सविता बराल माडीको बसन्तपुर बजारमा सागर गेष्ट हाउस चलाएर बसेकी महिला हुन् । सो गेष्ष्ट हाउसमा खाना खाएर फर्कनेलाई उनी फरासिलि साहुनी मात्रै लाग्न सक्छ । माडीका विभिन्न संघ संस्थामा उनको संलग्नता छ । राजनीित पनि गर्छिन, रेडक्रसमा पनि बस्छिन् । कविता पनि लेख्ने रहिछन् सविता दिदी । गएको जेठमा बाँदरझुलामा स्वास्थ्य शिविर हुँदा सविता दिदीले कविता सुनाइन् । जसमा माडी व्यथा थियो । माडी हिउँदमा सामान्य अवस्थामा हुन्छ वर्षा लागेपछि चोट मात्रै पाउँछ । तर सुगम मानिने चितवनमा हिउँदमा पनि माडीको अवस्था दर्दनाक नै हुन्छ ।सविता दिदीको कविताले देखेको माडी यस्तो छ ।
सेरोफेरो जंगल छ, चुरिया पहाडको । बाघ भालु इष्ट मित्र ,हाम्रै चितवन निकुंजको ।
धनी छ राष्ट्रिय निकुंज, धनी छन् मेरा इष्ट मित्र ।
प्राशव वेदनाले छटपटिने नारीको कथा छ विचित्र ।
चल्दैनन् चिल्ला गाडी, बस्दैनन् यहाँ डाक्टर ।
बल्दैन् बत्ती यहाँ , छैनन् बिजुली तार ।
सर्पले डसे पनि पिडितले, पाउँदैनन् उपचार ।
जेलखानै सरि भयो, मेरो माडीको घर ।
उपचार गराउँन भनि हिँडे म सवेर,
रेवा नदीले छेकिदियो कसको के नै लाग्छ र ।
आशाको खेती थियो रेवा नदीको पुल ।
बाढीले भत्काइदियो यो मन भयो व्याकुल ।
सयौ खोला माडी भरी सोमेश्वरको सिरान,
छैनन् पार हुने उपाय केही गयो यसै परान ।
माडीका चार गाविसमा ५० हजारभन्दा बढी मान्छे बस्छन् । हिउँदमा ओहर दोहर गर्न खासै समस्या हुँदैन । बाटोको दुरावस्था र थोरै गाडीले यात्रालाई असहज बनाउने गर्छ । तर वर्षा लागेका बेलामा ति थोरै गाडी पनि चल्न बन्द हुन्छ । यो वर्षामा खोलामा आएको बाढीले तीनजनालाई मारि सकेको छ भने झण्डै तीन् सय परिवार घर छाडेर बस्नु पर्ने बनाएको छ । माडी छाडेर बाहिर आउन ज्यानै हत्केलामा राख्नु पर्ने भएको छ । यस्तो कुरा सविताको कवितामा झल्कन्छ ।
No comments:
Post a Comment