजीवनले युवा गजलकार भावना पाठकलाई यो तहसम्म मोहित बनाएछ गजलका सेरमा गढीको बखान हुने क्रम यत्तिमै थामिएन समूहमा जे जति थिए ती मध्ये उमेरमा काँचो देखिन्थिन दिपिका अधिकारी डेढ सताब्दी अघि बनेको गढी त्यस वरपरकॊ परिवेशको बखानमा उनले खर्चेको गजलको अन्तिम सेर यस्तो थियो
कसरी उठाउँ म, बस्यो दिल गढीमा,
सम्हाल्दा सम्हाल्दै, खस्यो दिल गढीमा ।
धेरैले चितवनका भनेर चिन्ने तर नवलपरासीको गैंंडाकोटमा बस्ने पाका कवि गोविन्दराज विनोदीको रचान सुनाउने पालो अन्तिम अन्तिममा थियो झण्डै १५ मिनेट अगाडी पुरा भएको उनका हरफमा गढीको यस्तो प्रभाव झल्किएको थियो
देखे जव तिमीलाई मुस्कुराइ दियौ तिमी ,
उपरदाङ दिलै भित्र झलमलाई दियौ तिमी ।
सिनर्जी एफएमले आपुनो आठौं वार्षिकोत्सवको सुरुवात कात्तिक १८ गते शुक्रबारबाट गर्दै थियो पहिलो कार्यक्रम थियो स्रष्टालाई गढी पुर्याउने त्यसका भोगाइहरुलाई शनिबार बिहान रचना मार्फत व्यक्त गर्ने भरतपुरबाट बसमा एक घण्टा यात्रा गरेर शक्तिखोर गुपेपछि अनि सुरु भयो पैदल मार्च साढे तीन घण्टे पैदल यात्रामा अढाई घण्टा ठाडो उकालो चढ्नु परेको थियो
कुनै बेला हामी हिँडेका बाटाहरुमा पनि ,
सपना हिँड्दथे हामी जस्तै ठाडो उकालो ।

चुहाउँदै पसिना हाम्रा जस्तै
तपतप तपतप ।
अघिल्लो दिनको चढाइलाई यसरी उतार्ने काम गरेका हुन् हैटौंडाबाट आएका कवि साम्ब ढकालले गढीको सुन्दरता एकतर्फ छँदै थियो त्यहाँको भौगोलिक विकटताको यथार्थता पनि पस्कन थाले साहित्यकारहरुले चितवनका प्रगतिवादी सर्जकहरुले गढी यसले चर्चेको गाउँ माथि अन्यायनै भएको उद्घोष गरे
बग्दै गरेको समयले,
तिम्रो बेँसीलाई सभ्य सहर बनाइ दिएको छ ।
र तिमीलाई एउटा अपायक कुनामा छाडेर,
तिम्रो अध्यारो प्रति उपहास गर्दै ,
वैभवको उज्याले बाँचन खोज्दै छ त्यो सहर ।
कवि सरिता तिवारीले वि.. २०१४ सालअघिको सदरमुकाम गढी १८ सालमा सदरमुकाम भएको भरतपुरको तुलना आपुना रचनामा यसरी व्यक्त गरिन् रातको अध्यारोलाई चिर्न गढीमा मट्टि तेलको टुकी बाहेक केही छैन जवकी त्यहाँबाट पश्चिममा पर्ने भरतपुर बिजुलीमा नुहाएको प्रष्टै देखिन्छ कवि पोषराज पौडेलले पनि आफ्नो रचनामा सौन्दर्य बखानलाई होइन विद्रोहलाई नै महत्व दिए
ए हरिया जंगल ,
ए गाउँ ए वेंसी
,
किन चुपचाप वसि रहेछौ
?
किन सुति रहेछ चेपाङ ?
झुपडी
न चिच्याइकन ।
उत्तर तर्फका हरिया थुम्काहरुलाई शिर मान्ने हो भने सेता हिमाललाई त्यसको टोपी भन्नु पर्ने हुन्छ दाँया बाँया गाढा हरियो डाडाहरु नै छन् तर त्यता सेतो हिमालको लहर भने छैन दक्षिणमा भिरालो पहाड होंचो हुँदै गएर हरियो जंगल मैदानी वस्तीमा टुंगिएको अनि वरिपरी चेपाङ गुरुङका साना साना झुपडीहरु देखिन्छन् गढीको यो परिवेसले कविहरुलाई जे जसरी प्रभाव पार्यो त्यो नै रचनामा प्रकट भए

No comments:

Post a Comment