Sunday, April 3, 2011

लामो यात्रामा एक्लै एक्लै

आफ्नो उमेर बताउँने उनको तरिका रोचक नै थियो रोकिदै बोल्दै उनले सुनाइन् '९० सालको भुकम्प जाँदा १० वर्षकी थिएँ ' अगाडी भनिन् 'अब ९० कि हुन मात्रै तीन वर्ष बाँकी ' मात्रै १० की हुँदा प्रकृतिको भुकम्पको भयङ्कर ताण्डब देखेकी ८७ वर्षीया धर्मकुमारी भट्टराईले यो लामो जिवनमा अरु खाले झट्काहरु पनि पटक पटक बेहोरेकी छन् सम्बन्ध जुट्नुको खुसी क्षणिक बिछोडका पिडाहरु छाती भरी छन्
नाम उमेर लगत्तै उनले आफ्नो अवस्था बारेर थप भनिन् ' बाल विधवा ' त्यसै रोकिएर कुरा गर्ने धर्मकुमारीको बोल्ने गति झनै धिमा भयो देवघाटधाममा तीनवटा बृद्धाश्रम छन् जसमध्येको एउटा हो रोटरी करुणालय बृद्धाश्रम सोही आश्रमा तीन वर्षदेखि बस्दै आएकी छन् धर्मकुमारी त्योभन्दा अघि उनी वनारसमा थिइन् बाबुआमाले उनलाई परदेशीको जिम्मा लगाएर बनारस पठाएका हुन् सिन्धुलीमा जन्मेकी धर्मकुमारीको सुरुको थर हो खतिवडा बनारस गएपछि उनी भइन् भट्टराई
सिन्धुली छाड्दा उनी जम्मा १२ वर्षकी थिइन् आमाबाबुले ३० वर्षको परदेशीसँग जिम्मा लगाए जिम्मा लगाए भनेको बिहे गरेर अन्माइदिए ३० वर्ष पाका भट्टराईले त्यसअघि पनि दुई विहे गरेका रहेछन् उनी परिछन् तेस्री तर भट्टराईसँगको साथ तीन वर्ष पनि टिकेनछ विहे गरेर बनारस पुगेपछि एक वर्ष उनी त्यही बसिन् एक वर्षपछि माइत सिन्धुली आइन् माइतमा पनि उनले पुरै एक वर्ष बिताइन्
माइतबाट फर्केर गएको महिना भएको थिएन श्रीमान ज्वरोले थलिए आठ दिनसम्म ज्वरो निको भएन त्यही ज्वरोले भट्टराई बाजेलाई लग्यो सानैमा बिहे भयो बिहे भएको अढाइ वर्ष पनि बित्दा नबित्दै श्रीमान बिते बिछोडको यो नयाँ चोटले पुरानो घाउ पनि बल्झायो उनका पिता पनि बालखैमा बितेका रहेछन् बाबुकोत अनुहार पनि सम्झन गाह्रो पर्छ भन्छिन् धर्मकुमारी जन्मेको सानै उमेरमा पिता गुमाइन् जिवनभर साथ दिने पति पनि चाडै चितामा जलेको देखिन् एकपछि अर्को बर्जपात भयो उनीमाथि
कुरा यत्तिमा खत्तम हुँदैन पति बितेको चानचुन १० वर्षपछि उनलाई जन्म दिएकी आमाले पनि संसार छाडिन् साथ दिनेहरु धमाधम जान थाले सम्पत्ति पनि नभएको होइन तर त्यसले पनि झनै चाडो डेरा सरेको देखिन धर्मकुमारीले बनारसमा उनको ३० बिघा जमिन थियो तर श्रीमानको मृत्युपछि मुद्दा मामिलाको झमेला सुरु भयो आफ्नो भनेको सम्पत्ति सवै अरुको भएको नमिठो क्षण पनि उनले आफ्नो छातीमा संगालेकी छन् यता माइतीमा आमा बितिन् भएको एउटा भाइ पनि बाचेनन् सात दिदी बहिनीमा साइली दिदीका सन्तान मात्रै यो धर्तीमा उनका आफन्त हुन् कहिले काही उनीहरु भेट्न आउँदा उनलाई बल्ल यो संसार केही उज्यालो लाग्दो रहेछ
अनि बनारसमै उनी लामो समयसम्म पाटीमा बसिन् घुम्दै फिर्दै देवघाट आएका बेलामा यतै अडिइन् उनी बसेको आश्रमलाई दाहिने पारेर दिनको चारपाँचवटा लर्को तल नदी किनार तर्फ झर्ने गर्छ जिवन सकिएपछि नदी किनारमा जलाउन लाश बोकेर ल्याएका मलामीको लर्को हो त्यो परेपछि जलाउन ल्याउने ठाउँको नजिकै आइ पुगिएछ भन्ने लाग्छ अचेल धर्मकुमारीलाई त्यसैले जिवनमा कहाँदेखि कहाँ पुगे पनि अहिले आएर बसेको ठाउँ आफ्ना लागि उपयुक्त भएको उनको ठम्म्याइ
'मरेपछि त्यसै मिल्कन नपर्ला किन भने गंगाजी नजिकै रहिछिन् जस्ले पनि त्यहाँसम्म लगेर सेलाउलान नि' उनी ढुक्क छिन् मर्ने बेलामा सजिलै प्राण जाओस भनेर उनले दिनरात भगवान पुकारेकी छन् भगवानले धेरै पुकार नसुने पनि जिवनको अन्तिम चरणको यो अपिल सुनिदिए हुन्थ्यो भन्ने उनको इच्छा दुःख विछोडले भरीएको धर्मकुमारीको जिवनले के देखाउँछ भने मान्छे एक्लै किन नहोस तर लामो यात्रा हिड्न सक्दो रहेछ अनि दुःखले जति थिचे पनि पुरा जिवन जिउँन पाउँदो रहेछ कालो बादलमा चाँदीको घेरा भने झै उनको भोगाइले अरुलाई भने आशावादी बनाउन सक्छ

No comments:

Post a Comment