Tuesday, August 10, 2010

यो संयोग मात्रै होला

भोलि साउन २७ गते बिहीबार नेपाली काँग्रेस चितवनको जिल्ला नेतृत्व छान्नका लागि निर्वाचन हुँदैछ यसअघि गाउँ नगर क्षेत्रका चुनावहरु भएर नेतृत्वमा नेताहरु आइसकेका छन् नेपाली काँग्रेसमा अहिले युवाहरुको वर्चश्व देखिएको भन्ने निकै चर्चा रत्ननगर नगर समितिको सभापतिमा रुपेनराज घिमिरे निर्वाचित भए उनी विशुद्ध युवा हुन त्यस बाहेक किटेरै युवा भन्न लाएकका व्यक्तिमा अव जिल्ला कार्य समितिको सभापति पदमा उठ्छु भनेका विकास कोइरला छन् रुपेनले जिते विकास उठ्छु भन्दैछन् यत्ति कुराले पनि चितवनको काँग्रेस अहिले युवा मय भएको
सिक्काको अर्को पाटो पनि शिव पौडेल नेपाल तरुण दल जिल्ला कार्य समिति चितवनका अहिलेका अध्यक्ष हुन् राजेश्वर खनाल पनि तरुण दलकॊ जिल्ला अध्यक्षको पद सम्हालि सकेका प्रवुद्ध युवा हुन् शम्भु अर्याल पनि तरुण दलकै पूर्व जिल्ला अध्यक्ष हुन् यी त्रिवल तरुणहरु नेपाली काँग्रेस चितवनको क्षेत्र नम्बर तीनको क्षेत्रीय अधिवेशनमा तीन बल्ड्याङ खाए शिव शम्भु महाधिवेशन प्रतिनिधिमा हारे राजेश्वरलाई क्षेत्रीय सभापति पदमा पाका प्रमोदले पछारे
हारेका तरुणहरुलाई हारको पिरमाथि अर्को पिडा पनि थपियो राजेश्वर खनाल प्रचार्य रहेको नारायणि पब्लिक कलेजमा माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी ) का कार्यकर्ताहरु पसेर तोडफोड गरे उनीहरुले कलेजका १६ वटा कमप्युटर झरामझुरुम पारे कमप्युटर एक्कासी त्यसरी फोर्नु पर्ने ठुलो कारण केही थिएन तर पनि क्रान्तिकारीलाई कस्तो क्रान्ति गर्न मनलाएर आयो अनि समान तोडफोड गर्न थाल्यो कुन्नि कमप्युटर फोडेर शैक्षिक क्रान्ति गर्ने माओवादीको कार्य नीति कार्यन्वयन गर्न दुई दिनअघि काँग्रेसको चुनाव हारेका राजेश्वरको कलेज छनौटमा पर्नु संयोग मात्रै होला भनेर तर्केकै राम्रो बेकारमा हार पनि कारण थियो कि भनेर केको कच कच गरि रहने
राजेश्वरको कलेजमा माओवादी पस्यो शम्भुको कटेज सहितको लजमा पुलिस पस्यो नातामा श्रीमान श्रीमती नपर्ने महिला पुरुषहरु यौन कार्य गरि रहेको अवस्थामा दिउँसै शम्भुको पिस गेष्ट हाउसमा फेला परे भन्ने खवर संचार माध्यममा फैलियो एक जोडि होर दुई जोडी हो तीन तीन जोडी समातिए रन्थनिएका शिवको केही सुन्न पाइएको छैन पिडा शान्त पार्न उनी कैलाश पर्वत या गोशाइकुण्ड तर्फ हानिए कि जस्तो तर शम्भु राजेश्वरको नियती ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ झै भयो
तीनजना तरुणहरु चुनावमा उठे त्यो पनि चितवनको क्षेत्र नम्वर तीनवाट तीनै जना हारे यो कस्तो संयोग होला है हारेको तीन दिन बित्न नपाउँदै एउटाकोमा माओवादी पस्यो अर्कोकोमा पुलिस बेकारमा टेन्सन थपियो यो पनि कस्तो संयोग होला है यो संयोग मात्रै हो ला है यो संयोग मात्रै नहुन पनि सक्छ भनेर बेकारमा शंका गर्न चाहि छाडिदिउँ है मैले अघि माथि नै पनि भनि सकेको छु एउटै कुरा धेरै दोहराउन भएन आजलाई यतिमै विदा

No comments:

Post a Comment