'जुगेडीबाट ल्याएको लोकल हो" बेलाउँतीले भरीएको डोको विसाएका दाइ भनिरहेका थिए । चिल्ला दाना पहेलो रंग । हेर्दा नै खाउखाउ लाग्ने बेलाउँती किलोको २५ रुपैयाँका दरले दिदा रहेछन् उनी । अनि जोख्ने तुलो बिचरासँग रहेनछ । लोकल बेलाउँती त्यसै रसिलो र स्वादिलो हुन्छ । त्यसका अगाडी २५ रुपैयाँ दाम ठुलो होइन । हामी बडेमानका बेस्वादिला अम्बा किन्नलाई हिच्किचाउँदैनौं । तुलो रहेनछ । मान्छेहरु यसरी अनकनाउथे । सुकिला मुकिलाले जति सुकै राम्रो होस फुटपाथमा के बेलाउँती किन्थे । जात फाल्नु गहतको झोलमा भने छै कमसेकम अम्बा भए पो किन्नु । त्यो त बाहिरबाट ल्याएको हो । बाहिरको माल किन्दा शानै अर्कै । यस्तै सोच्दा हुन सहरीयाहरु । किन भने बिचराको बेलाउँतीको दाना डोकोबाट घटेकै थिएन । सायद तुलो ल्याएर भटाभट जोख्दै दिदै गरेको भए केहीले लगि पनि हाल्थे कि ।
चितवनको पहाडी क्षेत्रमा रसिला फफुल निकै पाइन्छ । बेलाउँतीदेखि नास्पाती सुन्तला कागती काँक्रो सवै हुन्छ यहाँ । बजारमा भारतबाट आएको खिरा अर्थात साना काँक्रोको विगविगि छ । उता चितवनकै पहाडी क्षेत्रमा झण्डै एउटै एक धार्नी हुने ठुलो काँक्रो बजारसम्म आउन नपाएर आत्महत्या गरे सरी झालमै हल्लिदै कुहिदै गर्छ । तिज दशै लागेपछि केही काँक्रा त झर्छन तर त्यो अलिकति पन होइन । पहाडमा त्योभन्दा कयौं गुना काँक्राहरुको वर्षेनी झालमै मरण हुन्छ । एक पटक काउलेको हात्तीवाङ पुग्दा त्यहाँकी एकजा पाकी महिलाले भनेकी थिइन 'चानै काटेर तह लगाउछु भन्दा पनि मेटिदैन । गाई बस्तुले समेत खान छाड्छन् ।"
काँक्रो बोकाएर तल सडकसम्म लैजाने भरीयाहरु नपाउनाले काँक्राहरु कुहिएर सकिदा रहेछन् । अहिल तल तलको काँक्रो आउँदो रहेछ बजारमा । अनि एउटै काँक्रोको डेड सय रुपैयाँ तिरेर लैजान्छ ट्वाक्को अचार खाएर मुल्यको अत्याचार बिस्रन्छन सहरीयाहरु । पहाडका सवै काँक्रा झर्ने हो भने यी सहरीयाहरुले मुल्यको अत्याचार पनि सहनु पर्ने थिएन । कुहाएर काँक्रो फाल्ने पहाडका बासिन्दाले केही भए पनि नगद हात पार्ने थिए । खै यस्तो कहिले हुने हो । एउटा काँक्रोको खुरुक्क डेढ सय तिरेको देख्दा मलाई भने अचम्म लाग्छ । सायद सहरकै व्यपारीले बेच्न राखेको भएर होला यताकाले चुपचाप तिरेको ।
मलाई थाहा छ पहाडमा जहाँबाट ल्याएको भए पनि फलाउनेले एउटा काँक्रोको २० रुपैयाँभन्दा पाउँदै पाउँदैन । र यो पनि अचम्म नमाने हुन्छ व्प्यपारीले डेढ सयमा बेच्ने त्यही काँक्रो ५० रुपैयाँमा दिन्छु भन्दै फलाउने व्यक्ति नै आयो भने यहाँका सुकुला मुकिलाले त्यो किन्दै किन्दैनन् । जस्तै बेलाउँती बेच्न गाह्रो भएको थियो । त्यस्तै हुन्छ उसलाई बजरामा काँक्रो किन्न । यहाँकालाई महङगो खाने बानी परेको छ । 'सस्तो बेसाहाले पेट लाग्छ" भनेर गफ दिने परिपाटी मौलाएको छ यो सहरमा ।

balauti mati ramro kura ho yo
ReplyDelete