चितवनलाई सुगम जिल्ला भनिन्छ । यहाँ यस्ता केही ठाउँहरु छन् जहाँ पुलको प्रवन्ध नभएकाले ति दुर्गम भएका छन् । यसको गतिलो उदाहरण माडी हो । दुईवटा ठुला खोला मध्ये राप्तीमा पुल बनिसकेको छ । रिउमा बन्ने तरखर हुँदै छ । राप्तीको पुलले केही राहत नदिएको होइन तर रिउमा नहुँदा कहिले काही अति नै आपत गर्छ । साना खोलाहरु त अनगिन्ति छन् वर्षायाममा तिनले पनि हुनसम्मको दुःख दिन्छन् । यी पुल बिहिन खोला नहुँदो हो त माडी आफैमा साह्रै गजबको ठाउँ छ । पुल नहुँदा मध्ये जेठपछि माडी अनकन्टार टापु जस्तै हुन थाल्छ । पुल नभएका कारण कति ज्यान अकालमा सकिए लेखा जोखा छैन ।
गत वर्षको जेठ या असारका कुरा हुनु पर्छ माडीबाट साथी कृष्ण चौधरीले एउटा खवर टिपाए । सर्पले टोकेर भरतपुर ल्याउन खोजोको विरामीलाई रिउको भेल छिचोलेर एम्बुलेन्स भएको ठाउँसम्म ल्याउन पाइएन । जसका कारण खोला वारी नै बसेको विरामीको विष भने शरीर भर फैलियो अनि उसको मृत्यु भयो । यस्ता पिडा प्रशस्तै छन् माडीमा । पुल नहुँदा जिवन नै सकिन्छ । आखिर जिवन अनाहकमा गुमाउनुको जस्तो पिडा अरु के हुन्छ र । रिउसँग जोडीएको अर्को घटनाको प्रतक्ष्यदर्शी नै हुँ म । कुरा आजभन्दा चार वर्षअघि ६३ सालको दशैं सकिए लगत्तैको हो । रिपोर्टिङको सिलसिलामा माडी गएको फर्केर आउँदा ढिला भयो । रिउ आडैको बनकट्टाको तिमिल्सेना होटलमा बास बसियो ।
भोिल पल्ट बिहान एकजना महिला रुदै गरेको आवाजले निन्द्र खुल्यो । ति महिला एकोहोरो रोएको रइ गरि रहिन । उनी त्यस्तो डाकै छाडेर होइन कि एकोहोरो हुँहुँहुँ गर्दै रोइ रहेकी थिइन् । आँखा खुलेको धेरै बेरपछि विस्तारा छाडेर मुख धोएर चिया खान बस्दा समेत उनको रुवाइ थामिएन । होटलको दिदीलाई सोधेको उनले पनि यो बोरेमा सोध्न भ्याएकी रहिनछन् । त्यही काम गर्ने कुनैले भन्यो भर्खर बिहे गरेकी केटी दशैमा माइत आएकी रहिछ घर फर्कन लाग्दा आमासँग बसेर रोइरहेकी हो । यो कुरा हामीलाई त्यति ठुलो लागेन । तर खाजा खाएर हामी हिड्ने सुरसार गर्दा पनि उसको रुवाइ थामिएन । कुरा बुझ्दा फरक जानकारी आयो । निमोनीयाले थलिएको आफ्नो काखे बालकलाई उपचारका लागि हिडाउँदा बाटैमा ज्यान गएछ त्यस कारण पो होइछ उनी रुदै गरेको ।
हामी रिउ तरेउँ गाडामा मोटर साइकल राखेर । रिउ उर्लेकै थियो । पारि एउटा एम्बुलेन्स बसिराखेको थियो । त्यो एम्बुलेन्स त्यही बच्चालाई लिन भनेर राती नै आएको रहेछ । रिउको भेल तर्न सकेनछ र पानी घट्ने आशमा कुरेर बसेछ । त्यति बेला माडीमा मोवाइल टेलिफोन सहज थिएन । ल्याण्ड लाइन टेलिफोन पनि प्रशस्त थिएन । त्यसैले सम्पर्क गर्न सजिलो थिएन । त्यसैले एम्बुलेन्स पानी घट्ने बेला कुरेर खोला वारी बस्यो । उता पारी बच्चाको कालले धैर्य गर्दै गरेन । यता एम्बुलेन्स उता लाश यस्तो बिडम्वना देखियो ।
धेरै चर्चा पाउने गर्छ माडी र पुलले बन्ने तयारी हुँदै छ बन्ला पनि । तर चर्चा नै नहुने पिडा भने पाइरहने अर्को गाउँ रहेछ शक्तिखोरको देविटार । माओवादी जन सेनाको तेस्रो डिभिजनको मुख्यालय बसेको भन्दा ठ्याक्कै पारी पर्छ यो गाउँ । बीचमा कयर खोलो छ । जेठदेखि असोजसम्म खोलो उर्लेर आउँछ । गाउँलेहरुले हुनसम्मको सास्ती बेहोर्छन । केटाकेटी स्कुल जान पाउँदैनन् । कुनै बेला अभिभावकले बोकेर खोला तारिदिनु पर्छ । सानोभन्दा सानो खोलामा पुल बनेको देखेका त्यहाँका गाउँलेहरु कयर खोलामा पुल बनाउने सुरसार समेत नहुँदा आफुहरु साह्रै अन्यायमा परेको गुनासो गर्छन् । कयर जस्तै खगेरीमा पनि पुल छैन । तर त्यहाँ बन्न भने लागेको छ । जसले गर्दा अहिले आफ्ठेरो भॊगेका जुटपानी पदमपुरवासीले सुविधा भने पाउने छन् खोलो तरेर बरण्डाभार जंगल छिचोल्दै बसेनी हुँदै भरतपुर निस्केर नारायणगढ पुग्न । तर यो वर्षासम्म उनीहरुले पनि साह्रै हण्डर बेहोरे ।

No comments:
Post a Comment