Wednesday, August 11, 2010

प्राकृतिक अलार्म

बिहान चार बजेको अलार्म लगाएर सुत्नु पर्छ अचेल पहिला पहिला टेबल घडीको अलाम हुन्थ्यो त्यो ठाउँ यो बेला मोवाइल फोनले लिएको टेबल घडीमा निद जगाउने धुन एउटै मात्रै हुन्थ्यो मोबाइल फोनमा दुई चारवटा रोज्न पाइन्छ धुन रोज्ने अवसर फेरि मोवाइल फोन सेटको मुल्य अनुसार हुन्छ जति धेरै पैसा उति धेरै अर्लाम धुन अलार्मको धुन सवैलाई दिक्दार लाग्दो हुन्छ तर धुन छनौटको सुविधा भएका मोवाइल फोन सेटमा मन पर्ने तरंग सुन्न पनि पाइन्छ
बढ्दो सहरी करणको मारमा परेर मान्छेले यस्तो स्वाद भेटेको हो सहर नबढेको भए टेवल घडीको दिक्दार लाग्दो टिरिरिरिङ सुन्न पर्दैन थियो टेवल घडी विस्थापित भएपछि पनि बढी मुल्य हालेर मावाइल फोनका सेट खरिद गर्नु पर्ने थिएन यन्त्र भनेको यन्त्र नै हो जति नै महंगो फोन सेटबाट आउने अलार्म तरंग रुचीकर लाग्दै लाग्दैन समय सिमासँग अभ्यस्त नभएकाले अर्लाम लगाउने हो मस्त निदौमा रहेको अझै सुत्न चाहेका बेलामा आउने टकटके टिरटिरे आवाज उठनु पर्नेलाई मन पर्ने हुँदै हुँदैन
यो यान्त्रिक अलार्मभन्दा प्राकृतिक अर्लाम कति रमाइला कर्ण पि्रय हुन्थे तिनले मनलाई नै तरंगित गर्थे ज्यानमा उमंग ल्याउँथे कुखुरी काँ गरेको सुनेर जागेको मान्छेको शरीरमा फुर्तीनै फुर्ती हुन्थ्यो कुखुरासँगै चिरबिराउने अरु चराको धुनहरुसँगै निन्द्र भन्ने कुरा सजिलै परास्त हुन्थ्यो सहरमा अचेल कुखुरा फष्टाएका छन् तर कुखुराको डाकोमा हुने माधुर्यता हराएको काँकाँ कोँकोँको कोहला हल मच्चिन्छ
बाँसघारीमा डाङ्ग्रे कराएको पनि साह्रै मिठो सुनिन्थ्यो अचेल डाँडा काटे ति चरीले कुखुरा बास्दो हो तर कता बास्दो हो कता मान्छेको थाल थालमा कुखुराको मासु छुट्दैन तर कुखुराको बाणी हराएको नागबाट मणी हराए जस्तै ब्रोइलर बास्नै जान्दैन कककक् कककक् मात्रै गरेर चिच्याउछ कानै खाने गरेर मासु मिठो हुन छाडेको त्यो बोइलरको अनि कताबाट राम्रो लागोस त्यसबो बोली सहरमा कुखुरा बढेका छन् तर कस्ता कुखुरा बढेका हुन् कुन्नी त्यति मजाको बोली हराएका कुखुराले यहाँको शोभा पनि बिगारेका छन्
गाउँको भालेको यी सहरवासीले सातो लिन्छन् स्वादका पाराखीहरुलाई चखाउन सहरमा खुलेका होटलमा काटिन आएका गाउँले भालेलाई यताकाले रोक्ने गर्छन् बर्ड फ्लु लाग्छ भनेर सहरमा आएर मर्न नपाउने गाउँले भालेले यहाँ आएर पालिन के पाओस बिचरा त्यसैले हराएको होला प्राकृतिक अलार्म अनि यस्तो भएपछि बेस्वादिलो ब्रोइलरको मासु चपाएर झुसिलो डकार्दै सुतेको मान्छेलाई बिहान चाडै उठनु पर्दा दिक्दार लाग्दो अलार्मको आवाजले स्वागत नगरेर के होस
सहरले ब्रोइलर बढाउदा स्वाद मात्रै हराएन निन्द्रालाई समेत राम्रोसँग भगाउन सकेन बरु भगायो सारुलाई चिबेलाई जो आएर एक बिहानै चिरविर चिरविर गर्दथे ब्रोइलरले खल्ती खातामा पैसाको आकार बढाएको होला तर आनन्द हरेकै रहेछ ब्रोइलर बेचेको पैसाले राम्रोभन्दा राम्रो मोवाइल सेट किन्न सकिन्छ त्यो मोवाइल सेटमा लोकल कुखुरा बासेको साच्चै जस्तो लाग्ने आवाज पनि राख्न सकिन्छ तर आवाज भित्रको ज्यान पटक्कै दिन सक्दैन मोवाइलको पुर्जाले पुर्जाले भ्रम मात्रै दिने हो भ्रममा मान्छे रमाउनै सक्दैन अनि खोजेको हुन्छ प्राकृतिक अलार्म तर पाउदै नपाउने गरेर हराउँदै कुखुरी काँ

No comments:

Post a Comment