Monday, August 2, 2010

जयबहादुरको जीवन र जेरी

'पहिला जेरीको बनावट झै दुःखले जेलिएको थिए" चितवन शक्तिखोर गाविस वडा नं. चिसापानी चोकका जयबहादुर चेपाङले फेरिएको जीवन बारे भने 'तर त्यही जिन्दगी अचेल जेरीको स्वाद जस्तै गुलियो बनेको " जेरी बनाउने बेच्ने काममै लागेका जयबहादुर आफ्नो भोगाइको तुलना पनि त्यसैसँग गर्छन् अहिले जे जस्तो छन् झण्डै १६ वर्षअघि उनी यस्तॊ जीवनको कल्पना गर्न सक्ने अवस्थामा थिएनन् वि.. २०५२ सालमा कुष्टरोगले समातेपछि उनी साह्रैनै निरास बनेका थिए तर पछि उनले गरेको प्रगति समाजका लागि नै उदाहरणीय बन्यो उमेरले ५९ वर्षीय जयबहादुर प्रफुल्ल हुँदै भन्छन् 'जेरी चास्नीले गुलीयो भएझै मान्छेको जीवन इलमले स्वादीलो बन्दो रहेछ "
चितवन धादिङ मकवानपुर गोरखाका पहाडी पखेरामा बस्ने चेपाङ नेपालको अल्पसंख्यक आदिवासी समुदाय हो धेरै चेपाङले पाखो भिरालो जमिनमा खोरीया फाँडेर खेती गर्ने चलन त्यागेका छैनन् त्यस्तो ठाउँको उब्जनीले खान नपुग्ने अरु पेशा व्यवसायमा पनि नलाग्ने हुँदा उनीहरुको जीवन साह्रै कष्टकर जयबहादुर चेपाङ जेरी पसल धानेर बस्ने आफ्नो समुदायको एक दुईजना भित्र पर्छन् वि.. २०५८ सालको जनगणना अनुसार देशभर चेपाङको जनसंख्या ५२ हजारको हाराहारीमा भए पनि आफै पेशा व्यवसाय गर्ने चेपाङहरु औलामा गन्न सकिने अवस्थामा छन् दुःख परेपछि बाँच्ने उपाय खोज्न थाल्दा उनलेले यो बाटो पत्ता लगाएका हुन्
'के गर्ने ५२ सालमा त्यस्तो बेथाले समायो यहाँको हेल्थपोष्टको उपचारले मात्रै नभ्याउने रहेछ" जयबहादुरले पुराना दिन कोट्याउन थाले कुष्टरोग भयो भने समाजमा नराम्रो मानेर हेर्ने चलन थियो त्यसमाथि कमाइ जेथा नभएका चेपाङलाई उपचारका लागि बाहिर जानु पर्ने कुरा सुन्दा दुःखको पहाडले थिचेझै भयो उनी ५४ सालमा उपचरका लागि पोखराको हरियो खर्क पुगे त्यँहा चार महिना बस्दा शरीरको स्वरुप अर्कै भयो सवै उपचार निःशुल्क थियो पैसा नभएका कारण उपचारै नपाइ मर्ने भइयो भन्ने लागेका जयबहादुर निःशुल्क उपचराले स्वस्थ भएर घर फर्के तर ज्यानमा पहिलाको जस्तो फुर्ति भने नभएको अनुभव उनले गरे
'पहिलाको जस्तो हात गोडा चलाएर खान सकिएला जस्तो लाग्न भने छाडेको थियो" जयबहादुरलाई यो कुराले सताइ रहेका बेला किराना पसल राखे पाँच हजार सहयोग गर्ने एउटा संस्था निस्कियो जुन कामका थाल्न उनले कुनै बिलम्ब गरेनन् चेपाङ समुदायले नै नगरेको जेरी पकाउने काम भने उनले केहीपछि सुरु गरेका हुन् 'जेरी बनाउने काम सजिलो होइन पिठो तयार पार्न त्यत्तिकै गाह्रो घुमाउन पनि जान्नु पर्ने फेरि गुलियो पनि भर्नु पर्ने" जयबहादुरले सुरुको झण्झट सम्झिए आपुनो पसलबाट झण्डै १५ किलोमिटर टाढा पर्ने रत्ननगरको टाँडी बजारका पसलमा जेरी बनाएको हेरेर केही कुरा सोधेर उनले यो काम आँटेका हुन्
माओवादी लडाकुहरुको बेथान स्मृति बि्रगेड बसेको गैरीबारी जाने बाटोको चोकमा उनको पसल परेकाले व्यपार मौलाएको 'त्यस्तै हो भिडभाड बढ्यो जात्रा मेला लाग्यो भने दिनकै १५ सय तीन हजारको व्यपार हुन्छ अरु बेला पाँच सय हजार" जयबहादुरले पसलबाट हुने आम्दानी सुनाए जयबहादुरको हजुरबा वि..२००६ सालमा त्यस ठाउँमा आएका हुन् उति बेला आएका धेरै चेपाङ अहिले शक्तिखोर जस्तो तुलनात्मक रुपमा विकसित ठाउँमा नभइ पाखा पखेरामै फर्केका छन् त्यति बेला ओगटेको जमिन धेरै चेपाङले जोगाउन सकेनन् जयबहादुरको भागमा परेको १० कठ्ठा मध्ये चार कठ्ठा चोइटि सकेको 'पसल नभएको भए जग्गा कत्ति पनि रहने थिएन खर्च धान्नका लागि सवै भ्याएर भिर तिरै लाग्नु पर्दथ्यो तर जेरीको कमालले त्यस्तो हुन पाएन" चारचार छोरा छोरी गरेर आठ सन्तानका धनी जयबहादुरले लामो हासोसँगै कुराको बिट मारे

No comments:

Post a Comment