Tuesday, April 26, 2011

ङीका कुरा

'हाम्रो घरको धुरीमाथि हवाइ जहाज उठ्छ । हाम्लाई पिर गिठा भ्याकुर कता तिर जुट्छ ।
साँझ बिहान हिउँद र वर्खा कस्ले बुझ्छ चेपाङको पिर मर्का ।'

चितवन लगायत मकवानपुरधादिङ गोरखाको विकट पहाडी क्षेत्रमा बस्ने नेपालका आदिवासी चेपाङको अवस्था यो गीतभन्दा फरक छैन कष्टर जिवन बिताउँदै आएका चेपाङ समुदायका अगुवालाई अचेल नयाँ खाले पिरले पनि सताउने गरेको चेपाङको युवा पुस्ता आफ्नो संस्कार संस्कॄतिबाट टाढा हुँदै गएको अनुभूति उनीहरुलाई
चेपाङको वस्तीमा छोनाममा ढ्याङग्रो बज्ने क्रम घट्न थालेको सामुहिक रुपमा पुजा गर्ने भुँयरथान भेटिन मुस्कील वायु पुज्ने चलन एकादेशको कथा बन्दै 'हामी विपन्न होउँला तर कला संस्कृति संस्कार हाम्रा पनि प्रसस्तै छन् नि' चेपाङ अगुवा यमन चेपाङ भन्छन् उनै यमनले यस पटक गाउँगाउँमा चेपाङको संस्कार संस्कृति सम्झाउने अभियानको अगुवाइ गरे
चितवनका ३६ गाविस मध्ये नौवटा पहाडी गाविस चेपाङ बहुल्य क्षेत्र हो ति गाविसमा चेपाङहरुको साँस्कृतिक टोली १० दिनसम्म डुल्यो 'दुःख पिर अनि माया पिरतीको गीत सुनायौं हाम्रा रितिथिति के के हुन नाटकका माध्यमबाट त्यो पनि बतायौं अनि हाम्रा संस्कार हाम्रा अमुल्य सम्पत्ति हुन तिनलाई भुल्नु हुँदैन भन्ने संदेश दियौं' कलाकार रविन चेपाङले भने
चेपाङको मुख्य चाड छोनाम अर्थात न्वागी हो खेतबारीमा फलेको नयाँ अन्न फलफुल त्यस दिन आफ्ना पुर्खालाई चढाएर मात्रै चेपाङले खाने गर्छन् झाँकि्रको भेषमा रहने चेपाङको पुरोहित अर्थात पान्देले मन्त्र उच्चारण गर्दै अन्नहरु पिता पुर्खालाई चढाउने गर्छन् नयाँ पुस्ता पान्दे भनेको के हो थाहा नै नपाउने भएका छन् कसैले पान्देलाई पाण्डे भनेर गलत उच्चारण गर्छन्
'हाम्रा संस्कार शब्द के हुन तिनको महत्व के हो नाटक साँस्कृतिक कार्यक्रमबाट ति कुरा जनमानसमा राख्ने काम गर्यौ' नेपाल चेपाङ संघका केन्द्रीय महासचिव समेत रहेका यमनले सुनाए नयाँ नेपालमा जनजातिको आत्म सम्मानलाई कायम राख्न पनि संस्कार संस्कृति जोगाउन आवश्यक रहेको उनले बताए



Sunday, April 10, 2011

त्यो उत्साह, यो विलम्ब

आज चैत्र २८ गते तीन वर्षअघि अर्थात २०६४ साल को त्यो बिहानी सम्झना भयो त्यो दिन मेरो घरभन्दा डेढ सय मिटर दक्षिणमा रहेको चमेलीदेवी राप्राविमा बिहान पाँच नबज्दै मान्छेहरुको भिड लागेको थियो यस्तो चहल यहाँ मात्रै हो देशै भर थियो त्यस दिन संविधानसभाको सदस्य चुन्नका लागि मतदान गर्ने दिन थियो मतदानबाट देशभर चुनिएर आएका जनप्रतिनिधिहरुको सभाले नेपालको संविधान बनाउने कुरा विस २००७ सालबाटै उठेको थियो गर्ने छु भनेर बाचा गरे पनि तत्कालिन राजा त्रिभुवनले संविधानसभाको चुनाव गराएनन् जुन चुनाव ६४ चैत्र २८ का दिन हुँदै थियो त्यसैले सर्वसाधरणहरु उत्साह जनक रुपमा मतदानमा सहभागि भए
चुनाव भयो माओवादी सवैभन्दा ठुलो दल बन्यो काँग्रेस दोस्रो एमाले तेस्रो भयो संविधानसभाको चुनाव त्यो दिन नहुँदो हो यदी देशमा माओवादीले विस २०५२ साल फागुनबाट शसस्त्र संघर्ष सुरु नगर्दो हो माओवादीको प्रमुखख माग थियो संविधानसभा देशका १३ हजारभन्दा बढीले ज्यान दिएपछि यो माग पुरा भएको थियो जनताले न्यानै गरे मागलाई कार्यन्वयन गराउन शसक्त रुपमा लागेको माओवादीलाई पहिलो स्थान दिए अनि कसैलाई पनि बहुमत नदिएर मिलेर जानु पर्ने बाध्यात्मक अवस्था ल्याए
सविधानसभाको चुनावपछि विस २०६५ जेठ १४ गते संविधानसभाको पहिलो बैठक बस्यो त्यो पहिलो बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको ऐतिहासिक घोषणा गर्यो अनि दुई वर्ष भित्रै देशको संविधान जारी गर्ने प्रतिवद्धता व्यत्तः गर्यो तर संविधान लेख्ने काममा प्रगति भएन दलबीच सहकार्यभन्दा अविश्वासको खाडल बढेर गयो एक पार्टी अर्को पार्टीमा मात्रै संवाद नहुने अवस्था रहेको होइन पार्टी भित्रै पनि गुटउपगुट मौलाए अनि दुई वर्ष भित्र संविधान लेख्ने मुख्य जिम्मेवारी लदहरुले पुरा गरेनन् अन्तिममा आएर एक वर्ष समय थपे
त्यसपछि झनै केही भएन अब त्यो समय सकिन डेढ महिना पनि बाँकी छैन तर संविधान लेख्ने काममा कुनै प्रगति भएको छैन सत्ताका लागि फोहरी खेल भयो सत्तामा बस्नेले गन्हाउने काम गरे सात महिनासम्म प्रधानमन्त्री छान्न सकिएन प्रधानमन्त्री बल्लबल्ल बनेका थिए मन्त्री मण्डल विस्तार हुन सकेको छैन् एउटा गृहमन्त्रीको विषयमा कुरा नमिल्दा सरकारले पुर्णता पाउन सक्दैन भारतीयहरु प्रतक्ष्य रुपमा हस्तक्षेपमा उत्रेको छन् सभासद् घुस लिदा लिदै समातिन्छन् परीक्षमा नक्कली परीक्षर्थी पठाउँछन् भ्रटाचार चरमचुलीमा पुग्यो जनतको त्यो उत्साह अनुरुप नेताहरु चल्नै सकेनन् विलम्ब मात्रै गरेनन् जनताको विश्वासमाथि खेलवाड गरे


Sunday, April 3, 2011

लामो यात्रामा एक्लै एक्लै

आफ्नो उमेर बताउँने उनको तरिका रोचक नै थियो रोकिदै बोल्दै उनले सुनाइन् '९० सालको भुकम्प जाँदा १० वर्षकी थिएँ ' अगाडी भनिन् 'अब ९० कि हुन मात्रै तीन वर्ष बाँकी ' मात्रै १० की हुँदा प्रकृतिको भुकम्पको भयङ्कर ताण्डब देखेकी ८७ वर्षीया धर्मकुमारी भट्टराईले यो लामो जिवनमा अरु खाले झट्काहरु पनि पटक पटक बेहोरेकी छन् सम्बन्ध जुट्नुको खुसी क्षणिक बिछोडका पिडाहरु छाती भरी छन्
नाम उमेर लगत्तै उनले आफ्नो अवस्था बारेर थप भनिन् ' बाल विधवा ' त्यसै रोकिएर कुरा गर्ने धर्मकुमारीको बोल्ने गति झनै धिमा भयो देवघाटधाममा तीनवटा बृद्धाश्रम छन् जसमध्येको एउटा हो रोटरी करुणालय बृद्धाश्रम सोही आश्रमा तीन वर्षदेखि बस्दै आएकी छन् धर्मकुमारी त्योभन्दा अघि उनी वनारसमा थिइन् बाबुआमाले उनलाई परदेशीको जिम्मा लगाएर बनारस पठाएका हुन् सिन्धुलीमा जन्मेकी धर्मकुमारीको सुरुको थर हो खतिवडा बनारस गएपछि उनी भइन् भट्टराई
सिन्धुली छाड्दा उनी जम्मा १२ वर्षकी थिइन् आमाबाबुले ३० वर्षको परदेशीसँग जिम्मा लगाए जिम्मा लगाए भनेको बिहे गरेर अन्माइदिए ३० वर्ष पाका भट्टराईले त्यसअघि पनि दुई विहे गरेका रहेछन् उनी परिछन् तेस्री तर भट्टराईसँगको साथ तीन वर्ष पनि टिकेनछ विहे गरेर बनारस पुगेपछि एक वर्ष उनी त्यही बसिन् एक वर्षपछि माइत सिन्धुली आइन् माइतमा पनि उनले पुरै एक वर्ष बिताइन्
माइतबाट फर्केर गएको महिना भएको थिएन श्रीमान ज्वरोले थलिए आठ दिनसम्म ज्वरो निको भएन त्यही ज्वरोले भट्टराई बाजेलाई लग्यो सानैमा बिहे भयो बिहे भएको अढाइ वर्ष पनि बित्दा नबित्दै श्रीमान बिते बिछोडको यो नयाँ चोटले पुरानो घाउ पनि बल्झायो उनका पिता पनि बालखैमा बितेका रहेछन् बाबुकोत अनुहार पनि सम्झन गाह्रो पर्छ भन्छिन् धर्मकुमारी जन्मेको सानै उमेरमा पिता गुमाइन् जिवनभर साथ दिने पति पनि चाडै चितामा जलेको देखिन् एकपछि अर्को बर्जपात भयो उनीमाथि
कुरा यत्तिमा खत्तम हुँदैन पति बितेको चानचुन १० वर्षपछि उनलाई जन्म दिएकी आमाले पनि संसार छाडिन् साथ दिनेहरु धमाधम जान थाले सम्पत्ति पनि नभएको होइन तर त्यसले पनि झनै चाडो डेरा सरेको देखिन धर्मकुमारीले बनारसमा उनको ३० बिघा जमिन थियो तर श्रीमानको मृत्युपछि मुद्दा मामिलाको झमेला सुरु भयो आफ्नो भनेको सम्पत्ति सवै अरुको भएको नमिठो क्षण पनि उनले आफ्नो छातीमा संगालेकी छन् यता माइतीमा आमा बितिन् भएको एउटा भाइ पनि बाचेनन् सात दिदी बहिनीमा साइली दिदीका सन्तान मात्रै यो धर्तीमा उनका आफन्त हुन् कहिले काही उनीहरु भेट्न आउँदा उनलाई बल्ल यो संसार केही उज्यालो लाग्दो रहेछ
अनि बनारसमै उनी लामो समयसम्म पाटीमा बसिन् घुम्दै फिर्दै देवघाट आएका बेलामा यतै अडिइन् उनी बसेको आश्रमलाई दाहिने पारेर दिनको चारपाँचवटा लर्को तल नदी किनार तर्फ झर्ने गर्छ जिवन सकिएपछि नदी किनारमा जलाउन लाश बोकेर ल्याएका मलामीको लर्को हो त्यो परेपछि जलाउन ल्याउने ठाउँको नजिकै आइ पुगिएछ भन्ने लाग्छ अचेल धर्मकुमारीलाई त्यसैले जिवनमा कहाँदेखि कहाँ पुगे पनि अहिले आएर बसेको ठाउँ आफ्ना लागि उपयुक्त भएको उनको ठम्म्याइ
'मरेपछि त्यसै मिल्कन नपर्ला किन भने गंगाजी नजिकै रहिछिन् जस्ले पनि त्यहाँसम्म लगेर सेलाउलान नि' उनी ढुक्क छिन् मर्ने बेलामा सजिलै प्राण जाओस भनेर उनले दिनरात भगवान पुकारेकी छन् भगवानले धेरै पुकार नसुने पनि जिवनको अन्तिम चरणको यो अपिल सुनिदिए हुन्थ्यो भन्ने उनको इच्छा दुःख विछोडले भरीएको धर्मकुमारीको जिवनले के देखाउँछ भने मान्छे एक्लै किन नहोस तर लामो यात्रा हिड्न सक्दो रहेछ अनि दुःखले जति थिचे पनि पुरा जिवन जिउँन पाउँदो रहेछ कालो बादलमा चाँदीको घेरा भने झै उनको भोगाइले अरुलाई भने आशावादी बनाउन सक्छ