Monday, August 9, 2010

अर्को बटला

सानालाई ऐन ठुलालाई चैनको उपयुक्त उदाहरण दिनु परेमा गोबिन्दबहादुर बटला जिवितलाई सम्झे हुन्छ यी जिवितलाई मरे तुल्य बनाएका छन् कालिबहादुर खाम विविधले कोटेश्वरका व्यपारी रामहरि श्रेष्ठलाई समातेर चितवनको शक्तिखोर क्याम्पमा ल्याउने आदेश खामले दिए बटलालाई बटलाले समातेर हाजिर गराए सोधपुछ गर्ने जिम्मा शक्तिखोरका हाकिम अर्थात माओवादी जनमुक्ति सेनाको तेस्रो डिभिजनका कमाण्डर खामको हो सोधपुछका बेला व्यपारी श्रेष्ठलाई को को ले हो नराम्ररी कुटपिट गरेछन् त्यसैको चोटले रामहरिको ज्यान गयो खामले बटलालाई प्रहरीमा पठाए आफु उम्के जवकी अदालतले खामलाई पनि थुनामा राख्नु पर्ने आदेश दिएको
बटला भरतपुरको कारागारमा छन् वि..२०६५ सालको जेठदेखि बटलालले खुला आकास विचरण गर्न पाएका छैनन् उता खाम भने कानुनी रुपमा फरार छन् बेलबेलामा प्रकट हुन्छन् प्रहरीका आँखा छल्दै जिल्ला प्रशासन कार्यालय परिसरमा तत्कालिन रक्षामन्त्री रामबहादुर थापा बादललाई भेट्न जाँदा पनि प्रहरीको आँखामा नपर्ने खाम उपद्रो गर्नमा पनि माहिर छन् उनले भर्खर आर्को उपद्रो गरेछन् चिनिया व्यपारीलाई लुट्न पठाएका खाम आफु भने उम्केका छन् उनको आदेश मान्नेहरु फेरि थुनामा पसे अर्थात बटला फेरि जन्मिए
यस पटक एकजना होइन बटलाको नियती भोग्ने पाँच पाँचजना परेछन् मिलनप्रताप सेन ठकुरी गणेशकुमार मल्ल लालबहादुर राना मधुसुदन शर्मा अशोक खाती अब बटलाझै जेल बस्नेछन् अदालतले खामलाई पनि कारागार कठाउने आदेश गरेको सात दिनभित्र खाम नआए प्रहरीलाई पक्रन भनेको अदालतले तर खाम के आउँथे यस्तै भएको हो रामहरि हत्या मुद्दाको सुनुवाइमा पनि हत्याको अभियोग लागेका खाम अझसम्म अदालतमा उपश्थित भएनन् उनलाई थुनामा राख्न अदालतले दिएको आदेश त्यसै अलपत्र खामले यो देशको कानुन प्रहरीलाई के टेर्थे
आदेश तामेल गर्नुहरु समातिन्छन जेल जान्छन् खाम भने सधै निष्फिर्क केन्द्रीय सदस्य उनै बनाइन्छन् पार्टीको जिम्मेवारीबाट अलग हुँदैनन् सम्पत्ति जोड्न सधै तल्लिन हुन्छन् धनको लोभमा व्यपारी लुट्न समेत हिच्किचाउँदैनन् अपराध गर्ने सम्पत्ति जोड्ने अनि नेताहरुले पनि त्यस्तालाई नै अँगालो हाल्ने माओवादी पार्टी भित्रको यो राजनीति जनतादेखि जिवितसम्म दिक्क छन् माओवादी जस्तो सर्वहाराको पार्टीमा पनि हराउँदो रहेछ निमुखाको न्याय
बटला सानो मान्छे उनी जेल बस्नु पर्ने खाम पार्टीकै संरक्षणमा पुलिसबाट जोगिने व्यहोरा नसुधार्ने अनि बटला जस्तै अरुलाई बलिको बोको बनाउने यो खाम आतकंको अन्त्य नहुने नै हो नेपालमा ? खामलाई पार्टी निर्दोष मान्छ त्यस्तै ठान्दाहुन् बटला अहिले थपिएका पाँचजना बटला बटला मान्छे मरे पनि किन जेल बस्ने भन्ने तर्क अझै गर्न छाड्दैनन् देशको कानुन आड दिने मालिकहरु नभेट्दासम्म त्यो कानुनले जस्लाई पनि समात्छ भन्ने हेक्क उनलाई छैन
यस्तै हेक्का नभएका हुस्सुहरुले गर्दा हौसिएका होलान विविध अर्थात खाम बुद्धि भुट्न पाएपछि मान्छे अरुलाई बलिको बोको बनाउन तम्सन्छ माओवादी भित्र हुस्सुहरु पनि प्रशस्त छन् उनीहरुको आडमा अपराध गर्न तम्सनेहरु पनि छन् अनि त्यस्तालाई संरक्षण गर्न लम्कने नेताहरु पनि छन् विविधको राइदाइँ यसै कारणले बढेको हो बटलाहरुको नियति यसै कारणले दोहरिएको हो

No comments:

Post a Comment