Sunday, August 8, 2010

शुरेसलाई पत्र

साथी शुरेस, धेरै सम्झना तिमी अष्ट्रेलिया छौं त्यो मलाई थाहा आउने जाने गरेको पनि सुन्ने गर्छु भेटघाट हुँदैन सायद तिमीले सम्झेर भेट्ने तहको साथी अलि परिन होला, त्यसैले देखादेख नभएको त्यसो आउदा, फर्कदाको दौडधुपमा फुस्रद पनि कति नै हुन्छ ? भेटनै पर्नेहरु पनि कति छुटेका हुन्छन कति, त्यसैले भेटेनौ भन्नेमा मेरो त्यति ठुलो गुनासो छैन तिमी उता भए पनि यो फेसबुकले धेरै नजिक बनाएको के गर्दैछौं सम्मका कुरा होइन के सोच्दौ छौ भन्ने सम्मका अवस्थाहरु यसमा झल्कन्छ
भर्खर तिमीले फेसबुकमा एउटा बाक्य राखेका रहेछौं त्यो हेरे हुन विदेशमा यो फेसबुकलाई कसरी लिन्छन्, त्यसलाई केका लागि उपयोग गर्छन ? मलाई त्यत्रि थाहा छैन तर नेपालमा चाहिदो नचाहिदो गर्नलाई फेसबुक उपयोग गर्नेपरिपाटी उटपट्याङ लेख्यो भने कमेन्ट बढी आउछ भन्ने ठान्छन त्यो उटपट्याङले हद नाघेको हुन्छ कहिले काँही एक पटक नेपाल टेलिकमले भ्वाइस एसएमएस सुरु गर्दा के कस्तोसम्म दुरुपयोग भयो त्यसको हेक्का तिमीलाई छदैछ पछि त्यो सेवा बन्द भयो अझै खुलेको छैन मलाई लाग्छ फेस बुक पनि त्यही दिशामा बढी रहेको
मैले तिमीले फेसबुकमा राखेको बाक्यको कुरा गर्दै थिए भक्ति थापा लगायतले अंग्रेजसँग आत्म समर्पण गरेको भए आज नेपाली हुनुमा यति हिनता बोध हुने थिएन भनेर तिमीले चरम निराशाको कुरा फेसबुक मार्फत सार्वजनिक गरेका रहेछौं भक्ति थापाहरुले यो देश यस्तो गए गुज्रेको होला भनेर युद्ध लडेका होइनन् नेताले खाएका हुन यो देश त्यसमा तिमीलाई जति घृणा मलाई पनि त्योभन्दा कम छैन तर तिमी अहिलेका हाम्रा नेतालाई धिक्कार्नुको साटो ति सपुतहरुलाई किन सराप छौं चित्त दुखाई यसैमा हो
देश जोगाउनलाई उनीहरु लडे, बचाए पनि देश डुवाउनलाई अहिलेका नेताहरु लडि रहेका छन् फेरि पनि डुवाउन दिनु हुँदैन भनेर कोही अवश्य निस्क्न्छ सवै तिमी हामी जस्ता निराश निर्वल मात्रै छैनन् तिमी हामीलाई यो देश डुबेमा पनि मतलब छैन किन भने उहील्यै डुबेको भए राम्रो भनेको अब पनि डुबे हुन्छ भन्ने कामना गरे बराबर हो तर शुरेश हजारौं नेता मिलेर घचेड्दा पनि नडुबेको यो देश तिमी हामी जस्ता लाखौंको कामनाले पनि डुब्दो रहेनछ
हुन बनाउँन सक्छु भन्ने विश्वास बोकेका इमान्दार नेता गगन थापा समेत अचेल निरास हुन थालेका छन् तिमी हामीको के कुरा तर पनि के होइछ भने शुरेस बनाउने संकल्प गरेमा एक दुईजनाले नै बनाउन सक्दो रहेछ देश नेपालकै कुरा गरांै या अरु देशका केहीको इमान्दार प्रयासले बनेको हुन्छ देश दुई चारजना नै हुन्छन् देश बनाउने जस्तै तिमीले सम्झेका ऐतिहासिक महापुरुष पनि दुईचारजना नै छन उनीहरुले देशको मात्रै उद्धार गर्दैनन् लाखौं कपुतहरुको पनि बैतरणी तारिदिन्छन्
भालि सम्झदा नायकहरु मात्रै सम्झनै हो देश बिगार्नेहरु को को हुन उनहरुको लेखा कतै हुँदैन तिमी हामीले जे भोग्यौं त्यो कालखण्ड बाहेक कपुतहरुको अस्तित्व हरदै रहन्न यो देश सर्लक्क सप्रेर गयो भने यसलाई बिगार्ने को को हुन भन्ने इतिहास पटक्कै लेखिदैन त्यसैले सपुतहरुले देशलाई सुधार्ने मात्रै होइन कपुतको पाप पनि पखाल्छन् त्यस्ता महान आत्माहरुलाई हामी नधिक्कारौं मात्रै भन्न खोजेको हो मैले हिन्दी सिनेमा 'रंग दे वसन्तीमा " सम्वाद 'कुनै देश आफै बन्दैन त्यसलाई बनाउनु पर्छ हामी बनाउँछौं यो देश " तिम्रा मेरा व्यक्तिगत समस्या अनगिन्ति छन् त्यसैबाट पार पाउन सकि राखेका छैनौं कुनै बेला देशको बारेमा पनि सोच्न थाल्यौं भने यहाँका समस्याका बारेमा पिरोलिन मन लाग्यो भने 'रंग दे वसन्तीको" संवादलाई सम्झेमा राम्रै होला, होइन ?

2 comments:

  1. रमेशजीको पत्रमाथि मेरो पूर्ण समर्थन छ । देशमा केही गर्न नसकेर विदेश पलायन हुनेहरुले बोल्ने भाषा बोलेछन् साथी सुरेशले । पत्र पढेपछि मलाई पनि नरमाइलो लाग्यो ।

    ReplyDelete
  2. भक्ति थापाहरुले यो देश यस्तो गए गुज्रेको होला भनेर युद्ध लडेका होइनन् । नेताले खाएका हुन यो देश । त्यसमा तिमीलाई जति घृणा छ मलाई पनि त्योभन्दा कम छैन । तर तिमी अहिलेका हाम्रा नेतालाई धिक्कार्नुको साटो ति सपुतहरुलाई किन सराप छौं । चित्त दुखाई यसैमा हो ।

    ReplyDelete