Friday, August 20, 2010

एकको महत्व

एकको महत्व निकै हुँदो रहेछ यसको ख्याल धेरैलाई हुनु पर्छ 'त्यत्ति भएको भए यस्तो हुने थिएन" भनेर थकथकाउनेहरु हाम्रो समाजमा यत्रतत्र सर्वत्र छन् एकको महत्व अहिले आएर झनै बढेको जस्तो नेपालको राजनीतिलाई हेरौं प्रधानमन्त्रत्री बन्नका लागि एक एक साभासदको ठुलो महत्व एक सभासद्को मुल्य दुई करोड रुपैयाँसम्म रे कस्तो महत्व एकको एकको दुई त्यो पनि सयहजार लाख जस्ता चानचुने कुरा हो करोड करोडको ठुलो बोलि पो यहाँ हेर कस्तो महत्व एकको
यो राजनीति भित्र घुसेको फोहरी खेलमा मात्रै छैन एकको महत्व अहिलेकै कुरा गर्दा पनि नेपालका अरु क्षेत्रमा पनि एकको महत्व निकै खट्किएको जस्तो खेलकै कुरा गरौं नेपालले सन् २०१५ मा कि्रकेटको विश्व कप खेल्न पाउने हो कि भन्ने सम्भावनाको कुरा अब सकिएको अहिले इटलीमा जारी विश्व कि्रकेट लिग डिभिजन फोरको विजेता या उप विजेता बनेको भए कि्रकेटको विश्व कप खेल्ने सम्भावना जिवितै रहन्थ्यो तर यो खेलमा चौथो हुनाले डिभिजन थर्डमा बढुवा हुने अवस्थामा पनि पुगेन नेपाली टोली
धन्न अन्तिमको एक खेल जित्यो नेपाल डिभिजन फोरकै यथास्थितिमा रहन सफल भयो त्यो एक खेल हारेको भए नेपाल पुग्ने थियो घटुवा भएर डिभिजन फाइवमा त्यसैले एकको महत्व नेपालले अहिले निकै बुझेको दुईको साटो एक खेल मात्रै हारेको भए नेपाल डिभिजन फोरबाट बढुवा हुने अवस्था पनि थियो नेपाल तान्जेनिया अमेरिकासँग पराजित भयो तान्जेनियासँग जितेको खेल हारेको हो नेपालले तुलनात्मक रुपमा कमजोर टिम तान्जेनियालाई ११७ रनमा सिमित पारे पनि त्यो आँकडा पार गर्न असफल भएको कारण नेपालको सपना सपनामै सिमित रहयो
नेपाल जितबाट नौरन मात्रै पर हयो पाँचजना ब्याट्स म्यानहरु कुनै रन नबनाइ आउट भए त्यस खेलमा उनीहरुले कम्तिमा एक एक रन मात्रै बनाएको भए कस्तो गजव हुन्थ्यो चार रना मात्रै बाँकी हुन्थ्यो जित्नका लागि एउटा चौका कसैले हानिदिएाे भए हेर कस्तो हुन्थ्यो नेपालका लागि सवै व्यट्स म्यानहरु लगालग आउट भए नौ रन बाँकी रहदा एउटा मात्रै विकेट बँचेको भए पनि नेपालले लक्ष्य पार गर्न सक्थ्यो होला तर त्यति बेला नेपालका सवै विकेट सकिएका थिए
डिभिजन फाइवको नेपालमा भएको लिगमा एक बल अगाडी खेल जित्दा नेपालको भाग्य चम्केर डिभिजन फोरमा उक्लने बाटो खुलेको थियो डिभिजन फाइवको जस्तो भाग्य डिभिजन फोरको खेलमा देखिएन एकका कारण गुमाउनु पर्यो कत्रा सपनाहरु त्यसैले सिङ्गो एकको महत्व कति रहेछ यसैले देखाउँछ

No comments:

Post a Comment