इलामको फिक्कल बजार पुग्दा दिउँसोको चार बज्दै थियो । फिक्कलबाट १० किलोमिटर पूर्वमा छ भारत छिर्ने पशुपतिनगर नाका । त्यहाँबाट जीपले एक घण्टामा दार्जालिङ पुर् याईदिन्छ । दार्जालिङ पुग्ने समय प्रसस्तै थियो । तै पनि हामी त्यता नलाग्ने निधो गरि सकेका थियौं । त्यहाँको टाईगर हिलबाट सुर्योदय हेर्नुको मज्जा नेपालको अन्तु डाँडाबाटै पुरा गर्ने योजना हामीले बनाएका थियौं । तसर्थ फिक्कलमा खाजा खाएर हामी अघि गएको भन्दा झण्डै एक किलोमिटर बाटो फिर्ता आयौं र अन्तु तर्फ लाग्यौ ।
बाटो जम्मा १४ किलोमिटर थियो । तर सिधै पहाड चढेर टाकुरामा पुग्नु पर्ने । श्री अन्तुको फेदमा पुग्न हाम्रो जीपलाई डेढ घण्टा जति लाग्यो । भोलि पल्टबाट श्रीअतु महोत्सव सुरु हुदै थियो । घुमाउरो र उकालो बाटो पार गरेर हाम्रो जीप महोत्सव तयारी समितिको सचिवालय आगाडी रोकीयो । चितवनबाट पत्रकारहरुको टोली आउँदै छ भन्ने खवर पहिल्यै आईसकेको रहेछ । त्यहाँ हामीलाई स्वागत गर्न महोत्सवका आयोजकहरु बसेका रहेछ । दुई जना किसोरीहरुले टिका लगाई दिदै सयपत्री दिएर हामीलाई स्वागत गरे ।
'ल अब तपाईहरु मेरो घर जाने ।" स्वागतको चरण सकिए लगत्तै एक जना अधवैसेले आग्रह गरे । उनीसँगपछि परिचय गर् यौं उनको नाम रहेछ माधव घिमिरे इलामका रैथाने ब्राहमण । अन्तुको टाँकुरो समालबुङ गाविसमा पर्ने रहेछ । वासका लागि माधवका जस्ता घर ३५ वटा छन् । ती भनेका होम स्टे हुन् । उनीहरु कै घरमा गएर उनीहरुले जे खान्छन् त्यही खाने र सुत्ने भोलि पल्ट पैसा बुझाएर हिड्ने घरलाई होम स्टे भनिन्छ । ती घरलाई लज या होटल किन नभनेको भने आतिथ्य अघि पछि आउने पाहुनालाई झै हुन्छ । घरबेटीले ग्राहकलाई जस्तो व्यवहार गर्दैनन् ।
हाम्रो टोली १० जनाको थियो । टोली ठूलो भएकाले समस्या हुने होकी भनेर सोध्दा माधवले आफ्नो घरमा ३५ जना आए पनि अट्ने बताए । अन्तुमा चिसो निकै थियो । रात छिप्प्याउने सुर हाम्रो थिएन । फेरि सूर्योदय हेर्न बिहानै उठेर अन्तुको टाँकुरो जानु थियो । माधवको घरमा पाकेको भात र स्कुसको जरा जो ठ्याक्कै तरुल झै हुने रहेछ त्यसको तरकाली खाएर चाँडै नै सुत्ने तर्खरमा लाग्यौ । स्कुसको जराको नौलो र स्वादीलो तरकारीमा तेलमा डुवाएको अकवरे खुसा्रनी मिसाइयो । अकवरेको सुगन्धित पिरोले खानाको स्वाद दोव्बर मिठो बनायो ।
विहानै नउठे सूर्य हामीलाई कुरेर बस्ने वाला थिएन । चार बजे उठेर अरुलाई पनि उठाउदै डाँडा तर्फ हिँड्दा पाँच बजि सकेको थियो । पाँच बजे पनि अध्यारो डम्मै थियो । कुष्ण पक्षको षष्ठी परेकाले चन्द्रमा टाउका माथी नै थिए । तर आधा मात्र भएकाले उज्यालो कम थियो । अलि कति गाउँको बाटो र त्यस पछि सल्लाको बन हुदै हामी टाँकुरा तिर लाग्यौं । अन्तुकॊ उचाई दुई हजार ३२८ मिटर रहेछ । त्यसैले सास पनि केही फुल्न थाल्यो । अन्तु पुग्न युवा युवती र पाकाहरु बाटामा टन्नै थिए ।
हाम्रा बाजेहरु पनि सातु बोकेर घाम हेर्न भन्दै उकालो लागेको थाहा छ बाटोमा एक जना पाका मान्छेले अन्तुको सूर्यौदय हेर्ने चलनको कथा भन्दै गरेको सुनियो । अन्तु महोत्सव यो छैठौं रहेछ । प्रत्येक वर्षको मंसिरमा महोत्सव हुदै आएको रहेछ । यो सवै स्थानीयको प्रयासमा भएको माधव बताउदै थिए । बाटो र अन्य पूर्वाधार पनि गाउलेहरुले नै निर्माण गरेका रहेछन् । होम स्टे व्यवस्थापन तालिम भने अरुबाट सिकेको भन्दै थिए उनीहरु । भारतको सिमावर्ती क्षेत्र र पूर्वी नेपालबाट राम्रै मान्छे आउने रहेछन् अन्तुमा । डाँडा चढ्दा बोल्नु हुदैन भने पनि माधवसँग यति कुरा गरियो । महोत्सवमै ५० हजार पाहुना ल्याउने उद्देश्य राखिएको रहेछ ।
बसेको ठाउँबाट त्यत्ती ठाढा नभए पनि गफ गर्दै सुस्त सुस्त हिडेर जादा टाकुरामा पुग्टा ५ बजेर ४० मिनेट भएको थियो । अध्यारै थियो तै पनि पाखा भरि मान्छे टम्मै भैसकेका थिए । भ्यु टावर त भरिइ सकेको थियो । टाँकुरामा पुग्दा त्यहाँ जम्मा भएका मान्छे र पूर्वी क्षितिजको दृश्य देखेर हामी निकै रोमांचित बन्यौं । मान्छेको भीडमा युवा युवतीहरु बढी थिए । एउटा समूह गिटार बजारएर पप गीत गुन गुनाउदै थियो भने अर्को एउटा समूह मादल बजाएर लोक गीत सुसेल्दै थियो । तर सवैको नजर पूर्वी क्षितिजमै गढेको थियो ।
आँखा नजिकै सल्लाका बोट ठडिएका थिए । त्यस भन्दा पर खातै खात परेका पहाडहरु थिए । पहाडको फेद जहा गएर सकिएको थियो त्यो दक्षिण पूर्वी कुनाको सम्मो फाँटमा विजुली बत्तीको झिली मिलि थियो । सवै पहाड अध्यारोमा डुवेका थिए । तर उत्तर पूर्वी कुनाको एउटा पाखोमा गुजुमुज्जु परेर तारा चम्किए झै देखिएको थियो । रैथानेहरुले अथ्र्याए दक्षिण पूर्वी कुनाको फाँट भारतको सिलिगुडी रहेछ अनी त्यो गुजुमुज्जु परेर बत्ति बलेको ठाउँ भारतकै पहाडी इलाका खसा्रङ बजार । खसा्रङ र सिलिगुडीको दृश्य भन्दा अझै परैसम्म थियो क्षितिज । तर त्यो बाँकी ठाउँ मैदान होकी कुहीरोमा पुरीएको पहाड नै हो छुट्याउन नसकिने ।
क्षितिजमा गाढा सुन्तला रङको लामो र चौडा धसो्र मनमोहक तरिकाले चम्केको थियो । मान्छेहरु कलिलो सूर्यको दर्शन पर्खिरहेका थिए । पहिलो पटक पुगेका केहीले सूर्य खसा्रङबाट त केहीले सिलिगुढीबाट उदाउछ भन्ने बाजी थाप्न थाले । गायकी टोली गीतमै मस्त थियो । बिस्तारै उज्यालो बढ्यो तर सूर्य देखै पर्दैनन् । हैन आज सूर्य बादलमा पुरीए क्याहो भन्ने आशंकाले खिन्न बनाउँदै ल्यायो । भ्यू टावरमा चढेका र पाखामा छिरलीएकाहरुको नजर क्षितिजमै छ । मेरो अन्दाज थियो सूर्य त्यही चम्किलो धसो्रको ठिक माथीबाट उदाउछ होला । अव समय छिप्पिएकाले त्यो भन्दा मथीबाट कलिलो होईन छिप्पिएको सूर्य हेर्नु पर्ने भयो ।
तर सवैको अन्दाज फेल खायो । सूर्य न बादलमा पुरिएका रहेछन् नत धसो्र माथीबाटै निस्कने रहेछन् । अरुले बाजी थापे जस्तो खसा्रङ र सिलिगुडी तर्फ पनि लागेनन् । बेला भए पछि सूर्यले मुख देखाए चम्किलो धसो्र भन्दा तल खसा्रङ र सिलिगुडीको मध्य विन्दुमा पर्ने ठाउँबाट । चन्द्र जस्तो सित्तल अनि कडा रातो रङको सूर्य देख्ने सवैको धोको पुरा भयो । त्यस पछि सूर्य छिटो छिटो त्यो चम्किलो सुन्तले धसो्र तर्फ बढॆ । जति धसो्र नजिक आयो सूर्यको चमक पनि बढ्न थाल्यो । सूर्य तातो हुदै जादा मान्छेको फुर्ती भने सेलाई सक्ने रहेछ । तछाड मछाड गर्दै हेर्दा र क्यामरामा कैद गर्दा थकाईनै लागेर पो होकी ।
सवैले सूर्य हेर्दा उत्तरको कंचनजंघा तर्फ त कसैले मतलवै राखेन । तर त्यस दिन कंचनजंघा बादलमा लुकेकाले त्यता दृष्टि नगए पनि थैय भन्न परेन । सूर्योदयपछि हिमाल हेर्न पाईदो रहेछ तर बादलले डिस्टर्व गर् यो । यति हुँदा पनि मान्छे लाखापाखा लागेका थिएनन् किनकी टाकुरामा लोक गीतको जुहारी चलेको थियो । गाउने महिला तर्फ बालिका र किसोरीहरु पो थिए । तर स्वरलय र शब्द शक्ति कम थिएन ।
'अन्तुमा नै माया पि्रति गाँसेर जाउँला हामी नौं डाँडा काटेर
चिया बोटैले मन लग्यो लाली ओंठैले ।"
ठिटाहरुले गरेको यो आग्रहको जवाफ ती बालिकाहरुले यसरी फर्काए
'अल्लारेको गफैको भरले जान्नौं हामी कसैको करले ,
अन्तु डाँडामा नफकाउ जाली पारामा ।"
अघिको उदाउदो सूर्य झै कलिला थिए किसोरीहरु । तै पनि स्वरलय र शब्दको बलले भीडलाई रोकी राखे र छमछमी नचाए पनि । सूर्योदय अवलोकनको जननी दार्जालिङको टाईगर हिल हॊईन इलामको अन्तु जाने हाम्रो निर्णय फदायी नै रहेको सवैको निष्कर्ष रहयो ।

No comments:
Post a Comment