एमालेका नेता भरत मोहन अधिकारीले पालै पालो प्रधानमन्त्री हुने योजना अगाडी सारेका छन् । पाँच पटक चुनाव हुँदासम्म पनि दुईजनाबाट एउटा व्यक्तिलाई प्रधानमन्त्री छान्न नसकेपछि देशवासीहरु निरास र केही नेताहरु दिक्क छन् । धेरै नेताहरु सत्ताकै दौडमा मस्त छन् । दिक्क नेताहरुले केही अनौठा योजनाहरु सुनाएका छन् प्रधानमन्त्री पदको छिनोफानो यसो गरे पनि नहुने उसो गरेर पनि नहुने । छोड्न कोही नचाहने जित्न पनि कोही नसक्ने भएपछि अनौठो काम पनि गर्नु पर्दोरहेछ । यो उपाय कुनै पनि हालतमा राम्रो होइन तर राजनीति बिग्रेमा केसम्म हुँदो रहेछ भन्ने यसले देखाएको छ ।
अहिले संविधान बनाउने बेला हो । एमालेका नेता सुरेन्द्र पाण्डे अग्रज भरतमोहनको उपायलाई थप बल दिदै भन्छन् संविधान बनाउने बेलासम्म प्रधानमन्त्री एमालेले लिनु पर्ने रे । झलनाथलाई दिनु पर्छ यो बेलासम्मलाई भन्छन् एमाले भित्रका ओली नेपाल गुट बाहेकका नेताहरु । संविधान बनेपछि कानुनहरु पनि बनाउनु पर्छ । कानुन बनाउने चरण सुरु भएपछि प्रधानमन्त्री बन्ने पालो माओवादीको रे । सुरेन्द्र पाण्डेले नै भनेका हुन् यो कुरा । संविधान बन्छ त्यसपछि कानुन बन्छ अनि देशमा चुनाव हुन्छ । चुनाव गराउने बेलामा प्रधानमन्त्री हुने पालो काँग्रेसको रे । यसरी भाग बण्डा गरे प्रधानमन्त्रीको सजिलै टुंगो लाग्छ कि भन्ने आशा राखेर हो या व्यंग गर्नलाई हो नेताहरु ले प्रस्ताव भने ल्याएका छन् ।
पालै पालो प्रधानमन्त्री हुने कुरा एउटा ठट्टा हो । त्यसो त यसरी जान नेताहरु तयार पनि हुन सक्ने सम्भावना छ । तर नेताहरुलाई पद चाहिएमा जे जस्तो पनि गर्दा रहेछन् भन्ने गलत संदेश सर्वसाधरणमा जाने छ । राजनीति प्रति वितृष्णा बढ्ने छ । त्यो भनेको देशले अहिले प्रधानमन्त्री नपाउनुभन्दा बढी खतरनाक हुने छ । लोकतन्त्रको बिहानीमै नेताहरुले जनमानसमा राम्रो सन्देश पुराउन सकेनन् भने पुनरोत्थानवादीले उठ्ने मौका पाउने छन् । त्यसो त अहिलेकै गतिविधिलाई पुनरोत्थानवादी शक्तिले टुसाउने उपयुक्त वातावरण पाउँदै आएको छ । नेताहरुको पदलोलुपताले टुसो मौलाउन थाल्ने छ ।
प्रधानमन्त्री छान्ने क्रममा राजनीतिका फोहरी खेलहरु धेरै भए । पार्टी फुटेका छन् । एउटै पार्टीका केही सांसद एकातर्फ केही अर्कोतर्फ भएका छन् । यति हुँदा पनि दौड जित्ने ताकत नेताहरुले जुटाएनन् । खेल जित्न नसकेपछि पदक पालैपाले घरमा राखौं भन्ने सल्लाहासम्म गर्नु पर्ने अवस्था अहिले आएको छ । यसले लोकलाई हसाउने छ । नेपाल र नेपालीको इज्जत माटोमा मिलाउने छ । शिशु गणतन्त्रलाई सुकेनास लाग्ने छ । कुपोषणले गणतन्त्रलाई ग्रसत बनाएका बेला नेताहरुको पनि भविश्य सुरक्षित हुने छैन ।
नेताहरुले यी कुरा नबुझेका होइनन् तर गल्ति गर्न सधै अग्रसर बन्ने के चाला हो यस्तो । नेपालीहरुले पुरना कुरा चाडै विस्रन्छन् । त्यसको फाइदा नेताहरुले उठाए जस्तो छ । पहिला गल्ति गरेको ख्याल जनताले राख्दैनन् भन्ने लागेपछि गल्ती गर्नलार्य हाम्रा नेताले किन अबेला गरुन । खासमा योदेश नेताको कारणले त बिग्रेकै हो देश बिगार्न जनताको भुमिका पनि कम छैन । विस्रने बानी पनि एउटा रोग हो । जनता नै रागी भएपछि व्यवस्था कम जोर हुन्छ । नेता मोटा हुन्छन् । नेता मोटा हुँदा जनता निर्बल हुन्छन् । अहिले नेतालाई सांसद किन्न पार्टी फोड्न पैसाको अभाव छैन । यता जनता भने उपचार गर्ने पैसा नभए भकाभक आत्महत्या गर्दै छन् । देश रसातलमा जादै छ नेताहरु कुकुरले हड्डि नछाडे जस्तै कुर्ची समातेर बसेका छन् । अनि सहमतिको उदाहरण दिन पालै पालो प्रधानमन्त्री हुने सल्लाह गर्दैछन् कस्तो तुच्छ तरिका भित्रदै छ यहाँ । राजनीति फोहरी भएपछि यस्तो विडम्बना भोग्नु पर्दो रहेछ ।

No comments:
Post a Comment